जमिन भासिँदा विस्थापित परिवार समस्यामा

जमिन भासिँदा विस्थापित परिवार समस्यामा

बुधबार, २६ साउन २०७३

बर्षाले जमिन भासिँदा बैतडीको तल्लादेही–८ डाँडा खालीका ५२ परिवार समस्यामा छन्। विस्थापित परिवार बिद्यालयमा आश्रय लिएर बसेका छन्। तीनदिनदेखि लगातारको बर्षाले जमिन भासिएपछि सिंगो गाँउ जोखिममा परेको हो।

निजीमा रित्तिएपछि बिरामी वीरमा

निजीमा रित्तिएपछि बिरामी वीरमा

बुधबार, २६ साउन २०७३

काठमाडौं-काठमाडौं नैकापका ६२ वर्षीय कृष्ण महर्जन दस वर्षदेखि बिरामी छन् । छिमेकीको कुरामा लागेर काठमाडौं नर्सिङ होम पुगे । त्यहाँ पित्तथैलीको शल्यक्रिया भयो । तैपनि रोग निको भएन । एक वर्षदेखि खाना खानेबित्तिकै बान्ता हुने समस्या आयो।

फोहर बन्दै आकासे पुल

फोहर बन्दै आकासे पुल

बुधबार, २६ साउन २०७३

काठमाडौं-सर्वसाधारणलाई सजिलैसँग सडक पार गर्न, ट्राफिक जाम घटाउन र सडक दुर्घटना न्यून गर्न बनाइएका राजधानीका आकासे पुल हिजोआज फोहर हुन थालेका छन् । पुलमा दिनहुँ मलमूत्र र फोहर थुप्रिएको हुन्छ । बटुवा नाक थुनेर पुल पार गर्छन्।

मकै बारीमा गाँजाखेती

मकै बारीमा गाँजाखेती

बुधबार, २६ साउन २०७३

ललितपुर-ललितपुरको चापाखर्क क्षेत्रमा मकै बारीमा गरिएको व्यावसायिक गाँजा खेती प्रहरीले फडानी गरेको छ। प्रहरीका अनुसार त्यस क्षेत्रमा केही वर्षयता स्थानीयले व्यावसायिक रुपमा नै गाँजा खेती गर्दै आएको थिए।

पुरस्कार रकम पुरस्कारमै

पुरस्कार रकम पुरस्कारमै

बुधबार, २६ साउन २०७३

काठमाडौं-सरकारी खातामा डेढ वर्षदेखि थन्किइरहेको अन्तर्राष्ट्रिय पुरस्कारबापतको एक करोड रुपैयाँ सरकारले बल्ल उपयोगमा ल्याउने भएको छ।

सहयोगी हात सँगाल्दै महावीर

सहयोगी हात सँगाल्दै महावीर

बुधबार, २६ साउन २०७३

काठमाडौं-ठमेलको एउटा रेस्टुरेन्टमा सेतो छडी टेक्दै दुई व्यक्ति प्रवेश गर्छन्। बाहिरी आँखाको धोकाले संसार देख्न वञ्चित उनीहरु भित्री आँखाले त्यहाँ रहेका व्यक्तिलाई राम्ररी नियाल्छन् र भन्छन्, ‘तपार्इंको अभियान निकै राम्रो लाग्यो, अगाडि बढ्नुस् ! हामी सहयोग गर्न तयार छौं।’

'ब्लडमनी' तिर्न नसक्दा जीवनमरणको दोसाँध

'ब्लडमनी' तिर्न नसक्दा जीवनमरणको दोसाँध

बुधबार, २६ साउन २०७३

साउदी अरब-बढी समय बाँच्ने चाहना कसलाई हुँदैन ? धेरै कमाएर जीवन सुखी बनाउने सपना देख्दै साउदी अरब पुगेका सात नेपाली त्यहाँको जेलमा जीवनमरणकै दोसाँधमा छन् ।

ट्राफिक नियम उल्लङ्घन गरे पैदल यात्रुले पनि कक्षा लिनुपर्ने

ट्राफिक नियम उल्लङ्घन गरे पैदल यात्रुले पनि कक्षा लिनुपर्ने

मङ्गलबार, २५ साउन २०७३

काठमाडौं-पैदल यात्रीले ट्राफिक नियम उल्लङ्घन गरेर जथाभावी बाटो काटिरहनुभएको छ भन्ने अब सचेत रहनुहोला।

परीक्षाफल प्रकाशित

परीक्षाफल प्रकाशित

मङ्गलबार, २५ साउन २०७३

काठमाडौँ-त्रिभुवन विश्व विद्यालयल परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०७२ साल माघमा सञ्चालित मानविकी तथा सामाकिज शास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह दोस्रो वर्षको मनोविज्ञान विषयको (सोधपत्रबाहेक) परीक्षाको परीक्षाफल आज प्रकाशित गरेको छ।

नेपालमाथि चन्द्रसुर्य फरर

नेपालमाथि चन्द्रसुर्य फरर

मङ्गलबार, २५ साउन २०७३

खोटाङ– ‘हामी सात भाई कोष’ले खोटाङ सदरमुकाम दिक्तेलमा नेपालको नक्सा रंगरोगन गरेर झण्डा फहराएको छ। व्यक्तिगत स्वार्थभन्दा माथि राष्ट्रियतालाई राखेर स्थानीय तहको पुर्नसंरचना गर्न आह्वान स्वरुप ‘हामी सात भाई कोष’ले मंगलबार नेपालको नक्सा रंगरोगन गर्दै सुर्यचन्द्र अंकित झण्डा फहराएको हो।

फेवातालमा हराएका युवा भेटिएनन्

फेवातालमा हराएका युवा भेटिएनन्

मङ्गलबार, २५ साउन २०७३

फेवातालमा डुंगा डुब्दा हराएका दुई युवक अझै फेला परेका छैनन्। मंगलबार बेलुकीसम्म पनि हराएका युवाहरुको खोजी भइरहेको छ। बैदाम चौकीका प्रहरी निरीक्षक मोहनमणि अधिकारीले तालमा डुबेका दुइजना युवाको खोजी भइरहेको बताए।

मालपोत अधिकृतविरुद्ध मुद्दा

मालपोत अधिकृतविरुद्ध मुद्दा

मङ्गलबार, २५ साउन २०७३

काठमाडौँ-सार्वजनिक पदमा बहाल रहँदा मालपोत कार्यालय कलङ्कीका अधिकृत जीवनाथ सिवाकोटीले स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको आरोपमा आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

फिस्टेल एयरको हेलिकप्टर दुर्घटना छानविन गर्न समिति गठन

फिस्टेल एयरको हेलिकप्टर दुर्घटना छानविन गर्न समिति गठन

मङ्गलबार, २५ साउन २०७३

काठमाडौं- फिस्टेल एयरको हेलिकप्टर दुर्घटनाको छानविन गर्न सरकारले मंगलबार चार सदस्यीय दुर्घटना छानविन समिति गठन गरेको छ।

नर्सिङका ३५ छात्रा बिरामी

नर्सिङका ३५ छात्रा बिरामी

मङ्गलबार, २५ साउन २०७३

काँकडभिट्टा (झापा)– बिर्तामोडस्थित कञ्चनजङ्घा इन्स्टिच्युट अफ हेल्थ साइन्समा अध्ययनरत ३५ छात्रा विषाक्त भोजनका कारण मंगलबार एकै चोटि बिरामी भएका छन्।

इनारमा निसासिएर काका भतिजोको मृत्यु

इनारमा निसासिएर काका भतिजोको मृत्यु

मङ्गलबार, २५ साउन २०७३

सिरहाको धनगढीमाई नगरपालिका -१२ मा मंगलबार बाल्टिन निकाल्नेक्रममा इनारमा निसासिएर दुई जनाको मृत्यु भएको छ। सथानीय जागेश्वर मण्डल र उनका काका रामविलास मण्डलको ईनारमा निसासिएर मृत्यु भएको हो इलाक़ा प्रहरी कार्यालय लहानले जनाएको छ ।

विद्यार्थीलाई पोशाक तथा जुत्ता प्रदान

विद्यार्थीलाई पोशाक तथा जुत्ता प्रदान

मङ्गलबार, २५ साउन २०७३

काठमाडौं—नेपाल लायन्स क्लब स्थापना दिवसको उपलक्ष्यमा मंगलवार राजधानीको गोकर्णेश्वर नगरपालिकामा रहेको जोरपाटी लायन्स एकेडेमीमा अध्ययनरत १ सय ८७ जना विद्यार्थीहरुलाई पोशाक तथा जुत्ता वितरण गरिएको छ।

चौधरी समूहकाे रिसोर्टले छोडेको करेन्ट लागेर गैँडा मर्‍यो

चौधरी समूहकाे रिसोर्टले छोडेको करेन्ट लागेर गैँडा मर्‍यो

मङ्गलबार, २५ साउन २०७३

चितवन–उद्योगपति विनोद चौधरीको व्यवसायिक समूह चौधरी ग्रुपसमेतको लागानी रहेको होटल मेघौली सेराइको आडमा सोमबार दुर्लभ वन्यजन्तु गैंडा मृत अवस्थामा फेला परेको छ। होटलबाट छोडेको करेण्ट लाग्दा गैँडा मरेको स्थानीयको भनाइ छ। चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले होटल कर्मचारी सहितलाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान गरिरहेको छ।

अधुरो रह्यो दुई पाइलटको भेट

अधुरो रह्यो दुई पाइलटको भेट

मङ्गलबार, २५ साउन २०७३

यो वर्ष बर्षातयाम सुरू भएपछि रञ्जनले पृष्ठभूमिमा बाक्लो कुहिरो देखिने भिरालो ठाउँमा हेलिकप्टर ल्याण्ड गरेको फोटो फेसबुकमा पोष्ट गर्दै लेखेका थिए- ‘ह्याप्पी मनसुन, स्टे र एण्ड सेफ।’ पाइलटहरूका लागि मनसुन सिजन जोखिमपूर्ण मानिन्छ। लामा भन्छन्- ‘अहिले म उसको त्यो पोष्ट सम्झिरहेको छु, ऊ बादलमै अलमलिएर दुर्घटनामा परेको जस्तो लाग्छ।

१२ कक्षा पढ्ने किशोरी खोलामा हाम्फालेर बेपत्ता

१२ कक्षा पढ्ने किशोरी खोलामा हाम्फालेर बेपत्ता

मङ्गलबार, २५ साउन २०७३

फलेवास (पर्वत)—पर्वत सदरमुकाम कुश्माबजार नजिकै रहेको मोदीखोलामा हाम फालेर बेपत्ता भएकी युवतीको अवस्था अझै अज्ञात रहेको छ।

काभ्रेमा गुण्डागर्दी गर्ने  लामा जाउलाखेलबाट पक्राउ

काभ्रेमा गुण्डागर्दी गर्ने लामा जाउलाखेलबाट पक्राउ

मङ्गलबार, २५ साउन २०७३

बनेपा—प्रहरीले काभ्रेपलाञ्चोकको भीमखोरी गाविस–२ निवासी २८ वर्षीय निमा लामालाई आज ललितपुरको जावलाखेलबाट पक्राउ गरेको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad