हिट हुन 'टिकटक' मा भिडियाे

हिट हुन 'टिकटक' मा भिडियाे

मङ्गलबार, ०३ भदौ २०७६

अभिनेत्री प्रियंका कार्कीले तीन वर्षअघि एक युट्युव च्यानललाई दिएको अन्तर्वार्ता अहिले टिकटक नामक सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। सो अन्तर्वार्तामा उनले भनेकी थिइन्, ‘मेरी आमा सात महिनाको गर्भवती हुँदा म उहाँको पेटमा थिए रे। मेरी आमा ऐयरहोस्टेज हुनुहुन्थ्यो। म अष्ट्रेलिया तीन पटक गईसकेको छु।

प्रदर्शनअगावै लगानी उठायो ‘साहो’ले, प्रभासको पारिश्रमिक कति?

प्रदर्शनअगावै लगानी उठायो ‘साहो’ले, प्रभासको पारिश्रमिक कति?

सोमबार, ०२ भदौ २०७६

बलिउड अभिनेता प्रभासको बहुप्रतिक्षित फिल्म ‘साहो’ले प्रदर्शन अगावै लगानी उठाएको छ। फिल्म अगस्त ३० अर्थात ११ दिनपछि प्रदर्शन हुँदैछ।

नेपाली समाजमाथि व्यंग्य गर्दै ‘बिइङ टुगेदर’

नेपाली समाजमाथि व्यंग्य गर्दै ‘बिइङ टुगेदर’

सोमबार, ०२ भदौ २०७६

चित्रकार लियो झन्कारले नेपाली संस्कृति र पर्यायवरणीय पक्षलाई तुलना गरेर चित्रकला कोरेका छन्। वनविनाशले वातावरणमा पारेको प्रभाव र नेपाली संस्कृतिमा पार्न सक्ने चुनौतीका विषयमा चित्रमार्फत विचार पोखेका छन्। ‘वातावरणमा विभिन्न कारणले गरेको प्रभावका कारण हाम्रो संस्कृतिमाथि असर गर्दै गरेको भाव मैले क्यानभासमा समावेश गरेको छु,’ उनले भने।

पाँचथरमा ‘हिपहप’

पाँचथरमा ‘हिपहप’

आइतबार, ०१ भदौ २०७६

फिदिमको जिसस परिसरमा रहेको सिटिहलमा तन्नेरीहरु खचाखच भरिएको थिए। तन्नेरीहरु आवाजले हललाई उचाली रहेका थिए। गर्मीको समयमा पसिना निस्कने गरी नाँच्ने र उफ्रने भीडमा एक प्रकारको रौनक देखिन्थ्यो। नुतन फेसनमा सजिएका तन्नेरी माँझ ढल्किदै गरेकाहरु पनि रमाउँदै थिए।

योगेश राजको ‘रणहार’लाई मदन पुरस्कार, जगदम्बा-श्री बैरागी काइँलालाई

योगेश राजको ‘रणहार’लाई मदन पुरस्कार, जगदम्बा-श्री बैरागी काइँलालाई

आइतबार, ०१ भदौ २०७६

यस वर्षको मदन पुरस्कार पुस्तक ‘रणहार’लाई प्रदान गर्ने निर्णय भएको छ। आइतबार बसेको मदन पुरस्कार गुठीको साधारण सभाले मदन पुरस्कार ‘रणहार’ पुस्तकका लागि योगेश राजलाई प्रदान गर्ने निर्णय गरेकाे अध्यक्ष कुन्द दीक्षितले जानकारी दिएका छन्। उनका अनुसार बैठकले यसवर्षको जगदम्बा श्री बैरागी काइँलालाई दिने निर्णय गरेको छ।

कार्कीको ‘आँचलको आँगन’ सार्वजनिक

कार्कीको ‘आँचलको आँगन’ सार्वजनिक

आइतबार, ०१ भदौ २०७६

साहित्यकार विज्ञता कार्कीको ‘आँचलको आँगन’ निबन्ध संग्रह सार्वजनिक भएको छ। रत्न राज्यलक्ष्मी क्याम्पसको सभाहलमा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले सो पुस्तकको घुम्टो खोली विज्ञतालाई जन्मदिनको शुभकामना दिए।

सम्मानित हुँदै जनगायक शर्माले भनेः कलाकारले झुटको खेती गर्न हुँदैन

सम्मानित हुँदै जनगायक शर्माले भनेः कलाकारले झुटको खेती गर्न हुँदैन

शनिबार, ३२ साउन २०७६

जनगायक जीवन शर्मालाई तनहुँमा सम्मान गरिएको छ। शनिबार प्रगतिशील लेखक संघ तनहुँले दमौलीमा आयोजना गरेको कार्यक्रममा शर्मालाई सम्मान गरिएको हो।

‘हिरो नेपाल’ प्रतियोगिताको घोषणा,प्रथम हुनेले १० लाख पाउने

‘हिरो नेपाल’ प्रतियोगिताको घोषणा,प्रथम हुनेले १० लाख पाउने

शुक्रबार, ३१ साउन २०७६

प्रतियोगितामा प्रथम हुनेले १० लाख, द्वितियले ८ र तृतिय हुनेले ६ लाख पुरस्कार पाउनेछन्। ३ महिनाको यो इभेन्ट प्रोग्रामको प्रोमोशनल शुटिङ भैसको र केही दिनपछि अडिसन सुरु गरिने आयोजकले जानकारी दिएको छ।

सर्वाधिक खाेजीकाे सूचीमा सनी लियोन,  माेदीलाई समेत पछि पारिन्

सर्वाधिक खाेजीकाे सूचीमा सनी लियोन, माेदीलाई समेत पछि पारिन्

शुक्रबार, ३१ साउन २०७६

पोर्न स्टारको छवी मेटाउँदै बलिउडमा प्रवेश गरेकी सन्नी लियोन गुगल सर्चमा सर्वाधिक खोजी भएकी छन्। भारतीय प्राधनमन्त्री नरेन्द्र मोदीसहित बलिउडका सुपर स्टारलाई समेत उनले पछि पारेकी छन्।

आन्विकाको दुई कृति बजारमा

आन्विकाको दुई कृति बजारमा

शुक्रबार, ३१ साउन २०७६

बालसाहित्य लेखनमा सक्रिय लेखक आन्विका गिरीद्धारा लेखिएका ‘आमाले सक्नुहुन्छ’ र ‘सानीका ज्ञानी कुरा’ नामक दुई कृतिहरू सार्वजनिक भएका छन्। बिहीबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा लेखक गिरीका दुई कृतिहरू विमोचन गरिएको थियो।

‘हलिउड र बलिउडले पाकिस्तानको बदनाम गर्र्‍यो’

‘हलिउड र बलिउडले पाकिस्तानको बदनाम गर्र्‍यो’

शुक्रबार, ३१ साउन २०७६

नर्वेका प्रधानमन्त्री एर्ना सोल्बर्गबाट अवार्ड लिँदै उनले भनेकी छिन्, ‘समाजमा सन्देश दिने सशक्त माध्यमको रूपमा फिल्मलाई लिइएको छ। फिल्मकर्मीहरू समाजप्रति जिम्मेवार हुनुपर्छ। फिल्ममेकरले आम मानिसको सोचमा परिवर्तन ल्याउन सक्छौं। तर, हलिउड र बलिउडमा बन्ने फिल्महरूले पाकिस्तानलाई बदनाम गरेको छ। पाकिस्तानमा आतंकमात्र हुन्छ भन्ने सन्देश दिने फिल्महरूले हामी पाकिस्तानी नागरिकहरूको छविमाथि प्रश्न उठ्ने गरेको छ।’

पाटन दरबारमा ‘डेब्यु २०१९’ फेसन सो हुँदै

पाटन दरबारमा ‘डेब्यु २०१९’ फेसन सो हुँदै

शुक्रबार, ३१ साउन २०७६

पाटन दरबार संग्रहालयमा ‘डेब्यु २०१९’ नामक अन्तर्राष्ट्रिय फेसन सो हुने भएको छ। बुधबार यलमाया केन्द्रमा आयोजित पत्रकार सम्मेलनमा पाटन दरबार संग्रहालयमा आयोजना हुन लागेको फेसन शोबारे जानकारी गराइएको थियो। नेपाली कपडा उत्पादन गर्ने कासाले ‘डेब्यु २०१९’ फेसन सोको आयोजना गर्ने भएको हो। मा ‘डेब्यु २०१९’ नामक अन्तर्राष्ट्रिय फेसन सो हुने भएको छ। बुधबार यलमाया केन्द्रमा आयोजित पत्रकार सम्मेलनमा पाटन दरबार संग्रहालयमा आयोजना हुन लागेको फेसन शोबारे जानकारी गराइएको थियो। नेपाली कपडा उत्पादन गर्ने कासाले ‘डेब्यु २०१९’ फेसन सोको आयोजना गर्ने भएको हो।

प्रकाशलाई संगीत पुरस्कार

प्रकाशलाई संगीत पुरस्कार

शुक्रबार, ३१ साउन २०७६

यस वर्षको गोपाल योञ्जनको संगीत स्मृति पुरस्कारबाट गायक प्रकाश श्रेष्ठलाई पुरस्कृत गरिएको छ। संगीतकार गोपाल योञ्जनको ७६ औं जन्मजयन्तीका अवसरमा बिहीबार शुभारम्भ द म्युजिकल जोर्नीले आयोजना गरेको कार्यक्रममा गायक श्रेष्ठलाई पुरस्कृत गरिएको थियो।

हाँस्यव्यंग्यको रौनक घट्दो

हाँस्यव्यंग्यको रौनक घट्दो

शुक्रबार, ३१ साउन २०७६

गाईजात्रा भन्नसाथ हाँस्यव्यंग्य गर्ने परम्परागत व्याख्या परिवर्तन हुँदैछ। कारण, गाईजात्रामा केन्द्रित हाँस्यव्यंग्य परम्परा हराउँदैछ। मल्लकालमा सुरू भएको गाईजात्रा केन्द्रित हाँस्यव्यंग्य परम्पराले पछिल्लो समय विभिन्न स्टेजहरू पाउने गरेका थिए।

रहिनन् लक्कीदेवी सुन्दास

रहिनन् लक्कीदेवी सुन्दास

शुक्रबार, ३१ साउन २०७६

भारतमा नेपाली भाषाको जगेर्ना र विस्तारमा उल्लेखनीय योगदान गरेकी साहित्यकार तथा समालोचक डा. लक्कीदेवी सुन्दासको निधन भएको छ। भारतको सिलिगुडीस्थित नर्सिङ होममा बिहीबार बिहान ८५ वर्षीया सुन्दासको निधन भएको हो।

ऋतिक रोशन विश्वकै ‘ह्यान्सम’ पुरुष

ऋतिक रोशन विश्वकै ‘ह्यान्सम’ पुरुष

बिहिबार, ३० साउन २०७६

बलिउड अभिनेता ऋतिक रोशनले विश्वकै सुन्दर पुरुषको उपाधि जितेका छन्। यसअघि एसियाकै सुन्दर पुरुष बनेका ऋतिकले विश्वका पाँच सुन्दरमध्ये उत्कृष्ट ठहरिँदै विश्व सुन्दर पुरुषको उपाधि पाएका हुन्।

संस्कृत भाषाप्रति बढ्दो  आकर्षण

संस्कृत भाषाप्रति बढ्दो आकर्षण

बिहिबार, ३० साउन २०७६

बालाजुकी सिफालिका गौतम बाल्मीकि विद्यापीठमा संस्कृत भाषा अध्ययन गरिरहेकी छिन्। गत असार महिनामा संस्कृतअन्तर्गत व्याकरण र ज्योतिष विधामा भर्ना भएकी उनी ज्योतिष शास्त्र सिक्दैछिन्। बाल्मीकि विद्यापीठले सञ्चालन गरेको एक वर्षसम्म उनीजस्तै अन्य विद्याथीहरू अध्ययरत छन्। देशविदेशमा ज्योतिष शास्त्र अध्ययन गरेकाहरू माग बढेसँग संस्कृत पढ्नेहरूको संख्या बढेको छ।

प्रियंकालाई राष्ट्रसंघको दूतबाट हटाउन माग

प्रियंकालाई राष्ट्रसंघको दूतबाट हटाउन माग

बिहिबार, ३० साउन २०७६

अभिनेत्री प्रियंका चोपडालाई संयुक्त राष्ट्रसंघको सद्भावना दूतबाट हटाउन पाकिस्तानी मन्त्रीले आग्रह गरेकी छिन्। भारतीय सञ्चार माध्यमहरूका अनुसार पाकिस्तानको मानवअधिकार मन्त्री शिरीन मझारीले भारतीय सेनालाई समर्थन गर्ने अभिनेत्री चोपडालाई तत्काल संयुक्त राष्ट्रसंघको सद्भावना दूतबाट हटाउन युनिसेफलाई आग्रह गरेकी हुन्।

उषाको ‘आधि’ बजारमा

उषाको ‘आधि’ बजारमा

बिहिबार, ३० साउन २०७६

मानसिक द्वन्द्वका विभिन्न पक्षहरुलाई केन्द्र गरेर साहित्यकार उषा शेरचनले लेखेको ‘आधि’ नामक उपन्यास बजारमा आएको छ। मंगलबार राजधानीमा आयोजित कार्यक्रममा साहित्यकार चेतन कार्की, कुमारी लामा र पद्यमावती सिंहले पुस्तक विमोचन गरेका थिए।

रिसालको भोगाइमाथि ‘उहिलेको नेपाल’

रिसालको भोगाइमाथि ‘उहिलेको नेपाल’

बिहिबार, ३० साउन २०७६

पत्रकार भैरव रिसालको भोगाइमाथि लेखिएको ‘उहिलेको नेपाल’ नामक पुस्तक सार्वजनिक भएको छ। बुधवार पत्रकार रिसालको ९२ औं जन्मदिनको अवसर पारेर ललितपुर पाटनढोकास्थित यलमाया केन्द्रमा आयोजित कार्यक्रममा पूर्व राष्ट्रपति रामवरण यादवले ‘उहिलेको नेपाल’ नामक पुस्तक विमोचन गरेका थिए।

Ncell Footer Ad