'खेलकुदका नाममा व्यापार'

'खेलकुदका नाममा व्यापार'

शनिबार, १२ चैत २०७३

वा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीले खेलकुदको नाममा ब्यापार गर्ने प्रवृत्तिका कारण नेपाली खेलक्षेत्रले समस्या भोग्नु परेको बताएका छन्।

राजर्षि जनक कपः सडेन डेथमा मनाङ मर्स्याङ्दी विजयी

राजर्षि जनक कपः सडेन डेथमा मनाङ मर्स्याङ्दी विजयी

शुक्रबार, ११ चैत २०७३

सर्लाहीको बागमतीमा जारी ए डिभिजन ‘राजर्षि जनक कप’अन्तर्गत तेश्रो दिन शुक्रबार भएको खेलमा सडेन डेथमा ब्वाईज युनियन काठमाडौंलाई पराजित गर्दै मनाङ मस्र्याङ्दी विजयी भएको छ।

पोडोलस्कीको स्वर्णिम बिदाइ

पोडोलस्कीको स्वर्णिम बिदाइ

शुक्रबार, ११ चैत २०७३

इङ्ल्यान्डमाथि १–० को विजय हासिल गर्दा बुधबार राति गोल गरेका स्ट्राइकर लुकास पोडोलस्कीले जर्मनीको राष्ट्रिय टिमबाट आफूले स्वर्णिम बिदाइ पाएको बताएका छन्।

छिरिङलाई उपाधि

छिरिङलाई उपाधि

शुक्रबार, ११ चैत २०७३

टासी छिरिङले बिहीबार गोकर्ण गल्फ क्लबमा प्लेअफसम्म मिहिनेत गर्दै नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिपको उपाधि जितेका छन्। तीन दिनसम्म ५४ होलमा प्रतिस्पर्धा भएको प्रतियोगिताको अन्तिममा ३ ओभर २ सय १९ स्कोरमा बराबरी भएपछि पहिलो अतिरिक्त होलमा टासीले शुक्रबहादुर राईलाई पराजित गरेका थिए।

विवाद मिलाउने जिम्मा सदस्यसचिवलाई

विवाद मिलाउने जिम्मा सदस्यसचिवलाई

शुक्रबार, ११ चैत २०७३

युवा तथा खेलकुद मन्त्रालयले नेपाल ओलम्पिक कमिटी (एनओसी) विवाद समाधानका लागि समन्वय गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्टलाई जिम्मेवारी दिएको छ।

आर्मीको फराकिलो जित

आर्मीको फराकिलो जित

शुक्रबार, ११ चैत २०७३

नेपाल आर्मीले ४–० को नतिजामा सरस्वती युवा क्लब काठमाडौंलाई पराजित गरेको छ।  सर्लाहीको बागमतीमा जारी राजर्षि जनक फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार सम्पन्न खेलको ५०औ मिनेटमा विवेक बस्नेतको क्रसको सदुपयोग गर्दै आर्मीका टंक बस्नेतले गोलको खाता खोलेका थिए।

नेपालले श्रीलंकाली भेट्रानसँग खेल्ने

नेपालले श्रीलंकाली भेट्रानसँग खेल्ने

बिहिबार, १० चैत २०७३

विश्व क्रिकेटमा सनथ जयसूर्याको विस्फोटक ब्याटिङ र तीव्र गतिका बलर चामिन्दा भासको बलिङबाट नडराउने कमै खेलाडी होलान्। श्रीलंकाका यिनै महान् क्रिकेटरसँग नेपाली क्रिकेट टोलीले तीन ट्वान्टी–२० शृंखला खेल्ने भएको छ।

अन्तर्राष्ट्रिय मान्यता ल्याउन चुनौती

अन्तर्राष्ट्रिय मान्यता ल्याउन चुनौती

बिहिबार, १० चैत २०७३

अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले प्रशासनको सहयोगमा मंगलबार एनओसी कार्यालय कब्जा गरेको रुक्मशमशेर राणा नेतृत्वको राष्ट्रिय मान्यताप्राप्त कार्यसमितिलाई अन्तर्राष्ट्रिय मान्यता ल्याएर देखाउन चुनौती दिएका छन्।

भलिबलमा चार खेलाडी डेब्यु गर्दै

भलिबलमा चार खेलाडी डेब्यु गर्दै

बिहिबार, १० चैत २०७३

नेपालले माल्दिभ्समा जारी तेस्रो एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबलमा बिहीबार तुर्कमेनिस्तानको सामना गर्नेछ। बलियो प्रतिद्वन्द्वीसँग खेल्दै प्रतियोगिता सुरु गर्ने तयारीमा रहेको नेपाली टोलीबाट चार नयाँ खेलाडीले 'डेब्यु' गर्ने सम्भावना छ।

संकटमा अर्जेन्टिनाको विश्वकप यात्रा

संकटमा अर्जेन्टिनाको विश्वकप यात्रा

बिहिबार, १० चैत २०७३

लियोनल मेसी र उनको अर्जेन्टिना अनुपस्थित भए आगामी विश्वकप कस्तो होला? उत्तर सहज र सोझो छ, 'खल्लो हुन्छ।' रुसमा अर्को वर्ष हुने २०१८ विश्वकपमा अर्जेन्टिना अनुपस्थित हुने सम्भावना बलियो बन्दैछ। बिहीबार हुने महत्वपूर्ण खेलमा चिर प्रतिद्वन्द्वी चिलीको सामना गर्ने तयारीमा रहेको दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना छनोट चरणबाटै बाहिरिने संघारमा पुगेको छ।

युवा खेलाडीलाई अवसर

युवा खेलाडीलाई अवसर

बुधबार, ०९ चैत २०७३

विश्वविजेता जर्मनीले बुधबार डर्टमन्डमा इङ्ल्यान्डलाई मैत्रीपूर्ण खेलका लागि आतिथ्यता प्रदान गर्दा दुवै टोलीका प्रशिक्षकले युवा खेलाडीलाई अवसर दिने बताएका छन्।

भार्डेलाई मार्ने धम्की

भार्डेलाई मार्ने धम्की

बुधबार, ०९ चैत २०७३

इङ्ल्यान्ड तथा लेस्टर सिटीका फरवार्ड जेमी भार्डेले प्रशिक्षक क्लाउडियो रिनेरीको बर्खास्तगीको दोष लगाउँदै आफू र आफ्नो परिवारलाई ज्यान मार्ने धम्की आएको बताएका छन्।

ओलम्पिक कार्यालयमा राणा पक्षको कब्जा

ओलम्पिक कार्यालयमा राणा पक्षको कब्जा

बुधबार, ०९ चैत २०७३

सर्वोच्च अदालतको निर्णयलाई आधार देखाउँंदै प्रशासनको सहयोगमा राष्ट्रिय मान्यता प्राप्त रुक्मशमशेर राणा अध्यक्ष रहेको नेपाल ओलम्पिक कमिटीले मंगलबार ओलम्पिक कमिटीको कार्यालयमा कब्जा जमाएको छ।

युरोपेली केही मात्रै सक्षम : सिफ्रिन

युरोपेली केही मात्रै सक्षम : सिफ्रिन

बुधबार, ०९ चैत २०७३

युरोपेली फुटबल संघ (युइएफए) का प्रमुख एलेक्जेन्डर सिफ्रिनले मंगलबार ४८ टोली सम्मिलित विश्वकप आयोजनाका लागि युरोपमा केही राष्ट्र मात्र सक्षम रहेको बताएका छन्।

स्वाइन्सटाइगर अमेरिकातर्फ

स्वाइन्सटाइगर अमेरिकातर्फ

बुधबार, ०९ चैत २०७३

जर्मनीका पूर्वकप्तान तथा म्यानचेस्टर युनाइटेडका मिडफिल्डर बास्टेन स्वाइन्सटाइगर मेजर लिग सकर क्लब सिकागो फायरसँग अनुबन्धित भएको इङ्लिस प्रिमियर लिग क्लबले मंगलबार जनाएको छ।

‘जितले टेस्ट खेल्न प्रोत्साहन’

‘जितले टेस्ट खेल्न प्रोत्साहन’

बुधबार, ०९ चैत २०७३

बंगलादेशले आइतबार श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा हात पारेको ऐतिहासिक जितले अन्य टोलीलाई आफ्नो टोलीसँग टेस्ट खेल्न प्रोत्साहन गर्ने बंगलादेशी क्रिकेट बोर्डका प्रमुखले बताएका छन्।

भेट्रान फुटबलमा ११ टोली

भेट्रान फुटबलमा ११ टोली

मङ्गलबार, ०८ चैत २०७३

दोस्रो नेपाल कप भेट्रान फुटबल प्रतियोगितामा ११ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन्। बिहीबारदेखि हुने प्रतियोगितामा साबिक विजेता त्रिभुवन आर्मी क्लब, सामाखुसी फुटसल टिम, नाइट किङ क्लब, ब्वाइज युनियन क्लब, रूपन्देही ११ भेट्रान क्लब (बुटवल), झम्सीखेल युथ क्लब, साबिक उपविजेता मनाङ मर्स्याङदी क्लबले खेल्नेछन्।

तेस्रो टेस्ट बराबरीमा

तेस्रो टेस्ट बराबरीमा

मङ्गलबार, ०८ चैत २०७३

पिटर ह्यान्सकोम्ब र शन मार्सको अर्धशतकप्रेरित अस्ट्रेलियाले सोमबार भारतविरुद्धको तेस्रो टेस्ट बराबरीमा टुंग्याएको छ। यस बराबरीसँगै ४ टेस्टको शंृखला १–१ को बराबरीमा रहेको छ। अब शंृखलाको विजेता चौथो टेस्टले मात्र निर्धारण गर्ने भएको छ।

मनीष र आशिषको बराबरी नतिजा

मनीष र आशिषको बराबरी नतिजा

मङ्गलबार, ०८ चैत २०७३

नेपाली फिडे मास्टरद्वय मनीष हमाल र आशिष फुयालले सोमबार एसियन जोनल ३.२ बुद्धिचाल प्रतियोगितामा बराबरी नतिजा निकालेका छन्। मनीष (२०८१ रेडेट) ले दोस्रो चरणको खेलमा बंगलादेशका ग्रान्ड मास्टर (जिएम) नियाज मुर्सदसँग बराबरी खेले। नियाज २४२२ रेटेड खेलाडी हुन्।

म्यानचेस्टर अमेरिका जाने

म्यानचेस्टर अमेरिका जाने

मङ्गलबार, ०८ चैत २०७३

म्यानचेस्टर युनाइटेडले प्रि–सिजनमा अमेरिका भ्रमणमा निस्कने सोमबार पुष्टि गरेको छ। इङ्लिस प्रिमियर लिगको पाँचौं स्थानमा रहेको जोजे माउरिन्होको टोलीको सिजन ब्रेकमा आगामी सिजनको तयारीका लागि गरिने अमेरिका भ्रमणमा लस एन्जल्स, साल्ट लेक सिटी, सान्टा क्लारा र वासिङ्टन डिसी गरी पाँच सहर समावेश हुने जनाइएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad