सक्षम 'मिस पिस'

सक्षम 'मिस पिस'

आइतबार, २२ फागुन २०७३

'मिस नेपाल पिस–०७३' को उपाधि ललितपुर नर्सिङ कलेजकी १९ वर्षीया छात्रा सक्ष्म थापा मगरले जितेकी छन्। उनले २७ प्रतियोगीलाई पछि पार्दै उपाधि चुमेकी हुन्। विजेता थापाले उपाधिसँगै नगद ५० हजार रुपैयाँ, नेपाल बे्रस्ट क्यान्सर फाउन्डेसन सेवाको गुडविल एम्बेसडर लगायत विभिन्न अवसर उपहार स्वरुप प्राप्त गरिन्।

लुफ्थान्साको विज्ञापनमा नेपाली डिजाइनर अर्पना (भिडियाे)

लुफ्थान्साको विज्ञापनमा नेपाली डिजाइनर अर्पना (भिडियाे)

शनिबार, २१ फागुन २०७३

जर्मन वायु सेवा प्रदायक कम्पनी लुफ्थान्साले नेपाली माेडल अर्पना रायमाझीलार्इ फिचर गर्दै ‘द कलर्स अफ होम’ नामक सर्ट फिल्म तयार गरेको छ। ज्वेलरी डिजाइनरसमेत रहेकी माेडल रायमाझी सुटिङका लागि केही साताअघि नेपाल आएकी थिइन्।

बेटीको जीवन 'चर्या'

बेटीको जीवन 'चर्या'

शनिबार, २१ फागुन २०७३

राजा महेन्द्रको ०१६/१७ सालतिर पश्चिमाञ्चल भ्रमण हुँदा बेटी बज्राचार्य १०–११ की थिइन्। विद्यालयस्तरमै नृत्यमा नाम कमाइसकेकी उनले पाल्पामा राजाको अगाडि स्वागत नृत्य देखाउने अवसर पाउँदा परिवार नै दंग बन्यो।

राजेशपायल राईले नाइजेरिमा प्रस्तुति दिने

राजेशपायल राईले नाइजेरिमा प्रस्तुति दिने

बिहिबार, १९ फागुन २०७३

गायक राजेश पायल राईले अफ्रिकी मुलुक नाइजेरियामा साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने भएका छन्। गैर आवासीय नेपाली संघ नाइजेरियाले नयाँ वर्षको अवसरमा लेगोसमा अप्रिल १ मा आयोजना गर्ने कार्यक्रममा उनी सहभागी हुने तय भएको संघका अन्तर्राष्ट्रिय समिति कोषाध्यक्ष हिक्मत थापाले जानकारी दिए।

‘लुट २’ ले चार दिनमा कमायो ४ करोड ८९ लाख

‘लुट २’ ले चार दिनमा कमायो ४ करोड ८९ लाख

सोमबार, १६ फागुन २०७३

गत शुक्रबार नेपालभर रिलिज भएको फिल्म ‘लुट २’ ले पछिल्ला सातादेखि बक्स अफिसमा कब्जा जमाइरहेको छ। निश्चल बस्नेत निर्देशित फिल्मले छक्कापञ्जाको कीर्तिमानलाई पछ्‌याउने संकेत देखिएको छ।

महोत्सवमा दर्शक तताउँदै कलाकार

महोत्सवमा दर्शक तताउँदै कलाकार

सोमबार, १६ फागुन २०७३

पाल्पा उद्योग वाणिज्य संघले आयोजना गरेको पाल्पा महोत्सवमा राष्ट्रिय लोकगायक तथा गायीकाहरुले महोत्सव अवलोकनकर्तालाई नचाएका छन्। कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरिगीत प्रतिष्ठानका प्रथम उपाध्यक्ष रहेका पशुपति शर्माले गीत गाउँदै दर्शकसँग नाचेर स्थानीयहरुलाई मनोरञ्जन प्रदान गरे।

अस्करमा कसले के जिते ?

अस्करमा कसले के जिते ?

सोमबार, १६ फागुन २०७३

गए राति ८९ औं अस्कर अवार्ड वितरण गरिएको छ। लस एन्जलसस्थित डल्बी थिएटरमा भव्य समारोहका बीच विभिन्न २४ विधामा अवार्ड वितरण गरिएको थियो।

अस्कर अवार्डमा तीन मिनेटभित्र दोस्रो पटक 'बेस्ट पिक्चर' घोषणा

अस्कर अवार्डमा तीन मिनेटभित्र दोस्रो पटक 'बेस्ट पिक्चर' घोषणा

सोमबार, १६ फागुन २०७३

८९ औं एकेडेमी अर्वाड्स समारोह क्यालिफोर्नियाको डल्बी थिएटरमा गत राति सम्पन्न भएको छ। विश्वले चासोका साथ हेरेको यो समारोहमा एउटा यस्तो क्षण देखियो जहाँ कार्यक्रम प्रस्तोताले एउटालाई दिनुपर्ने बेस्ट फिल्मको अवार्ड अर्कै फिल्मलाई घोषणा गरे।

रहेनन् वरिष्ठ कलाकार रामशेखर नकर्मी

रहेनन् वरिष्ठ कलाकार रामशेखर नकर्मी

सोमबार, १६ फागुन २०७३

वरिष्ठ कलाकार, लेखक तथा निर्देशक रामशेखर नकर्मीको सोमबार निधन भएको छ। उपचारको क्रममा बिहान ६ बजे भक्तपुर क्यान्सर अस्पतालमा उनको निधन भएको हो। क्यान्सरबाट ग्रस्त उनी अस्पतालमा उपचाररत थिए। फागुन ८ गते आइतबार उनी अस्पताल भर्ना भएका थिए।

लम्फू अब सुटिङमा

लम्फू अब सुटिङमा

आइतबार, १५ फागुन २०७३

दुई वर्ष अघि निर्माण घोषणा गरिएको फिल्म ‘लम्फू’ सोमबारबाट सुटिङका लागि फ्लोरमा जाने भएको छ। गोपालचन्द्र लामिछानेको निर्देशनमा बन्न लागेको फिल्मले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै फिल्मका कलाकार तथा प्राविधिक सार्वजनिक गर्‍यो।

धुर्मुस सुन्तलीलाई विवेकशीलको पाँच लाख सहयोग

धुर्मुस सुन्तलीलाई विवेकशीलको पाँच लाख सहयोग

आइतबार, १५ फागुन २०७३

भूकम्पपछिको पुनःनिर्माणका काममा सक्रिय धुर्मुस सुन्तली फाउन्डेसनलाई विवेकशील नेपाली दलले  पाँच लाख रुपैयाँ सहयोग गरेको छ। आइतबार राजधानीमा आयोजित कार्यक्रममा विवेकशील नेपालीकी सरस्वती आचार्यले धुर्मुस सुन्तली फाउन्डेसनका अभियानकर्ता सीताराम कट्टेललाई पाँच लाख हस्तान्तरण गरेकी थिइन्।

दोस्रो थारु साहित्यिक मेला कैलालीमा हुने

दोस्रो थारु साहित्यिक मेला कैलालीमा हुने

आइतबार, १५ फागुन २०७३

दोस्रो थारु साहित्यिक मेला चैतको १८ देखि २० सम्म धनगढी-७ को पटेला गाउँमा हुने भएको छ। टीकापुरमा फागुन १४ गते थारु लेखक संघको आयोजनामा भएको थारु साहित्यिक मेला तयारी बैठकले उक्त निर्णय गरेको हो।

'देशभक्ति भावुकता हो, जो धनी वर्गमा बढी हुन्छ'

'देशभक्ति भावुकता हो, जो धनी वर्गमा बढी हुन्छ'

आइतबार, १५ फागुन २०७३

दक्षिण एसियाका साहित्यकार के लेखिरहेका छन्? सार्क मुलुकको साहित्य कता जाँदै छ? संसारमै सबैभन्दा बढी लेखक यही क्षेत्रमा छन्, तर तिनले किन नोबेल पुरस्कार पाउन सकिरहेका छैनन्? किन यहाँको साहित्य राम्ररी अनुवाद भएर संसारभर पुग्न सकेन? ग्लोबलाइजेसनको कुरा गर्ने तर लेख्नेचाहिँ त्यसको ठीक उल्टो किन?

अनुष्काले ह्वाटस्एपमा फ्यानसँग कुरा गर्ने

अनुष्काले ह्वाटस्एपमा फ्यानसँग कुरा गर्ने

शनिबार, १४ फागुन २०७३

अनुष्का शर्मा हिजो आज आफ्नो नयाँ फिल्म फिल्लौरीको प्रचारमा व्यस्त छन्। आफ्नो फिल्मको प्रमोशनको लागि स्टारहरुले विभिन्न तरिका अपनाउने गर्छन्। त्यसमा अनुष्का पछि पर्ने कुरै भएन। उनी त्यसमा अरुभन्दा एक कदम अघि बढेर फिल्मको प्रमोशनमा लागेकी छन्।

यस्तो छ 'बाहुबली २' को पोष्टर

यस्तो छ 'बाहुबली २' को पोष्टर

शनिबार, १४ फागुन २०७३

महाशिवरात्रीको अवसर पारेर बाहुवली २ ले आफ्नो पोष्टर सार्वजनिक गरेको छ। पोष्टरमा अभिनेता प्रभास हात्तीको सुँड माथी उभिएको अवस्थामा देखिन्छन्।

पोखरामा र्‍याम्प नाप्दै मिस नेपाल

पोखरामा र्‍याम्प नाप्दै मिस नेपाल

शनिबार, १४ फागुन २०७३

वर्तमान 'मिस नेपाल २०१६' अस्मी श्रेष्ठसहित 'मिस नेपाल अर्थ' रोशनी खत्री, 'मिस  नेपाल इन्टरनेसनल २०१४' शुभेक्छा खड्कासहितका सेलिब्रेटीले पोखरामा र्‍याम्प तताउने भएका छन्।

‘लुट २’ प्रिमियरका लागि दया र साैगात लन्डनमा

‘लुट २’ प्रिमियरका लागि दया र साैगात लन्डनमा

शुक्रबार, १३ फागुन २०७३

नेपाली फिल्म ‘लुट २’ को लन्डन ‘प्रिमियरका लागि नायकहरु दयाहाङ राई र सौगात मल्ल लन्डन आइपुगेका छन्। बिहीवार लन्डनस्थित हिथ्रो विमानस्थलमा उत्रिए लगत्तै उनीहरु पत्रकार सम्मेलनमा सहभागी भए। पत्रकार सम्मेलनमा बोल्दै नायक दयाहाङ राईले ‘लुट २’ ले दर्शकहरुको मन जित्ने बताए।

'तिमीलाई माया गर्न'को म्युजिक भिडियो सार्वजनिक

'तिमीलाई माया गर्न'को म्युजिक भिडियो सार्वजनिक

शुक्रबार, १३ फागुन २०७३

प्रकटकुमार शिशिरको शब्दमा गायक राज सिग्देलको आवाजमा रहेको गीत ‘तिमीलाई मायागर्न’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

धुर्मस र सुन्तली पुनर्निर्माण सद्भावना दूत नियुक्त

धुर्मस र सुन्तली पुनर्निर्माण सद्भावना दूत नियुक्त

मङ्गलबार, १० फागुन २०७३

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले कलाकार सीताराम कट्टेल(धुर्मुस) र कुञ्जना घिमिरे(सुन्तली)लाई सद्भावना दूत नियुक्त गरेको छ।

भैरहवाको ‘नेपाल फोटो प्रर्दशनी’ २० हजारद्वारा अवलोकन

भैरहवाको ‘नेपाल फोटो प्रर्दशनी’ २० हजारद्वारा अवलोकन

सोमबार, ०९ फागुन २०७३

फोटो पत्रकार क्लब(पिजे क्लब)को आयोजना तथा सिद्धार्थ होटल एशोसियसन सान र रुपन्देही क्रिकेट संघको सहयोगमा भैरहवामा चार दिनसम्म प्रदर्शन भएको ‘नेपाल फोटो प्रर्दशनी’२०७३ सम्पन्न भएको छ।

Ncell Footer Ad