रियोमा सरस्वतीको आशा

रियोमा सरस्वतीको आशा

बिहिबार, २७ साउन २०७३

अभावबीच फुलिदिन्छ कमलको फूल। त्यसैले सुन्दर हुन्छ। देख्दै लोभलाग्दो। त्यस्तै अभावमा हुर्किएकी हुन्, सरस्वती भट्टराई। उनी पनि कमलको फूलजस्तै फुलेकी छिन् अहिले। रियो ओलम्पिकमा नेपालबाट पाँच खेलमा ७खेलाडीको सहभागिता छ।

फेल्पसको कीर्तिमान

फेल्पसको कीर्तिमान

बिहिबार, २७ साउन २०७३

पौडी स्टार माइकल फेल्पसले बुधबार ओलम्पिकमा २० औं स्वर्ण पदक नाटकीय रूपमा जितेका छन्। पौडीमा ऐतिहासिक सफलता हासिल गरिसकेको माइकलले रियोमा स्वर्ण जित्नु अघि छोरा बुमेरलाई चुम्बन गरेका थिए। त्यसपछि उनले ओलम्पिकमा २१ औं स्वर्ण जित्दै कीर्तिमान बनाएका छन्। उनी ओलम्पिकमा सर्वाधिक स्वर्ण जित्ने खेलाडी हुन्।

ओलम्पिकप्रति क्रेजी बन्दै भारतीय

ओलम्पिकप्रति क्रेजी बन्दै भारतीय

बिहिबार, २७ साउन २०७३

नयाँ दिल्लीको मध्यभागमा रहेको एउटा पार्कमा राखिएको ठूलो पर्दामा ओलम्पिकका खेल हेरिरहेका छन् मानिसहरू। भारतीय युवाहरू गफ गर्दै सेल्फी र पर्दा अगाडि फोटो खिचाउन उत्सुक देखिएका छन्। यस्तोे मौका साहसिक खेल हुँदा कहिलेकाहिँ मात्र आउने गर्छ युवाहरूका लागि।

रियो पोखरीमा शितयुद्धको झल्को

रियो पोखरीमा शितयुद्धको झल्को

बिहिबार, २७ साउन २०७३

सत्तरी र असीको दशकमा भएको शीतयुद्धले ओलम्पिकमा पारेको असर रियोमा पनि झल्किएको छ। अमेरिकी र रुसी पौडी खेलाडीबीचको विवाद पछि त्यो झन छताछुल्ल भएको हो। अमेरिकाले रुसको सबै टोलीलाई रियो ओलम्पिकमा प्रतिबन्ध लगाउनुपर्ने बताएपछि खेलका दुई शक्तिशाली राष्ट्रबीच विवाद बढेको थियो। त्यसको सबैभन्दा ठूलो असर सोमबार भएको महिला १०० मिटर ब्रेस्टस्ट्रोक प्रतियोगिताका फाइनलमा देखियो।

रियो ओलम्पिकः पदक तालिकामा अमेरिका शीर्ष स्थानमा चीन दोस्रो

रियो ओलम्पिकः पदक तालिकामा अमेरिका शीर्ष स्थानमा चीन दोस्रो

बुधबार, २६ साउन २०७३

ब्राजिलमा जारी रियो ओलम्पिक २०१६ को पदक तालिकामा अमेरिका शीर्ष स्थानमा रहँदा चीन भने दोस्रो स्थानमा रहेको छ।

रियोमा लक्ष्य भेटिन् फुपुले

रियोमा लक्ष्य भेटिन् फुपुले

बुधबार, २६ साउन २०७३

काठमाडौं–रियो ओलम्पिकका लागि बिदाइको बेला जुडो खेलाडी फुपुल्हामु खत्रीले पूरा समय म्याटमा टिक्ने लक्ष्य लिएको बताएकी थिइन् ।

पोग्बाको कीर्तिमानी सम्झौता

पोग्बाको कीर्तिमानी सम्झौता

बुधबार, २६ साउन २०७३

म्यानचेस्टर– खेलाडी सरुवा बजारमा मंगलबार विश्व कीर्तिमान बनाउँदै फ्रान्सका अन्तर्राष्ट्रिय फरवार्ड पाउल पोग्बा युभेन्ट्सबाट पुरानो क्लब म्यानचेस्टर युनाइटेड फर्किएका छन्।

शिरीषको राष्ट्रिय कीर्तिमान

शिरीषको राष्ट्रिय कीर्तिमान

बुधबार, २६ साउन २०७३

काठमाडौं– कीर्तिमानी पौडीवाज शिरीष गुरुङले रियो ओलम्पिकअन्र्तगत १०० मिटर फ्रिस्टायलमा राष्ट्रिय कीर्तिमान बनाएका छन्।

बाहिरिने खतरामा ब्राजिल

बाहिरिने खतरामा ब्राजिल

मङ्गलबार, २५ साउन २०७३

इराकसँग गोलरहित बराबरीमा रोकिएपछि आयोजक ब्राजिल फेरि एकपटक लज्जाजनक रूपमा ओलम्पिक फुटबलको पहिलो चरणबाटै बाहिरिने खतरा बढेको छ। बार्सिलोनाका सुपरस्टार नेइमारको टोलीले रियो २०१६ को पुरुष फुटबलअन्तर्गत आइतबार (नेपाली समयअनुसार सोमबार बिहान) इराकसँग बराबरी नतिजा निकालेको थियो।

खेल कतारबाट, मन क्रोएसियासँग

खेल कतारबाट, मन क्रोएसियासँग

मङ्गलबार, २५ साउन २०७३

क्रोएसियाका खेलाडी मार्को बागारिकका लागि कतारको राष्ट्रिय टोलीबाट खेल्न निकै असहज भइरहेको छ। तर ओलम्पिक सपनाका लागि खेलाडीहरू जस्तोसुकै अप्ठेरा सामना गर्न पनि तयार हुन्छन्।

सनसँग कुरा गर्दिनँ : क्लोप

सनसँग कुरा गर्दिनँ : क्लोप

मङ्गलबार, २५ साउन २०७३

लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले आफ्ना रक्षक डेजान लोभरेनको व्यक्तिगत जीवनको विषयमा लेख प्रकासित गरेका कारण बेलायती ट्याबलोइड दी सनसँग कुरा नगर्ने बताएका छन्। दी सनले क्रोएसियाका अन्तर्राष्ट्रिय खेलाडीले आफ्नो वैवाहिक जीवन बचाउने प्रयासमा कसरी फ्रान्समा जुलाईमा सम्पन्न युरोपियन च्याम्पियनसिप गुमाए भन्ने विषयमा विस्तृत लेख प्रकासित गरेको थियो।

हीरा स्मृति छात्रछात्रा कबड्डी हुने

हीरा स्मृति छात्रछात्रा कबड्डी हुने

मङ्गलबार, २५ साउन २०७३

खेलकर्मी हीरारत्न बज्राचार्यको सम्झनामा कबड्डी प्रतियोगिता हुने भएको छ। काठमाडौं जिल्ला कबड्डी संघले हीरा स्मृति अन्तरविद्यालय छात्रछात्रा कबड्डी प्रतियोगिता बिहीबारबाट गर्ने भएको छ। २०४९ सालमा ललितपुरको भट्टेडाँडामा पाकिस्तान एयरवेजको जहाज दुर्घटनामा परी बज्राचार्य र राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान एवं फिफा रेफ्री रुपकराज शर्माको निधन भएको थियो।

नारायणगढको विजयी सुरुआत

नारायणगढको विजयी सुरुआत

मङ्गलबार, २५ साउन २०७३

नारायणगढ क्याम्पा चौरमा सोमबारचौथो नेपाल कप फुटबल प्रतियोगितामानारायणगढ फुटबल क्लब (एनएफसी)ले विजयी सुरुआत गरेको छ। एनएफसीले रुपन्देही–११ लाई२–१ लेपराजित गरेको हो। स्थानीय टोलीका लागि सुमन श्रेष्ठ र तेजेन्द्र चौधरीले गोल गरेका थिए। रुपन्देहीबाट एकमात्र गोल सरोज थापाले गरे।

कम्युनिटी सिल्डको उपाधी म्यानचेस्टर युनाइटेडलाई

कम्युनिटी सिल्डको उपाधी म्यानचेस्टर युनाइटेडलाई

सोमबार, २४ साउन २०७३

प्रमियर लिग विजेता लेस्टर सिटीलाई पराजित गर्दै म्यानचेस्टर युनाइटेडले कम्युनिटी सिल्डको उपाधि जितेको छ।

राष्ट्रिय कीर्तिमानको लक्ष्य

राष्ट्रिय कीर्तिमानको लक्ष्य

सोमबार, २४ साउन २०७३

आधा शताब्दीभन्दा धेरै भयो, नेपालले ओलम्पिकमा भाग लिन थालेको। नेपालको सहभागिता इतिहास जति भयो, एथलेटिक्सको ओलम्पिक अनुभवको उमेर पनि उत्तिकै भइसक्यो। १९६४ को टोकियो ओलम्पिक देखि ब्रजिलको रियो दी जेनेरियोसम्म आइपुग्दा नेपालको सहभागितासँगै एथलेटिक्सको उपस्थिती छुटेको छैन।

गौरिकाको विशेष दिनमा उमेरको कीर्तिमान

गौरिकाको विशेष दिनमा उमेरको कीर्तिमान

सोमबार, २४ साउन २०७३

गौरिका सिंहको विशेष दिनले आइतबार उनलाई रियो ओलम्पिकमा १ सय मिटर ब्याकस्ट्रोक पौडीको अघिल्लो चरणमा पुर्‍याउन सकेन। तर विश्व खेलकुदको सबभन्दा ठूलो मेलामा उनले जीवनभरका लागि धेरै स्मरण साच्न भ्याइन्।

गौरिकाले आज प्रतिस्पर्धा  गर्दै

गौरिकाले आज प्रतिस्पर्धा गर्दै

आइतबार, २३ साउन २०७३

काठमाडौँ –रियो ओलम्पिक अन्तर्गत छनोट चरणमा नेपाली पौडी खेलाडी गौरिका सिहंले आज महिला १०० मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्दैछिन्।

खेल्दा खेल्दै खेलाडीको खुट्टा भाँच्चिए पछि !

खेल्दा खेल्दै खेलाडीको खुट्टा भाँच्चिए पछि !

आइतबार, २३ साउन २०७३

फ्रेन्च जिम्न्यास्ट समिर आइत सइदको रियो ओलम्पिकमा छनोट चरणमा प्रतिशपर्धा गर्ने क्रममा देब्रे खुट्टा भाँच्चिएको छ। आज बिहान जिम्न्यास्ट छनोटमा प्रतिशपर्धा गरेका २६ वर्षीय सइदको भल्टबाट ल्याण्ड गर्ने क्रममा खुट्टा भाँच्चिएको हो। खुट्टा भाच्चिएपछि सइदको ओलम्पिक यात्राको पनि दुखद् अन्त्य भएको छ।

रियो ओलम्पिकः अस्ट्रेलिया शीर्ष स्थानमा, भियतनालाई ओलम्पिक इतिहासकै पहिलो स्वर्ण

रियो ओलम्पिकः अस्ट्रेलिया शीर्ष स्थानमा, भियतनालाई ओलम्पिक इतिहासकै पहिलो स्वर्ण

आइतबार, २३ साउन २०७३

रियो ओलम्पिक २०१६ मा २ स्वर्ण र एक रजत पदकसहित अस्ट्रेलिया पदक तालिकामा शीर्ष स्थानमा रहँदा भियतनामले ओलम्पिक इतिहासकै पहिलो स्वर्ण जितेको छ। भियतनामका भिन छावाङ होङले पुरुष १० मिटर एयर राइफलमा स्वर्ण जितेका हुन्।

लिभरपुलसँग बार्सिलोनाको लज्जास्पद हार

लिभरपुलसँग बार्सिलोनाको लज्जास्पद हार

आइतबार, २३ साउन २०७३

स्पेनिस महारथी बार्सिलोना इङलिस प्रिमियर टोली लिभरपुलसँग पराजित भएको छ। प्र–सिजनकालागि अमेरिकामा भइरहेको इन्टरनेशनल कप अन्र्तगतको खेलमा लिभरपुलले बार्सिलोनालाई ४–० को भारी गोल अन्तरले पराजित गरेको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad