ओलम्पियनको आत्मकथा

ओलम्पियनको आत्मकथा

मङ्गलबार, ०४ असोज २०७३

काठमाडौं- भारोत्तोलनका सफल खेलाडी एवं राजनीतिज्ञ सुरेन्द्र हमालको आत्मकथा ‘ओलम्पियन’ को आज काठमाण्डौस्थित राष्टिय खेलकुद् परिषद्को ओलम्पियन मिनि कर्बड हलमा विमोचन गरिएको छ। ओलम्पिक खेलाडीहरु जगदीश प्रधान, पुष्पराज ओझा, संगिना बैद्य, अनिता श्रेष्ठ र लेखक स्वयम्ले उक्त आत्मकथाको विमोचन गरेका छन्।

यस बर्षको मदन पुरस्कार रामलाल जोशीको 'ऐना ' लाई

यस बर्षको मदन पुरस्कार रामलाल जोशीको 'ऐना ' लाई

मङ्गलबार, ०४ असोज २०७३

काठमाडौं- यस बर्षको मदन पुरस्कार रामलाल जोशीद्वारा लिखित 'ऐना ' ले प्राप्त गरेको छ। आज बसेको मदन पुस्तकार गुठीको बैठकले ऐनालाई यस बर्षको मदन पुरस्कार दिने निर्णय गरेको हो।

महावीरको अभियानमा प्रमोदको सहयोग

महावीरको अभियानमा प्रमोदको सहयोग

मङ्गलबार, ०४ असोज २०७३

म्यागासेसे विजेता सामाजिक अभियन्ता महावीर पुनको आविष्कार केन्द्र निर्माणको अभियानमा गायक प्रमोद खरेलले साथ दिएका छन्। उनले क्यानडास्थित टोरोन्टोमा बस्ने नेपालीहरुबाट उठाएको एक लाख २१ हजार ४ सय २५ रुपैयाँ रकम उनको अभियानका लागि प्रदान गरेका छन्।

छोरी आराध्या डराएपछि ऐश्वर्याले उठाइन यस्तो कदम !

छोरी आराध्या डराएपछि ऐश्वर्याले उठाइन यस्तो कदम !

मङ्गलबार, ०४ असोज २०७३

बलिउड चर्चित अभिनेत्री ऐश्वर्या राय र उनकी छोरी आराध्या केही दिन दुवईमा विदा मनाएर मुम्बई फर्किएका छन्। ऐश्वर्या मुम्बई फर्केको जानकारी पाएपछि फोटो पत्रकारको ठूलै समूह विमानस्थल पुगेका थिए। फोटो पत्रकारहरुले ऐश्वर्या र आराध्यको धमाधम फोटो खिच्न थाले।

फिल्म अवार्डमा 'क्लासिक'को वर्चश्व

फिल्म अवार्डमा 'क्लासिक'को वर्चश्व

मङ्गलबार, ०४ असोज २०७३

राष्ट्रिय चलचित्र पुरस्कार २०७२ वितरण समारोहमा नेपाली फिल्म ‘क्लासिक'ले चार अवार्ड जितेर वर्चश्व कायम गर्‍यो भने ‘ड्रिम्स' र ‘प्रेमगीत'ले तीन/तीन अवार्ड जिते। दृष्टीविहीन जोडीको प्रेमकथामा निर्मित ‘क्लासिक'ले चार अवार्ड जितेर बाजी मार्‍यो। युवापुस्ताको प्रेम अभिव्यक्त गरेको 'प्रेमगीत' र 'ड्रिम्स'ले तीन/तीन विधामा अवार्ड जितेका हुन्।

'रामभरोस आफ्नै घर फर्कि आऊ'

'रामभरोस आफ्नै घर फर्कि आऊ'

मङ्गलबार, ०४ असोज २०७३

ओ! राष्ट्रकवि हो, फकाएर ल्याओ न रामभरोसलाई के मा चित्त दुखाएर रासनकार्डको ढुंगा फ्याँक्छ आफ्नै घरको छानामा? सोमबार देशभर संविधान दिवस मनाइरहँदा राजधानीको मण्डला थिएटरमा एक जना कवि भने देश साँच्चिकै फूलबारी भएको हेर्न आतुर देखिन्थे।

तीन आध्यात्मिक पुस्तक बजारमा

तीन आध्यात्मिक पुस्तक बजारमा

मङ्गलबार, ०४ असोज २०७३

अध्यात्म समेटेर अनुसन्धानकर्ता कुलराज पौडेलले 'सार्वभौम अध्यात्म', 'सार्वभौम युगको विश्व विधान' र 'सार्वभौम विज्ञान' गरी तीन पुस्तक बजारमा ल्याएका छन्।

आर्यन र नम्रता सर्वोत्कृष्ट

आर्यन र नम्रता सर्वोत्कृष्ट

सोमबार, ०३ असोज २०७३

आर्यन सिग्देल र नम्रता श्रेष्ठ ‘एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार–२०७२’ का सर्वोत्कृष्ट अभिनेता/अभिनेत्री घोषित भएका छन्। पुरस्कार वितरण कार्यक्रममा ‘पशुपतिप्रसाद’लाई गत वर्ष (२०७२) को सर्वोत्कृष्ट चलचित्र ठहर्‍याइयो।

माग्ने बुढाले भने-अहिले सरकारको सहयोग चाहिँदैन

माग्ने बुढाले भने-अहिले सरकारको सहयोग चाहिँदैन

आइतबार, ०२ असोज २०७३

छक्का पञ्जाको सफलतापछि एक दिन हलमा देखिएका उनी एकाएक म त मन्त्रीको सालो बोलको गीतको सुटिंगमा भेटिए । गीतले चर्चा पाए पनि भिडियो भने नबनेको यो गीतमा अभिनय गर्दै माग्ने बुढाले आफू ठिक हुँदै गएको बताएका छन् ।

म वयस्क चलचित्र हेरेर हुर्केकी हुँ–राधिका अप्टे

म वयस्क चलचित्र हेरेर हुर्केकी हुँ–राधिका अप्टे

आइतबार, ०२ असोज २०७३

बलिउड मोडल तथा नायिका राधिका अप्टेले आफू वयस्क चलचित्र हेरेर हुर्केकीले चलचित्रमा बोल्ड सिन दिन कुनै आपत्ति नभएको बताएकी छन्।

कस्तो प्रेमी चाहन्छिन् सोनाक्षी ?

कस्तो प्रेमी चाहन्छिन् सोनाक्षी ?

आइतबार, ०२ असोज २०७३

बलिउड अभिनेत्री सोनाक्षी सिन्हा फिल्ममा क्षणभरमै प्रेममा पर्छिन् । पहिलो दृष्टिमै प्रेममा परेको दृश्य उनी अभिनीत प्रायः सबै फिल्ममा छ । तर, वास्तविक जीवनमा भने उनले अझैसम्म प्रेम गर्न लायक मनको राजकुमार फेला पार्न सकेकी छैनन् ।

युएईमा दुर्गा र युवराज उत्कृष्ट

युएईमा दुर्गा र युवराज उत्कृष्ट

आइतबार, ०२ असोज २०७३

युएईको अबुधाबीमा पहिलोपल्ट आयोजना भएको नेपाली म्युजिक भिडियो अवार्डमा गायिका दुर्गा खरेलले उत्कृष्ट पपगायिकाको अवार्ड पाएकी छन्। अबुधाबीको फोल्बलोर हलमा शुक्रबार सम्पन्न अवार्डमा सोही विधामा पुरुषतर्फको अवार्ड गायक आमिर शेखले पाए।

पुस्तकमा गणेशमान सिंह

पुस्तकमा गणेशमान सिंह

आइतबार, ०२ असोज २०७३

सर्वमान्य नेता गणेशमान सिंहमाथि लेखिएको पुस्तक 'नेपाली प्रजातान्त्रिक आन्दोलनका लौह पुरुष गणेशमान सिंह जीवन, संघर्ष र राजनीतिु सार्वजनिक भएको छ। लेखक तथा साहित्यकार जीवनाथ धमलाले लेखेको पुस्तकको शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विमोचन गरे।

बुर्काबाट उदाउँदै ओशिमा

बुर्काबाट उदाउँदै ओशिमा

शनिबार, ०१ असोज २०७३

पाकिस्तानकी मलाल युसुफजाई जब स्कुलमा गोली खाएरै बालिका पढाउने अभियानमा जुटिन्, त्यहीबेला नेपालकी रिहाना खातुन भने दाइजोको बहानामा जिउँदै जलाइँदै थिइन्। अब त्यस्ता दिन दोहोरिन हुँदैन, पढ्नेले पढ्न, काम गर्न पाउनुपर्छ।

सेलिनाको “तिम्लाई दुख्दा” म्युजिक भिडियो सार्वजनिक

सेलिनाको “तिम्लाई दुख्दा” म्युजिक भिडियो सार्वजनिक

शुक्रबार, ३१ भदौ २०७३

पर्सा जिल्लाको बिकट गाउँ ठोरीमा जन्मिएकी, हाल राजधानीमा गीत सँगितको क्षेत्रमा सँघर्षरत गायिका सेलिना कुवँरको “तिम्लाई दुख्दा व्यर्थैमा पो मेरो आँशु खस्दो रैछ” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

रहेनन् कलाकार मास्के

रहेनन् कलाकार मास्के

शुक्रबार, ३१ भदौ २०७३

आधुनिक कलासँग रमाउने कलाकार कर्ण मास्केको निधन भएको छ। लामो समय आधुनिक कलामा योगदान गरेबापत मास्केले ख्याति कमाएका  थिए। विगत केहीदिन यता बिरामी रहेका मास्केको गृहनगर धरानस्थित बिपी मेमोरियल क्यान्सर अस्पतालमा बुधबार राति निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ।

शान्तिलाई मिसेस तामाङ उपाधि

शान्तिलाई मिसेस तामाङ उपाधि

शुक्रबार, ३१ भदौ २०७३

धादिङ दार्खाकी शान्ति तामाङले 'प्रथम मिसेस तामाङ'को उपाधि जितेकी छन्। उनले आफ्ना १७ प्रतिस्पर्धीलाई उछिन्दै ताज पहिरेकी हुन्। कार्यक्रम एसके इन्टरटेन्मेन्टको आयोजनामा मंगलबार राजधानीमा भएको थियो।

आज फुक्दै 'गाँठो'

आज फुक्दै 'गाँठो'

शुक्रबार, ३१ भदौ २०७३

सुरज भुसालद्वारा निर्देशित तेस्रो फिल्म 'गाँठो' शुक्रबारदेखि नेपालभर रिलिज हुँदैछ। भुसालले यसअघि 'मौन' र 'होस्टेल रिटर्न्स्' फिल्म निर्देशन गरेका थिए। 'गाँठो'को बुधबार काठमाडौंस्थित जयनेपाल हलमा प्रिमियर गरिएको थियो।

विवाहकाे तयारीमा रहेका सलमान नयाँ अपार्टमेन्टमा सर्दै

विवाहकाे तयारीमा रहेका सलमान नयाँ अपार्टमेन्टमा सर्दै

बिहिबार, ३० भदौ २०७३

दबंग स्टार सलमान खान र युलिना वंतूर डेटिङमा रहेको र चाडै नै विवाह गर्न लागेको चर्चा भारतीय संचार माध्यममा चल्ने गर्दछ। तर अहिले सलमान नयाँ अपार्टमेन्टम सर्न लागेको चर्चा भारतीय संचार माध्यममा चल्न थालेको छ ।

एक्लिँदा एक्लिँदै गए सुनिल

एक्लिँदा एक्लिँदै गए सुनिल

बिहिबार, ३० भदौ २०७३

गोरेटो अनि उस्तै छ गल्ली तिमी कतै बद्ल्यौ कि आकाश उही छ, धर्ती उही छ कतै तिम्रो मन बद्ल्यो कि जब यो गीत बजारमा आयो। युवामात्र होइन सबै वर्गका बीच गायक सुनिल बर्देवा लोकप्रिय बने। एउटै गीतले उनलाई परिचित गरायो। उनै बर्देवा मंगलबार राति ४२ वर्षको उमेरमा धर्तीदेखि बिलाए। उनको अन्तिम बिदाइमा समकालीन संगीतकर्मी कलाकारहरुले बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानमा यही गीत गाए।

Ncell Footer Ad