नेपालमा रिटायर्ड लाइफ बिताउने अमेरिकनहरूको चाहना

नेपालमा रिटायर्ड लाइफ बिताउने अमेरिकनहरूको चाहना

मङ्गलबार, ३१ असार २०७६

वाणिज्य दुतावास सियाटलमा नेपाल जाने भिसा लिन आउने हरेक १० जनामध्ये तीन जनाले आफ्नो रिटायर्ड लाइफ नेपालमा बिताउने चाहना व्यक्त गर्ने गर्ने गरेका छन्।

साझा बसको कथा (भिडियो रिपोर्ट)

मङ्गलबार, ३१ असार २०७६

साझा यातायात सहकारी लिमिटेडद्वारा सञ्चालित साझा यातायातले सस्तो र सर्वसुलभ सेवा प्रवाह गर्दै आएको छ। हरियो रङले सजिएको साझा बस तत्कालीन राजा महेन्द्रको अग्रसरतामा २०१८ बाट सुरु भएको हो। २०२६ सालमा यसको सबै सेवा बन्द भयो। यसबीच बन्द हुने खुल्ने क्रम भने जारी रह्यो।

विद्युत् नहुँदा २० रुपैयाँका दरले मोबाइल चार्ज

विद्युत् नहुँदा २० रुपैयाँका दरले मोबाइल चार्ज

मङ्गलबार, ३१ असार २०७६

उदयपुरको त्रियुगा खोलाले पोल बगाउँदा तथा गाईघाट र दिक्तेलबीचका विभिन्न स्थानका पोल पहिरोले ढाल्दा मोबाइलका प्रयोगकर्ता कम्तीमा २० रुपैयाँका दरले मोबाइल चार्ज गर्न बाध्य छन्।

लागुऔषध कारोबारीलाई २० वर्ष कैद

लागुऔषध कारोबारीलाई २० वर्ष कैद

मङ्गलबार, ३१ असार २०७६

रुकुम (पश्चिम)मा अवैध लागुऔषध चरेश र अफिमसहित पक्राउ परेका दुई युवालाई जनही २० वर्ष कैद सजाय हुने भएको छ।

राष्ट्रिय प्रतियोगिता कपिलवस्तुमा

राष्ट्रिय प्रतियोगिता कपिलवस्तुमा

मङ्गलबार, ३१ असार २०७६

कपिलवस्तु शारीरिक सुगठन तथा फिटनेश सङ्घले आगामी असोज १० र ११ गते कपिलवस्तुको तिलौराकोटमा ‘कपिलवस्तु श्री राष्ट्रिय खुल्ला शारीरिक सुगठन प्रतियोगिता–२०७६’ आयोजना गर्ने भएको छ।

डोल्पाका पहिरो पीडितलाई राहत बाँड्न मन्त्रीसहितको टोली घटनास्थलमा

डोल्पाका पहिरो पीडितलाई राहत बाँड्न मन्त्रीसहितको टोली घटनास्थलमा

मङ्गलबार, ३१ असार २०७६

डोल्पाको मुड्केचुला गाउँपालिका वडा नम्बर १, २ र ३ मा पहिरो पीडितलाई राहत बाँड्न एक टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको छ। कर्णाली प्रदेशका पर्यटन मन्त्री नन्दबहादुर बुढा, सांसद बीरबहादुर शाही, बदनी बोहरा, कर्णाली प्रदेश आन्तरिक मामिला मन्त्रालयका अधिकृत कृष्णबहादुर रोकायसहितको टोली त्यसतर्फ गएको हो।

‘म अघि बढ्छु’

‘म अघि बढ्छु’

मङ्गलबार, ३१ असार २०७६

खोटाङमा ‘म अघि बढ्छु’ नामक अभियान सुरु गरिएको छ। १३ वर्षदेखि १९ वर्ष उमेरका विद्यार्थीलाई देशका योग्य नागरिक बन्न उत्प्रेरित गर्नका लागि १ नम्बर प्रदेश सरकारको अभियानअन्तर्गत जिल्लामा ‘म अघि बढ्छु’ नामक अभियान सुरु गरिएको हो।

असार सकियो, रोपाइँ सकिएन

असार सकियो, रोपाइँ सकिएन

मङ्गलबार, ३१ असार २०७६

असार महिना सकिँदा पनि कञ्चनपुरमा सिँचाइ अभावका कारण किसानहरुले रोपाइँ सकेका छैनन्। कूल ४८ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको कञ्चनपुरमा अहिलेसम्म ८० प्रतिशत रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ।

तिनाउ खाेलामा आठ महिनामै बन्यो पक्की पुल

तिनाउ खाेलामा आठ महिनामै बन्यो पक्की पुल

मङ्गलबार, ३१ असार २०७६

तानसेन नगरपालिका–९ र माथागढी गाउँपालिका–३, को सीमा तिनाउँ खोला अम्लिहानमा समय अगावै पक्की पुल निर्माण सम्पन्न भएको छ। पुल नहुँदा वर्षात्को समयमा यहाँका स्थानीय व्यक्ति तथा सवारी आवागमन ठप्प हुँदै आएको थियो। हरेक वर्ष यस स्थानमा सवारी साधन तथा यात्रुहरु बगाउँदा मानवीय क्षति समेत हुँदै आएको थियो। पुल बनेपछि स्थानीय बासिन्दाहरु हर्षित भएका छन्।

हतियारसहित तीन पक्राउ

हतियारसहित तीन पक्राउ

मङ्गलबार, ३१ असार २०७६

इलाम नगरपालिका–३ मकैबारीमा चार नाल भरुवा बन्दुकसहित दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा इलामको सन्दकपुर गाउँपालिका–१ बस्ने ३५ वर्षीय रामकुमार राई र २७ वर्षीय मीनकुमार फागो रहेका छन्।

प्रदेश ५ः ४० विधेयक पारित

प्रदेश ५ः ४० विधेयक पारित

मङ्गलबार, ३१ असार २०७६

प्रदेश ५ प्रदेश सभाले दुई वर्षको अवधिमा ४० वटा विधेयक पारित गरेको छ। चौथौ अधिवेशनसम्म आइपुग्दा प्रदेश सभामा ४६ वटा विधेयक दर्ता भएको छ।

हात्तीको आक्रमणबाट एकको मृत्यु

हात्तीको आक्रमणबाट एकको मृत्यु

मङ्गलबार, ३१ असार २०७६

पूर्वी चितवनमा जंगली हात्तीको आक्रमणमा परेर एकजनाको मृत्यु भएको छ । रत्ननगर नगरपालिका–७ को बद्रहनी गाउँका ६२ वर्षीय कान्छा दराईलाई हात्तीले आक्रमण गरेको हो ।

गृह मन्त्रालयको तथ्याङ्कः ७८ को मृत्यु, १७ हजार घरधुरी विस्थापित

गृह मन्त्रालयको तथ्याङ्कः ७८ को मृत्यु, १७ हजार घरधुरी विस्थापित

मङ्गलबार, ३१ असार २०७६

असार २६ गतेदेखि परेको अविरल वर्षापछिको बाढी, पहिरो र डुबानकाे कारण हालसम्म ७८ जनाको मृत्यु भएको छ। गृह मन्त्रालयका अनुसार मंगलबार दिउँसाेसम्म ३२ जना बेपत्ता र ४० जना घाइते भएका छन्।

काठमाडाैं–१६ का वडाध्यक्षको फर्जी हस्ताक्षर

काठमाडाैं–१६ का वडाध्यक्षको फर्जी हस्ताक्षर

मङ्गलबार, ३१ असार २०७६

काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको फर्जी हस्ताक्षर गरेको अभियोगमा आज प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बालाजुस्थित अटोपार्ट्सका कर्मचारी रवीन खत्री रहेका छन्।

गृहमन्त्रीले भने- 'अहिलेको विपद् मानव सिर्जित समस्या हो'

गृहमन्त्रीले भने- 'अहिलेको विपद् मानव सिर्जित समस्या हो'

मङ्गलबार, ३१ असार २०७६

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान हुँदाहुँदै पनि असार २६ देखि परेको अविरल वर्षाका कारण मुलुकले नसोचेको धनजनको क्षति बेहोर्नुप-यो।

बाढी पहिरोको समय यसरी अपनाउनुस् स्वास्थ्य सजगता

बाढी पहिरोको समय यसरी अपनाउनुस् स्वास्थ्य सजगता

मङ्गलबार, ३१ असार २०७६

नेपाल बाढी, पहिरो, महामारी, मौसमको अनुकुलता तथा भूकम्प जस्ता प्रकृतिक प्रकोपको उच्च जोखिममा रहेको देश हो। भौगर्भिक, भौगोलिक, जैविक, जल तथा मौसम र वातावरणीय अवस्थाका कारणले यहाँ हरेक वर्ष धनजनको क्षति हुने गरेको छ।

जहाँजहाँ सडक, त्यहाँत्यहाँ पहिरो

जहाँजहाँ सडक, त्यहाँत्यहाँ पहिरो

मङ्गलबार, ३१ असार २०७६

घरभन्दा माथिबाट खसेको पहिरोले घर बगाउँदा खोटाङको खोटेहाङ गाउँपालिका–२ वाप्लुखाका रेखा राई, ३ वर्षका छोरा रोमन र ७ महिनाको छोरा रोजनको मृत्यु भयो। असार २७ गते बिहान गएको पहिरोमा रेखाका श्रीमान विष्णु घाईते भए। उनलाई आफन्तले टाउको मात्र बाहिर निस्केको अवस्थामा पहिरोबाट बाहिर निकालेका थिए।

बाढीले बगाएका किशोर मृत फेला

बाढीले बगाएका किशोर मृत फेला

मङ्गलबार, ३१ असार २०७६

अघिल्लो राति अचानक बाढी पसेर बगाई बेपत्ता भएका मुर्कुची बजारका किशोरको शव फेला परेको छ।

विद्यालय दिउँसो चलाउन अटेर

विद्यालय दिउँसो चलाउन अटेर

मङ्गलबार, ३१ असार २०७६

नगरपालिकाको परिपत्र र निर्देशन नमानी केही विद्यालयले आफूखुसी बिहानी कक्षा सञ्चालन गरिरहेका छन्।

मापदण्डविपरीतका तीन पानी उद्योगविरुद्ध मुद्दा

मापदण्डविपरीतका तीन पानी उद्योगविरुद्ध मुद्दा

मङ्गलबार, ३१ असार २०७६

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले प्रशोधित पिउने पानी उत्पादन मापदण्ड उल्लङ्घन गर्ने बाँकेका तीन पानी उद्योगविरुद्ध मुद्दा दायर गरेको छ।

Ncell Footer Ad