बागमतीमा सद्‍भावको जलधारा

बागमतीमा सद्‍भावको जलधारा

सोमबार, २२ कार्तिक २०७३

हरेक साता नदीको सफाइ भइरहेपछि हिजोआज बागमतीको पानी केही सफा देखिन थालेको छ । र यही सफा बागमतीको किनारमा आयोजना हुँदै आएको छठ पर्वले मधेसी–पहाडी सद्भाव बढाएको छ । अस्ताउँदो सूर्यलाई दिँदै गरेको सद्भावको अघ्र्यले बागमती अझ संग्लिएको छ । नदी किनारमा लहरै बसेर होस् वा पूजामा सामेल भएर दुवै समुदायका मानिस छठ पर्वमा रमाउँदै छन् ।

निःशुल्क औषधिको सूची राख्न मन्त्रालयको निर्देशन

निःशुल्क औषधिको सूची राख्न मन्त्रालयको निर्देशन

आइतबार, २१ कार्तिक २०७३

स्वास्थ्य मन्त्रालयले देशभरका जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीबाट उपलब्ध गराइने निःशुल्क अत्यावश्कीय औषधिको सूची सूचना बोर्डमा राख्न निर्देशन दिएको छ।

राजधानीमा छठको रौनक (फोटो फिचर)

राजधानीमा छठको रौनक (फोटो फिचर)

आइतबार, २१ कार्तिक २०७३

आस्थाको महापर्व छठअन्तर्गत तेस्रो दिन व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ दिँएका छन्। विभिन्न तलाउ तथा घाटहरुमा पुगेर अस्ताउँदो सूर्यलाई ब्रतालुले अर्घ अर्पण गरेका थिए।

यस्तो देखियो छठको उल्लास (फोटो फिचर)

यस्तो देखियो छठको उल्लास (फोटो फिचर)

आइतबार, २१ कार्तिक २०७३

चार दिनसम्म मनाइने र ३६ घण्टा कडा आत्म–अनुसाशनमा सहीत निर्जल उपवास बसेर गरिने उपासना हो छठ । आइतवार छठको मुल पूजा अर्थात सझिँया घाट गरिएको छ।

अस्पतालमा दिनहुँ थपिदै डेंगेका बिरामी

अस्पतालमा दिनहुँ थपिदै डेंगेका बिरामी

आइतबार, २१ कार्तिक २०७३

डेंगे रोगबाट संक्रमित बिरामीको संख्या नेपालगन्जका अस्पतालमा दिनहुँ थपिदै गएको छ। भेरी अञ्चल अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा मध्य र सुदुरपश्चिमका विभिन्न जिल्लाबाट आएका बिरामीले उपचार गराएका हुन्।

न्यौपानेको निधनले नेपाली पत्रकारितामा अपुरणीय क्षति: महासंघ

न्यौपानेको निधनले नेपाली पत्रकारितामा अपुरणीय क्षति: महासंघ

आइतबार, २१ कार्तिक २०७३

नेपाल पत्रकार महासंघले पत्रकार सञ्जय न्यौपानेको निधनले नेपाली पत्रकारितामा अपुरणीय क्षति भएको जनाएको छ।

मोटरसाइकल चोरी गरेर भाग्दै गरेका दुई पक्राउ

मोटरसाइकल चोरी गरेर भाग्दै गरेका दुई पक्राउ

आइतबार, २१ कार्तिक २०७३

मोटरसाइकल चोरी गरेर भाग्दै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। कुलेश्वरस्थित सुर्योदय फार्मेसी अगाडि पार्किङ गरी राखेको बा.७४ प ६५४७ नम्बरको मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा कुलेश्वर पुल नजिकबाट कीर्तिपुर नगरपालिका–१२ भत्केको पाटी बस्ने २३ वर्षीय सुरज भुषाल र १९ वर्षीय सुरेन्द्र भुषाललाई मोटरसाइकल सहित पक्राउ गरेको प्रहरीले जनाएको छ।

करेन्ट लागेर सद्‍भावना नेता चौधरीको मृत्यु

करेन्ट लागेर सद्‍भावना नेता चौधरीको मृत्यु

आइतबार, २१ कार्तिक २०७३

सद्भावना पार्टी धनुषाका बरिष्ठ उपाध्यक्ष रामचन्द्र चौधरीको आफ्नै घरमा करेन्ट लागेर मृत्यु भएको छ।

डच पर्यटकको खोजीमा हेलिकप्टर र कुकुर

डच पर्यटकको खोजीमा हेलिकप्टर र कुकुर

आइतबार, २१ कार्तिक २०७३

नेपाली र नेदरल्यान्ड्सका १० उद्धारकर्मीसहित तालिमप्राप्त दुई कुकुर बेपत्ताको खोजीमा हेलिकप्टर मार्फत गएको जिप्रकाका प्रहरी निरीक्षक लोकेन्द्रसिंह गुरुङले बताए ।

दुर्घटनामा क्याम्पसका कर्मचारीको मृत्यु

दुर्घटनामा क्याम्पसका कर्मचारीको मृत्यु

आइतबार, २१ कार्तिक २०७३

धनगढी–अत्तरिया सडकको गेटामा गए राति भएको दुर्घटनामा धनगढी उपमहानगरपालिकाका २८ वर्षीय हेमराज मल्लको मृत्यु भएको छ । से१२च १२२९ को जिप र से४प १५०१ को मोटरसाइकल ठोकिँदा मोटरसाइकलमा सवार मल्लको उपचारार्थ लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

युवकको हत्या गरी अाफ्नै साथीले पानीमा फालेको प्रहरी निष्कर्ष

युवकको हत्या गरी अाफ्नै साथीले पानीमा फालेको प्रहरी निष्कर्ष

आइतबार, २१ कार्तिक २०७३

रुपन्देहीको बुटवल उपमहानगरपालिकाका एक व्यक्तिको केही दिनअघि भएको हत्यामा उनकै साथी रहेको प्रहरीले जिकिर गरेको छ।

जेठाजुले बन्चरो हानेर बुहारीको ज्यान लिए

जेठाजुले बन्चरो हानेर बुहारीको ज्यान लिए

आइतबार, २१ कार्तिक २०७३

कञ्चनपुरको बेलौरी नगरपालिका–६ का ३५ वर्षीया तुलसी भट्टलाई उहाँकी जेठाजु ईश्वरी भट्टले बन्चरो प्रहार गरी हत्या गरेका छन् । आइतबार बिहान करिब ४ बजे ईश्वरीले भाइबुहारी तुलसीलाई गाईगोठमा बन्चरो प्रहार गरी हत्यापश्चात् फरार रहेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।

हथौडा प्रहार गरेर बेहोस पारेपछि लतार्दै पानीमा फालेर हत्या

हथौडा प्रहार गरेर बेहोस पारेपछि लतार्दै पानीमा फालेर हत्या

आइतबार, २१ कार्तिक २०७३

रुपन्देहीको बुटवल उपमहानगरपालिकाका एक व्यक्तिको केही दिनअघि भएको हत्यामा उनकै साथी रहेको प्रहरीले जिकिर गरेको छ । बुटवल उपमहानगरपालिका– ५ का अन्दाजी ३४ वर्षीय वीरबहादुर गुरुङको शव यही कात्तिक १४ गते राति बुटवल र सैनामैना नगरपालिकाको सिमानामा पर्ने बमहा खोलामा फेला परेको थियो । बिहानै खोलामा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

मेडिकल कलेजलाई बढीमा ११५ सिट

मेडिकल कलेजलाई बढीमा ११५ सिट

आइतबार, २१ कार्तिक २०७३

नेपाल मेडिकल काउन्सिलको पाँच महिनापछि बसेको पूर्ण बैठकले चिकित्सा शिक्षासम्बन्धी माथेमा कार्यदलको प्रतिवेदनअनुसार मेडिकल र डेन्टल कलेजहरूको सिट (विद्यार्थी भर्ना संख्या) निर्धारण गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हस्तक्षेपका कारण काउन्सिलको बैठक पाँच महिनादेखि बस्न सकेको थिएन ।

गर्भपतन औषधिमा खेलाँची

गर्भपतन औषधिमा खेलाँची

आइतबार, २१ कार्तिक २०७३

मध्यपश्चिमका दुई ठूला अस्पताल वीरेन्द्रनगरस्थित मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल र नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालमा ‘इन्कम्प्लिट एवर्सन’ भएर आएका बिरामीको संख्या हेर्दा पनि औषधिको दुरुपयोगले महिलालाई कसरी गाँजेको छ भन्ने प्रष्ट हुन्छ । चालु आर्थिक वर्षको तीन महिनामा क्षेत्रीय अस्पतालमा ३२ र अञ्चल अस्पतालमा १८ बिरामी आएका छन् । ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्था, निजी अस्पताल र मेडिकलमा पुग्नेको संख्या योभन्दा धेरै गुणा बढी रहेको स्वास्थ्य कार्यकर्ता बताउँछन् ।

जनकपुरमा  छठको  राैनक  (फाेटाेफिचर)

जनकपुरमा छठको राैनक (फाेटाेफिचर)

आइतबार, २१ कार्तिक २०७३

मिथिलाबाट मधेस–पहाड हुँदै समग्र मुलुकको साझा पर्वको रुपमा फैलिइरहेको छठ पर्व आइतबार बिहानैदेखि धुमधामसँग मनाइँदैछ। जनकपुरका पवित्र ताल, सरोवर र नदीको किनारमा शनिबारै साँझदेखि पूजा सामाग्रीले सजाइएको छ।आइतबार साँझ अस्ताउँदो र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिने भएपनि जनकपुरका छठघाटमा २४ घण्टा अगावै व्रतालु तथा श्रद्धालुको घुइँचो लागेको छ।

अस्पतालको उपचारमा अविश्वास

अस्पतालको उपचारमा अविश्वास

आइतबार, २१ कार्तिक २०७३

गत भदौ २१ मा घोराही– ५ की नारायणी बुढाथोकीलाई सुत्केरी व्यथाले च्याप्यो । श्रीमान् विकासले उनलाई सोही दिन नेपालगन्जस्थित नेपालगन्ज मेडिकल कलेज पुर्याए । सुरुमा अस्पतालले औषधि दियो ।

मुगुमा यस वर्ष पनि  खाद्यान्न अभाव हुने

मुगुमा यस वर्ष पनि खाद्यान्न अभाव हुने

आइतबार, २१ कार्तिक २०७३

पछिल्ला केही वर्ष प्राकृतिक विपत्तिका कारण अन्नबालीमा क्षति पुग्दा मुगुमा खाद्यान्न अभाव हुँदै आएको छ । दुई वर्षअघि किसानले लगाएको बर्खेबाली पाकेर भिœयाउन लागेका बेला कात्तिकको पहिलो साता परेको असिनापानीले नष्ट गर्दा जिल्लाभरि खाद्यान्न अभाव भएको थियो ।

विकृति रोक्न निर्देशिका आउने

विकृति रोक्न निर्देशिका आउने

आइतबार, २१ कार्तिक २०७३

–त्रिभुवन विश्वविद्यालयका अध्यापकले बिनाअनुमति विदेशी विश्वविद्यालयका नेपाली विद्यार्थीलाई विद्यावारिधिको शोध निर्देशन गर्न नपाउने व्यवस्था हुन लागेको छ । बढुवा सहज बनाउन यस्ता विद्यार्थीलाई घरमै शोध निर्देशन गरेर विकृति फैलाएको आरोप लागेपछि शिक्षा मन्त्रालयले नयाँ नीति बनाउने तयारी गरेको हो ।

नर्स थोरै हुँदा सधैं तनाव

नर्स थोरै हुँदा सधैं तनाव

आइतबार, २१ कार्तिक २०७३

अस्पताल पुगेका बिरामी र नर्सबीच अत्यन्तै नजिकको सम्बन्ध हुनुपर्छ । हामीकहाँ भने बिरामीको अनुपातमा नर्स कम हुँदा आपसी पे्रमको सट्टा झगडा बढ्छ । यसै कारण नर्स र बिरामी दुवैले सास्ती भोग्नुपरेको छ । कान्ति बाल अस्पतालको सर्जिकल वार्डमा काम गर्छिन् नर्स वन्दना अधिकारी । यो वार्डमा एकजना नर्सले कम्तीमा १५ जना बिरामी हेर्नुपर्छ । ‘अर्की नर्स नआएको बेला एक्लै २६ जना बिरामी हेर्नुपर्छ’, अधिकारीले भनिन् ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad