सलमानको विवाह भगवानलाई पनि थाहा छैनःसलिम खान

सलमानको विवाह भगवानलाई पनि थाहा छैनःसलिम खान

आइतबार, ३० साउन २०७३

संचार माध्यममा बलिउड दबंग स्टार सलमान खानको विवाहको मिति कहिले हो भन्ने चर्चा सधैं चलिरहन्छ। तर, सलमानका पिता सलिम खानले भने सलमानले कहिले विवाह गर्छन भन्ने कुरा भगवानलाई पनि थाहा नभएको बताएका छन्।

‘सहुलियत’ खोज्दै करिश्मा

‘सहुलियत’ खोज्दै करिश्मा

आइतबार, ३० साउन २०७३

आइतवार अभिनेत्री करिश्मा मानन्धरले आफ्नो फेसबुक वालमा आफूलाई विशिष्ट श्रेणीको कलाकार लेखिएको परिचय पत्र राखिन् । आश्चर्य त उनले त्यो राखेकोमा होइन, त्योसँगै लेखिएको स्ट्याटसमा भयो । उनले ‘अनि नेपाल सरकारले दिएको यो स्पेसल कार्ड, के सहुलियतको लागि दिएको भनेर सोचिरहेको अवस्था ?’ भनेर लेखेकी थिइन् । यसबाट के प्रस्ट हुन्छ उनले त्यो कार्डबाट केही सहुलियत खोजेकी थिइन् ।

दृष्टिविहीन सुजता उत्कृष्ट

दृष्टिविहीन सुजता उत्कृष्ट

शनिबार, २९ साउन २०७३

तिमीले बाटो फेर्यौ अरे’ अनलाइन कभर सङ्स प्रतियोगिताको विजेता धरान–१६ की सुजता लिम्बू बनेकी छन्। यससँगै सुजताले नगद १० हजार र एउटा गीत रेकर्डिङको अवसर प्राप्त गरेकी छन्।

धुर्मुस सुन्तली फाउन्डेसनलाई राष्ट्रिय प्रतिभा सम्मान

धुर्मुस सुन्तली फाउन्डेसनलाई राष्ट्रिय प्रतिभा सम्मान

शनिबार, २९ साउन २०७३

युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय युवा प्रतिभा सम्मान पुरस्कार विभिन्न १० युवा तथा युवासम्बद्ध संघसंस्थालार्ई प्रदान गरेको छ। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानमा विभिन्न ८ व्यक्ति र २ संस्थालाई युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय युवा प्रतिभा सम्मान पुरस्कार प्रदान गरेको हो।

शहारुख खान लसएन्जल्स विमानस्थलको नियन्त्रणमा

शहारुख खान लसएन्जल्स विमानस्थलको नियन्त्रणमा

शुक्रबार, २८ साउन २०७३

न्युयोर्क— अमेरिकाको अध्यागमन विभागले बलिउड स्टार शहारुख खानलाई लसएन्जल्स विमानस्थलमा सोधपुछका लागि केहिबेर नियन्त्रणमा लिएको छ।

गजुरियल व्यंग्यः नेपाली आकाशमै एयरपोर्ट (भिडियो)

गजुरियल व्यंग्यः नेपाली आकाशमै एयरपोर्ट (भिडियो)

शुक्रबार, २८ साउन २०७३

काठमाडौं– चर्चित कमेडियन मनोज गजुरेलकाे नेपाली आकाशमै एयरपोर्ट बनाउने विषयमा तयार गरिएको पछिल्लो व्यंग्य भिडियो सार्वजनिक भएको छ। समसामयिक घटनाक्रममा व्यंग्य गर्दै आएका गजुरेलको पछिल्लो गजुरियल विश्लेषणात्मक व्यंग्य भिडियो सार्वजनिक भएको हो।

'प्रेमगीत'लाई १२ मनोनयन

'प्रेमगीत'लाई १२ मनोनयन

शुक्रबार, २८ साउन २०७३

एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार २०७२ मा 'कबड्डी कबड्डी', 'क्लासिक', 'पशुपतिप्रसाद', 'प्रेमगीत' र 'वडा नम्बर ६'बीच प्रतिस्पर्धा हुने भएको छ। यी पाँचवटै फिल्म उत्कृष्ट फिल्म विधामा मनोनीत छन्।

एकाकी जीवनको कथा

एकाकी जीवनको कथा

शुक्रबार, २८ साउन २०७३

७० वर्षको छेऊछाउको एकलव्यको जन्मदिनको दिन एउटै दैनिकी छ।  आफ्नो पूरानो ग्रामोफोनमा नयाँ कुरा रेकर्ड गर्ने र पूरानो रेकर्ड सुन्ने। अघिल्लो वर्ष आमा पनि बितेपछि एकलव्य एक्लै छ। जन्मदिनमा मन्द प्रकाशमा ग्लासमा वाइनको चुस्की लिँदै एकलव्य पूराना दिनमा पुग्छ र आफ्नो विगत पालैपालो स्मरण गर्दै जान्छ।

'कहर र मिडिया' एन्ड्रोइड र अाइअाेएस एप्समा उपलब्ध

'कहर र मिडिया' एन्ड्रोइड र अाइअाेएस एप्समा उपलब्ध

बिहिबार, २७ साउन २०७३

काठमाडौं— बरिष्ठ पत्रकार किशोर नेपालको मिडिया: सिद्धान्त, सुत्र र प्रयोग तथा जनकराज सापकोटाको कथा संग्रह कहर वी रिड नामक एन्ड्रोइड तथा आइओएस एप्समा उपलब्ध भएको छ। बिहीबार आयोजित एक कार्यक्रममा दुवै पुस्तकका लेखहरुले डिजिटल भर्सन लोकार्पण गरे।

जसले 'माइतीघर' आएर 'कान्छी'सित 'मायाप्रीति' गाँसे

जसले 'माइतीघर' आएर 'कान्छी'सित 'मायाप्रीति' गाँसे

बिहिबार, २७ साउन २०७३

निजीस्तरबाट बनेको नेपालको पहिलो फिल्म 'माइतीघर'का निर्देशक बिएस थापाको मंगलबार भारतको मुम्बईमा ९३ वर्षको उमेरमा निधन भएको छ। उनको जन्म १९२३ जुलाई ३ का दिन देहरादुनमा भएको थियो।

'छक्का पन्जा'मा कमेडी संवाद

'छक्का पन्जा'मा कमेडी संवाद

बिहिबार, २७ साउन २०७३

फिल्मको नाम 'छक्का पन्जा' भए पनि यसलाई बनाउने कलाकार समूहले आफूहरुको व्यवहार निकै भद्र रहेको प्रमाणित गरेका छन्। मंगलबार फिल्मको ट्रेलर सार्वजनिक गर्नुअघि उनीहरुले आफ्नो ब्यानरबाट निर्मित अघिल्ला दुई फिल्म '६ एकान ६' र 'वडा नम्बर ६'का निर्देशकहरु दिनेश डिसी र उज्ज्वल घिमिरेलाई सम्मानपत्रसहित सम्मान गरे।

घर फर्के रंगकर्मी पोखरेल

घर फर्के रंगकर्मी पोखरेल

बिहिबार, २७ साउन २०७३

अचानक अचेत भएर नर्भिक अस्पताल भर्ना भएका रंगकर्मी सुनिल पोखरेल उपचारपछि घर फर्केका छन्। मंगलबार राति करिब एक बजे ललितपुर सुनाकोठीस्थित घरमा एक्कासि अचेत भएका उनको थापाथलीस्थित नर्भिक अस्पतालको आइसियुमा उपचार गरिएको थियो।

आवाजबाट बिजुलीः ‘बिजुली मसिन’ काे ट्रेलर सार्वजनिक (भिडियाे)

आवाजबाट बिजुलीः ‘बिजुली मसिन’ काे ट्रेलर सार्वजनिक (भिडियाे)

बुधबार, २६ साउन २०७३

काठमाडौ– विज्ञान र प्रविधिलाई प्रमुख विषयवस्तु बनाएर तयार पारिएको पहिलो नेपाली चलचित्र ‘बिजुलीमसिन’ आगामी भदौ ३१ गते प्रदर्शन हुने भएको छ। राजधानीमा बुधबार आयोजित कार्यक्रममा ‘साइन्स फिक्सन’मा आधारित उक्त चलचित्रको ‘ट्रेलर’ सार्वजनिक गरियो। चलचित्रमा दुई युवकले आवाजबाट बिजुली निकाल्ने प्रयास गरेको देखाइएको छ।

हाम्रो घरको पल्लो पट्टी बस्छन् एउटा मैना जोडी... (भिडियो)

हाम्रो घरको पल्लो पट्टी बस्छन् एउटा मैना जोडी... (भिडियो)

मङ्गलबार, २५ साउन २०७३

काठमाडौं– हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) लाई मैना जोडीको रुपमा चित्रित गर्दै कतारमा रहेका साई उज्जवल कोइरालाले गीत गाएका छन्। सिन्धुपाल्चोकमा गिरान्चौर एकिकृत बस्ती निर्माण गरिरहेका उनीहरु कतार पुगेका बेला मैना बालक कोइरालासँग म्युजिक भिडियोमा अभिनय गरेका हुन्।

सिद्धार्थ मल्होत्रासँग कटरिनाको रोमान्स

सिद्धार्थ मल्होत्रासँग कटरिनाको रोमान्स

मङ्गलबार, २५ साउन २०७३

फिल्म ‘बार बार देखो’ बलिउड सुन्दरी कटरिना कैफ र अभिनेता सिद्धार्थ मल्होत्रा निकै कामुक दृष्यमा देखिएका छन्। रोमान्टिक फिल्म बार बार देखो मा कटरिना सिद्धार्थकासाथ रोमान्स गर्दै गरेको दृष्य अहिले भाइरल भएको छ।

मण्डलामा आउँदैछ ‘बोक्सीको घर'

मण्डलामा आउँदैछ ‘बोक्सीको घर'

मङ्गलबार, २५ साउन २०७३

के बोक्सी साँच्चै हुन्छ वा जबरजस्ती समाजले बोक्सी बनाउँछ? यही कुरा पर्गेल्न खोजेको छ अनामनगरस्थित मण्डला थिएटरमा शुक्रबारदेखि प्रदर्शनमा आउने नाटक 'बोक्सीको घर'ले। सुलक्षण भारतीको लेखन तथा निर्देशन रहने नाटकमा रंगकर्मी सरिता गिरीको एकल अभिनय गर्नेछिन्।

निशाले खोजिन् दीपाश्रीका लागि ‘नेपालको छोरो’

सोमबार, २४ साउन २०७३

अभिनेत्री दीपाश्री निरौला र गायिका एवं मोडल निशा सुनारको जोडी यसअगाडि पनि निकै चर्चामा आएको थियो। यी दुइ असाध्यै मिल्ने साथी हुन् भन्ने धेरैलाई जानकारी भएकै कुरा हो। तर यो बर्षको तीजमा यो जोडीको कथा अलि बेग्लै छ।

कहिले बन्ला सुन्दर बौद्ध?

कहिले बन्ला सुन्दर बौद्ध?

आइतबार, २३ साउन २०७३

कलात्मक प्रवेशद्वारबाट भित्र छिर्नेबित्तिकै हरेकको नजर बौद्धनाथ स्तुपको फेददेखि टुप्पोसम्म अवश्यै पुग्छ। तर अचेल त्यसरी नजर लाउने प्रश्न एउटै हुन्छ। कहिले बन्ला सुन्दर बौद्धनाथ? हरेक शनिबार सुन्दर बौद्ध हेर्ने चाहनामा पुग्छिन छुल्ठिम शेर्पा। ‘तर अहँ, १५ महिना हुन लाग्यो बनेन त बौद्ध,' उनी अचम्म मान्छिन्, 'बनाएको बनायै छन्, तर बनेको छैन।'

महावीरलाई सघाउन चित्र प्रदर्शनी

महावीरलाई सघाउन चित्र प्रदर्शनी

आइतबार, २३ साउन २०७३

महावीर पुनको सहयोगार्थ राजधानीमा चित्रकला प्रदर्शनी हुने भएको छ। स्वतन्त्र चित्रकारहरुको एक समूहले प्रदर्शनी गर्दै सो चित्रकलाको बिक्रीबाट उठ्ने रकमको ५० प्रतिशत रकम महावीर पुनको अभियान 'आविष्कार केन्द्र'लाई प्रदान गर्न लागेको हो। 'भी नाइन्टिन' शीर्षकमा हुन लागेको प्रदर्शनी आउँदो सोमबार नेपाल आर्ट काउन्सिल बबरमहलमा सुरु हुनेछ।

जलेको मन सार्वजनिक

जलेको मन सार्वजनिक

शुक्रबार, २१ साउन २०७३

काठमाडौं— अमेरिकाबासी पत्रकार एवं साहित्यकार गुणराज लुइँटेलद्वारा लिखित कविता संग्रह जलेको मन शुक्रबार काठमाडौंमा लोकार्पण भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति गंगाप्रसाद उप्रेती, प्रा.डा. खगेन्द्र लुइँटेल, नेपाल पत्रकार महासंघका सभापति डा.महेन्द्र विष्ट, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजआवद्ध साहित्यकार एवं लेखक स्वयं उपस्थित भएर पुस्तक सार्वजनिक गरिएको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad