जोकोभिच र सोंगा भिड्ने

जोकोभिच र सोंगा भिड्ने

बुधबार, २२ भदौ २०७३

शीर्ष वरीयताका नोभाक जोकोभिच र महिलामा दोस्रो वरीयताप्राप्त एन्जेलिक क्रेबर युएस ओपन टेनिसको अन्तिम चारमा स्थान पक्का गर्ने उद्देश्यसहित बुधबार कोटमा उत्रने छन्। जर्मनीकी क्रेबरले क्वार्टरफाइनलमा रोबर्टा भिन्चीसँग प्रस्पिर्धा गर्नेछिन्।

इन्डोर कर्पोरेट क्रिकेटमा १२ टोली

इन्डोर कर्पोरेट क्रिकेटमा १२ टोली

बुधबार, २२ भदौ २०७३

नेपाल स्पोर्टस म्यानेजमेन्टले भदौ २३ बाट कोकाकोला इन्डोर कर्पोरेट कप क्रिकेट प्रतियोगिता गर्ने भएकोछ। रातोपुलस्थित भेलोसिटी एरिनामा ४ दिन चल्ने प्रतियोगितामा१२ कर्पोरेट हाउसको सहभागिता रहनेछ। लिगकम नकआउट आधारमा हुने प्रतियोगिताका १२ टोलीलाई ४ समूहमा विभाजन गरेर खेलाइने छ।

नेपाली खेलाडीको मिश्रित प्रदर्शन

नेपाली खेलाडीको मिश्रित प्रदर्शन

बुधबार, २२ भदौ २०७३

नेपाली खेलाडीले अजरबैजानको बाकुमा जारी४२ औं चेस ओलम्पियाडको चौथो चरणमा मिश्रित प्रदर्शन गरेका छन्। पुरुष टोलीले दक्षिण कोरियासँग २–२ को बराबरी खेल्यो भने महिला टोलीले पनि बोत्सनासँग २–२ कै बराबरी खेलेको छ। तीन खेल खेलेका २०११ रेटेड फिडे मास्टर विलमलाल श्रेष्ठले जितलाई निरन्तर बनाए।

पेप्सी ओपन गल्फ हुने

पेप्सी ओपन गल्फ हुने

बुधबार, २२ भदौ २०७३

वर्षायामको अन्त्यतिर सुरु हुन लागेको गल्फ सिजनमा यसपालि एमेच्योरको नयाँ प्रतियोगिता थपिएको छ। वरुण बेभरेजको प्रायोजनमा शनिबार गोकर्ण गल्फ क्लबको कोर्समा पेप्सी ओपन गल्फ प्रतियोगिता हुने भएको छ।

सन्दीपलाई माइकल क्लार्कको निम्तो

सन्दीपलाई माइकल क्लार्कको निम्तो

बुधबार, २२ भदौ २०७३

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेलाई अष्ट्रेलीयन क्रिकेट टिमका पूर्व कप्तान माइकल क्लार्कले खेल तथा तालिमकालागि निमन्त्रणा गरेका छन्।

पोउलीसँग नाडाल स्तब्ध

पोउलीसँग नाडाल स्तब्ध

मङ्गलबार, २१ भदौ २०७३

लुकास पोउलीले आइतबार न्युयोर्कमा ठूलो स्तब्ध नतिजा निकाल्ने क्रममा १४ पटकका ग्रान्ड स्लाम च्याम्पियन राफेल नाडाललाई पाँच सेटसम्म संघर्ष गर्दै निराश पारेपछि युएस ओपनको पुरुष क्वार्टरफाइनलमा तीन फ्रान्सेली खेलाडी हुने भएका छन्।

अष्ट्रेलियाली टोलीमा तीन नयाँ

अष्ट्रेलियाली टोलीमा तीन नयाँ

मङ्गलबार, २१ भदौ २०७३

तीव्र गतिका बलर मिचेल स्टार्क र जोस हाज्लेउड अनुपस्थित हुने दक्षिण अफ्रिकाविरुद्धको दिवसीय शृंखलाका लागि अस्ट्रेलियालेतीन नयाँ खेलाडीलाई मौका दिएको छ। श्रीलंकाविरुद्धको टेस्ट र एकदिवसीय शृंखलापछि छनोट समितिले हाज्लेउड र स्टार्कलाई आराम दिने निर्णय गरेको हो। सोमबार घोषणा गरिएको १५ जनाको टोलीमा क्रिस ट्रेमैन, जोए मेन्नी र डानियल वोर्रेल नयाँ अनुहार हुन्।

अष्ट्रेलियाली टोलीमा तीन नयाँ

अष्ट्रेलियाली टोलीमा तीन नयाँ

मङ्गलबार, २१ भदौ २०७३

तीव्र गतिका बलर मिचेल स्टार्क र जोस हाज्लेउड अनुपस्थित हुने दक्षिण अफ्रिकाविरुद्धको दिवसीय शृंखलाका लागि अस्ट्रेलियालेतीन नयाँ खेलाडीलाई मौका दिएको छ। श्रीलंकाविरुद्धको टेस्ट र एकदिवसीय शृंखलापछि छनोट समितिले हाज्लेउड र स्टार्कलाई आराम दिने निर्णय गरेको हो। सोमबार घोषणा गरिएको १५ जनाको टोलीमा क्रिस ट्रेमैन, जोए मेन्नी र डानियल वोर्रेल नयाँ अनुहार हुन्।

अन्तिम खेलमा पाकिस्तान विजयी

अन्तिम खेलमा पाकिस्तान विजयी

मङ्गलबार, २१ भदौ २०७३

सर्फराज अहमेदको ९० रनप्रेरित पाकिस्तानले आइतबार इङ्ल्यान्डविरुद्धको अन्तिम एकदिवसीय खेल ४ विकेटले जितेको छ। हारका बाबजुद इङ्ल्यान्डले पाँच खेलको एकदिवसीय शृंखला ४–१ ले जितेको छ।

विवादको छायामा पाराओलम्पिक

विवादको छायामा पाराओलम्पिक

मङ्गलबार, २१ भदौ २०७३

मैदान बाहिरका सबै विवाद छायाँमा पार्ने आशासाथ बुधबार रियो दी जेनेरियोमा पाराओलम्पिक खेलकुद सुरु हुँदैछ। राजनीतिक र आर्थिक समस्याबीच रियो २०१६ आयोजना गर्दा आयोजकले थुप्रै कठिनाइ झेलिरहेका छन्।

जर्मनी, इङ्ल्यान्ड र स्कटल्यान्ड सफल

जर्मनी, इङ्ल्यान्ड र स्कटल्यान्ड सफल

मङ्गलबार, २१ भदौ २०७३

बायर्न म्युनिखका खेलाडीद्वय थोमस मुलर र जोसुवा किमिचप्रेरित साबिक विजेता जर्मनीले नर्वेमाथि ३-० को अवे जित हासिल गर्दै विश्वकप छनोटमा उपाधि रक्षा अभियान सुरु गरेको दिन आइतबार इङ्ल्यान्ड र स्कटल्यान्ड पनि विजयी भएका छन्।

धोनीविरुद्धको मुद्दा खारेज

धोनीविरुद्धको मुद्दा खारेज

मङ्गलबार, २१ भदौ २०७३

भारतको उच्च अदालतले एकदिवसीय क्रिकेटका कप्तान महेन्द्रसिंह धोनीविरुद्धको आपराधिक मुद्दा खारेज गरिदिएको छ।

जर्मनी, इङल्याण्ड र स्कटल्याण्ड विजयी

जर्मनी, इङल्याण्ड र स्कटल्याण्ड विजयी

सोमबार, २० भदौ २०७३

विश्वकप छनोट चरणअन्तर्गत आइतबार राती सम्पन्न खेलहरुमा जर्मनी, इङल्याण्ड र स्कटल्याण्ड विजयी भएका छन्।

समाधानका लागि उधारो सहमति

समाधानका लागि उधारो सहमति

सोमबार, २० भदौ २०७३

लामो समयदेखि विवादका थुप्रै शृंखला बेहोर्दै आएको नेपाली क्रिकेटको समस्या समाधानको उदेश्यमा सल्लाहकार समिति गठन गरेर क्रिकेट बोर्डको विधान तयार गर्न नेपाल सरकार र अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) सहमत भएका छन्।

न्यू डाइमन्डलाई भलिबल उपाधि

न्यू डाइमन्डलाई भलिबल उपाधि

सोमबार, २० भदौ २०७३

प्रतिभा माली हावी भएको खेलमा न्यू डायमन्ड एकेडेमीले एपिएफलाई हराउँदै लगातार चौथो पटक लामाचौर राष्ट्रिय महिला भलिबलको उपाधि जितेको छ। डायमन्डले लामाचौर कोर्टमा भएका सबै फाइनलमा एपिएफलाई नै पराजित गरेको छ।

विनोदलाई मिस्टर माछापुच्छ्रेको उपाधि

विनोदलाई मिस्टर माछापुच्छ्रेको उपाधि

सोमबार, २० भदौ २०७३

पाल्पाका विनोद बज्राचार्यले तेश्रो मिस्टर माछापुच्छ्रेको उपाधि हात पारेका छन्। कास्की जिल्ला शारिरिक सुगठन तथा फिट्नेस संघले आयोजना गरेको पश्चिमाञ्चल क्षेत्रिय स्तरको प्रतियोगितामा ७५ केजी तौल माथिका हेभिवेट बज्राचार्य च्याम्पियन बनेका थिए।

नेपालको खराब प्रदर्शन जारी

नेपालको खराब प्रदर्शन जारी

सोमबार, २० भदौ २०७३

नेपाल ४२औं चेस ओलम्पियाडको दोस्रो चरणमा पनि पराजित भएको छ। अजरबैजानको बाकुमा जारी प्रतियोगितामा वरियताक्रमको १ सय १४ औं स्थानमा रहेको नेपालको पुरुष, महिला दुवै टोली पराजित भएका छन्।

सेरेना युएस ओपनको चौथो चरणमा

सेरेना युएस ओपनको चौथो चरणमा

सोमबार, २० भदौ २०७३

सेरेना विलियम्सले युएस ओपनको चौथो चरणमा स्थान पक्का गरेको दिन शनिबार पुरुष तर्फ एन्डी मरे र स्टेन वावारेन्का अन्तिम १६ मा पुगेका छन्। विश्व नम्बर एक सेरेनाले स्विडेनकी जोहाना लार्सन माथि ६–२, ६–१ को सहज जित हासिल गरेकी थिइन्।

क्रिक्रेट विवाद मिलाउन सल्लाहकार समिति बनाउने आइसीसीको घोषणा

क्रिक्रेट विवाद मिलाउन सल्लाहकार समिति बनाउने आइसीसीको घोषणा

आइतबार, १९ भदौ २०७३

अन्तर्राष्ट्रिय क्रिक्रेट काउन्सिल (आएसीसी)ले नेपालमा जारी क्रिक्रेट विवाद समाधानका लागि सल्लाहकार समिति बनाउने घोषणा गरेको छ। आइसीसीका कार्यकारी अधिकृत डेभिड रिचार्डसनको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलले आज राजधानीमा पत्रकार सम्मेलन गर्देै नेपालमा जारी क्रिक्रेट विवाद समाधानका लागि सल्लाहकार समिति गठन गर्ने घोषणा गरेको हो।

‘क्रिक्रेट विकास बोर्ड’ गठन गर्न आइसीसी सहमत

‘क्रिक्रेट विकास बोर्ड’ गठन गर्न आइसीसी सहमत

आइतबार, १९ भदौ २०७३

आइसीसीका कार्यकारी अधिकृत डेभिड रिचार्डशनको नेतृत्वमा आएको टोली प्रधामन्त्रीसँगको भेटपछि नेपालमा क्रिक्रेट विकास बोर्ड गठन गर्न सहमत भएको छ । बोर्ड गठनको कार्यविधि तथा प्रवधान तयार पार्नका लागि ५ देखि ७ सदस्यीय सल्लाहाकार कमिटी गठन गरिने ।

Ncell Footer Ad