भारत—पाक युद्धको नयाँ मोडमा, दुवैले गरे कर्मचारी देश निकालाको आदेश

भारत—पाक युद्धको नयाँ मोडमा, दुवैले गरे कर्मचारी देश निकालाको आदेश

शुक्रबार, १२ कार्तिक २०७३

भारत–पाकिस्तान विवाद उत्कर्षको बेला विवादको थप एक नयाँ श्रृङ्खला थपिएको छ। दुवै देशले भिन्न–भिन्न बहान देखाएर एकअर्का देशका कर्मचारीलाई देश निकाला गर्न लागिपरेका छन्।

९ सय आइएस लडाकु मारिए

९ सय आइएस लडाकु मारिए

शुक्रबार, १२ कार्तिक २०७३

अमेरिकी जनरलले इराकी सहर मोसुलले सरकारी नियन्त्रणमा ल्याउने प्रयास स्वरुप भएको निर्णायक लडाइँमा ८-९ सय आइएस लडाकु मारिएको दाबी गरेका छन्। अमेरिकी सेन्ट्रल कमान्ड चिफ भोटेलले एएफपीसँगको कुराकानीमा आइएस लडाकुले स्थानीय जनतालाई ढाल बनाउने गरेकाले लडाइँ कठिन भएको बताएका छन्।

इटालीमा  दुई शक्तिशाली भूकम्प

इटालीमा दुई शक्तिशाली भूकम्प

बिहिबार, ११ कार्तिक २०७३

इटालीमा बुधबार राति दुई शक्तिशाली भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बताएका छन्। सञ्चार माध्यमले इटालीमा ५.४ र ६.० रेक्टर स्केल गरी दुई शक्तिशाली पराकम्पन गएको बताएका छन्।

आफ्नै छोरीले ओबामाको मजाक उडाएपछि...

आफ्नै छोरीले ओबामाको मजाक उडाएपछि...

बिहिबार, ११ कार्तिक २०७३

अमेरिकी राष्ट्रपति बराक ओबामाले आफ्नी सानी छोरीले सामाजिक संजालमा मजाक उडाएको बताएका छन्। ओबामाले डिलरका समयमा आफूले समाजिक संजालका विषयमा चर्चा गरेको र त्यो चर्चालाई छोरी साशाले रेकर्ड गरेर आफ्ना साथीलाई पठाएको बताएको बीबीसीले जनाएको छ।

मोनालिसा मुस्कानको नयाँ अर्थ

मोनालिसा मुस्कानको नयाँ अर्थ

बिहिबार, ११ कार्तिक २०७३

केही तस्बिर यस्ता हुन्छन्, जुन केही कुराको प्रतीक बन्न पुग्छन् । केही पेन्टिङ, कुनै खास आन्दोलनको प्रतीक बन्न पुग्छन् । तर कुनै चित्र चाहिँ यस्ता पनि हुन्छन्, जसलाई जुनसुकै सिद्धान्त, आन्दोलनमा घुसाउन मिल्छ ?

इदलिब हवाई आक्रमणमा बाइसको मृत्यु

इदलिब हवाई आक्रमणमा बाइसको मृत्यु

बिहिबार, ११ कार्तिक २०७३

सिरियाको उत्तरपश्चिमी क्षेत्रमा पर्ने विद्रोहीले कब्जा गरेको इदलिबमा बुधबार भएको हवाई आक्रमणमा परी कम्तीमा २२ जनाको मृत्यु भएको छ । घटनास्थलमा पुगेको अनुगमन टोलीले मृतकमध्ये झन्डै आधा सङ्ख्या बालबालिकाको रहेको जनाएको छ ।

आइएसद्वारा ३० नागरिकको हत्या

आइएसद्वारा ३० नागरिकको हत्या

बिहिबार, ११ कार्तिक २०७३

मध्य अफगानिस्तानमा इस्लामिक स्टेट (आइएस) समूहसँग आबद्ध लडाकुले बन्धक बनाई ३० सर्वसाधारणको हत्या गरेको स्थानीय सरकारले जनाएको छ ।अफगानिस्तानको घोर प्रान्तको राजधानी फिरोज कोहमा मंगलबार राति आइएस समूहमा आबद्ध अफगानी दायस समूहको आक्रमणमा अधिकांश भेडागोठालाको मृत्यु भएको घोरका प्रशासक नसीर खोजेहले जानकारी दिएका छन् ।

इरानले बनायो आत्मघाती विमान

इरानले बनायो आत्मघाती विमान

बिहिबार, ११ कार्तिक २०७३

इरानको विशिष्ट रिभोलुसनरी गार्डले बुधबार आपूmले ‘आत्मघाती चालक बिहीन विमान’ को निर्माण गरेको बताएको छ । उक्त विमानले जमिनबाट जमिन र पानीमा पनि आक्रमण गर्नसकिने इरानले जनाएको छ । यो विमानले युद्धका बेला विस्फोटक पदार्थ बोक्ने बमकै रुपमा प्रयोग हुने गार्डसँग नजिक मानिने तसिम न्यूज एजेन्सीले जनाएको छ ।

क्लिन्टनले लिएको  सिरियाली नीतिले तेस्रो विश्वयुद्ध निम्तिने ट्रम्पको दाबी

क्लिन्टनले लिएको सिरियाली नीतिले तेस्रो विश्वयुद्ध निम्तिने ट्रम्पको दाबी

बुधबार, १० कार्तिक २०७३

रिपब्लिकन पार्टीकातर्फबाट अमेरिकी राष्ट्रपतिका उमेद्वार डोनाल्ड ट्रम्पले हिलारी क्लिन्टनले दंगाग्रस्त मध्य पूर्वी देश सिरियासम्बन्धी लिएको विदेश नीतिले तेस्रो विश्वयुद्ध निम्तने दाबी गरेका छन्।

जहाँ फोटोले शासन गर्छ  !

जहाँ फोटोले शासन गर्छ !

बुधबार, १० कार्तिक २०७३

बिरामी भएर अस्पतालमा बसिरहेकी तमिलनाडुको मुख्यमन्त्री जयराम जयललिता अझै तमिलनाडु राज्यमा शासन गरिरहेकी छिन्, तर कसरी? जयललिता २२ सेप्टेम्बरदेखि उपचारकालागि अस्पतालमा छिन् र उनको स्वास्थ्य अवस्थालाई लिएर विभिन्न अड्कलबाजी चलिरहेका छन्। धेरैले उनलाई के भएको हो र उनको अवस्था अहिले के छ भन्ने कुराको पनि जानकारी छैन।

उडिरहेको विमानका चालक बिरामी परेपछि आकस्मिक अवतरण

उडिरहेको विमानका चालक बिरामी परेपछि आकस्मिक अवतरण

मङ्गलबार, ०९ कार्तिक २०७३

अमेरिकाको सान फ्रान्सिस्कोबाट लन्डनका लागि उडेको व्रिटिश एयरवेजको एउटा विमान आकासमै रहँदा चालक अचानक बिरामी परेपछि क्यानडाको भ्यानकुभरमा आकस्मिक अवतरण गरेको छ।

पाकिस्तानको क्वेटामा आतंकवादी आक्रमण, ५७ प्रहरीकाे मृत्यु

पाकिस्तानको क्वेटामा आतंकवादी आक्रमण, ५७ प्रहरीकाे मृत्यु

मङ्गलबार, ०९ कार्तिक २०७३

पाकिस्तानको क्वेटामा प्रहरी तालिम केन्द्रमा आतंकवादी आक्रमण भएको छ। सो आक्रमणमा ५७ प्रहरीको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन्। सो आक्रमणमा एक सय भन्दा बढी प्रहरी घाइते भएका छन्। करिब सात जनाको संख्यामा आएका आक्रमणकारीले अन्धाधुक्ध गोली चलाउँदा ठूलो संख्यामा प्रहरीको मृत्यु भएको हो। प्रहरीको जवाफी कारवाहीमा ३ आक्रमणकारी मारिएका छन्।

आइएसको कब्जाबाट छुटेकी बालिकाको कारुणिक बयान (भिडियाे)

आइएसको कब्जाबाट छुटेकी बालिकाको कारुणिक बयान (भिडियाे)

मङ्गलबार, ०९ कार्तिक २०७३

इराकको मोसुल सहरमा आइएससँग अन्तिम युद्ध गरिरहेको इराकी तथा अमेरिकी गठबन्धनको सेनाले आइएसको कब्जामा रहेकी वर्ष वर्षीया बालिकालाई छुटाएका छन्।

१० लाख  भ्रष्टाचारीलाई सजाय

१० लाख भ्रष्टाचारीलाई सजाय

मङ्गलबार, ०९ कार्तिक २०७३

चीनले भ्रष्टाचार मुद्दामा दोषी पाइएका १० लाखभन्दा बढीलाई सजाय दिएको बताएको छ । चिनियाँ सरकारी अधिकारीले विगत ३ वर्षमा यत्तिको संख्यामा भ्रष्टाचारमा दोषी पाइएको पुष्टि गरेका हुन् ।

इराकमा ७४ आइएस लडाकुको मृत्यु

इराकमा ७४ आइएस लडाकुको मृत्यु

मङ्गलबार, ०९ कार्तिक २०७३

उत्तरी इराकको किरकुक प्रान्तमा इराकी फौजले शुक्रबार गरेको कारबाहीमा ७४ आइएस लडाकु मारिएको दाबी गरेको छ । इराकी सुरक्षाकर्मीले सोमबार एक विज्ञप्ति जारी गरी यस्तो दाबी गरेको हो ।

पाकिस्तानको प्रहरी प्रशिक्षण केन्द्रमा आतंककारी हमला, कम्तीमा ४४ जनाको मृत्यु

पाकिस्तानको प्रहरी प्रशिक्षण केन्द्रमा आतंककारी हमला, कम्तीमा ४४ जनाको मृत्यु

मङ्गलबार, ०९ कार्तिक २०७३

पाकिस्तानको एक प्रहरी प्रशिक्षण केन्द्रमा भएको हमलामा कम्तीमा ४४ जनाको मृत्यु भएको छ। सोमबार राति तीन चार जनाको संख्यामा आएका आतंककारीले प्रशिक्षण केन्द्रको होस्टेलमा आक्रमण गरेको पाकिस्तानका अधिकारीहरुले बताएका छन्। उनीहरुले होस्टेलमा अन्धाधुन्ध फाइरिङ र बम हानेका थिए।

विमानस्थल नजिकै खसेको विमान दनदनी बल्यो, पाँचको मृत्यु

विमानस्थल नजिकै खसेको विमान दनदनी बल्यो, पाँचको मृत्यु

सोमबार, ०८ कार्तिक २०७३

माल्टाको अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार एक सानो विमान प्रस्थानको क्रममै दुर्घटनागस्त भएको छ। दुर्घटनामा परी विमानमा रहेका पाँच व्यक्तिको मृत्यु भएको अधिकारीले जानकारी दिएका छन्।

प्रहरी कारबाहीमा १८ माओवादी मारिए

प्रहरी कारबाहीमा १८ माओवादी मारिए

सोमबार, ०८ कार्तिक २०७३

नयाँदिल्ली- भारतीय पूर्वी राज्य उडिसामा भएको प्रहरी कारबाहीमा परी कम्तीमा पनि १८ जना नक्सालवादी मारिएका छन्। सोमबार दिउँसो सो कारबाही भएको बताइएको छ।

भारतमा ३२ लाख डेबिट कार्ड ‘ह्याक’

भारतमा ३२ लाख डेबिट कार्ड ‘ह्याक’

सोमबार, ०८ कार्तिक २०७३

भारतका विभिन्न बैंकबाट वितरण गरिएका करिब ३२ लाख डेबिट कार्ड ‘ह्याक’ भएको भारतीय प्रहरीले जनाएको छ । ह्याक भएको आशंका भएका बैंकहरुले आफ्ना ग्राहकलाई कार्डको व्यक्तिगत पिननम्बर परिवर्तन गर्न आग्रह गरेका छन् ।

टाइम वार्नर किन्ने एटि एण्ड टी को घोषणा

टाइम वार्नर किन्ने एटि एण्ड टी को घोषणा

आइतबार, ०७ कार्तिक २०७३

अमेरिकाको प्रसिद्ध मोवाइल कम्पनी एटि एण्ड टीले टाइम वार्नर किन्ने घोषणा गरेको छ। शनिबार टाइम वार्नर र एटि एण्ड टी को संचालक समितिको बैठकले ७० बिलियन युरोमा टाइम वार्नर किन्ने सहमति भएको हो। तर यो सहमतिको नियमावली बनाएर मात्र अनुमोदन गर्नुपर्ने हुन्छ।

Ncell Footer Ad