अखेटोपहार चितवन पठाइयो

अखेटोपहार चितवन पठाइयो

मङ्गलबार, ०८ फागुन २०७४

संखुवासभाका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको अखेटोपहार चितवन राष्ट्रिय निकुञ्ज पठाइएको छ। आर्थिक वर्ष ०६७/०६८ देखि ०७०/०७१ सम्म विभिन्न स्थानमा पक्राउ गरी जफत गरिएका अखेटोपहार चितवन पठाइएको हो।

भीरबाट लडेर महिलाको मृत्यु

भीरबाट लडेर महिलाको मृत्यु

मङ्गलबार, ०८ फागुन २०७४

मुसीकोट नगरपालिका–१, सिमाचौरमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। बाख्रा चराउन जंगल गएकी स्थानीय ६० वर्षिया जयमती बोहराको भिरबाट लडेर मृत्यु भएको हो।

बुढेसकालको सहारा ‘सडक’

बुढेसकालको सहारा ‘सडक’

मङ्गलबार, ०८ फागुन २०७४

‘नगरी काम पुग्दैन खान साँझ र विहान’ यो गीत त्यसै सबैको रोजाइमा परेको होइन्। लाखौं निमुखा र विपन्नहरुको कथा, ब्याथा बोकेको छ यस गीतले, त्यसैले त सबैको मन मुटुमा बस्न सफल छ। रुकुम (पुर्व) को सिस्ने गाउँपालिका वडा नं. ६ का उमेरले ६२ नाघेका बलजित विकको जीवनको कथा पनि यसै गीतको भावसँग मिल्दो छ।

पोखरा विश्वविद्यालयको १५ औं दीक्षान्त समारोहमा विद्यार्थी दीक्षित

पोखरा विश्वविद्यालयको १५ औं दीक्षान्त समारोहमा विद्यार्थी दीक्षित

मङ्गलबार, ०८ फागुन २०७४

पोखरा विश्वविद्यालयको पन्धौं दीक्षान्त समारोह सम्पन्न भएको छ। दीक्षान्तमा प्रधानमन्त्री केपी शर्मा ओली जाने कार्यक्रम भए पनि उनी उपस्थित हुन सकेनन्। पोखरामा भएको दीक्षान्तमा विभिन्न संकायका झण्डै ५ हजार बढी विद्यार्थी दीक्षित भएका छन्।

गुडिरहेको बसमा बम प्रहार, १२ जना घाइते

गुडिरहेको बसमा बम प्रहार, १२ जना घाइते

मङ्गलबार, ०८ फागुन २०७४

यहाँ गुडिरहेको बसमा बम प्रहार हुँदा १२ जना घाइते भएका छन्। काठमाडौंबाट दाङका लागि छुटेको ना ६ ख ७९१० नंको बसमा आज दिउँसो शिवराज नगरपालिका–३ बेलनदी नजिक अज्ञात समूहद्वारा पेट्रोल बम प्रहार हुँदा बसमा सवार १२ जना घाइते भएका हुन्।

दुई पत्रकारविरुद्ध सार्वजनिक मुद्दा

दुई पत्रकारविरुद्ध सार्वजनिक मुद्दा

मङ्गलबार, ०८ फागुन २०७४

सुनसरी धरानबाट प्रकासित हुने प्रवोध साप्ताहिकका प्रधानसम्पादक र सम्पादकलाईं नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता भएको जनाउँदै प्रहरीले पक्राउ गरि मुद्दा चलाएको छ।

बिरामी बचाउन प्रधानमन्त्रीले पठाए जहाज

बिरामी बचाउन प्रधानमन्त्रीले पठाए जहाज

मङ्गलबार, ०८ फागुन २०७४

बाजुरा जिल्लाको दुर्गम गाउँपालिका गौमुल–४ की धर्मा रोकायाको ज्यान बचाउन प्रधानमन्त्री केपी शर्मा ओलीले जहाज नै चार्टर गरेर पठाएका छन्। नेपालगञ्जमा उपचार गराईरहेकी ४० वर्षकी रोकायाको थप उपचारका लागि काठमाडौं ल्याउनुपर्ने भएपछि ओलीले जहाज चार्टर गरेर पठाएका हुन्।

करण केसी जन्मठाउँ पुग्दा…

करण केसी जन्मठाउँ पुग्दा…

मङ्गलबार, ०८ फागुन २०७४

मंगलबार नेपाल बन्दका कारण बजार सुनसान थियो। सोमबार रातीको बम विस्फोट र मंगलबार बिहानै बागलुङमा बजारमा भेटिएको बमको खबरले जनजीवन त्रसित थियो। यसैबीचमा फैलियो, नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसी बागलुङ आएका छन् ।

बन्दको विकल्प खोज्न माग

बन्दको विकल्प खोज्न माग

मङ्गलबार, ०८ फागुन २०७४

भुमिकास्थान ९ ढिकुराका लालबहादुर बलाल मंगलबार जिल्ला पशुसेवा कार्यालयको काममा सन्धिखर्क आए । कार्यालयमा फोटो चाहिने भएपछि उनी फोटो खिच्न सन्धिखर्क बजारतर्फ लागे ।

साझाको अपाङ्गतामैत्री बस ‘अस्पतालदेखि अस्पतालसम्म’

साझाको अपाङ्गतामैत्री बस ‘अस्पतालदेखि अस्पतालसम्म’

मङ्गलबार, ०८ फागुन २०७४

लगनखेलस्थित पाटन अस्पतालबाट थापाथलीस्थित प्रसूति गृह, वीर अस्पताल, कान्ति अस्पताल, शिक्षण अस्पताल हुँदै गंगालाल अस्पतालसम्म अपाङमैत्री बस गुड्ने भएको छ ।

मुगुमा विप्लव बन्दको प्रभाव

मुगुमा विप्लव बन्दको प्रभाव

मङ्गलबार, ०८ फागुन २०७४

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दले मुगुको जनजीवन प्रभावित भएको छ। बन्दका कारण जिल्लाका सबै सामुदायिक विद्यालय, संस्थागत विद्यालयमा बन्द भएका छन्।

तरकारी उत्पादनमा कमी

तरकारी उत्पादनमा कमी

मङ्गलबार, ०८ फागुन २०७४

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा तरकारी उत्पादनमा गत वर्षको तुलनामा यसवर्ष ७० प्रतिशतले कमी आएको छ ।जलवायु परिवर्तन र सिँचाइको अभावका कारण तरकारी उत्पादनमा कमी आएको हो । तरकारीको उत्पादनमा कमी आएपछि बजारमा व्यापारीले हारालुछ गर्न लागेको बनेपा नगरपालिका– ४ की अम्बिका दाहालले बताइन्।

विद्यालयमा स्थानीयस्तरबाटै प्राविधिक शिक्षा दिनुपर्छः राष्ट्रपति

विद्यालयमा स्थानीयस्तरबाटै प्राविधिक शिक्षा दिनुपर्छः राष्ट्रपति

मङ्गलबार, ०८ फागुन २०७४

राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध र आधुनिक विकसित नेपाल बनाउनका लागि विद्यालय शिक्षाको विकासलाई जोड दिनुपर्ने बताएकी छिन्।

अध्यक्ष दाहाल र चिनियाँ उपमन्त्रीबीच भेटवार्ता

अध्यक्ष दाहाल र चिनियाँ उपमन्त्रीबीच भेटवार्ता

मङ्गलबार, ०८ फागुन २०७४

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागका उपमन्त्री ये झाउले भेटवार्ता गरेका छन्।

तीनकुने स्थीत बागमती पुलमा शंकास्पद बस्तु भेटिएपछि यातायात प्रभावित

तीनकुने स्थीत बागमती पुलमा शंकास्पद बस्तु भेटिएपछि यातायात प्रभावित

मङ्गलबार, ०८ फागुन २०७४

काठमाडौंको तीनकुने नजिकै बागमती पुलमा शंकास्पद बस्तु भेटीएको छ। महानगरीय प्रहरी वृत्त अगाडिको सडकमा भेटिएको बस्तु बम भएको आशंकामा नेपाली सेनाको डिस्पोजल टोलीले चेकजाँच गरेको थियो। सेनाको चेक पछि बम नभएको पुष्टि भएको छ।

पोखरामा बम विष्फोट हुँदा प्रहरी र पत्रकार घाइते

पोखरामा बम विष्फोट हुँदा प्रहरी र पत्रकार घाइते

मङ्गलबार, ०८ फागुन २०७४

कास्कीको विजयपुरमा भएको बम विष्फोटमा परी एक प्रहरी र एक पत्रकार घाइते भएका छन् ।घाइते हुनेमा रेडियो गण्डकीका पत्रकार धनश्याम पाण्डे र प्रहरी जवान कुलबहादुर खत्री रहेका छन् ।

बल्दैनन्  महानगरका सडक बत्ती

बल्दैनन् महानगरका सडक बत्ती

मङ्गलबार, ०८ फागुन २०७४

ललितपुर महानगरपालिकाका विभिन्न ठाउँमा रहेका सडक बत्ती नबल्ने भएका छन् ।अघिल्लो वर्षमात्रै हालिएका ९६७ वटा बत्तीमध्ये अधिकांश बिग्रिसकेको महानगरपालिकाले जनाएको छ।

भक्तपुर रेडक्रसको बजेट तीन करोड

भक्तपुर रेडक्रसको बजेट तीन करोड

मङ्गलबार, ०८ फागुन २०७४

नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको २३आै जिल्ला सभाले आगामी आर्थिक वर्ष २०७५-७६ को प्रस्तावित कार्यक्रम र बजेट पारित गरेको छ ।शाखाको स्वर्ण जयन्ती वर्षको शुभारम्भ तथा २३औँ जिल्ला सभाले आव २०७५-७६ को लागि रु दुई करोड ६५ लाख ९३ हजार बजेट पारित गरको हो।

सेनाद्वारा बम निष्क्रिय

सेनाद्वारा बम निष्क्रिय

मङ्गलबार, ०८ फागुन २०७४

बागलुङ नगरपालिका–२ स्थित पुरानो बसपार्कमा गएराती अज्ञात समूहले राखेको बम नेपाली सेनाले निष्क्रिय पारेको छ।

विप्लव बन्दको प्रभाव आंशिक

विप्लव बन्दको प्रभाव आंशिक

मङ्गलबार, ०८ फागुन २०७४

सोमबार राति भएको एमाले र माओवादी केन्द्रबीचको एकतापछि बनेको ‘नेपाल कम्युनिष्ट पार्टी’ भन्दा आफु पहिलो नेपाल कम्युनिष्ट पार्टी दाबी गर्ने नेत्रविक्रम चन्द (बिप्लव) नेतृत्वको नेकपाको नेपाल बन्दले उदयपुरको जनजीवन प्रभावित भएको छ।

Ncell Footer Ad