पुलिस र संकटाको उस्तै लक्ष्य

पुलिस र संकटाको उस्तै लक्ष्य

शनिबार, १४ फागुन २०७३

पाँचौं पटक उपाधि जित्ने पुलिसको लक्ष्य र जारी सिजनमा उपाधिको ह्याटि्रक गर्ने सिएमजी संकटा क्लबबीचको टक्करले शनिबार धरानमा बुढासुब्बा रेडबुल गोल्डकपको उपाधि छिनोफानो गर्नेछ। नेपाली फुटबलको महारथी पुलिसको खेल खस्किदै गएपछि पछिल्लो समय आलोचना खेपिरहेको छ।

पिंकाथनको उपाधि कान्छिमायालाई

पिंकाथनको उपाधि कान्छिमायालाई

शनिबार, १४ फागुन २०७३

स्तन क्यान्सरबारे चेतना जगाउँदै महिला सशक्तिकरणको अभियान चलाउने उदेश्यमा शुक्रबार सम्पन्न पिंकाथन हाफ म्याराथनमा सशत्र प्रहरी बल (एपिएफ)की कान्छीमाया कोजुले नयाँ राष्ट्रिय कीर्तिमानसहित उपाधि जितेकी छिन्।

मनाङलाई जित्नैपर्ने दबाब

मनाङलाई जित्नैपर्ने दबाब

शुक्रबार, १३ फागुन २०७३

शेख कमल अन्तर्राष्ट्रिय क्लब कपको सेमिफाइनल प्रवेशका लागि जित्नैपर्ने दबाबका साथ लक्ष्मी हुन्डाई मनाङ–मर्स्याङ्दी क्लबले शुक्रबार (आज) आयोजक चित्तागोङ अवाहनी लिमिटेडसँग प्रतिस्पर्धा गर्दै छ।

आयोजकलाई हराउँदै पुलिस फाइनलमा

आयोजकलाई हराउँदै पुलिस फाइनलमा

शुक्रबार, १३ फागुन २०७३

जुमानु राईले खेलमा लय समातेपछि आयोजक धरान नीलोलाई ३–१ गोलअन्तरले हराउँदै नेपाल पुलिस क्लब १९औं बूढासुब्बा रेडबुल गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

शिवरामद्वारा उपाधि कब्जा

शिवरामद्वारा उपाधि कब्जा

शुक्रबार, १३ फागुन २०७३

नेपाल नम्बर एक व्यावसायिक गल्फर शिवराम श्रेष्ठले सूर्य नेपाल सेन्ट्रल ओपनमा बुधबार अन्तिम दिन उत्कृष्ट पुनरागमन जनाउँदै उपाधिमा कब्जा जमाएका छन्।

अस्ट्रेलियाको मध्यम सुरुआत

अस्ट्रेलियाको मध्यम सुरुआत

शुक्रबार, १३ फागुन २०७३

म्याट रेनसो र मिचेल स्टार्कको अर्धशतकप्रेरित अस्ट्रेलियाले भारतविरुद्धको पहिलो टेस्टमा बिहीबार मध्यम सुरुआत गरेको छ।

अफगानी क्लबविरुद्ध मनाङको पराजय

अफगानी क्लबविरुद्ध मनाङको पराजय

बिहिबार, १२ फागुन २०७३

लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लब शेख कमल अन्तर्राष्ट्रिय क्लब कप प्रतियोगितामा बुधबार अफगानिस्तानको सहिन अजमानसँग ३–१ ले पराजित भएको छ। दोस्रो खेलमा हारको सामना गरेपछि मनाङले सेमिफाइनल पुग्न समूह चरणको अन्तिम खेलको नतिजा पर्खनुपर्ने भएको छ।

संकटा उपाधिनजिक

संकटा उपाधिनजिक

बिहिबार, १२ फागुन २०७३

अनिल गुरुङले अन्तिम समयमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गरेपछि सिएमजी क्लब संकटा बुधबार रुपन्देही ११ लाई हराउँदै धरानमा जारी १९औं बूढासुब्बा रेडबुल गोल्डकपको फाइनल प्रवेश गरेको छ।

क्लिन स्विपबाट जोगियो अस्ट्रेलिया

क्लिन स्विपबाट जोगियो अस्ट्रेलिया

बिहिबार, १२ फागुन २०७३

लेग स्पिनर एडम जम्पाले तीन विकेट लिएपछि अस्ट्रेलियाले बुधबार श्रीलंकाविरुद्धको तेस्रो तथा अन्तिम ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट ४१ रनले जित्दै शंृखला क्लिन स्विप हुनबाट जोगाएको छ।

दिदीबहिनी कप राष्ट्रिय महिला भलिवल प्रतियोगिता हुने

दिदीबहिनी कप राष्ट्रिय महिला भलिवल प्रतियोगिता हुने

बुधबार, ११ फागुन २०७३

पर्वत जिल्लाको कुश्मामा रहेको सामुदायिक रेडियो दिदीबहिनीले ‘प्रथम दिदीबहिनी कप राष्ट्रिय महिला भलिवल प्रतियोगिता आयोजना गर्ने जनाएको छ।

उन्नाइसमा झर्‍यो नेपाली टोली

उन्नाइसमा झर्‍यो नेपाली टोली

बुधबार, ११ फागुन २०७३

आइसिसी विश्व क्रिकेट लिगअन्तर्गत केन्याविरुद्धको खेलका लागि नेपालले पारस खड्काको कप्तानीमा १९ खेलाडीको नाम घोषणा गरेको छ । आइसिसी प्रतिनिधि बैंकटपति राजु, मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काको छनोट समितिले खेलाडी छानेको हो।

‘इनरिकेको पक्षमा सबै खेलाडी’

‘इनरिकेको पक्षमा सबै खेलाडी’

बुधबार, ११ फागुन २०७३

बर्खास्तगीको संघारमा रहेका बार्सिलोनाका प्रशिक्षक लुइस इनरिकेलाई खेलाडीहरूको पूर्ण साथ रहेको टोलीका प्रभावशाली सेन्ट्रल रक्षक जेरार्ड पिकेले सोमबार बताएका छन्।

वाल्कटको सयौं गोल

वाल्कटको सयौं गोल

बुधबार, ११ फागुन २०७३

थियो वाल्कटले आर्सनलका लागि व्यक्तिगत गोलसंख्या १ सय पु¥याएको दिन सोमबार उनको क्लब लिगविहीन टोली सटन युनाइटेडमाथि जित हासिल गर्दै एफए कपको क्वार्टरफाइनल पुगेको छ।

भारत भ्रमणका लागि १९ सदस्यीय क्रिकेट टोली घोषणा

भारत भ्रमणका लागि १९ सदस्यीय क्रिकेट टोली घोषणा

मङ्गलबार, १० फागुन २०७३

भारतमा खेलिने अभ्यास खेलका लागि १९ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा गरिएको छ। टोलीका प्राविधिक विश्लेषक रमन शिवाकोटीका अनुसार भारत भ्रमणमा कप्तान पारस खड्का रहने छैनन्।

अन्तर्राष्ट्रिय क्रिकेटबाट अफ्रिदीको संन्यास

अन्तर्राष्ट्रिय क्रिकेटबाट अफ्रिदीको संन्यास

मङ्गलबार, १० फागुन २०७३

पाकिस्तानका महान् अलराउन्डर शाहिद अफ्रिदीले आफ्नो २१ वर्षे क्रिकेट करियरको अन्त्य गर्दै आइतबार अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन्। सन् २०१० मा टेस्ट क्रिकेटबाट संन्यास लिएका ३६ वर्षे अफ्रिदीले सन् २०१५ को एकदिवसीय विश्वकपपछि एकदिवसीय टोली छोडेका थिए।

आइपिएलमा दुई अफगानी

आइपिएलमा दुई अफगानी

मङ्गलबार, १० फागुन २०७३

अफगानिस्तानका दुई खेलाडी पहिलो पटक इन्डियन प्रिमियर लिग (आइपिएल)मा बिक्री भएको दिन इङ्ल्यान्डका अलराउन्डर बेन स्टोक्स कीर्तिमानी रकममा राइजिङ पुणे सुपरजाइन्टसँग अनुबन्धित भए।

इमर्जिङ कपको मिति तय, डिपिएल अन्योलमा

इमर्जिङ कपको मिति तय, डिपिएल अन्योलमा

मङ्गलबार, १० फागुन २०७३

नेपाली राष्ट्रिय टोलीले टेस्ट खेल्ने एसियाका चार देशका युवा टोलीसँग प्रतिस्पर्धाको मौका पाउने एसिसी इमर्जिङ नेसन्स कप अर्को महिना बंगलादेशको ढाकामा हुने भएको छ। एसियाली क्रिकेट परिषद् (एसिसी) को कार्यक्रमअनुसार प्रतियोगिता मार्च २५ देखि अप्रिल ५ (चैत १२ देखि २३ गते) सम्म हुनेछ।

संकटा अन्तिम चारमा

संकटा अन्तिम चारमा

मङ्गलबार, १० फागुन २०७३

सिएमजी क्लब संकटाले सोमबार उपाधिको दाबेदार एपिएफमाथि १–० को जित निकाल्दै धरानमा जारी १९औं बूढासुब्बा रेडबुल गोल्डकपको अन्तिम चारमा स्थान सुरक्षित गरेको छ। धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा सोमबार संकटालाई जित दिलाउन ३९औं मिनेटमा राज पौडेलले गरेको एउटै गोल पर्याप्त भयो।

तेन्जिङको अग्रता

तेन्जिङको अग्रता

मङ्गलबार, १० फागुन २०७३

गोकर्ण गल्फ क्लबको कोर्समा सोमबार सुरु भएको सूर्य नेपाल सेन्ट्रल ओपनमा पहिलो दिन ३३ व्यावसायिकसहित ४८ खेलाडीलाई पछि पार्दै एमेच्योर खेलाडी तेन्जिङ छिरिङले अग्रता लिएका छन्।

पारसको अचानक शल्यक्रिया

पारसको अचानक शल्यक्रिया

सोमबार, ०९ फागुन २०७३

आइसिसी विश्व क्रिकेट लिगअन्तर्गत केन्याविरुद्धको खेलको पूर्वसन्ध्यामा नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काको शुक्रबार बेलुका पेटको शल्यक्रिया गरिएको छ।

Ncell Footer Ad