मेसीको प्रतिमा सार्वजनिक

मेसीको प्रतिमा सार्वजनिक

बुधबार, १५ असार २०७३

र्नेन्टिनाको राजधानी बियोनस आरिसमा लियानेल मेसीको प्रतिमा सार्वजनिक गरिएको छ । मेसीले अन्तराष्ट्रिय खेल जिवनबाट संन्यासको घोषणा गरेको एक दिनपछि नै त्यहाँका मेयर राड्रिग्वेन लोरेटाले उनको प्रतिमा सार्वजनिक गरेका हुन्।

आइसल्यान्डको छलाङ

आइसल्यान्डको छलाङ

बुधबार, १५ असार २०७३

उनीहरूसँग अगाडि बढ्ने सम्भावना बाँकी छ भनेर कसैले सोचेका थिएनन्, तर आइसल्यान्डले सोमबार राति विश्व फुटबलकै सबैभन्दा ठूलो स्तब्धपूर्ण नतिजा हासिल गर्ने क्रममा इङ्ल्यान्डमाथि रवाफ जमाउँदै युरोपियन च्याम्पियनसिपको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ ।

स्पेनले इटालीको शैलीबुझेन

स्पेनले इटालीको शैलीबुझेन

बुधबार, १५ असार २०७३

स्पेन दुईपटकको साबिक विजेता हो भने २०१० को पनि विश्वविजेता टोली हो । उनीहरूको विशेषता भनेको ‘टिकी टाका’ फुटबल शैली हो।

मेसीलाई फर्कन राष्ट्रपति र म्याराडोनाको आग्रह

मेसीलाई फर्कन राष्ट्रपति र म्याराडोनाको आग्रह

बुधबार, १५ असार २०७३

ब्युनस आयर्स– अर्जेन्टिनी फुटबलका महान हस्ती डिएगो म्याराडोना र राष्ट्रपति माउरियो मास्र्रीले सोमबार लियोनल मेसीलाई राष्ट्रिय टोली नछाड्न आग्रह गरेका छन्।

पोल्यान्डसँग खेल्न फोन्टे आतुर

पोल्यान्डसँग खेल्न फोन्टे आतुर

मङ्गलबार, १४ असार २०७३

युरोपियन च्याम्पियनसिपको अन्तिम १६ मा क्रोएसियालाई पराजित गरेपछि उत्साहित भएका पोर्चुगाली खेलाडी जोस फोन्टेले पोल्यान्डविरुद्ध खेल्न आतुर रहेको बताएका छन्।

हाजार्डको प्रदर्शनलाई फुलमार्क

हाजार्डको प्रदर्शनलाई फुलमार्क

मङ्गलबार, १४ असार २०७३

बेल्जियम युरोपियन च्याम्पियनसिपमा भएका सर्वोत्कृष्ट टिममध्ये एक हो। फिफा विश्व वरियताक्रमको दोस्रो स्थानमा रहेर टोलीले फ्रान्सयात्रा थालेको थियो। बेल्जियमका प्रशिक्षक मार्क विल्मोट्ससँग सबै पोजिसनमा विश्वका एकसेएक स्टार खेलाडीको साथ छ।

एपिएफ र डायमन्ड सेमिफाइनलमा भिड्ने

एपिएफ र डायमन्ड सेमिफाइनलमा भिड्ने

मङ्गलबार, १४ असार २०७३

साविक विजेता एपिएफले यति फ्लोरिङ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा मंगलबार साविक उपविजेता न्यु डायमन्ड एकेडेमीसँग प्रतिस्पर्धा गर्ने भएको छ। गत वर्ष जावलाखेलमा प्रतियोगिताको पहिलो संस्करणको फाइनलमा एपिएफले डायमन्डलाई सोझो सेटमा हराएको थियो।

आर्मी र लुम्बिनी फाइनलमा

आर्मी र लुम्बिनी फाइनलमा

मङ्गलबार, १४ असार २०७३

जगदम्बा लुम्बिनी फुटबल क्लब र त्रिभुवन आर्मी क्लबले प्रथम ललित स्मृती यु–१८ फुटबल प्रतियोगिताअन्तर्गत बुधबार हुने फाइनलका लागि एक–अर्काविरुद्धको भिडन्त पक्का गरेका छन्।

आफ्नै प्रदर्शनमा चिन्तित फ्रान्सेली खेलाडी

आफ्नै प्रदर्शनमा चिन्तित फ्रान्सेली खेलाडी

मङ्गलबार, १४ असार २०७३

प्रत्येक खेलमा राम्रो सुरुआत गर्न नसके पनि आयोजक फ्रान्स आइतबार आयरल्यान्डलाई हराउँदै युरोपियन च्याम्पियनसिपको क्वार्टरफाइनल पुगेको छ। पहिलो हाफमा कमजोर सुरुआत, मध्यान्तरपछि गोल गर्दै जित निकाल्नु जारी प्रतियोगितामा फ्रान्सको विशेषता बन्दै आएको छ।

स्पेनसँग इटालीको बदला

स्पेनसँग इटालीको बदला

मङ्गलबार, १४ असार २०७३

जर्जियो चिलियानी र ग्राजियानो पेलेको गोलमा इटालीले स्पेनमाथि २-० को विजयी नतिजा निकाल्दै दुई पटकको साविक विजेताको युरोपियन च्याम्पियनसिप यात्रा अन्तिम १६ मा पूर्णविराम लगाएको छ।

इङ्ल्याण्ड पराजित, आइसल्याण्ड क्वाटरफाइनलमा

इङ्ल्याण्ड पराजित, आइसल्याण्ड क्वाटरफाइनलमा

मङ्गलबार, १४ असार २०७३

फ्रान्समा जारी युरो कप २०१६ को अन्तिम प्रि-क्वाटरफाइनलमा आइसल्याण्डसँग पराजित हुँदै इङल्याण्ड बाहिरिएको छ। गएराति सम्पन्न खेलमा पहिलोपल्ट युरो कपको प्रि-क्वाटरफाइनल खेलिरहेको आइसल्ण्डले उत्कृष्ट पुनरागमन गर्दै खेल २-१ गोल अन्तरले जितेको हो।

जब चुके मेसी...

जब चुके मेसी...

मङ्गलबार, १४ असार २०७३

लियोनेल मेसीले जर्सीको कठालो माथि नाकतिर सारे। आँखा जर्सीको कपडामा अड्किएको थियो जहाँ उनी एउटा दिवास्वप्न छताछुल्ल भएको देखिरहेका थिए। अर्जेन्टिना र चिलीले मेटलाइफ रंगशालामा सोमबार बिहान १ सय २० मिनेटको गोलरहित, पट्ट्यारलाग्दो र 'निर्दयी' फुटबल खेले।

सान्चेजलाई गोल्डेन बल, भागसलाई गोल्डेन बुट

सान्चेजलाई गोल्डेन बल, भागसलाई गोल्डेन बुट

सोमबार, १३ असार २०७३

लगातार दोस्रो फाइनलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै कोपा अमेरिकाको उपाधि जितेको चिलीले उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र उत्कृष्ट स्ट्राइकर गरी तीनवटा विधामा पनि वर्चस्व जमाएको छ।

अग्वेरोले भने- मलगायत अन्य खेलाडी पनि सन्यास गर्ने मुडमा

अग्वेरोले भने- मलगायत अन्य खेलाडी पनि सन्यास गर्ने मुडमा

सोमबार, १३ असार २०७३

अर्जेन्टिनाका स्ट्राइकर सर्जियो अग्वेरोले आफूलगायत टिमका अन्य केही खेलाडीहरु चिलीविरुद्धको पीडादायी हारपछि अन्तर्राष्ट्रिय खेलबाट विदाइ लिने सोचमा रहेको बताएका छन्। उनले ड्रेसिङ कक्षमा आजको जस्तो पीडादायी क्षण कहिल्यै नभोगेको बताए। त्यसैले आफूसिहत केही खेलाडी यात्रा टुङ्ग्याउने सोचमा रहेको बताए।

अन्तर्राष्ट्रिय खेलबाट मेसीको सन्यास

अन्तर्राष्ट्रिय खेलबाट मेसीको सन्यास

सोमबार, १३ असार २०७३

अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले अन्तर्राट्रिय खेलबाट सन्यासको घोषणा गरेका छन्। सोमबार बिहान मेटलाइफ स्टेडियममा सम्पन्न कोपा अमेरिकाको फाइनलका चिलीसँग पेनाल्टी सुटआउटमा ४-२ गोलले पराजित भएसँगै मेसीले सन्यासको घोषणा गरेका हुन्।

स्पेनको यात्रामा इटालीको चुनौती

स्पेनको यात्रामा इटालीको चुनौती

सोमबार, १३ असार २०७३

लगातार तेस्रो पटक युरोपियन च्याम्पियनसिपको उपाधि जितेर कीर्तिमान बनाउने  लक्ष्यमा रहेको भिसेन्टे डेल बोस्कीको स्पेनले सोमबार आफ्नो ठूलो अभियानको बाटोमा फेरी इटालीलाई पन्छाउन सक्नुपर्नेछ।

आइसल्यान्डलाई अवसर, इङल्यान्डसामु चुनौती

आइसल्यान्डलाई अवसर, इङल्यान्डसामु चुनौती

सोमबार, १३ असार २०७३

युरोपियन च्याम्पियनसिपको नकआउट चरणमा सोमबार राती भेट हुँदा आइसल्यान्ड एउटा ठूलो अवसर संगेटने प्रयासमा हुनेछ भने रोए हड्सनको इङल्यान्ड अन्तर्राष्ट्रिय फुटबलमा लज्जाजनक निराशाबाट जोगिन संघर्षरत हुन सक्छ।

शरद ड्याटसनसँग अनुबन्धित

शरद ड्याटसनसँग अनुबन्धित

सोमबार, १३ असार २०७३

नेपाली राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा खेलाडी शरद भेषावकर नेपालका लागि ड्याटसन कारको आधिकारिक विक्रेता पायोनियर मोटो कर्पसँग आइतबार ब्रान्ड एम्बेसडरको रुपमा अनुबन्धित भएका छन्।

अपेक्षित नतिजा

अपेक्षित नतिजा

सोमबार, १३ असार २०७३

युरोपियन च्याम्पियनसिपको नकआउट चरणका चार खेल सकिँदा अप्रत्यासित नतिजा आएका छैनन्। अपेक्षा गरिएकै टोलीले जितेका छन्।  युरोपियन टोलीहरुको स्तरमा धेरै ठूलो अन्तर छैन। अहिलेको फुटबल एकदमै तीब्र गतिमा हुने भएकाले ठूला भनिएका टोलीले पनि गोलका लागि संघर्ष गर्नुपरेको छ।

पुलिस र डायमन्ड सेमिफाइनलमा

पुलिस र डायमन्ड सेमिफाइनलमा

सोमबार, १३ असार २०७३

नेपाल पुलिस क्लब र न्यु डायमन्ड एकेडेमी यति फ्लोरिङ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्। पुलिससँग पराजित भए पनि समुह 'बी' बाट डायमन्डले अन्तिम चारको यात्रा तय गर्‍यो।