आयुशको बलले बृहस्पति धराशयी

आयुशको बलले बृहस्पति धराशयी

बिहिबार, ०५ फागुन २०७३

भानुभक्त र सैनिक आवासीय महाविद्यालय 'बी' ले बुधबार  प्रधानसेनापति अन्तरस्कुल १०औं ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा जित हासिल गरेका छन्। भक्तपुरस्थित आर्मी स्कुल मैदानमा भानुभक्तले बृहस्पतिलाई ६२ रनले हरायो।

नवलपरासीलाई मणिमुकुन्द रनिङ कप भलिबल उपाधि

नवलपरासीलाई मणिमुकुन्द रनिङ कप भलिबल उपाधि

बुधबार, ०४ फागुन २०७३

नवलपरासीले मणिमुकुन्द रनिङ कप पश्चिमाञ्चल क्षेत्रीय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ।

केन्याविरुद्ध खेल्न ब्याटिङ सुधार्दै नेपाली टोली

केन्याविरुद्ध खेल्न ब्याटिङ सुधार्दै नेपाली टोली

बुधबार, ०४ फागुन २०७३

नेपाली राष्ट्रिय क्रिकेट टिमले टोलीको संरचना परिवर्तनको ग्यारेन्टी गर्र्दै आइतबारबाट कीर्तिपुर मैदानमा आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत केन्याविरुद्धको खेलका लागि विशेष तयारी सुरु गरेको छ।

उपाधि लक्ष्यमा मनाङको यात्रा

उपाधि लक्ष्यमा मनाङको यात्रा

बुधबार, ०४ फागुन २०७३

घरेलु फुटबलका पछिल्लो एक महिनामा तीन उपाधि जितेको लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लब सफलताको शृंखलालाई अझै माथिल्लो उचाइ दिने लक्ष्यसहित बुधबार बंगलादेश जाने भएको छ।

उपाधि मोफसलमै रहने पक्का

उपाधि मोफसलमै रहने पक्का

बुधबार, ०४ फागुन २०७३

रुपन्देही ११ ले मंगलबार सेमिफाइनलमा विजय हासिल गरेपछि गाईघाटमा जारी चौथो रमपम उदयपुर गोल्डकपमा उपाधि मोफसलको टोलीले जित्ने पक्का भएको छ।

नेपालगन्ज गोल्डकप यसै महिना

नेपालगन्ज गोल्डकप यसै महिना

बुधबार, ०४ फागुन २०७३

दोस्रो नेपालगन्ज गोल्डकप फुटबल प्रतियोगिता यही फागुनको अन्तिममा हुने भएको छ। बाँके जिल्ला फुटबल संघको आयोजना तथा टुबोर्ग बियरको मुख्य प्रायोजनमा प्रतियोगिता फागुन २६ गतेदेखि हुने मंगलबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो।

नीरस खेलमा नवलपरासीलाई उपाधि

नीरस खेलमा नवलपरासीलाई उपाधि

बुधबार, ०४ फागुन २०७३

नवलपरासीले मणिमुकुन्द रनिङ कप पश्चिमाञ्चल क्षेत्रीय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ। मंगलबार भैरहवामा भएको खेलमा नवलपरासीले आयोजक रूपन्देहीलाई सोझो सेटमा ३–० ले हरायो। नवलपरासीले रूपन्देहीलाई २७–२५, २५–१५, २५–१९ ले पराजित गर्‍यो।

फुटबल खेलाडीलाई सरकारको पारितोषिक

फुटबल खेलाडीलाई सरकारको पारितोषिक

मङ्गलबार, ०३ फागुन २०७३

तीन महिनाअघि एएफसी सोलिडारिटी कपको उपाधि जितेको नेपाली राष्ट्रिय फुटबल टोली सोमबार सरकारबाट पुरस्कृत भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले विजेता २३ खेलाडीका साथै मुख्य प्रशिक्षक ग्योटुको कोजी, सहायक प्रशिक्षक राजुकाजी शाक्य, गोलकिपिङ प्रशिक्षक उज्ज्वल मानन्धर र फिजियो सुरज भुसाललाई चेक हस्तान्तरण गरेका थिए।

बंगलादेशविरुद्ध भारतको सहज विजय

बंगलादेशविरुद्ध भारतको सहज विजय

मङ्गलबार, ०३ फागुन २०७३

स्पिनर रविचन्द्रन आश्विन र रवीन्द्र जडेजाप्रेरित भारतले बंगलादेशविरुद्धको एक मात्र टेस्टमा सोमबार २ सय ८ रनको सहज जित हात पार्दै शृंखला जितेको छ। यस जितपछि आगामी महिना घरेलु मैदानमा अस्ट्रेलियाको सामना गर्ने तयारीमा रहेको भारतको मनोबलसमेत बढेको छ।

रंगशालाबारे एन्फाको ज्ञापनपत्र

रंगशालाबारे एन्फाको ज्ञापनपत्र

मङ्गलबार, ०३ फागुन २०७३

अखिल नेपाल फुटबल संघ (एन्फा)ले एसिया कप छनोट प्रतियोगिताको तयारीका लागि आवश्यक रकम र रंगशाला निर्माणका लागि ध्यानाकर्षण गराउँदै सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाएको छ।

सर्किट २ मा राणा दिदीबहिनी चम्के

सर्किट २ मा राणा दिदीबहिनी चम्के

मङ्गलबार, ०३ फागुन २०७३

नेपाली राष्ट्रिय च्याम्पियन मायंका र माहिका राणाले काठमाडौंमा सोमबारदेखि सुरू नेपाल आइटिएफ जुनियर यु–१८ लन टेनिस सर्किट २ प्रतियोगितामा विजयी नतिजा निकालेका छन्।

तीन लाख पुरस्कार पाएपछि कप्तान गुरुङले के भने?

तीन लाख पुरस्कार पाएपछि कप्तान गुरुङले के भने?

सोमबार, ०२ फागुन २०७३

सम्मानित भएकोमा खुशी लागेको छ। यो सम्मानले नेपाली टोलीमा ठूलो हैसला थपिएको छ। आगामी दिनमा पनि हामी धेरैभन्दा धेरै प्रतियोगितामा विजयी हासिल गर्न चाहन्छौं। यो सम्मान त्यसका लागि हौसलाको स्रोतको रुपमा रहनेछ।

उदयपुर गोल्डकप : रुपन्देही अन्तिम चारमा

उदयपुर गोल्डकप : रुपन्देही अन्तिम चारमा

सोमबार, ०२ फागुन २०७३

रुपन्देही ११ ले आइतबार उदयपुर रंगशालामा झापा फुटबल क्लबमाथि सडनडेथमा विजय हासिल गर्दै चौथो रमपम उदयपुर गोल्डकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। निर्धारित समय १–१ को बराबरीमा टुंगिएपछि सोझै टाई–ब्रेकरमा धकेलिएको खेलमा नतिजाका लागि सडनडेथसम्म प्रतिक्षा गर्नुपरेको थियो।

राजन र जेम्स विजयी

राजन र जेम्स विजयी

सोमबार, ०२ फागुन २०७३

राजन मेमोरियल स्कुलले प्रधान सेनापति अन्तरस्कुल १०औं ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा आइतबार फराकिलो जित हात पारेको छ। राजनले त्रियोगलाई ४९ रनले पराजित गरेको थियो। सुरुमा ब्याटिङ गर्दै राजनले २० ओभरमा १ सय ३३ रन जोडेको थियो।

क्लब लाइसेन्स लागु गरिने

क्लब लाइसेन्स लागु गरिने

सोमबार, ०२ फागुन २०७३

अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रमूख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले नेपालमा एएफसी क्लब लाइसेन्स प्रणाली लागु गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन्। सन् २०१७ मा हुने राष्ट्रिय लिगअघि लाइसेन्स प्रणाली लागु भइसक्ने तुलाधरले नागरिकलाई जानकारी गराए।

दुइ सेकेन्डले भुमि च्याम्पियन

दुइ सेकेन्डले भुमि च्याम्पियन

आइतबार, ०१ फागुन २०७३

दुई सेकेन्डले बिपक्षीलाई पछि पार्दै नेपाल पुलिस क्लबका भुमिराज राई प्रधान सेनापति खुल्ला म्याराथन च्याम्पियन बनेका छन्। भुमिराजले शनिबार त्रिभुवन आर्मी क्लबका कृष्ण बस्नेतलाई ०२ सेकेण्डले उछिने।

रंगशालामा भागदौड हुँदा १७ जनाको मृत्यु

रंगशालामा भागदौड हुँदा १७ जनाको मृत्यु

आइतबार, ०१ फागुन २०७३

उत्तरी अंगोलाको एक रंगशालामा शुक्रबार भएको भागदौडमा परि १७ जनाको मृत्यु हुनुका साथै दर्जनौ घाइते भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भिर रहेको जनाइएको छ।

फलोअन जोगाउने प्रयासमा बंगलादेश

फलोअन जोगाउने प्रयासमा बंगलादेश

आइतबार, ०१ फागुन २०७३

कप्तान मुस्पि्ककर रहिम र मेहन्दी हसनले अर्धशतक पूरा गरेपछि शनिबार भारतविरुद्धको टेस्टमा बंगलादेश फलोअन जोगाउने प्रयासमा छ। ८१ रनमा अविजित रहेका रहिमले पाँचौं विकेटका लागि साकिब अल हसलसँग १ सय ७ रनको साझेदारी गरेका थिए।

आर्मी र एपिएफलाई भलिबल उपाधि

आर्मी र एपिएफलाई भलिबल उपाधि

आइतबार, ०१ फागुन २०७३

त्रिभुवन आर्मीको पुरुष र एपिएफ महिला टोलीले सिर्जना आमन्त्रण अन्तर्राष्ट्रिय महिला–पुरुष भलिवल प्रतियोगिताको उपाधि जितेको छ। शनिबार पोखरा रंगशाला आर्मीले विभागीय प्रतिस्पर्धी नेपाल पुलिस क्लबलाई २५–२१, २१–२५, २७–२५, २५–१३ ले हरायो।

संकटा सिमरा गोल्डकप च्याम्पियन

संकटा सिमरा गोल्डकप च्याम्पियन

आइतबार, ०१ फागुन २०७३

त्रिभुवन आर्मी क्लबलाई टाईब्रेकरमा स्तब्ध पार्दै सिएमजी संकटा क्लबले रुस्लान सिमरा गोल्डकपको आठौं संस्करणको उपाधि जितेको छ। शनिबार संकटाले सिमर रंगशालामा आर्मीलाई टाईब्रेकरमा ४–२ ले पराजित गर्‍यो। निर्धारित समय खेल १–१ को बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो।