लामीडाँडामा झुण्डिएको अवस्थामा पुरुष फेला

लामीडाँडामा झुण्डिएको अवस्थामा पुरुष फेला

शुक्रबार, ३१ भदौ २०७३

खोटाङको लामीडाँडामा नचिनिएका पुरुष मृत फेला परेका छन्। लामीडाँडा-३ मा बिहीबार अन्दाजी ४० वर्षका पुरुष झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी नविनकिशोर प्रधानले जानकारी दिए।

भक्तपुरमा सिद्धपोखरी मेला

भक्तपुरमा सिद्धपोखरी मेला

शुक्रबार, ३१ भदौ २०७३

भक्तपुरमा शुक्रबार सिद्धपोखरी मेला लाग्दैछ। काठमाडौंबाट भक्तपुर नगर प्रवेश गर्ने नगरको सुदुर पश्चिममा रहेको दूधपाटीस्थित सिद्धपोखरीमा शुक्रबार मेला लाग्दैछ। भक्तपुर नगरपालिका वडा नं १७ स्थित यो पोखरीमा प्रत्येक वर्ष इन्द्रजात्रामो भोलिपल्ट यसरी नै विशेष मेला लाग्ने गर्दछ। मेला भर्न भक्तपुरसहित काठमाडौं  उपत्यकाभरबाट हजारौं श्रद्धालु पोखरीमा पुग्छन्।

आर्थिक अभावका कारण पर्व धान्नै मुस्किल

आर्थिक अभावका कारण पर्व धान्नै मुस्किल

शुक्रबार, ३१ भदौ २०७३

३ सय ७६ वर्षअघि राजा सिद्धिनरसिंह मल्लले सुरु गरेको कात्तिक नाच आर्थिक अभावको चपेटामा परेर छोट्टिँदै गएको छ। ललितपुरको चर्चित परम्परागत कात्तिक नाच वर्षेनी कात्तिक महिनामा प्रदर्शन गरिन्छ।

इन्द्रजात्रामा कुमारीको रथ यात्रा

इन्द्रजात्रामा कुमारीको रथ यात्रा

शुक्रबार, ३१ भदौ २०७३

बिहीबार वर्षा र सहकालका देवता देवराज इन्द्रको पुजा–अराधना गरि इन्द्रजात्रा मनायो। काठमाडौंको वसन्तपुरमा गणेश, भैरव र कुमारीको रथ यात्रा निकाली नगर परिक्रमा गरि मूर्तीको पुजा गरेर जात्रा मनाएको छ। कुमारीलाई देवीको रुप मानेर राष्ट्रपति विद्यादेवी भण्डारीले दक्षिणा चढाएर सुरुवात गरेको छ।

१२ को नतिजा निरासाजनक

१२ को नतिजा निरासाजनक

शुक्रबार, ३१ भदौ २०७३

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा सञ्चालक समितिले सोमबार कक्षा १२ को व्यवस्थापन, मानविकी र शिक्षाशास्त्र संकायको नतिजा प्रकाशन गर्‍यो। तीनवटै संकायमा नियमिततर्फ १ लाख ७५ हजार ५ सय ९३ परीक्षार्थी सहभागी भएकोमा ८४ हजार ५ सय ९३ अर्थात् ४८.१७ प्रतिशत उत्तीर्ण भए।

भाषा बिगार्नेको हात अस्वीकार

भाषा बिगार्नेको हात अस्वीकार

शुक्रबार, ३१ भदौ २०७३

नेपाली वाङ्मय प्रतिष्ठानले बिहीबार आयोजना गरेको महाकवि देवकोटा पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि थिए, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती।

'छैन-छैन, निजीतिर जानुस्'

'छैन-छैन, निजीतिर जानुस्'

शुक्रबार, ३१ भदौ २०७३

चन्द्रअयोध्यापुर-६ मा एउटा दलित बस्ती छ। आफ्नो नाममा जमिन नभएकी फूलकुमारी सदाय यही बस्तीको एउटा छाप्रोमा बस्छिन्। तीन वर्षअघि कान्छो छोरो जन्मँदा लिइएको ऋणको भारीले उनी अझै तंग्रिन सकेकी छैनन्।

भागबन्डामै चल्छ त्रिवि

भागबन्डामै चल्छ त्रिवि

शुक्रबार, ३१ भदौ २०७३

'सर, तल्लो निकायमा भागबन्डा गर्नुभन्दा राम्रो हामी सबैलाई लगेर खाल्डोमा हाल्दिनुस्,'त्रिभुवन विश्वविद्यालयकर्मचारी महाशाखाकाउपप्रशासक विष्णु अर्यालले केही दिनअगाडिउपकुलपति तीर्थराज खनियासमक्ष आक्रोश पोखे,'उपकुलपतिदेखि डिन,कार्यकारी निर्देशक हुँदै अब महाशाखा प्रमुखमा समेत भागबन्डा हुन थाल्यो। यसले विश्वविद्यालयको स्तर खस्कियो।'

बिद्युत सर्ट भई विद्यालयमा आगलागी, १७ लाख बढीको क्षती

बिद्युत सर्ट भई विद्यालयमा आगलागी, १७ लाख बढीको क्षती

बिहिबार, ३० भदौ २०७३

खोटाङमा बिद्युट सर्ट हुँदा लागेको आगोले एक बिद्यालयको झण्डै १८ लाख बराबरको भौतिक धनमाल जलेर क्षती भएको छ। हौंचुर–२ पोखरीस्थित पञ्चकन्या निमाविको प्रशासन कक्षमा लागेको आगोले १७ लाख ९६ हजार ६०६ रुपैयाँ बराबरको सम्पत्ती नष्ट भएको हो।

हात्तीको आक्रमणमा परी स्कुले विद्यार्थीको मृत्यु

हात्तीको आक्रमणमा परी स्कुले विद्यार्थीको मृत्यु

बिहिबार, ३० भदौ २०७३

हात्तीको आक्रमणबाट गम्भीर घाइते एक स्कुले बालकको उपचारका क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ।

गोरु काटेको अभियोगमा ४ जना पक्राउ

गोरु काटेको अभियोगमा ४ जना पक्राउ

बिहिबार, ३० भदौ २०७३

गोरु काटेको अभियोगमा प्रहरीले ४ जनालाई बिहीबार पक्राउ गरेको छ। लक्ष्मणपुर–३ र ४ मा पर्ने रोसनपुर्बा गाउँस्थित पूर्व दशगजा नजिकै गोरु काटिरहेको भन्ने सूचनाका आधारमा प्रहरी चौकी लक्ष्मणपुरबाट गएको प्रहरी टोलीले लक्ष्मणपुर–३ बस्ने ३० वर्षीय मुलादी भन्ने हगन्न खाँलगायत ४ जनालाई पक्राउ गरेको प्रहरीको केन्द्रीय समाचार कक्ष नक्सालले जनाएको छ।

सवारी ज्यान मुद्धाका फरार प्रतिवादी पक्राउ

सवारी ज्यान मुद्धाका फरार प्रतिवादी पक्राउ

बिहिबार, ३० भदौ २०७३

भक्तपुर जिल्ला अदालतको २०७१ जेठ २८ गतेको फैसलाले सवारी ज्यान मुद्धामा ५ महिना ४ दिन कैद सजाय हुने ठहर गरिएका एक फरार प्रतिवादी पक्राउ परेका छन्।

कालोपत्रे गरेको साता दिनमै राजमार्ग भत्कियो

कालोपत्रे गरेको साता दिनमै राजमार्ग भत्कियो

बिहिबार, ३० भदौ २०७३

मर्मत भएको साता दिन नबित्दै राजमार्ग भत्किएको छ। सडक डिभिजन कार्यालय रौतहटले एक साताअघि पूर्व–पश्चिम राजमार्गको रौतहट धनसारदेखि बागमती सडकखण्ड मर्मत गरेको थियो। सो सडक खण्डको बीचमा अहिले खाल्डाखुल्डी परिसकेका छन्।

जबरजस्ती करणी अभियोगमा भारतीय युवक पक्राउ

जबरजस्ती करणी अभियोगमा भारतीय युवक पक्राउ

बिहिबार, ३० भदौ २०७३

भारतको भागलपुर घर भई मोरङको टंकीसिनुवारी–५ मा डेरा गरी बस्दै आएका ३० वर्षीय अमित सिंहलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरी पक्राउ गरेको छ।

भारततर्फ बेच्न लगिएको आठ बालकको उद्दार

भारततर्फ बेच्न लगिएको आठ बालकको उद्दार

बिहिबार, ३० भदौ २०७३

बालकलाई भारततर्फ बेच्न लैजाँदै गरेको अवस्थामा तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्पले गढीमाई नगरपालिका– १ पथलैया चोकबाट बेच्न लगिएका बालकसहित बेच्ने कार्यमा संलग्न रहेको अभियोगमा मकवानपुर गोगने– ६ का करण सिंह वाइबा, दोर्जे लामा र दोलखा जिल्ला गाविस मागदौवा अनिता तामाङलाई पक्राउ गरेको हो।

५० लाखको छात्रवृत्तिका लागि आवेदन आह्वान

५० लाखको छात्रवृत्तिका लागि आवेदन आह्वान

बिहिबार, ३० भदौ २०७३

अनामनगरस्थित लिबर्टी कलेजले ५० लाखको छात्रवृत्तिका लागि विद्यार्थीबाट आवेदन आह्वान गरेको छ । कलेजले आज पत्रकार सम्मेलनको आयोजना गरी ब्याचलर अफ बिजनेश एड्मिनिस्ट्रेसनका लागि छात्रवृत्तिको आह्वान गरेको हो ।

ठूलो आन्द्राभित्र सानो आन्द्रा !

ठूलो आन्द्राभित्र सानो आन्द्रा !

बिहिबार, ३० भदौ २०७३

झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गाका एक बालकमा ठूलो आन्द्राभित्र सानो आन्द्रा भेटिएको छ । मेची अञ्चल अस्पताल भद्रपुरका रेडियोलोजिस्ट डा सञ्जयकुमार गुप्ताका अनुसार सुरुङ्गा निवासी पाँच वर्षीय बालकको ठूलो आन्द्राभित्र सानो आन्द्रा भेटिएको हो । बालकको नाम भने गोप्य राखिएको छ ।

कार्यालय प्रमुखको कार्यकक्षमा पोसाकमै मदिरा–भोज !

कार्यालय प्रमुखको कार्यकक्षमा पोसाकमै मदिरा–भोज !

बिहिबार, ३० भदौ २०७३

सरकारी कार्यालयको कार्यकक्षमै मदिरा–भोज भएको सुन्दा पत्यार नलाग्ला। तर यहाँको एक सरकारी कार्यालयको कार्यकक्षमा कर्मचारी बस्ने कुर्सी टेवलमै मदिरासहित मासुका परिकार पस्केर कर्मचारीले भव्य भोज गरेका छन्।

आज उपत्यकामा इन्द्रजात्रा

आज उपत्यकामा इन्द्रजात्रा

बिहिबार, ३० भदौ २०७३

वर्षाका देवता देवराज इन्द्रको पूजाआराधना गरी उपत्यकामा बिहीबार परम्परागत इन्द्रजात्रा पर्व मनाइँदैछ। वर्षेनी भाद्र शुक्ल चतुर्दशीमा पर्ने इन्द्रजात्रा उपत्यकाका काठमाडौं, ललितपुर, भक्तपुरसहित धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ।

त्रिपुरेश्वर-माइतीघर फ्लाई ओभरमा जापानको सहयोग

त्रिपुरेश्वर-माइतीघर फ्लाई ओभरमा जापानको सहयोग

बिहिबार, ३० भदौ २०७३

नेपालका लागि जापनका राजदूत मासासी ओगावाले जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाईका)मार्फत काठमाडौंको ट्राफिक समस्या समाधान सहयोग गर्ने बताएका छन्। जापान सरकारले त्रिपुरेश्वर देखि माईतीघरसम्म फ्लाई ओभर वि्रज निर्माणलाई प्राथमिकता राखेको बताएका हुन्।

Ncell Footer Ad