कलंकीदेखि महाराजगन्जसम्म चक्रपथ विस्तार सुरु

कलंकीदेखि महाराजगन्जसम्म चक्रपथ विस्तार सुरु

शुक्रबार, ०१ कार्तिक २०७६

कलंकीदेखि महाराजगन्जसम्मको दोस्रो चक्रपथ विस्तारको काम थालिएको छ। सडक विभागले दसैंअघिदेखि कलंकीबाट सडक छेउछाउका रूख काट्न सुरु गरेको हो।

पर्वलक्षित तस्कर समूह सक्रिय बन्दै

पर्वलक्षित तस्कर समूह सक्रिय बन्दै

शुक्रबार, ०१ कार्तिक २०७६

असोज २४ गते कलैया बजारमा किराना पसल चलाउने दिनेश तिवारी र रमेश तिवारीले भण्डारण गरेको १७ क्विन्टल चिनी प्रहरीले नियन्त्रणमा लियो। भारतबाट भन्सार छलेर भित्र्याइएको अशंकामा उक्त चिनी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक विकासराज खनालले बताए।

२७ लाख बालबालिकालाई भिटामिन ए खुवाइँदै

२७ लाख बालबालिकालाई भिटामिन ए खुवाइँदै

शुक्रबार, ०१ कार्तिक २०७६

कात्तिक २ र ३ गते ६ महिनादेखि पाँच वर्षसम्मका करिब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल, एक वर्षदेखि पाँचवर्षमुनिका २४ लाख बालबालिकालाई जुकाको औषधि र ६ महिनादेखि दुई वर्षसम्मका चार लाख बालबालिकालाई बालभिटा खुवाइने छ। त्यस्तै पाँच वर्षमुनिका २७ लाख बालबालिकाको पाखुराको नाप लिइने छ।

बलात्कारका घटनामा वृद्धि

बलात्कारका घटनामा वृद्धि

शुक्रबार, ०१ कार्तिक २०७६

चालू आर्थिक वर्षको तीन महिनामा सुर्खेतमा बलात्कारका २३ वटा घटना दर्ता भएका छन्। तीमध्ये सामूहिक बलात्कार घटना तीनवटा छन्।

फौजदारी मुद्दा चलेका व्यक्तिको राहदानी रोक्का हुने

फौजदारी मुद्दा चलेका व्यक्तिको राहदानी रोक्का हुने

शुक्रबार, ०१ कार्तिक २०७६

संसद्ले हालै पारित गरेको राहदानी विधेयकले फौजदारी मुद्दा चलेका व्यक्तिको राहदानी(पासपोर्ट) रोक्का हुने व्यवस्था गरेको छ। यससँगै अब फौजदारी अभियोगमा मुद्दा खेपिरहेका व्यक्तिको राहदानी पनि जफत हुने भएको छ।

अनुसन्धान गर्दै प्रहरी, लाखौं रुपैयाँ ठगेको खुलासा

अनुसन्धान गर्दै प्रहरी, लाखौं रुपैयाँ ठगेको खुलासा

शुक्रबार, ०१ कार्तिक २०७६

भारतीय नेटवर्किङ कम्पनी ओरियन्सको सदस्य बनेर ठगिएका नेपालीको फेहरिस्त जिल्ला प्रहरी कार्यालय, बर्दियाले संकलन गरिरहेको छ।

खै कहाँ छ द्रुत विकास ?

खै कहाँ छ द्रुत विकास ?

शुक्रबार, ०१ कार्तिक २०७६

ओलीले विकास निर्माणमा सरकारले छलाङ मारेको बताउँदै आए पनि न त सरकारी तथ्यांकले त्यसलाई पुष्टि गर्न सकेको छ न सर्वसाधारणले नै काम भएको महसुस गरेका छन्।

पैसा लुट्न गोली हानेर व्यक्तिको हत्या गर्ने भारतीय सुटर पक्राउ

पैसा लुट्न गोली हानेर व्यक्तिको हत्या गर्ने भारतीय सुटर पक्राउ

बिहिबार, ३० असोज २०७६

गत भदौ २९ गते रोहिणी गाँउपालिका ३ रोहिणी खोला नजिक भएको हत्याकाण्डका सुटर पक्राउ परेका छन्। रुपन्देही प्रहरीले हत्यामा संलग्न भारतीय नागरिक गोरखपुर थाना कम्पियरगंज मछरी गाँउ बस्ने वर्ष ४० को मनीष हरिजन(चमार) लाई पक्राउ गरी सार्वजनिक गरेको हो।

युनेस्कोको प्रतिनिधिमण्डल भक्तपुरमा

युनेस्कोको प्रतिनिधिमण्डल भक्तपुरमा

बिहिबार, ३० असोज २०७६

युनेस्कोको एक प्रतिनिधिमण्डलले विहीबार भक्तपुरको अवलोकन भ्रमण गरेको छ। युनेस्कोबाट आएका डा. गमीनी वीजीसुरीया, क्याथरिन फोर्बस् र नपिना श्रेष्ठ सिंहलगायत पुरातत्व विभागबाट आएका कर्मचारीहरु भक्तपुर घुमेका हुन्। प्रतिनिधिमण्डलले भक्तपुर दरवार स्वायरलगायतको अवलोकन भ्रमण गरेको थियो।

भक्तपुरमा युवतीको सामूहिक बलात्कार, अभियुक्त जेल चलान

भक्तपुरमा युवतीको सामूहिक बलात्कार, अभियुक्त जेल चलान

बिहिबार, ३० असोज २०७६

२८ बर्षीय युवतीलाई जबरजस्ती करणी गरी फरार रहेका दुई व्यक्तिलाई जेल चलान गरिएको छ। गत असोज ३ गते राति साढे आठ बजेको समयमा भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारीस्थित जंगलमा ती युवतीलाई जवरजस्ती गर्ने उनीहरुलाई जेल चलान गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

पर्यटकीय क्षेत्रमा सरसफाई अभियान सुरु

पर्यटकीय क्षेत्रमा सरसफाई अभियान सुरु

बिहिबार, ३० असोज २०७६

सिरहामा पर्यटन वर्ष २०२० लाई स्वागत्त गर्न सरसफाई कार्यक्रम अभियानकै रुपमा सञ्चालन गरिएको छ। महिला एवं बालबालिका सरसफाई अभियन्ताहरुले प्रदेश २ अन्तर्गत सिरहाको सलहेश फूलवारी पर्यटकीय क्षेत्रमा बुद्यबारबाट नियमित सरसफाई सुरु गरेको छ।

एनआरएन निर्वाचनमा ९२ प्रतिशत मत खस्यो, गणना आजै

एनआरएन निर्वाचनमा ९२ प्रतिशत मत खस्यो, गणना आजै

बिहिबार, ३० असोज २०७६

गैर आवासीय नेपाली संघ (एनआरएन) को नबौं विश्व सम्मेलनको क्रममा आज भएको मतदानमा २३ सय ४४ मत खसेको छ। निर्वाचन आयोगद्धारा दिएइको जानकारी अनुसार ९२ प्रतिशत मतदान भएको हो।

आमाछोरी हत्यारा एक सातापछि पक्राउ, हत्याको कारण बहुप्रेम

आमाछोरी हत्यारा एक सातापछि पक्राउ, हत्याको कारण बहुप्रेम

बिहिबार, ३० असोज २०७६

उदयपुरमा सातादिनअघि आमा–छोरीको घाँटी रेटेर बिभत्स हत्या गरेको आरोपमा एक अभियुक्त पक्राउ परेका छन्।

बलात्कारका घटना बढ्दै

बलात्कारका घटना बढ्दै

बिहिबार, ३० असोज २०७६

चालू आर्थिक वर्षको तीन महिनामा सुर्खेतमा बलात्कारका २३ वटा घटना दर्ता भएका छन् । ति मध्ये तीन वटा सामुहिक बलात्कार घटना छन् ।

अभिभावकको माया नपाउँदा बालबालिका सडकमा

अभिभावकको माया नपाउँदा बालबालिका सडकमा

बिहिबार, ३० असोज २०७६

राष्ट्रिय बालअधिकार परिषद्ले गत साउनदेखि उद्धार गरिएका सडक बालबालिकाले आफूहरुलाई बाबुआमाको माया अभाव भएको निश्कर्ष निकालेको छ।

जनता आवासका घर अलपत्र

जनता आवासका घर अलपत्र

बिहिबार, ३० असोज २०७६

डडेल्धुरामा गत आर्थिक वर्षको जनता आवास कार्यक्रमअन्तर्गत निर्माण भइरहेका घर बनाउन रकम नआउँदा अलपत्र परेका छन्।

त्रिविको निजीतर्फको परीक्षा फाराम भर्ने समय थप

त्रिविको निजीतर्फको परीक्षा फाराम भर्ने समय थप

बिहिबार, ३० असोज २०७६

विद्यार्थीको परीक्षा फाराम भर्ने चाप बढेपछि त्रिभुवन विश्वविद्यालयले समय थप गरेको छ।

'सरकारले २४ वर्षभित्र गरिवी निवारण गरिसक्छ'

'सरकारले २४ वर्षभित्र गरिवी निवारण गरिसक्छ'

बिहिबार, ३० असोज २०७६

सरकारले २४ वर्षभित्र मुलुकमा गरिवी निवारण गरिसक्ने लक्ष्य लिएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले आगामी २४ वर्षभित्र नेपाललाई गरिवीमुक्त राष्ट्र बनाउने लक्ष्य लिइएको बताएका हुन्।

साढे दुई वर्षमा पनि बनेन ६ सय मिटर बाटो

साढे दुई वर्षमा पनि बनेन ६ सय मिटर बाटो

बिहिबार, ३० असोज २०७६

सम्झौता अनुरुप काम भएको भए अहिले रुपन्देहीको बेलहिया नाकामा ६ लेनको फराकिलो सडक बनिसक्थ्यो। दायाँबायाँ फुटपाथ र सर्भिस लेनसहितको सडकले सवारी आवागमन सहज हुन्थ्यो। पर्यटकहरुको नेपाल प्रवेश पनि सुविधा जनक हुन्थ्यो। किनकी यो नाका देशकै दोश्रो ठुलो व्यापारिक नाका हो। स्थलमार्ग हुँदै सबैभन्दा धेरै पर्यटक भित्रने नाका पनि यही हो।

चीनले स्याटलाइट बन्द गर्दा डोल्पामा मोबाइल सेवा बन्द

चीनले स्याटलाइट बन्द गर्दा डोल्पामा मोबाइल सेवा बन्द

बिहिबार, ३० असोज २०७६

हिमाली जिल्ला डोल्पाका दुई स्थानीय तहमा मोबाइल सेवा बन्द भएको छ। चिनियाँ स्याटलाइट बन्द भएपछि जिल्लाका मुड्केचुला र काइके गाउँपालिकामा मोबाइल सेवा पुर्णरुपमा बन्द भएको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad