पाकिस्तानसँगकाे  युद्धबारे कंगना धारणा

पाकिस्तानसँगकाे युद्धबारे कंगना धारणा

बुधबार, २६ असोज २०७३

भारत र पाकिस्तानबीच युद्धको सम्भावना प्रबल बनेको विश्लेषण सर्वत्र भइरहेका बेला यसले बलिउडलाई पनि प्रभावित गरेको छ । खासगरी भारत सरकारले भारतभित्र रहेका पाकिस्तानी कलाकारलाई अविलम्ब देश छोड्ने आदेश दिएपछि भारतीय कलाकारले यसप्रति चासो देखाएका छन् । र, चासो देखाउनेको पंक्तिमा बलिउड अभिनेत्री कंगना रनौट पनि छिन् ।

दसैंयाममा कलाकारलाई सुटिङकै चटारो

दसैंयाममा कलाकारलाई सुटिङकै चटारो

मङ्गलबार, २५ असोज २०७३

दसैं मनाउन सर्वसाधारणलाई भ्याइ नभ्याई भएका बेला चलचित्रका कलाकारलाई भने चलचित्रको सुटिङकै चटारो छ। नायिका रेखा थापा आफ्नो नयाँ चलचित्र ‘डायरी’को सुटिङमा यतिखेर बारा जिल्लाको सिमारामा व्यस्त छन्। ‘मेरो फरक अवतार छ डायरीमा,’ रेखाले भनिन् फरक अवतारले पनि नारीकै कथा बोल्छ।’ जहाँसम्म नेपाली चलचित्रको इतिहास छ। हिरोहरुका हातमा नै हिरोइज्मको कब्जा रहेको पाइन्छ। तर, रेखा थापाले काली, हिम्मतवाली, रामप्यारी, रावणलगायतका चलचित्रबाट हिरोइनका हातमा हिरोइज्म पुर्याउन सफल भइन्। यही छाप उनले डायरीमा पनि छाडेकी छैनन्।

किन टुट्यो आदर्श जोडी ?

किन टुट्यो आदर्श जोडी ?

सोमबार, २४ असोज २०७३

हलिउड वृत्तमा सबैभन्दा चर्चित र स्थिर मानिन्थ्यो, अभिनेता ब्राड पिट र अभिनेत्री एन्जेलिना जोलीको जोडी । मैनमूर्तिको संग्रहालय म्याडम तुसादले उनीहरूको स्थिर सम्बन्धको कदर गर्दै दुवैको संयुक्त मैनमूर्ति बनाएर त्यसलाई ‘ब्रान्जेलिना’ नाम दिएको थियो । तर, हालसालै जोलीले ब्राडसँग सम्बन्ध विच्छेद गरिपाऊँ भन्दै अदालतमा निवेदन हालेपछि म्याडम तुसादले ब्रान्जेलिनालाई छुटाएर ब्राड र जोलीको मैनमूर्तिलाई अलग गरिदिएको छ । यसबाट उनीहरूका फ्यान दुःखी त भएकै छन्, के कारणले ब्राड र एन्जेलिनाको वैवाहिक जीवन अन्त्य हुन पुग्यो भन्ने कौतूहल पनि उनीहरूमा छ ।

कलाका 'महाकाली'

कलाका 'महाकाली'

शनिबार, २२ असोज २०७३

नारीलाई आदि शक्तिका रूपमा पुजिने पर्व हो, दसैं। दसैंमा नारी शक्तिको प्रतीकका रुपमा नवदुर्गा, काली, दुर्गाभवानी लगायत माताको  पूजा–आराधना गरिन्छ। हिन्दू धर्मशास्त्रले यी प्रतीक वा स्वरुपलाई नारीभित्रको सकारात्मक ऊर्जा र सृष्टिकै जननी शक्तिका रुपमा व्याख्या गरेको पाइन्छ।

नयाँ वर्षमा 'घामपानी'

नयाँ वर्षमा 'घामपानी'

शुक्रबार, २१ असोज २०७३

अभिनेता दयाहाङ राईको जन्मदिन बैशाख एक गते । उनको जन्मदिन पारेर उनकै अभिनय रहेको फिल्म ‘घामपानी’ रिलिज हुने भएको छ । फिल्म निर्माण समूहले २०७४ साल वैशाख १ मा ‘घामपानी’ रिलिज गर्ने निर्णय गरेको हो ।

मिस नेपाल अस्मीको बिदाई

मिस नेपाल अस्मीको बिदाई

बिहिबार, २० असोज २०७३

द हिड्न ट्रेजरले यसवर्ष मिस वल्र्डमा सहभागि हुन लागेकी अस्मी श्रेष्ठलाई बिदाई गरेको छ । बिहीबार राजधानी आयोजित नेपालको प्रतिनिधित्व गरेर अन्तराष्ट्र्रिय ब्युटी प्याजेन्टमा सहभागि हुन लागेका मिस नेपाल, मिस अर्थ, मिस इन्टरनेशनल र मिस एसिया प्यासेफिक इन्टरनेशनललाई औपचारिक बिदाई गरेको छ ।

दयाहाङको जन्म दिनमा ‘घामपानी’

दयाहाङको जन्म दिनमा ‘घामपानी’

बिहिबार, २० असोज २०७३

अभिनेता दयाहाङ राईकै जन्मदिन पारेर फिल्म ‘घामपानी’ रिलिज हुने भएको छ । दयाहाङको जन्मदिन वैशाख १ हो। फिल्म निर्माण समूहले २०७४ साल वैशाख १ मा ‘घामपानी’ रिलिज गर्ने निर्णय गरेको छ। फिल्मका निर्माताले वितरकसँग छलफल गरी बुधबार रिलिज डेटको टुंगो लगाएका हुन्। दर्शक र फिल्म दुवैका लागि राम्रो अवसर भएकाले नयाँ वर्ष छानिएको निर्देशक दीपेन्द्र लामाले बताए।

पाकिस्तानी कलाकारको पक्षमा राधिका

पाकिस्तानी कलाकारको पक्षमा राधिका

बुधबार, १९ असोज २०७३

भारत–पाकिस्तानबीचको तनाव बढेसँगै पाकिस्तानी कलाकारलाई भारतीय फिल्ममा काम गर्न रोक लगाएको विरोधमा बलिउडका कलाकार खडा भएका छन्। सुरुमा अभिनेता सलमान खानले पाकिस्तानी कलाकारलाई भारतमा काम गर्न रोक लगाएको विरोध गरेका थिए।

थारु फिल्म भौँराको च्यारिटी सो दाङ र कैलालीमा पनि हुने

थारु फिल्म भौँराको च्यारिटी सो दाङ र कैलालीमा पनि हुने

मङ्गलबार, १८ असोज २०७३

काठमाडौंपछि थारू फिल्म भौँराको च्यारिटी सो दाङ, बर्दिया र कैलालीमा हुने भएको छ। पश्चिमका थारुहरुको अत्याधिक मागपछि च्यारिटी सो गर्न लागिएको फिल्म निर्माता नन्दुराज चौधरीले जानकारी दिए।

पाकिस्तानी कलाकारको पक्षमा बलिउड दिग्गज कलाकार ओम पुरी

पाकिस्तानी कलाकारको पक्षमा बलिउड दिग्गज कलाकार ओम पुरी

मङ्गलबार, १८ असोज २०७३

बलिउड दबंग स्टार सलमान खानपछि बलिउडका दिग्गज अभिनेता ओम पुरी र निर्देशक नागेश कुकुनुर पनि पाकिस्तानीको समर्थनमा बोलेका छन्। ओम पुरीले कला र राजनीतिको अलग राख्नुपर्ने बताएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन्।

ट्रेलर लिएर आइन ‘राधा’

ट्रेलर लिएर आइन ‘राधा’

मङ्गलबार, १८ असोज २०७३

अभिनेत्री सन्चिता लुईटेलले केही वर्षको विश्रामपछि अभिनयमा पुनरागमन गरेको भनिएको फिल्म ‘राधा’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार दरबारमार्गस्थित क्युज सिनेमा हलमा फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । कार्यक्रममा सन्चिताले आफ्नौ तौललाई लिएर भइरहेका टिप्पणीप्रति स्पष्टिकरण दिएकी थिइन् ।

जन्मदिनको  सांगितिक उपहार

जन्मदिनको सांगितिक उपहार

मङ्गलबार, १८ असोज २०७३

खलिल जिब्रानको भनाइ ‘तपाईं त्यो धनुष हो, जसबाट तपाईंका सन्तान जीवन्त तिरका रुपमा निस्कन्छन्जस्तै जीवन्त थियो ‘भक्तराज आचार्य सुमधुर साँझ’मा सत्यराज–स्वरुपराजको सुमधुर स्वर ।

शर्मिलाले ल्याइन् लण्डनमा ‘मेरो ठुम्कामा’

शर्मिलाले ल्याइन् लण्डनमा ‘मेरो ठुम्कामा’

सोमबार, १७ असोज २०७३

नेपाली आधुनिक तथा लोकप्रिय पार्श्व गायिका शर्मिला बर्देवाको गीत ' मेरो ठुमकामा ' आइतबार लण्डनमा एक समारेहबीच बिमोचन गरिएको छ । समधुर स्वरकी धनी गायिका बर्देवाको यस संगितीक भिडियो बेलायतमा कार्यरत पत्रकारकाबीचमा बिमोचन गरिएको हो ।

क्षेत्रीलाई जगदम्बाश्री र जोशीलाई मदन पुरस्कार

क्षेत्रीलाई जगदम्बाश्री र जोशीलाई मदन पुरस्कार

सोमबार, १७ असोज २०७३

नेपाली साहित्यमा ६० वर्ष खर्चिएका साहित्यकार लीलबहादुर क्षेत्रीलाई आइतबार जगदम्बाश्री पुरस्कार २०७२ बाट सम्मानित गरिएको छ। त्यसैगरी कथाकार रामलाल जोशीलाई उनको कथासंग्रह ‘ऐना'का लागि मदन पुरस्कार २०७२ प्रदान गरिएको छ।

धुलिखेलमा फेशन शो

धुलिखेलमा फेशन शो

सोमबार, १७ असोज २०७३

काभ्रे जिल्लामै पहिलो पटक फेशन शो आयोजना भएको छ। फेशनसम्बन्धि राष्ट्रियस्तरका कार्यक्रमहरुमा उपस्थिति जनाइसकेकी डिजाइनर अनुमिका पाण्डेको डिजाइनका आकर्षक पहिरनहरुमा मोडेलहरु र्‍याम्पमा हिँडेका थिए।

नगरकोटीको 'घाटमान्डु'

नगरकोटीको 'घाटमान्डु'

सोमबार, १७ असोज २०७३

फिक्सन डिजाइनर कुमार नगरकोटीको नया“ आख्यान 'घाटमान्डु' शनिबार सार्वजनिक भएको छ। राजधानीको बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा घाटमान्डु उत्सव नाम दिइएको विमोचनमा कविहरु विप्लव प्रतीक र चन्द्रविर तुम्बापो, पत्रकार वसन्त बस्नेत तथा नगरकोटीका लिटररी एजेन्ट राजन गोदारले घाटमान्डुमा संगृहित रचना तथा कविता वाचन गरेका थिए। नगरकोटीले पनि आफ्ना रचना र रचना गर्भबारे चर्चा गरेका थिए।

‘मदन पुरस्कार’ र ‘जगदम्बाश्री पुरस्कार’ वितरण

‘मदन पुरस्कार’ र ‘जगदम्बाश्री पुरस्कार’ वितरण

आइतबार, १६ असोज २०७३

ललितपुर- मदन पुरस्कार गुठीले २०७२ सालको मदन पुरस्कार र जगदम्बाश्री पुरस्कार वितरण गरेको छ। गुठीले आइतबार आयोजित कार्यक्रममा यस वर्षको मदन पुरस्कारद्वारा सम्मानित रामलाल जोशी र जगदम्बाश्री पुरस्कारद्वारा सम्मानित लीलबहादुर क्षेत्रीलाई पुरस्कार वितरण गरेको हो । जोशीले ‘ऐना’ कृतिका लागि यस वर्षको मदन पुरस्कार पाएका हुन्।

सलमानलाई घरमै नजरबन्दमा राख्न शिव सेनको माग

सलमानलाई घरमै नजरबन्दमा राख्न शिव सेनको माग

आइतबार, १६ असोज २०७३

शिव सेनाका सांसदले बलिउड अभिनेता सलमान खानलाई उनको घरमा नजरबन्दमा राख्न उनका पिता सलिम खानलाई आग्रह गरेको छन्।

शिव सेना सलमानमाथि खनियो

शिव सेना सलमानमाथि खनियो

शनिबार, १५ असोज २०७३

पाकिस्तानी कलाकारको समर्थन गरेको भन्दै सलमान खानलाई भारत छोडर पाकिस्तान जान शिव सेनाले सल्लाह दिएको छ। भारतीय निर्माताको संगठनले बिहीबार पाकिस्तानी कलाकारमाथि लगाएको प्रतिबन्धपछि सलमानले कलाकारिता र आतंकबादलाई एकै नजरले हेर्न नहुने प्रतिकृया दिएका थिए।

पाकिस्तानमा भारतीय चलचित्र  प्रतिबन्ध

पाकिस्तानमा भारतीय चलचित्र प्रतिबन्ध

शनिबार, १५ असोज २०७३

भारत–पाकिस्तान तनावको प्रत्यक्ष असर कलाकर्मी र चलचित्रमा परेको छ। शुक्रबार इण्डियन मोसन पिक्चर्स प्रोड्युर्शस् एसोसिएसन आइएमपिपिएले भारतीय चलचित्रमा पाकिस्तानी कलकारलाई अनुबन्धन गर्न प्रतिबन्ध लगाएको भोलिपल्ट पाकिस्तानका सिनेमा घरहरुले पाकिस्तानमा भारतीय चलचित्रमाथि प्रतिबन्ध लगाएका छन्।

Ncell Footer Ad