'कस्तो सरकार छिमेकीका राजदूतले नै चलाउने,
हाम्रा नेता लिन्ठिङ् लिन्ठिङ् पुच्छर हल्लाउने'

'कस्तो सरकार छिमेकीका राजदूतले नै चलाउने, हाम्रा नेता लिन्ठिङ् लिन्ठिङ् पुच्छर हल्लाउने'

आइतबार, १४ कार्तिक २०७३

सिस्नुपानी नेपालले यस वर्ष पनि हास्य व्यंग्य देउसी भैलाे कार्यक्रमकाे अायाेजना गरी देउसी मनाएकाे छ।

भारतीय राष्ट्रपतिको पशुपतिनाथ पूजा तयारी कस्तो छ?

भारतीय राष्ट्रपतिको पशुपतिनाथ पूजा तयारी कस्तो छ?

आइतबार, १४ कार्तिक २०७३

पशुपतिनाथ मन्दिरमा भारतीय राष्ट्रपति प्रणव मुखर्जीको विशेष पूजाको तयारी हुँदैछ। यही कात्तिक १८ गते बिहान राष्ट्रपति मुखर्जीले पशुपतिमा विशेष पूजा गर्ने जानकारी प्राप्त भएअनुसार तयारी सुरु गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टण्डनले राससलाई जानकारी दिए।

कसैले ठक्करै नदिई लड्यो मोटरसाइकल, चालकको मृत्यु

कसैले ठक्करै नदिई लड्यो मोटरसाइकल, चालकको मृत्यु

आइतबार, १४ कार्तिक २०७३

मोरङको पथरीशनिश्चरे–१ स्थित भित्री सडकखण्डमा आज अपराह्न मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

यसवर्ष पनि रानीपोखरीस्थित बालगोपालेश्वरको दर्शन गर्न नपाइने

यसवर्ष पनि रानीपोखरीस्थित बालगोपालेश्वरको दर्शन गर्न नपाइने

आइतबार, १४ कार्तिक २०७३

रानीपोखरीको मध्य भागमा अवस्थित बालगोपालेश्वर मन्दिर पुनःनिर्माण हुन नसक्दा यसवर्ष पनि सर्वसाधारणले मूर्तिको दर्शन गर्न नपाउने भएका छन्।

उज्यालो पर्वमै बिजुली अाउँदा स्थानीय हर्षित

उज्यालो पर्वमै बिजुली अाउँदा स्थानीय हर्षित

आइतबार, १४ कार्तिक २०७३

यति चाँडै गाउँमा बिजुली जाडिएकाला भन्ने धेरै स्थानीयलाई लागेको थिएन। शंकालाई मेटाउँदै शनिबारबाट ताप्लेजुुङ सदरमुकाम फुुङलिङमा बिद्युुत्को राष्ट्रिय प्रसारण लाइन जोडिँदा फुुङलिङ बजारका स्थानीयले सुखी साटेका छन्।

ढाेकाबाट खसेर बस सहचालककाे मृत्यु

ढाेकाबाट खसेर बस सहचालककाे मृत्यु

आइतबार, १४ कार्तिक २०७३

फुजेलबाट सदरमुकाम आउँदै गरेको ग १ ख २७८६ नं को बसको ढोकाबाट खसेर सोही बसका सहयोगीको अाइतबार बिहान ज्यान गएको छ ।

८० हजार मूल्य बराबरका पटाका नष्ट

८० हजार मूल्य बराबरका पटाका नष्ट

आइतबार, १४ कार्तिक २०७३

स्थानीय प्रशासनले तिहारमा रकेट, भुईंचम्पा, पटाका, आत्तिसबाजी ल्याउन र बिक्री वितरण रोक लगाएको अवस्थामा ल्याएको लाखौं मूल्यको सामग्री शुक्रबार नष्ट गरेकाे छ।

चोभारमा मञ्जुश्रीको  ३३ फिट अग्लाे मूर्ति

चोभारमा मञ्जुश्रीको ३३ फिट अग्लाे मूर्ति

आइतबार, १४ कार्तिक २०७३

कीर्तिपुर नगरपालिका १४ चोभारमा मञ्जुश्रीको मूर्ति बनाउने काम अन्तिम चरणमा पुगेको छ । जलविनायक सामुदायिक वन उपभोक्ता समूहको अगुवाइमा स्थानीयले तीन करोड रुपैयाँ खर्चेर ढुंगाको मूर्ति बनाएका हुन् । मूर्ति ३३ फिट अग्लो हुनेछ ।

हाल्जी गुम्बा भत्कने खतरा

हाल्जी गुम्बा भत्कने खतरा

आइतबार, १४ कार्तिक २०७३

उपल्लो हुम्लाको विकट गाविस लिमीमा अवस्थित हाल्जी गुम्बा भत्कने अवस्थामा पुगेको छ । दसौं शताब्दीमा बनेको यो गुम्बा जीर्णोद्धारमा सरकारले चासो नदेखाएको भन्दै स्थानीय दुःखी छन् ।

देउसी भैलोमा मौलिकता हराउँदै

देउसी भैलोमा मौलिकता हराउँदै

शनिबार, १३ कार्तिक २०७३

जाजरकोट सदरमुकाम खलंगामा दैनिक एक दर्जन बढी देउसी भैलो समुहहरु आइरहेका छन्। खलंगामा आउने सबैजसो देउसी भैलोहरुले भट्याउने र गीत गाउन मेमोरीमा रेकर्ड गरिएका गीतहरुको सहयोग लिइरहेका छन् ।

'सिमली छायाँमा...' यसरी नाचे एमाले नेताहरु (फोटो फिचर)

'सिमली छायाँमा...' यसरी नाचे एमाले नेताहरु (फोटो फिचर)

शनिबार, १३ कार्तिक २०७३

तिहारको रमझम सुरु भएको छ। सहर देउसी भैलोले संगीतमय बनेको छ। टोल टोलमा साना देखि ठूला देउसी भैलो समूह देउसी खेल्दै रमिरहेका छन्। यसबाट राजनीतिक पार्टी पनि अछुतो रहन सकेका छैनन्। शनिबार नेकपा एमाले मुख्यालय धुम्वाराहीमा देउसीमा नेता तथा कार्यकर्ता रमाए।

रेडपाण्डाको छालासहित पक्राउ

रेडपाण्डाको छालासहित पक्राउ

शनिबार, १३ कार्तिक २०७३

दुर्लभ रेडपाण्डाको छालासहित दाङमा एक व्यक्ति पक्राउ परेका छन्। शुक्रबार बेलुका रेडपाण्डाको छाला बिक्रीका लागि लुकाएर लैजाँदै गरेको अवस्थामा रोल्पा मिरुल १ का दीपक बुढामगरलाई क्षेत्रीय प्रहरी अनुसन्धान नेपालगन्जको टोलीले भालुवाङबाट नियन्त्रणमा लिएको हो।

बाँकेमा एक व्यक्तिको हत्या

बाँकेमा एक व्यक्तिको हत्या

शनिबार, १३ कार्तिक २०७३

बाँकेको उढरापुरमा एक व्यक्तिको हत्या भएको छ । बाँके, उढरापुर–२ निवासी ३८ वर्षीय प्रेमबहादुर थापाको हत्या गरेर फालिएको अवस्थामा शव फेला परेको हो। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक(डिएसपी) सरोज पौडेलका अनुसार शुक्रबार अपरान्ह करिव ४ बजेतिर थापाको शव फेला परेको थियो।

हराएको ३० वर्षपछि समाजिक सञ्जालमार्फत परिवारको सम्पर्कमा

हराएको ३० वर्षपछि समाजिक सञ्जालमार्फत परिवारको सम्पर्कमा

शनिबार, १३ कार्तिक २०७३

सानै उमेरमा कामको खोजीमा भारत गएका हटैराज–२ गुर्केलीका नरेन्द्रबहादुर चन्द ३० वर्षपछि सामाजिक सञ्जालमार्फत सम्पर्कमा आएका छन्।

घर फोरेर सुत्केरीको हत्या गरि गहना लुटियो

घर फोरेर सुत्केरीको हत्या गरि गहना लुटियो

शनिबार, १३ कार्तिक २०७३

रुपन्देहीको ग्रामीण क्षेत्र देवदहमा अज्ञात समूहको आक्रमणबाट २२ वर्षीया सुत्केरी महिलाको हत्या भएको छ। हत्यामा लुटेरा समूह रहेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । सोही अनुसार अनुसन्धानकार्यलाई प्रहरीले अगाडि बढाएको छ प्रहरीले जनाएको छ ।

तस्बिरमा कुकुर प्रेम (फोटो फिचर)

तस्बिरमा कुकुर प्रेम (फोटो फिचर)

शनिबार, १३ कार्तिक २०७३

यमपञ्चकको दोस्रो दिनलाई नरक चतुर्दशी अर्थात् कुकुर तिहार भनिन्छ। कुकुर तिहारका दिन कुकुर पूजा गरिन्छ। कुकरलाई यमराजको दूत र भैरवको वाहन मानिन्छ। घरको सुरक्षा गर्ने हुँदा कुकुरको बेग्लै महत्व छ। घर पालेको कुकुरको पूजा गरेर, माला लगाएर मीठो खानेकुरा दिने चलन छ।

गिरानचौरका भूकम्पपीडितले पाए सुन्दर बस्ती

गिरानचौरका भूकम्पपीडितले पाए सुन्दर बस्ती

शनिबार, १३ कार्तिक २०७३

डेढ वर्ष अस्थायी टहरोमा कष्टप्रद दैनिकी गुजारेका मेलम्ची– ८ गिरानचौरका भूकम्पपीडित नयाँ घर सरेका छन् । कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले नेतृत्व गरेको धुर्मुस–सुन्तली फाउन्डेसनद्वारा निर्मित गिरानचौर एकीकृत नमुना बस्ती शुक्रबार हस्तान्तरण गरिएपछि स्थानीय पीडितले नयाँ घर पाएका हुन् ।

ट्याक्टरको ठक्कर पैदल यात्रीको मृत्यु

ट्याक्टरको ठक्कर पैदल यात्रीको मृत्यु

शनिबार, १३ कार्तिक २०७३

ट्याक्टरको ठक्करबाट सहोडवा– ६ की ४० वर्षीया अरुणा देवी झाको मृत्यु भएको छ। जनकपुरबाट पिपरातर्फ आउँदै गरेको ज १ त ३१९४ नम्वरको ट्याक्टरले झालाई पदैल घर गई रहेको अवस्था ठक्कर दिएको थियो।

वातावरण संरक्षणका लागि देउसी भैलो

वातावरण संरक्षणका लागि देउसी भैलो

शनिबार, १३ कार्तिक २०७३

बिग्रँदै गइरहेको वातावरण संरक्षणकालागि जुम्लामा देउसी भैलो सुरु भएको छ। कालिकोटको मान्मदेखि आएको रेडियो चंखेली श्रोता क्लबले वातावरण संरक्षणकालागि भन्दै जुम्लामा देउसी भैलो कार्यक्रमको आयोजना गरेको हो।

देवताको आँगनमा धान बिस्कुन

देवताको आँगनमा धान बिस्कुन

शनिबार, १३ कार्तिक २०७३

भूकम्पले घरआँगन भत्काएपछि उनीहरू मठमन्दिरका आँगन तथा खुल्ला चौरमा धान सुकाउँदै  छन् । यस्तो लाग्छ मन्दिरको गजुरबाट धानको वर्षा भइरहेको छ ।

Ncell Footer Ad