नेपालले सुरुवाती ब्याटिङ गर्दै

नेपालले सुरुवाती ब्याटिङ गर्दै

सोमबार, ३१ साउन २०७३

आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनशीप अन्तर्गत नेरदल्याण्डविरुद्धको दोस्रो खेलमा नेपालले सुरुवाती ब्याटिङ गर्दैछ । घरेलु टोली नेदरल्याण्डले टस जित्तै नेपाललाई सुरुवाती ब्याटिङको निमन्त्रण दिएको हो। नेपालले केही क्षणमै ब्याटिङ सुरु गर्दैछ

आर्सनलमाथि लिभरपुलको ४–३ को रोमाञ्जक जीत

आर्सनलमाथि लिभरपुलको ४–३ को रोमाञ्जक जीत

सोमबार, ३१ साउन २०७३

इङ्लिस प्रिमियर लिग अन्तर्गत आर्सनल र लिभरपुलबीच भएको खेलमा कूल ७ गोल भएका छन्। आर्सनलको इमिरेट्स रंगशालामा भएको खेलमा लिभरपुलले घरेलु टोली आर्सनलमाथि ४–३ को रोमाञ्चक जीत हात पारेको छ।

नेपाली टोलीको आशा मौसममा

नेपाली टोलीको आशा मौसममा

सोमबार, ३१ साउन २०७३

नेदरल्यान्ड्स भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत सोमबार घरेलु टोलीविरुद्ध दोस्रो खेल्नेछ। नेदरल्यान्ड्सविरुद्धको पहिलो खेलमा नेपाल ७ विकेटले पराजित भएको थियो।

ओलम्पिकमा अमेरिकाको हजार स्वर्ण

ओलम्पिकमा अमेरिकाको हजार स्वर्ण

सोमबार, ३१ साउन २०७३

स्टार पौडी खेलाडी माइकल फेल्पसले ओलम्पिकमा २३ स्वर्ण पदक जित्दै ओलम्पिक पौडीमा आफ्नो चम्किलो करियरको अन्त्य गरेका छन्। रियो ओलम्पिकको मध्यतिर उसेन बोल्टको चर्चा सुरु हुने बेला फेल्पसको स्पर्धा भने सकिएको छ।

कोलम्बियामाथि नेइमारको जित

कोलम्बियामाथि नेइमारको जित

सोमबार, ३१ साउन २०७३

ब्राजिलका कप्तान नेइमारले जारी ओलम्पिकमा पहिलो गोल गरेपछि आयोजक टोलीले कोलम्बियामाथि २–० को जितका साथ लगातार तेस्रो पटक ओलम्पिक सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

ग्वार्डिओलाको विजयी सुरुआत

ग्वार्डिओलाको विजयी सुरुआत

सोमबार, ३१ साउन २०७३

म्यानचेस्टर युनाइटेडको प्रशिक्षकका रुपमा जोजे माउरिन्होले प्रिमियर लिगमा सुखद सुरुआत गर्दा शनिबार उनको टोलीले बर्नामाउथलाई ३–१ को नतिजामा पराजित गरेको छ।

स्मिथ र मार्शको अर्धशतक

स्मिथ र मार्शको अर्धशतक

सोमबार, ३१ साउन २०७३

कप्तान स्टेभन स्थिम र सान मार्शले अर्धशतक बनाएपछि श्रीलंकाविरुद्धको तेस्रो तथा अन्तिम टेस्टको पहिलो इनिङमा अस्ट्रेलियामाथिको दबाब कम भएको छ। त्यसअघि दिनेश चन्डिमालको शतकीय इनिङमा घरेलु टोलीले अस्ट्रेलियामाथि दबाब बनाएको थियो।

नेमारको गोलमा आयोजक ब्राजिल सेमिफाइनमा

नेमारको गोलमा आयोजक ब्राजिल सेमिफाइनमा

आइतबार, ३० साउन २०७३

कप्तान नेमारको गोलमा आयोजक ब्राजिल कोलम्बियालाई पराजित गर्दै ओलम्पिक पुरुष फुटबलको सेमिफाइनमा प्रवेश गरेको छ।

सरस्वतीले तोडिन् २६ वर्षअघि कीर्तिमान

सरस्वतीले तोडिन् २६ वर्षअघि कीर्तिमान

आइतबार, ३० साउन २०७३

रियो ओलम्पिक जानुअघि सरस्वती भट्टराईको दुईवटा लक्ष्य थियो। ‘राष्ट्रिय कीर्तिमान तोड्ने मेरो लक्ष्य हो,’ उनले रियो तयारीका क्रममा भनेकी थिइन्, ‘त्यो सकिन भने आफ्नै प्रदर्शनमा अवश्य सुधार गर्नेछु।’ उनी पहिलो लक्ष्यमै सफल भएर फर्कंदैछिन्। १५ सय मिटर दौडमा उनले २६ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान भंग गरेकी छन्।

नेपालको कमजोर ब्याटिङ

नेपालको कमजोर ब्याटिङ

आइतबार, ३० साउन २०७३

कमजोर ब्याटिङ प्रदर्शन गरेको नेपाल आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा शनिबार नेदरल्यान्ड्ससँग७ विकेटले पराजित भएको छ। अमस्टेभिनस्थित भिआरए मैदानमा नेपालका कुनै पनि ब्याट्सम्यानलेखुलेर खेल्न सकेनन्। ओपनर अनिल मण्डलले बनाएको २० रन नेपाली ब्याट्सम्यानको सबैभन्दा ठूलो स्कोर थियो।

अमेरिकालाई स्विडेनको झट्का

अमेरिकालाई स्विडेनको झट्का

आइतबार, ३० साउन २०७३

प्रस्ट वक्तामा परिचित अमेरिकी फुटबल टोलीकी गोलकिपर होप सोलोले लगातार चौथोपटक ओलम्पिकमा स्वर्ण पदक जित्ने आशा समाप्त भएपछि स्विडेनलाई काँतरको संज्ञा दिएकी छन्। अर्कोतिर म्याराथन पेनाल्टी सुटआउटमा स्टार मार्टाले चुकाए पनि ब्राजिली टोली अस्ट्रेलियालाई हराउँदै रियो ओलम्पिकको महिला फुटबलको सेमिफाइनल पुगेको छ।

नेदरल्याण्डद्वारा नेपाल ७  विकेटले पराजित

नेदरल्याण्डद्वारा नेपाल ७ विकेटले पराजित

शनिबार, २९ साउन २०७३

काठमाडौँ— आइसीसी विश्व लिग च्याम्पियनसिपअन्तर्गतको खेलमा नेपाल घरेलु टोली नेदरल्याण्डसँग ७ विकेटले पराजित भएको छ।

नेपालद्वारा नेदरल्याण्ड सामु  ९५ रनको झिनो लक्ष्य प्रस्तुत

नेपालद्वारा नेदरल्याण्ड सामु ९५ रनको झिनो लक्ष्य प्रस्तुत

शनिबार, २९ साउन २०७३

काठमाडौँ— आइसीसी विश्व लिग च्याम्पियनसिपअन्तर्गतको खेलमा नेपालले घरेलु टोली नेदरल्याण्डसामु ९५ रनको झिनो लक्ष्य दिएको छ।

नेपालले सुरुवाती ब्याटिङ गर्दै

नेपालले सुरुवाती ब्याटिङ गर्दै

शनिबार, २९ साउन २०७३

आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनशीप अन्तर्गत नेरदल्याण्डविरुद्धको खेलमा नेपालले सुरुवाती ब्याटिङ गर्दैछ । घरेलु टोली नेदरल्याण्डले टस जित्तै नेपाललाई सुरुवाती ब्याटिङको निमन्त्रण दिएको हो। नेपालले केही क्षणमै ब्याटिङ सुरु गर्दैछ।

मेसीद्वारा सन्यास फिर्ता

मेसीद्वारा सन्यास फिर्ता

शनिबार, २९ साउन २०७३

अर्जेन्टिनाका पूर्व कप्तान तथा बार्सीलोनाका स्टार लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलमा फेरि फर्कने घोषणा गरेका छन्। अमेरिकामा सम्पन्न कोपा अमेरिकाको फाइनलमा चिलीसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि मेसीले अप्रत्यासित रुपमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए।

सरस्वती प्रशिक्षणलाई जापानतिर

सरस्वती प्रशिक्षणलाई जापानतिर

शनिबार, २९ साउन २०७३

महिला राष्ट्रिय भलिबल टोलीकी स्पाइकर सरस्वती चौधरी आइतबार वैदेशिक प्रशिक्षणका लागि जापान जाँदैछिन्। सरस्वतीले जापानमा युनिभर्सिटी अफ टिसुकुबामा करिब एक महिना प्रशिक्षण लिने छिन्। युनिभर्सिटीको छात्रवृत्तिमा उनले जापानमा प्रशिक्षण गर्ने अवसर पाएकी हुन्।

नेपाल आज डचसँग खेल्दै

नेपाल आज डचसँग खेल्दै

शनिबार, २९ साउन २०७३

विश्व क्रिकेट लिग च्याम्पियनसिपको कम्तीमा शीर्ष चारभित्रको लक्ष्यसहित नेपालले शनिबार शीर्ष तथा घरेलु टोली नेदरल्यान्ड्सविरुद्ध खेल्दैछ। नेदरल्यान्ड्स भ्रमणमा रहेको नेपालले आर्मस्टेलभिनमा दुईवटा एकदिवसीय खेल खेल्नेछ।

भारतीय खेलमन्त्रीको अभद्र शैली

भारतीय खेलमन्त्रीको अभद्र शैली

शनिबार, २९ साउन २०७३

भारतीय खेलकुदमन्त्री विजय गोयलले रियो ओलम्पिकमा निषेधित क्षेत्रमा असम्बन्धित मानिसलाई लिएर जान खोजेको तथा आक्रामक र रुखो व्यवहार गरेको भन्दै आयोजकले शुक्रबार उनको एक्रिडिएसन कार्ड रद्द गर्ने चेतावनी दिएका छन्।

फिजीको सडकमा जब बारुद पडि्कए

फिजीको सडकमा जब बारुद पडि्कए

शनिबार, २९ साउन २०७३

फिजीका जनताले शुक्रबार खुसीयाली मनाउने क्रममा सबै सिमाना नाघे, बारुदहरू पड्किन थाल्यो, सबैजना सडकमा आएर नाच्न थाले। एउटा सानो देशले ओलम्पिकमा पहिलो पदक जितेको थियो, त्यो पनि स्वर्ण। त्यही खुसीमा राष्ट्रिय बिदा घोषणा गरियो।

इभेन्ट फ्रिस्टाइल, खुसी एउटै

इभेन्ट फ्रिस्टाइल, खुसी एउटै

शनिबार, २९ साउन २०७३

क्यानडाकी पेनी ओलेक्सियाक र अमेरिकाकी सिमोन म्यानुअलले बिहीबार पौडीको १ सय मिटर फ्रिस्टाइल एकसाथ दूरी तय गरे। फिनिस गर्दा को पहिला भन्ने भएन, दुवैले एकसाथ भित्ता छोएर संयुक्त रूपमा खुसी साटे। एकसाथ फिनिस गरेका दुवैलाई आयोजकहरूले स्वर्ण पदकबाट पुरस्कृत गर्‍यो।

Ncell Footer Ad