काठको जुम्ली गाईको मूल्य १२ हजार

काठको जुम्ली गाईको मूल्य १२ हजार

बिहिबार, २३ असार २०७३

चन्दननाथ– ५ सिंगापुरका लालबहादुर नेपालीले काठको गाई सडकमा उभ्याएर राख्दा हेर्नेहरु दंग परे। उनीहरुले पालैपालो गाईसँग तस्वीर खिचे। कसैले गाई डोर्याए जस्तो गरे। कसैले गाईको बाछी समाए त कसैले दुध दुहे। उनीहरुको क्रियाकलाप हेर्दा लालबहादुरले गाई सडकमा बाँधेर घास खुवाउँदैछन र दुध दुहुँदैछन झैं लाग्थ्यो।

घोडेजात्रामा आँखै अगाडि हत्या हुँदा मुकदर्शक बन्ने पक्राउ

घोडेजात्रामा आँखै अगाडि हत्या हुँदा मुकदर्शक बन्ने पक्राउ

बिहिबार, २३ असार २०७३

काठमाडौं—प्रहरीले ६ वर्ष अघि काठमाडौंमा भएको एउटा हत्याको घटना रोक्न पहल नगरी मूकदर्शक बसेको आरोपमा सजाय पाएका फरार अभियुक्तलाई पक्राउ गरेको छ।

कार्यसमितिमा बसेर आफैंलाई टेन्डर

कार्यसमितिमा बसेर आफैंलाई टेन्डर

बिहिबार, २३ असार २०७३

भ्रष्टाचार विवादमा तानिएको दोलखा रेडक्रस कार्यसमितिका एक सदस्यले संस्थाभित्रको लाखौंको टेन्डर र कोटेसन आफैंले कुम्ल्याउने गरेको रहस्य खुलेको छ। रेडक्रस दोलखा शाखा कार्यसमिति सदस्य एवं पूर्व कोषाध्यक्ष कृष्णबहादुर खड्काले संस्थाभित्र हुने लाखौं मूल्य बराबरको टेन्डर र कोटेसन आफैंले लिँदै आएको खुलेको हो।

साउदी अदालतले माग्यो ९० लाख 'ब्लड मनी'

साउदी अदालतले माग्यो ९० लाख 'ब्लड मनी'

बिहिबार, २३ असार २०७३

साउदी अरेबियामा पाकिस्तानीको ज्यान मुद्दामा नेपाली चालकसँग त्यहाँको अदालतले ९० लाख रुपैयाँ ब्लड मनी मागेको छ। तोकिएको समयभित्र उक्त रकम बुझाए अभियुक्त फासी सजायबाट मुक्त हुने छन्।

असुरक्षित बस्ती नसार्दा जोखिम बढ्यो

असुरक्षित बस्ती नसार्दा जोखिम बढ्यो

बिहिबार, २३ असार २०७३

केरौंजामा मंगलबार पहिरो गयो। त्यो पहिरोमा तीन जनाको मृत्यु भयो। केही दिन अघि पनि त्यहाँ पहिरो गएको थियो। भूकम्पले छियाछिया केरौंजालगायत बस्तीलाई सुरक्षित ठाउँमा सार्न अघिल्लो बर्खाताका प्राविधिकसहितको टोलीले सिफारिस गरे पनि अहिलेसम्म कार्यान्वयन भएको छैन।

थानकोट नाकाबाट दुई युवतीको उद्धार

थानकोट नाकाबाट दुई युवतीको उद्धार

बिहिबार, २३ असार २०७३

प्रहरीले कुवेतमा घरेलु कामदारका लागि बेच्न लैजाँदै गरेका दुई युवतीको उद्धार गरेको छ। घटनामा संलग्न दुई जना पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त, थानकोटको टोलीले माइती नेपालको सहयोगमा नागढुंगा नाकाबाट बुधबार सिन्धुपाल्चोकका २० वर्षे दुई युवतीको उद्धार गरेको हो।

राजधानीमा हैजाका जीवाणु

राजधानीमा हैजाका जीवाणु

बिहिबार, २३ असार २०७३

काठमाडौंमा पखालाका बिरामीमा हैजा प्रजातिकै नयाँ जीवाणु देखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले जनाएको छ। मनसुनयता झाडापखाला लागेर आउने बिरामीको दिसा परीक्षण गर्दा यस्तो जीवाणु पाइएको अस्पतालका अनुसन्धान विभाग प्रमुख डा. शेरबहादुर पुनले बताए।

प्रशासनमा गाभिए दरबारका कर्मचारी

प्रशासनमा गाभिए दरबारका कर्मचारी

बिहिबार, २३ असार २०७३

राजतन्त्र अत्य भएको आठ वर्षपछि सरकारले राजप्रासाद सेवाका ५ सय ६ कर्मचारीलाई प्रशासन सेवामा गाभेको छ। राजदरबार अन्तर्गत काम गर्दै आएका ती कर्मचारीलाई सामूहिक रूपमा प्रशासन सेवामा तानिएको हो।

तालिम निर्देशिका पारित

तालिम निर्देशिका पारित

बिहिबार, २३ असार २०७३

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त संरचना पुनर्निर्माणमा आवश्यक पर्ने जनशक्तिलाई तालिम दिन तालिम सञ्चालन तथा व्यवस्थापन निर्देशिका पारित गरेको छ।

ठेकेदार आफैं जाँच्छन् गुणस्तर

ठेकेदार आफैं जाँच्छन् गुणस्तर

बिहिबार, २३ असार २०७३

सिक्टा सिँचाइ आयोजनाको मूल नहर निर्माणमा प्रयोग हुने सामाग्रीको गुणस्तर जाँच्ने प्रयोगशाला त छ तर यो आयोजना कार्यालयभन्दा ठेकेदार ‘कालिका सिटिसिई जेबी’ को एकाधिकारमा छ।

भोटेकोसी अचानक उर्लँदा

भोटेकोसी अचानक उर्लँदा

बिहिबार, २३ असार २०७३

नेपाल–चीन सीमा तिब्बती क्षेत्रमा भीषण वर्षासँगै भोटेकोसीमा '३५ वर्षयताकै ठूलो बाढी आउँदा' सिन्धुपाल्चोक नदीको तल्लो तटीय क्षेत्रमा व्यापक क्षति पुगेको छ। सम्भावित क्षतिको समयमै आँकलन, सूचना र सचेतताले मानवीय क्षति हुन नपाए पनि सीमा क्षेत्रका बस्ती र सडक क्षतविक्षत छन्।

१३ वर्षीया बालिकालाई बाँधेर कुट्ने ४ पक्राउ

१३ वर्षीया बालिकालाई बाँधेर कुट्ने ४ पक्राउ

बुधबार, २२ असार २०७३

जनकपुर– विद्यालय पढ्न सँगै गएकी साथी कुनै केटोसँग भागेपछि पहिले किन आफूहरुलाई जानकारी नगराएको भन्दै १३ वर्षीया बालिकालाई ५ घण्टासम्म बाँधेर यातना दिने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

स्थानीयबासीलाई आँखा जोगाउने पिरोलो

स्थानीयबासीलाई आँखा जोगाउने पिरोलो

बुधबार, २२ असार २०७३

इटहरी–सुनसरी दुहवी–भलुवा वडा नं. २ को मुस्लिम वस्तीका बासीन्दालाई सदावहार आँखामा समस्या हुने गर्छ। स–साना बालबालिकादेखि जेष्ठ नागरिक सबै उमेर समूहलाई आँखा जोगाउने पिरलो हुन्छ। शारीरिक अशक्तताका कारण आँखाले भर नदिएर समस्या भोग्नु त स्वाभाविक हो।

शशांकको स्वास्थ्य अझै स्थिर

शशांकको स्वास्थ्य अझै स्थिर

बुधबार, २२ असार २०७३

अचानक स्वास्थ्यमा गम्भीर समस्या आएपछि ओम अस्पतालमा भर्ना गरिएका कांग्रेस महामन्त्री डा. शशांक कोइरालाको स्वास्थ्य अवस्था स्थिर रहेको छ। अस्पतालले कोइरालाको स्वास्थ्य अवस्था थप गम्भीर तर स्थिर रहेको जनाएको छ।

बेनी–जोमसोम सडक अवरुद्ध

बेनी–जोमसोम सडक अवरुद्ध

बुधबार, २२ असार २०७३

बाबियाचौर (म्याग्दी)– म्याग्दी हुँदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक आज बिहानैदेखि अवरुद्ध भएको छ। म्याग्दी र मुस्ताङको सिमानामा पर्ने घाँसा–१ को घङेमा भन्ने ठाउँमा पहिरो खसेपछि ७६ किलोमिटर दूरीको सडकमा सिधा सवारी सञ्चालन बन्द भएको हो ।

पहुँचवाला नक्कली डाक्टरलाई अदालतको साहनुभूति

पहुँचवाला नक्कली डाक्टरलाई अदालतको साहनुभूति

बुधबार, २२ असार २०७३

काठमाडौं— एउटै कसुरमा पक्राउ परेका नक्कली शैक्षिक प्रमाणपत्रधारी चिकित्सकलाई अदालत र न्यायाधीशपिच्छे फरक–फरक धरौटी मागेर साधारण तारेखमा छाडिएको छ। काठमाडौंका पहुँचवाला ६ जना नक्कली शैक्षिक प्रमाणपत्रधारी चिकित्सक अति न्यून धरौटी र साधारण तारेखमा रिहा भएका छन्।

पूर्व सभासद् सदरुलको हत्या आरोपमा पत्नी र छोरीलाई जन्मकैद

पूर्व सभासद् सदरुलको हत्या आरोपमा पत्नी र छोरीलाई जन्मकैद

बुधबार, २२ असार २०७३

राजविराज– विघटित संविधानसभा सदस्य मोहम्मद सदरुल मियाँ हकको हत्या आरोपमा उनकी पत्नी नुरजहाँ खातुन र छोरी रुबेदा खातुनलाई जिल्ला अदालत राजविराजले जन्मकैदको फैसला गरेको छ ।

ट्याक्टर र मोटरसाइक जुध्दा एकको मृत्यु

ट्याक्टर र मोटरसाइक जुध्दा एकको मृत्यु

बुधबार, २२ असार २०७३

ट्याक्टरसँग मोटरसाइकल जुध्दा घाइते भएका मोटरसाइकल चालकको उपचारको क्रममा मृत्यु भएको छ । मंगलवार साझ फिदिमको तुम्देन चोक छेउमा ट्याक्टरसँग मोटरसाइकल जुध्दा घाइते भएका ४३ वर्षीय भवानी भटराईको उपचारका क्रममा झापाको विर्तामोडमा रहेको विएण्डसि अस्पतालमा मृत्यु भएको प्रहरी जनाएको छ ।

इद उल फित्र अवसरमा बिहीबार  सार्वजनिक बिदा

इद उल फित्र अवसरमा बिहीबार सार्वजनिक बिदा

बुधबार, २२ असार २०७३

काठमाडौँ– भोलि असार २३ गते बिहीबारका दिन इस्लाम धर्मावलम्बीको पर्व ईद (इदुल्ल फित्र) परेकाले सरकारले सबैका लागि लागू हुने गरी सार्वजनिक बिदा दिएको छ।

कोरला नाकाः ढोकामै आयो चीन, नेपाल गयल !

बुधबार, २२ असार २०७३

कोरला नाका उताको पठार भूमिमा चिनियाँ सुरक्षाकर्मीका गाडी धुलो उडाउँदै कुँदेका देखिन्छन्। नाकादेखि करिव ३ किलोमिटर टाढा चिनियाँ सुरक्षाकर्मीको बेस क्याम्प छ। त्यहाँ दर्जनौं गाडी र उल्लेख्य संख्यामा सुरक्षाकर्मीको चहलपहल देखिन्छ। सोलार प्यानलबाट चल्ने सिसी टिभीको निगरानी छ। हातमा पञ्जा, चश्मा, मास्क र हेल्मेट लगाएर गाडीमा कुँद्ने सुरक्षाकर्मीसँग दुरविन, क्यामेरा र अत्याधुनिक हतियार साथमै रहन्छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad