‘गोपी’को गोठमा किसानका कुरा

‘गोपी’को गोठमा किसानका कुरा

बुधबार, १६ माघ २०७५

कृषिप्रधान मुलुकमा सबैभन्दा परित्यक्त कोही छन् भने ती किसान नै हुन्। तिनै किसानका नाममा सबैभन्दा धेरै राजनीति हुन्छ। तर, सुविधा पाउने बेलामा सबैभन्दा बढी किसान हेपिन्छन्।

तौल बढाउँदै जाह्नवी कपुर

तौल बढाउँदै जाह्नवी कपुर

बुधबार, १६ माघ २०७५

बलिउड नायिका जाह्नवी कपुरले सन् २०१८ मा फिल्म ‘धड्क’बाट फिल्मी अभिनयमा पाइला चालिन्। पहिलो फिल्मबाट उनी फिल्म उद्योगमा छाइन्। हालका दिनमा उनी भारतीय एयरफोर्सकी पाइलट गुन्जन सक्सेनाको बायोपिकमा व्यस्त छिन्।

मेलमिलाप र न्याय बुझाउन सडक नाटक

मेलमिलाप र न्याय बुझाउन सडक नाटक

बुधबार, १६ माघ २०७५

सधैंझैं व्यस्त बनेपाको चारदोबाटो नजिकै सडक किनारामा एक हुल युवा काठे भाकाको लोकगीत गाउन थाले। गीत सुनेपछि एकैछिनमा स्रोता तथा दर्शकहरू वरिपरि झुम्मिए। यहिबेला दुई महिला बाझाबाझ गर्दै हुलमा मिसिए। एउटीको बारीमा बाख्रा पसेपछि अर्की महिलाले बाख्रालाई घरमा बाँधेर राखेको विषयमा झगडा भएको उनीहरूको झगडे संवादबाटै प्रष्ट बुझिन्थ्यो। सुरुमा गालीबाटै झगडा गरिरहेका उनीहरू केहीबेरमा हात हालाहालको अवस्थासम्म पुगे।

बाल नाटकमा कुप्रथाका कथाहरू

बाल नाटकमा कुप्रथाका कथाहरू

मङ्गलबार, १५ माघ २०७५

शैली थिएटरको आयोजनामा राजधानीमा जारी ‘दशौं राष्ट्रिय बाल नाटक महोत्सव’को सातौं दिन सोमबार ब्राइट जोन इन्टरनेसनल स्कूलको नाटक ‘एउटा सपनाको अन्त्य’ मञ्चन भयो। नाटकले एक पात्रको सपनालाई प्रस्तुत गरेको छ।

‘शुभ लभ’ शीर्ष गीत

‘शुभ लभ’ शीर्ष गीत

मङ्गलबार, १५ माघ २०७५

युवा ज्योतिष हरिहर अधिकारीले नायकका रूपमा ‘डेब्यु’ फिल्म ‘शुभ लभ’ को शीर्ष गीत सार्वजनिक भएको छ। सार्वजनिक गीतमा नायक हरिहर नवनायिका कृष्टिन पौडेलसँग फिचर्ड छन्। निशान भट्टराई र मिना सिंहको स्वर रहेको गीतमा अर्जुन पोखरेलको शब्द र संगीत छ। गीतमा रामजी लामिछानेको कोरियोग्राफी छ।

‘रणवीरका लागि तपस्या बसें’

‘रणवीरका लागि तपस्या बसें’

मङ्गलबार, १५ माघ २०७५

फिल्ममा अनुबन्धित भइसकेपछि आफ्नो चरित्र अनुसार शरीरको बनावट तयार पार्न कलाकार निकै मेहनत गर्छन्। शरीरको तौल बढाउन या घटाउन होस् वा कथाले माग गरे अनुसारको गेटअप बनाउन नै किन नहोस्। आगामी शुक्रबार अर्थात् माघ १८ गतेबाट रिलिज हुन लागेको फिल्म ‘रणवीर’का नायक सुशील सिटौलाले पनि फिल्मका लागि राम्रै मेहनत गर्नुपर्‍यो।

एजे क्रिउलाई ५० हजार

एजे क्रिउलाई ५० हजार

सोमबार, १४ माघ २०७५

गायिका टिका प्रसाईले आफ्नो गीत ‘माया लुकीलुकी’को प्रवर्द्धनका लागि आयोजना गरेको ‘कभर डान्स भिडियो प्रतियोगिता’मा झापा, गौरादहको एजे क्रिउ उत्कृष्ट भएको छ। प्रतियोगितामा सहभागी २० प्रतिष्पर्धीलाई पछि पार्दै क्रिउले ५० हजार रुपैंयाँ पुरस्कार जितेको हो।

‘अद्भुत तिवारी’

‘अद्भुत तिवारी’

सोमबार, १४ माघ २०७५

साहित्यकार भुवनहरि सिग्देलको संस्मरणात्मक कृति ‘अद्भुत तिवारी’ सार्वजनिक भएको छ। राजधानीमा लेखक सिग्देलका दुई नातिनीहरूले पुस्तक सार्वजनिक गरे। सार्वजनिक भएलगत्तै कवि रेशम विरहीले पुस्तकका विषयमा प्राध्यापक राजेन्द्र सुवेदी, साहित्यकार नारायण ढकाल, निबन्धकार तथा पत्रकार दीपक सापकोटा र लेखक सिग्देलबीच अन्तरक्रिया गरे।

‘सयकडा दशले सन्तानलाई सदाचार बनाउन सिकाउँछ’

‘सयकडा दशले सन्तानलाई सदाचार बनाउन सिकाउँछ’

सोमबार, १४ माघ २०७५

रंगमञ्चमा हास्यव्यंग्यमार्फत सामाजिक चेतना फैलाउन सक्रिय कलाकार मनोज गजुरेलले पञ्चायतकालिन समयमा ‘भ्रष्टाचार’ शब्द राम्रै सुने। उनले उसबेला जनपक्षीयले पञ्चहरूलाई र पञ्चहरूले जनपक्षीयलाई ‘भ्रष्टाचार’को आरोप लगाउँदै आक्रमण गरेको पनि थाहा पाए। पञ्चायत, प्रजातन्त्र, राजा शासन, लोकतन्त्र हुँदै गणतन्त्रसम्म आइपुग्दा मनोजका कानमा ‘भ्रष्टाचार’ शब्द सधैं गुन्जिरहे।

धुर्मुस र सुन्तली सद्भावनादूत

धुर्मुस र सुन्तली सद्भावनादूत

आइतबार, १३ माघ २०७५

प्रदेश नं १ अन्तर्गत सामाजिक विकास मन्त्रालयको ‘स्वास्थ्य जीवन’ कार्यक्रमका लागि कलाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) सद्भावनादूत नियुक्त भएका छन्। सो कार्यक्रमका लागि उक्त मन्त्रालय एवं धुर्मुस र सुन्तलीबीच आइतवार यहाँ सम्झौता भएको छ।

निकुञ्जमा फिल्म सुटिङ गर्न सकस

निकुञ्जमा फिल्म सुटिङ गर्न सकस

शुक्रबार, ११ माघ २०७५

केही साताअघि बेलायतको एक डकुमेन्ट्री निर्माण टोलीले लुक्लास्थित सगरमाथा राष्ट्रिय निकुञ्जमा सुटिङ अघि अनावश्यक झन्झट खेप्नुपर्यो। नेपालमा विदेशी फिल्म खिच्न नेपाल सरकार सञ्चार मन्त्रालय र राष्ट्रिय निकुञ्जभित्र सुटिङ गर्नुअघि राष्टिय निकुञ्जको विभागबाट अनुमति लिए पनि सम्बन्धित निकुञ्जका अधिकारी र कर्मचारीहरूले बढी शुल्क लिएर टोलीलाई सुटिङ गर्न दिएका थिए।

‘आरोप’ सँगै ‘बैना’

‘आरोप’ सँगै ‘बैना’

शुक्रबार, ११ माघ २०७५

अघिल्लो साता एक मात्र फिल्म ‘गरुड पुराण’ रिलिज हुँदा यो हप्ता अर्थात आज शुक्रबारबाट हलमा दुई फिल्म ‘आरोप’ र ‘बैना’ रिलिज हुँदैछन् । अमर ओलीको निर्देशनमा बनेको फिल्म ‘आरोप’मा स्वालम्बनको बाटोमा अघि बढ्न खोज्ने एक युवालाई समाजले आरोप लगाएपछि अपराधी बन्न उसले अपनाएको बाटोलाई देखाइएको छ।

फष्टलुकमा सलिनमानको ‘यात्रा’

फष्टलुकमा सलिनमानको ‘यात्रा’

शुक्रबार, ११ माघ २०७५

एक यात्राको क्रममा आइपर्ने घटनाक्रमलाई प्रस्तुत गरिएको फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’को तीन फष्टलुक सार्वजनिक भएको छ। सम्राट शाक्यको ‘डेब्यु’ निर्देशन रहेको फिल्ममा सलिनमान बनियाँ र मालिका महतको प्रमुख भुमिकामा अभिनय छ।

सारालाई बाबु सैफको लगाम

सारालाई बाबु सैफको लगाम

शुक्रबार, ११ माघ २०७५

फिल्म ‘केदारनाथ’बाट अभिनयमा ‘डेब्यु’ गरेकी नायिका सारा अली खानलाई दोस्रो फिल्म ‘सिम्बा’ले नयाँ उचाई दियो। फिल्मले बक्स अफिसमा उत्कृष्ट व्यापार गरिरहँदा साराको चर्चा पनि राम्रोसँग चलिरहेको छ।

‘अरुकै सिन्दुरले सजिए पनि’मा वर्षाको सिउँदो भर्ने को ?

‘अरुकै सिन्दुरले सजिए पनि’मा वर्षाको सिउँदो भर्ने को ?

बिहिबार, १० माघ २०७५

गायक तथा संगीतकार कन्काइष्ट राईको आवाजमा रहेको नयाँ गीत ‘अरुकै सिन्दुरले सजिए पनि’ सार्वजनिक भएको छ। उक्त गीत ‘नशा’ एल्बमको शीर्ष गीत हो। गीतमा गीतकार नरेन्द्र खनालको एकल शब्द रचना तथा कन्काइष्ट राईको एकल स्वर तथा संगीत सिर्जना छ।

प्रयोगधर्मी लेखक मोराशको महाप्रस्थान

प्रयोगधर्मी लेखक मोराशको महाप्रस्थान

बिहिबार, १० माघ २०७५

नेपाली सिर्जनात्मक साहित्य, भाषा व्याकरण, समालोचना र प्राध्यापन क्षेत्रमा विशिष्ट योगदान पुर्याएका मोहनराज शर्मा (मोराश) को बिहीबार ८२ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि उच्च रक्तचाप र मधुमेहबाट पीडित शर्मालाई पछिल्लो समय श्वासप्रश्वासमा समस्या देखिएको थियो।

‘गाईसँग मेरो अटेचमेन्ट छ’

‘गाईसँग मेरो अटेचमेन्ट छ’

बिहिबार, १० माघ २०७५

अभिनेता विपिन कार्कीको अभिनयको विविधता आफ्नै किसिमको छ। हरेक फिल्ममा फरक लवज, गेटअपमा प्रस्तुत हुन रुचाउने विपिन त्यही फरक चरित्रलाई फिल्ममा देखाउँछन्। फिल्म ‘लुट’बाट अभिनय यात्रा सुरु गरे पनि उनी फिल्म ‘छड्के’को ‘विन्दु’ चरित्रबाट चिनिए। फिल्म ‘छड्के’ पछि उनलाई फिल्म ‘पशुपतिप्रसाद’को ‘भष्मे डन’ चरित्रले नयाँ उचाई दियो।

‘रोमा’ र ‘दी फेभरेट’बीच प्रतिष्पर्धा

‘रोमा’ र ‘दी फेभरेट’बीच प्रतिष्पर्धा

बिहिबार, १० माघ २०७५

विश्व प्रतिष्ठित अवार्ड ‘ओस्कर’को ९१ औं संस्करणको मनोनयन सार्वजनिक भएको छ। सार्वजनिक मनोनयन अनुसार ‘ओस्कर अवार्ड २०१९’मा यसपटक नेटफ्लिक्सको फिल्म ‘रोमा’ र ‘द फेभरेट’ले ‘बेस्ट फिल्म’सहित समान १०–१० विधाको मनोनयनमा आफुलाई सुरक्षित गरेका छन्।

‘मनको किनारा’ सार्वजनिक

‘मनको किनारा’ सार्वजनिक

बिहिबार, १० माघ २०७५

गीतकार तथा मुक्तककार विमला अधिकारी देवकोटाको पहिलो मुक्तकसंग्रह ‘मनको किनारा’ सार्वजनिक भएको छ। राजधानीमा गत शनिबार गजलकार ज्ञानुवाकर पौडेल, समालोचक युवराज मैनाली, प्राज्ञ डा. खेमबन्धु कोइराला, साहित्यकार डा. विधान आचार्य, नियात्राकार प्रतीक ढकाललगायतले संग्रह सार्वजनिक गरे।

भारतकाे जी म्युजिकको गीतमा नेपाली मोडल

भारतकाे जी म्युजिकको गीतमा नेपाली मोडल

मङ्गलबार, ०८ माघ २०७५

भारतको लोकप्रिय जी टेलिभिजन नेटवर्कको जी म्युजिक टिमले नेपालमा छायांकन गरेको ‘कुछ तो हे...’ गीत रिलिज भएको छ। गीतको म्युजिक भिडियोमा नेपाली मोडलको अभिनय रहेको छ। ज्योतिका टाङ्ग्री र राहुल मिश्रको स्वरमा रहेको गीतमा अजय जैसवालको संगीत र राशी महेश्वरीको शब्द रहेको छ। स्वाप्निल जैसवालले निर्देशन गरेको म्युजिक भिडियोमा कृष्ण रसालको कोरियोग्राफी र पवन गौतमको सिनेमेट्रोगाफी रहेको छ।