विभागले मागअनुसार ‘स्मार्ट कार्ड’ दिन सकेन

विभागले मागअनुसार ‘स्मार्ट कार्ड’ दिन सकेन

बुधबार, २९ असार २०७३

काठमाडौँ-यातायात व्यवस्था विभागले सेवाग्राहीको मागअनुसार ‘स्मार्ट कार्ड’ वितरण गर्न सकेको छैन। चालक अनुमतिपत्रलाई ‘स्मार्ट कार्ड’ मा परिवर्तनका लागि ६२ हजारले राजस्व तिरेको सवारी चालक अनुमतिपत्र बागमती कार्यालयले जनाएको छ।

चट्टान छल्दै पहिरोको यात्रा (फोटो फिचर)

चट्टान छल्दै पहिरोको यात्रा (फोटो फिचर)

बुधबार, २९ असार २०७३

तातोपानी-भोटेकोसी नदी सतह नघट्दा तलबाट सडक कटान तीव्र छ। माथि भिरबाट लगातार चट्टाने पहिरो खसिरहेको छ। दुबै प्रकोपले सडक क्षतविक्षत छ। सवारी आवागमन ठप्प छ। स्थानीय ज्यान जोखिममा राखेर पैदल हिँडडुल गर्न बाध्य छन्।

डा.पोखरेललाई पितृशोक

डा.पोखरेललाई पितृशोक

बुधबार, २९ असार २०७३

काठमाडौं—राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.गोविन्दराज पोखरेललाई पितृशोक परेको छ। उनका पिता विष्णुप्रसादको ८९ वर्षको उमेरमा मंगलबार निधन भएको हो।

अपांगता बिधेयक छिटो पारित गर्न महासंघको आग्रह

अपांगता बिधेयक छिटो पारित गर्न महासंघको आग्रह

बुधबार, २९ असार २०७३

काठमाडौं–संसदमा छलफलका लागि दर्ता भएको अपांता सम्वन्धी बिधेयक समयमै पारित गर्न राष्ट्रिय अपांग महासंघ आग्रह गरेको छ । छलफलका लागि असार २० मा संसदमा दर्ता भएको छ भने मंसिरमा नै बिधेयक पठाइएको थियो ।बुधवार राजधानीमा पत्रकार सम्मलेन गरी यस्तो आग्रह गरेका हुन् ।

तमोरको ताल फुट्ने सम्भावना छैन: अध्यान टोली

तमोरको ताल फुट्ने सम्भावना छैन: अध्यान टोली

बुधबार, २९ असार २०७३

ताप्लेजुङ- तमोर नदी थुनिएर ताप्लेजुङको सावादिन गाविसमा बनेको ताल तत्काल फुट्ने सम्भावना नरहेको स्थानीय अध्यन टोलीले निश्कर्ष निकालेको छ।

डा.केसीको स्वास्थ्य जोखिमपूर्ण

डा.केसीको स्वास्थ्य जोखिमपूर्ण

बुधबार, २९ असार २०७३

काठमाडौं— राष्ट्रिय मानव अधिकार आयोगको टोलीले चार दिनदेखि अनसनरत डा.गोविन्द केसीको स्वास्थ्य जोखिमपूर्ण रहेको भन्दै चासो देखाउन ध्यानाकर्षण गराएको छ। आयोग अधिकृत दीपेन्द्र सिंहको नेतृत्वको टोलीले केसीको स्वास्थ्यमा अस्पताल प्रशासनले चासो नदिँदा उनको अवस्था गम्भीर हुँदै गएको औंल्याएको हो।

EXCLUSIVE दृश्यः चीनमा थुनियो भोटेकोसी, नेपालमा रच्यो विनाश

बुधबार, २९ असार २०७३

सिन्धुपाल्चोकको तातोपानी नाका नजिकैको चिनिया क्षेत्र खासा बजार र नेलामबीचको ७०७ पुलमा गएको पहिरोले भोटेकोसी नदी थुनियो। खासा क्षेत्रमा पहिरोले थुनिएको भोटेकोसी एक्कासी फुटेपछि उर्लेर आएको बाढीले नेपाल–चीन नाका तातोपानी क्षेत्रमा असार २१ गते विनाशलिला मच्चायो। प्रस्तुत छ चिनियाँ क्षेत्रका दृश्य समेत समावेस गरि स्थलगत रुपमा तयार पारिएको नागरिक शोः

दिक्तेलमा भीषण आगलागी

दिक्तेलमा भीषण आगलागी

बुधबार, २९ असार २०७३

खोटाङ सदरमुकाम दिक्तेलमा भीषण आगलागी भएको छ। बुधबार बिहान पौने ८ बजेतिर सुरु भएको आगलागीले दिक्तेल नगरपालिका–२ थर्पुटोलका बिनोद पाण्डे र ढकप्रसाद पाण्डेको घर जलेर नष्ट भएको छन्।

बलात्कारीलाई सर्वस्वसहित जन्मकैद

बलात्कारीलाई सर्वस्वसहित जन्मकैद

बुधबार, २९ असार २०७३

जिल्ला अदालत सुर्खेतले १० वर्षीया बालिका बलात्कार र हत्यामा संलग्न तीन जनालाई सर्वस्वसहित जन्मकैद सजाय सुनाएको छ । न्यायाधीश कैलाशप्रसाद सुवेदीको एकल इजलासले बालिका बलात्कार र हत्यामा संलग्न कल्याण–१ का पूर्णबहादुर ठाडामगर, नेटा–७ का खड्कबहादुर गाहामगर र नेटा–५ का यामबहादुर रास्कोटीलाई सोमबार उक्त फैसला सुनाएको हो ।

रोकिएको छैन ‘त्रास’ को पहिरो

रोकिएको छैन ‘त्रास’ को पहिरो

बुधबार, २९ असार २०७३

धन्नले बाँचे उनीहरू तर अझै मुहारमा चमक फर्किएको छैन । हताशा, त्रास र थकान मात्र देखिन्छ । तलबाट भोटेकोसी कटान, माथि अक्करबाट झरिरहेको चट्टाने पहाड । त्यसमाथि झरी बर्संदा पीडाले निचोरिन्छ उनीहरूको मन ।भोटेकोसी बाढीले निम्त्याएको विनाशलीलाको छैटौं दिन बाह्रबिसे बजार छोडेर खुर्सानीबारी हुँदै लिपिङ बजारको मितेरी पुल पुग्दा उराठलाग्दो सन्नाटा र कारुणिक दृश्यबाहेक केही देखिएन ।

वैदेशिक रोजगारीमा पठाउँछु भन्दै ६६ लाख भन्दा बढी ठगी गर्ने छन्त्याल पक्राउ

वैदेशिक रोजगारीमा पठाउँछु भन्दै ६६ लाख भन्दा बढी ठगी गर्ने छन्त्याल पक्राउ

मङ्गलबार, २८ असार २०७३

काठमाडौं- युवाहरूलाई आकर्षक तलवको प्रलोभन देखाई दक्षिण अफ्रिका, इराक, मकाउ र पलाउ पठाउने भनी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

हेलिकप्टरको पैसा मागेका छैनौ: भारतीय दूतावास

हेलिकप्टरको पैसा मागेका छैनौ: भारतीय दूतावास

मङ्गलबार, २८ असार २०७३

काठमाडौं- भारतीय राजदूतावासले सैन्य हेलिकप्टरको पैसा नमागेको बताएको छ। आपसी समझदारीका शर्तहरुमा आधारित रहेर भारत र नेपालबीच सैन्य सामाग्री आपूर्ति गर्ने गरिएको दूतावाशकी सेकेन्ड सेक्रेटर रुवी जसप्रीत शर्माले बताएकी छन्।

रौतहटको दुई पेट्रोल पेट्रोल पम्पमा नापतौलको शीलबन्दी

रौतहटको दुई पेट्रोल पेट्रोल पम्पमा नापतौलको शीलबन्दी

मङ्गलबार, २८ असार २०७३

रौतहट– नापतौल तथा गुणस्तर विभागको क्षेत्रीय कार्यालय वीरगंजले मंगलवार रौतहटको दुई वटा पेट्रोल पम्पमा छापा मारेर शीलबन्द गरेको छ। विभागका निरीक्षण अधिकृत शम्भु आचार्यको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय रौतहट र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त टोली सरमुजवा गाविस वार्ड नम्बर ८ स्थित बंकुल बजारमा रहेको प्रवीण आयल स्टोर्स र ओम आयल ट्रेड कन्सर्नमा छापामारी शीलबन्द गरेको हो।

पत्रकारको न्यूनतम पारिश्रमिक राजपत्रमा प्रकाशित

पत्रकारको न्यूनतम पारिश्रमिक राजपत्रमा प्रकाशित

मङ्गलबार, २८ असार २०७३

काठमाडौं- सरकारले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिकमा पुनरावलोकन गरी साउन १ गतेदेखि लागु हुने गरी मंगलबार नेपाल राजपत्रमा प्रकाशित गरेकोमा नेपाल पत्रकार महासंघले स्वागत गरेको छ।

सल्यक्रियापछि सुत्केरीको मृत्यु

सल्यक्रियापछि सुत्केरीको मृत्यु

मङ्गलबार, २८ असार २०७३

उर्लाबारी (मोरङ)– उर्लाबारी – ४ स्थित गोदाबारी हस्पिटलमा प्रसूतिका लागि ल्याइएकी एक महिलाको मृत्यु भएको छ। प्रसूतिका लागि सोमबार अस्पताल भर्ना गरिएकी झापा, दमक – १६ बस्ने २५ वर्षीया ज्योति खड्काको आज बिहान मृत्यु भएको हो।

भारतमा बस दुर्घटनाः  पाँच नेपालीको मृत्यु

भारतमा बस दुर्घटनाः पाँच नेपालीको मृत्यु

मङ्गलबार, २८ असार २०७३

नेपालगन्ज– सोमबार राति भारतको उत्तर प्रदेशमा बस दुर्घटना हुँदा पाँच नेपालीको मृत्यु भएको छ। बाँकेका प्रहरी उपरीक्षक टेकप्रसाद राईका अनुसार बुटवलबाट नेपालगन्जको जमुनाहा नाका हुँदै दिल्ली जाँदै गरेको ना४ख ७६८७ नम्बरको बस भारत उत्तर प्रदेशको बहराइच जिल्लाको रिसियामा ट्रकसँग ठोक्किएको थियो।

पहिरोको जोखिममा खलंगा बजार

पहिरोको जोखिममा खलंगा बजार

मङ्गलबार, २८ असार २०७३

जाजरकोट- भेरीमालिका नगरपालिका कुशलराज थापालाइ आकासमा वादल देखिने वित्तिकै राति सुत्न पाइएला कि नपाइएला भन्ने चिन्ताले सताउने गर्छ। राति घरमाथिको पहिरो आउने डरले उनलाइ रातमा निद्रै लाग्दैन।

भारतमा बस दुर्घटना:पाँच नेपालीको मृत्यु

भारतमा बस दुर्घटना:पाँच नेपालीको मृत्यु

मङ्गलबार, २८ असार २०७३

सोमबार राति भारतको उत्तर प्रदेशमा बस दुर्घटना हुँदा पाँच नेपालीको मृत्यु भएको छ । बाँकेका प्रहरी उपरीक्षक टेकप्रसाद राईका अनुसार बुटवलबाट नेपालगन्जको जमुनाहा नाका हुँदै दिल्ली जाँदै गरेको ना४ख ७६८७ नम्बरको बस भारत उत्तर प्रदेशको बहराइच जिल्लाको रिसियामा ट्रकसँग ठोक्किएको थियो । सो दुर्घटनामा पाँच नेपालीको मृत्यु भएको खबर भारतीय प्रहरीबाट प्राप्त भएको प्रहरी उपरीक्षक राईले बताए।

डा. केसीलाई उपयुक्त कोठा उपलब्ध गराउन माग

डा. केसीलाई उपयुक्त कोठा उपलब्ध गराउन माग

मङ्गलबार, २८ असार २०७३

काठमाडौं- चिकित्सा क्षेत्रको सुधारको लागि आठौं पटक अनशनमा बसेका डा. गोविन्द केसी प्रति अस्पताल प्रशासनले देखाएको असहयोगमा विभिन्न संगठनले आपत्ति प्रकट गरेका छन्।

सिक्टाका कमजोरी सम्बोधन गर्न माग

सिक्टाका कमजोरी सम्बोधन गर्न माग

मङ्गलबार, २८ असार २०७३

सिक्टा सिँचाइको निर्माण कार्यमा देखिएका कमीकमजोरीलाई सम्बोधन गर्न प्रभावित क्षेत्रका बासिन्दाले सरकारसँग माग गरेका छन्। असार दोस्रो साता परीक्षण क्रममा मूल नहर भत्किएपछि जोखिम न्यूनीकरण गर्न महादेवपुरीका स्थानीयले सोमबार सरकारलाई ज्ञापनपत्र बुझाएका हुन्।

Ncell Footer Ad