मूर्ती चोर्नेविरुद्ध मुद्दा

मूर्ती चोर्नेविरुद्ध मुद्दा

शनिबार, ११ असार २०७३

बाजुरा-बडिमालिका मन्दिरबाट मूर्ती चोरेको आरोपमा प्रहरीले मुद्दा दर्ता गराएको छ। कालिकोट गाविस रुप्सा १ बस्ने ४२ वर्षका पार सहकारी विरुद्ध जिल्ला अदालतमा शुक्रबार मुद्दा दर्ता गरेको हो।

हत्यारा नजिक प्रहरी

हत्यारा नजिक प्रहरी

शनिबार, ११ असार २०७३

ताप्लेजुुङका व्यवसायी लालबहादुर खड्काको हत्या अनुसन्धान गरिरहेको प्रहरी टोली अन्तत घटनाको तथ्य नजिक पुगेको छ । हत्याका अभियुुक्त चाँडो पत्ता लगाउन जनदबाव झेलिरहेको प्रहरीले तथ्य नजिक पुुगेको संकेत गरेको हो। ‘घटनाको तथ्य नजिक पुुगेका छौं ’केही दिनपछि हामी यसको बिवरण सार्वजनिक गर्ने गर्ने तयारीमा छौं,’प्रहरी स्रोतले भन्यो।

बागमती सफाइमा युवाको शव

बागमती सफाइमा युवाको शव

शनिबार, ११ असार २०७३

बागमती सफाइमा आज एक अपरिचित युवाको शव फेला परेको छ। सफाइको १६३ औँ हप्तामा आज थापाथली कुपण्डोल आसपासको बागमती नदी सफाइका क्रममा कुपण्डोलतिरको भागमा बोरामा बन्द गरिएको अवस्थामा गन्हाउने भइसकेको शव फेला परेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका कार्यकारी निर्देशक राजेशप्रसाद सिंहले जानकारी दिए।

खाँडोको बाढी सकरपुरा पस्यो, १ सय २५ घर डुवानमा

खाँडोको बाढी सकरपुरा पस्यो, १ सय २५ घर डुवानमा

शनिबार, ११ असार २०७३

केही दिनदेखि परेको अविरल बर्षाका कारण खाँडो नदीमा आएको बाढीले सप्तरीको दक्षिणमा पर्ने सकपुरा गाविसको वडा नम्बर ६ र ७ का एक सय २५ बढी घर डुवानमा परेका छन्।

अपराधमा जकडिँदै समाज

अपराधमा जकडिँदै समाज

शनिबार, ११ असार २०७३

जिल्लामा पछिल्लो समय नयाँ–नयाँ प्रकृतिका अपराधको संख्या बढिरहेको स्थानीय नागरिकले गुनासो गरेका छन्। प्रहरी र नागरिक समन्वयात्मक तवरले अपराध नियन्त्रणमा नलागेे समाजमा अपराध भयावह भएर जानेतर्फ उनीहरूले प्रहरी निकायको ध्यानाकर्षणसमेत गराए।

लोकल मदिरा सेवनबाट पाँच जनाको मृत्यु भएपछि मदिरा बिक्रेता पक्राउ

लोकल मदिरा सेवनबाट पाँच जनाको मृत्यु भएपछि मदिरा बिक्रेता पक्राउ

शनिबार, ११ असार २०७३

महोत्तरी–लोकल मदिरा पिउँदा महोत्तरीमा डोम समुदायका पाँच जनाको मृत्यु भएपछि प्रहरीले मदिरा उत्पादक र बिक्रेतालाई शुक्रबार पक्राउ गरेकाे छ।

एकल महिलालाई नागरिकता समस्या

एकल महिलालाई नागरिकता समस्या

शनिबार, ११ असार २०७३

उनको श्रीमान्को मृत्यु हुँदा छोरी करिब ३ वर्षकीमात्र थिइन्। पाँचथर माइती घर भएकी लक्ष्मी रेग्मीले श्रीमान्को नामबाट नागरिकता बनाएकै थिइनन्। उनीसँग माइतीको नागरिकता पनि छैन। उनी हाल ७३ वर्ष पुगिसकिन् तर उनले अहिलेसम्म सामाजिक सुरक्षा भत्ता थाप्न पाएकी छैनन्।

महल छाडेर कुटी

महल छाडेर कुटी

शनिबार, ११ असार २०७३

आम मानिसका सपना प्रायः के हुन्छन्?। सानो परिवार, चिटिक्कको घर। मन परेको गाडी। वा अन्य केही यस्तै । तर एक युवाले  प्यारो परिवार, भव्य बंगला, आकर्षक गाडी र अन्य थुप्रै सुखसुविधा त्यागेर कुटीको बास रोजेका छन्। उनी हुन् ३७ वर्षीय प्रभन्जनबहादुर सिंह। काठमाडौंको उच्च घरानियाँमा जन्मेका उनी विगत तीन वर्षदेखि आफ्नो घरबार त्यागेर पशुपतिनाथ क्षेत्रको मृगस्थलीमा साधु जीवन जिउँदै छन्।

मनसुन टिप्स

मनसुन टिप्स

शनिबार, ११ असार २०७३

नेपालमा मनसुन भित्रिसकेको छ। दिनहुँजसो पानी पर्न थालेको छ। चाहे तपाईं आकाशबाट बर्सिने पानीलाई माया गर्नुस् वा घृणा, यसलाई बेवास्ता चाहिँ गर्न सक्नुहुन्न। अब छालाका जुत्ता प्याक गर्ने बेला भइसकेको छ। वाटरप्रुफ चप्पल, क्याप्रिज र रंगीचंगी छाता लिने बेला आइसकेको छ।

बाढीले अस्तव्यस्त सप्तरी,सप्तकोसी नगरपालिका डुवानमा

बाढीले अस्तव्यस्त सप्तरी,सप्तकोसी नगरपालिका डुवानमा

शनिबार, ११ असार २०७३

लगातारको बर्षापछि विभिन्न नदीमा आएको बाढीका कारण सप्तरीको जनजीवन अस्तव्यस्त भएको छ। बर्षा अझै रोकिएको छैन। सप्तकोसी, त्रियुगा, वलान, खाँडो लगायतका नदीमा पानीको वहाव निरन्तर बढी रहेको प्रहरीले जनाएको छ।

पत्रकार आचार्यलाई महासंघको सहयोग

पत्रकार आचार्यलाई महासंघको सहयोग

शुक्रबार, १० असार २०७३

रौतहट-टाटा सुमोको ठक्करबाट पूरा परिवार नै घाइते भई श्रीमती समेत गुमाएका घाइते पत्रकारलाई नेपाल पत्रकार महासंघ रौतहट शाखाले सहयोग गरेको छ।

सहमतिमा ताला खोल्न अदालतको अन्तरिम आदेश

सहमतिमा ताला खोल्न अदालतको अन्तरिम आदेश

शुक्रबार, १० असार २०७३

सुर्खेत-पुनरावेदन अदालत सुर्खेतले मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा लगाइएको ताला छलफलका माध्यमबाट खोल्न अन्तरि

प्रहरी जवानको मृत्यु

प्रहरी जवानको मृत्यु

शुक्रबार, १० असार २०७३

उपल्लो डोल्पाको सालटाङ गाविसमा यार्सा सुरक्षाका लागि गएका एक प्रहरी जवानको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी जवान दाङका राजेन्द्र बुढा रहेको प्रहरी निरीक्षक तुलसीराम अर्यालले जानकारी दिए।

१२ किलो चरेशसहित दुई पक्राउ

१२ किलो चरेशसहित दुई पक्राउ

शुक्रबार, १० असार २०७३

१२ किलो चरेशसहित कोहलपुरमा दुई युवक पक्राउ परेका छन्। उनीहरुको साथबाट २२ पोका चरेश पक्राउ परेको हो। क्षेत्रीय प्रहरीको अनुसन्धान ब्युरो र इलाका प्रहरी कार्यालय कोहलपुरले चरेशसहित हुम्ला सिमीकोट-९ का नन्द सुनार र बाजुरा गोत्री- ८ का दिपक भण्डारीलाई पक्राउ गरेको हो।

साझा कर्मचारीलाई तलब खुवाउन जग्गा बेच्दै

साझा कर्मचारीलाई तलब खुवाउन जग्गा बेच्दै

शुक्रबार, १० असार २०७३

काठमाडौं—आर्थिक रुपमा जर्जर साझा प्रकाशनले ऋण तिर्न आफ्ना चलअचल सम्पति बेच्ने भएको छ। प्रकाशन सञ्चालक समितिले सरकारले आउँदो १५ दिनभित्र रु ४० करोड अनुदान नदिएमा आफ्ना विभिन्न जग्गा बिक्री गर्ने निर्णय गरेको हो।

प्रहरीले गोली हानी पक्रिएका गुण्डा राईलाई कांग्रेस नेताको संरक्षण, संधै न्युनतम धरौटीमा रिहा

प्रहरीले गोली हानी पक्रिएका गुण्डा राईलाई कांग्रेस नेताको संरक्षण, संधै न्युनतम धरौटीमा रिहा

शुक्रबार, १० असार २०७३

काठमाडौं— काठमाडौं जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय काठमाडौंले पटक पटक विभिन्न जघन्य अपराधमा पक्राउ परी पीडितको किटानी जाहेरीमा प्रमाण सहित मुद्धा बुझाएका अभियुक्तलाई बारम्बार अति न्युन धरौटीमा छाडेको खुलेको छ।

पहिरोले छेक्न थाल्यो सडक

पहिरोले छेक्न थाल्यो सडक

शुक्रबार, १० असार २०७३

चितवन– घोषित रुपमा दिउँसो चार घन्टा बन्द हुँदै आएको असार १ गतेयता पूरै समय चालु हुने भनिए पनि निर्माणाधीन नारायणगढ–मुग्लिङ सडक खण्डमा पहिरो खस्न थालेपछि आवागमन असहज र पट्यारिलो बन्दै गएको छ । पहिरो पन्छाउन समय लाग्ने भएकाले यात्रु र मालवाहक गाडी घन्टौं जाममा पर्न थालेका छन्।

६२ प्रतिशत मुद्दामा हार्छ सरकार

६२ प्रतिशत मुद्दामा हार्छ सरकार

शुक्रबार, १० असार २०७३

बनेपा– कायममुकायम प्रधानन्यायाधीश सुशिला कार्कीले अनुसन्धान र अभियोजनबीच समन्वय हुन नसक्दा फौजदारी न्याय प्रशासनमा चुनौती थपिँदै गएको बताएकी छिन्।

नेपाल दलित पत्रकार संघ सार्वजनिक

नेपाल दलित पत्रकार संघ सार्वजनिक

शुक्रबार, १० असार २०७३

काठमाडौं– नेपाल दलित पत्रकार संघ बुधबार औपचारिक रुपमा सार्वजनिक भएको छ । सूचना तथा सञ्चारमन्त्री शेरधन राईको औपचारिक उट्घाटनसहित संघले ११ सदस्यीय कार्यसमिति सार्वजनिक गरेको छ।

वैदेशिक रोजगारीमा बढ्दो ठगी, मेनपावरलाई कारबाही हुँदैन

वैदेशिक रोजगारीमा बढ्दो ठगी, मेनपावरलाई कारबाही हुँदैन

शुक्रबार, १० असार २०७३

काठमाडौं– सजायको भागीदार हुन कतिवटा अपराध गर्नुपर्ला ? सायद सबैले फर्काउने जवाफ हो– हरेक व्यक्ति र संस्थाका लागि एउटै अपराध पर्याप्त हुन्छ। तर, नेपालका कतिपय मेनपावरले रोजगारीको लोभमा वर्षौंदेखि हजारौं युवायुवतीलाई पटक–पटक ठगिरहँदा पनि कारबाही भएको छैन।

Ncell Footer Ad