बाराको सिमरास्थित एक घरमा विस्फोट, एक घाइते

बाराको सिमरास्थित एक घरमा विस्फोट, एक घाइते

सोमबार, ०६ मङि्सर २०७३

बारा जिल्लाको गढिमाइ नगरपालिका–१ सिमरास्थित एक घरमा विस्फोट हुँदा एक जना घाइते भएका छन्। बम वा कुन वस्तु विस्फोट भएको हो भन्ने एकिन भइ नसकेको भए पनि विस्फोटबाट महेनद्रनगर पिलुवाका गोपिलाल श्रेष्ठको देब्रे हातमा गम्भीर चोट लागेको सिमराका प्रहरी निरीक्षक गोविन्द कार्कीले बताएका छन्।

'मापदण्ड नबन्दा घर बनाउन पाइएन'

'मापदण्ड नबन्दा घर बनाउन पाइएन'

सोमबार, ०६ मङि्सर २०७३

भूकम्प गएको १८ महिना बितिसक्दा पनि सम्पदा क्षेत्रका भूकम्पपीडितले आवास निर्माण गर्न पाएका छैनन्। सरकारले भवन निर्माणसम्बन्धी मापदण्ड नबनाउँदा ललितपुरका सम्पदा क्षेत्रका अघिकांश भूकम्पपीडित घर निर्माण गर्न अलमलमा परेका छन्।

सुकुम्बासी बन्यो सोनिसको परिवार

सुकुम्बासी बन्यो सोनिसको परिवार

सोमबार, ०६ मङि्सर २०७३

आवास पुनर्निर्माणवापत पहिलो किस्ताको रकम पाउन थालेसँगै भक्तपुरका भूकम्पपीडितमध्ये कतिपय परिवारलाई अझै पीडा थपिएको छ। यस्तै एउटा परिवार हो गत वर्षको भूकम्पमा २२ घन्टापछि उद्धार गरिएका बालक सोनिसको परिवार। भूकम्पका बेला ५ महिनाका सोनिस अहिले २ वर्ष पुगिसकेका छन्।

डिन विवादमा भुलाएर चार अर्ब लुट्ने दाउ : डा. केसी

डिन विवादमा भुलाएर चार अर्ब लुट्ने दाउ : डा. केसी

सोमबार, ०६ मङि्सर २०७३

चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनरत डा. गोविन्द केसीले डिन विवादमा भुलाएर सरकारले मेडिकल कलेजहरूलाई चार अर्ब रुपैयाँ लुट्ने बाटो खुला गरेको बताएका छन्।

प्राधिकरणले तयार पार्‍यो पुनर्निर्माण तालिका

प्राधिकरणले तयार पार्‍यो पुनर्निर्माण तालिका

सोमबार, ०६ मङि्सर २०७३

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माण तीव्र पार्न समय तालिकासहितको कार्ययोजना तयार पारेको छ। प्राधिकरण निर्देशक समितिको आइतबार बसेको बैठकले समयतालिका पास गरेको हो। पुनर्निर्माणको गतिबाट असन्तुष्ट प्रधानमन्त्री पुष्पकमल दाहालले कात्तिक १० गते दिएको निर्देशनअनुसार प्राधिकरणले नतिजामुखी काम देखाउने कार्ययोजनासहितको समय तालिका ल्याएको हो।

द्वन्द्वपीडित हितमा ऐन संशोधन गर्न माग

द्वन्द्वपीडित हितमा ऐन संशोधन गर्न माग

सोमबार, ०६ मङि्सर २०७३

शान्ति प्रक्रियाको एक दशक बितिसक्दा पनि द्वन्द्वपीडितले न्याय पाउन नसकेको बताएका छन्। द्वन्द्वपीडित साझा चौतारी र जवाफदेहिता निगरानी समितिले शान्ति प्रक्रिया एक दशक पुगेको अवसरमा आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सरकारले द्वन्द्वपीडितलाई न्याय दिन नसकेको गुनासो गरे।

राजधानीमा सुन्दर पुल जडिँदै

राजधानीमा सुन्दर पुल जडिँदै

सोमबार, ०६ मङि्सर २०७३

माथिल्लो भागमा अर्धवृत्ताकार आकृतिका संरचना, अर्धवृत्ताकार संरचनामा बलिया तार जडान। बीचमा न कुनै पिलर। सवारी गुड्ने भागमा चिल्ला र आकर्षक कालोपत्रे। सँगै पैदलयात्रु हिँड्ने छुट्टै फुटपाथ। टाढैबाटसुन्दर र आकर्षक देखिने सजावटसहितका चारवटा पुल राजधानीमा छिट्टै निर्माण हुँदैछ।

माघ १५ भित्र सबै भूकम्प पीडितलाई पहिलो किस्ताको रकम

माघ १५ भित्र सबै भूकम्प पीडितलाई पहिलो किस्ताको रकम

आइतबार, ०५ मङि्सर २०७३

भूकम्पपछिको पुनर्निर्माणको कामलाई तिव्रता दिन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले समयतालिका सहितको कार्ययोजना तयार पारेको छ। प्राधिकरणको निर्देशक समितिको आइतबार बसेको बैठकले समयतालिका पास गरेको हो।

'स्विडेन जाने' फर्म भर्दै गर्दा जब सिअाइबी टोली अाइपुग्यो

'स्विडेन जाने' फर्म भर्दै गर्दा जब सिअाइबी टोली अाइपुग्यो

आइतबार, ०५ मङि्सर २०७३

स्विडेनमा वर्क परमिट त्यो पनि जम्मा  १० दिनमा। काम निर्माण, सुरक्षा र बन्दोबस्ती क्षेत्रमा । सामान्य अनुभव नै वर्क परमिटका लागि मान्य। शैक्षिक योग्यताको कुनै बन्देज छैन। आवदेन दिएको ३० दिनमा शतप्रतिशत उडाउने कम्पनीको जिम्मेबारी।

रोकिएन पशुपति परिसरमा अवैध निर्माण

रोकिएन पशुपति परिसरमा अवैध निर्माण

आइतबार, ०५ मङि्सर २०७३

मारवाडी सेवा समिति नेपालले पशुपति क्षेत्र विकास कोषको अधिकार क्षेत्रभित्र पर्ने जग्गामा अवैध निर्माण गरिरहेको छ। गौशालास्थित पशुपति गौशाला धर्मशाला परिसरभित्र अवैध रुपमा थालेको भवन निर्माण कार्य रोक्न कोष, पुरातत्व विभाग र प्रहरीले दिएको निर्देशनसमेत नटेरी जारी छ।

ग्यास पड्किँदा भोजपुर बजारमा आगलागी

ग्यास पड्किँदा भोजपुर बजारमा आगलागी

आइतबार, ०५ मङि्सर २०७३

यास पड्किँदा भोजपुर जिल्लाको सदरमुकाम भोजपुरबजारमा आगलागी भएको छ। आइतबार साँझ पाँच बजे बजारको भोटेपसलस्थित नीलम ज्वेलर्समा ग्यास पड्केपछि बजारमा आगो लागेको हो।

उपत्यकामा महिला लुट्ने समूह सक्रिय, शुक्रबार यता चार लुटिए

उपत्यकामा महिला लुट्ने समूह सक्रिय, शुक्रबार यता चार लुटिए

आइतबार, ०५ मङि्सर २०७३

काठमाडौं उपत्यकामा कालोपल्सरमा सवार दुईजनाको लुटेरा समूह सक्रिय रहेको खुलेको छ। प्रहरीले काठमाडौं उपत्यकामा शुक्रबारदेखि दैनिक लुटपाटको घटनामा एकै प्रकारको मोटरसाईकल र ब्यक्ति सक्रिय भएको जनाएको छ।

हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

आइतबार, ०५ मङि्सर २०७३

झापाको शरणामतिमा आज बिहान जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा शरणामति–४ निवासी ६० वर्षीया झुमा देवी भट्टराई रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर शर्माले बताए ।

चार करोडको सिँचाइ कुलोमा चरम अनियमितता

चार करोडको सिँचाइ कुलोमा चरम अनियमितता

आइतबार, ०५ मङि्सर २०७३

चार करोड ११ लाख लागतमा निर्माण हुनलागेको हाँकु गाविसको सिँचाई कुलोमा चरम अनियमितता भएको उपभोक्ताको गुनासो छ। गिरीखोला माझकुलो सिँचाई योजना अन्तरगत निर्माण भईरहेको सो कुलोमा गुणस्तरहीन सामाग्रीको प्रयोग र मापदण्ड पूरा नगरेर भ्रष्टाचार भएको स्थानीयको आरोप छ।

वन कार्यालयले नगरपालिकालाई भन्यो: वन  क्षेत्र खनजोत गर्नुको कानुनी आधार के?

वन कार्यालयले नगरपालिकालाई भन्यो: वन क्षेत्र खनजोत गर्नुको कानुनी आधार के?

आइतबार, ०५ मङि्सर २०७३

सरकारी निकायकै अगुवाईमा कानुन मिचेर सरकारी वन क्षेत्र खनजोत गर्नुको साथै रुखविरुवा मासेको भन्दै वन कार्यालयले धरान उपमहानगरपालिकालाई त्यसो गर्नुको कानुनी आधार मागेको छ।

मिनीट्रक दुर्घटनामा दुईको मृत्यु

मिनीट्रक दुर्घटनामा दुईको मृत्यु

आइतबार, ०५ मङि्सर २०७३

-काँक्रीबाट रुकुमकोटतर्फ आउँदै गरेको मिनीट्रक रुकुमकोट– ९ को रातापहर नजिकै आज दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बिहान ५ बजे बा १ ख ९६९१ नं को मिनीट्रक दुर्घटना हुँदा मारोवाङ– ३ की अन्दाजी १६ वर्षीया सपना सुनार र गाडी चालक सल्यान शिवरतका लालवीर विकको मृत्यु भएको हो । दुर्घटनामा परी अन्य तीन जना घाइते भएकामा दुई जनाको अवस्था गम्भीर छ ।

पाल्पामा ढुङ्गाले लागेर मजदुरको मृत्यु

पाल्पामा ढुङ्गाले लागेर मजदुरको मृत्यु

आइतबार, ०५ मङि्सर २०७३

नारच्याङ– १ मा निर्माणाधीन मिस्त्रीखोला जलविद्युत् आयोजनामा कार्यरत पाल्पा खालिवन– ५ का ५० वर्षीय भीमबहादुर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

केटाकेटीले खेलाएको आगोले दुई घर नष्ट

केटाकेटीले खेलाएको आगोले दुई घर नष्ट

आइतबार, ०५ मङि्सर २०७३

केटाकेटीले आगो खेलाउँदा सल्किएको आगोले खोटाङमा दुई घर जलेर नष्ट भएको छन्। घरमा ठूला मान्छे नभएको बेलामा केटाकेटीले खेलाएको आगोले सुन्तले–८ का ललितबहादुर मगर र पदमबहादुर मगरको घर जलेर नष्ट भएको हो। पदमबहादुरको गोठ नजिकै थुपारिएको परालबाट सुरु भएको आगोले आँगन जोडिएका दुबै घर जलेको स्थानीयले बताएका छन्।

हराभरा बगैंचा बन्यो डम्पिङ साइट

हराभरा बगैंचा बन्यो डम्पिङ साइट

आइतबार, ०५ मङि्सर २०७३

राजधानीको नक्साल नारायणचौरस्थित नन्दीकेश्वर बगैंचा २०६९ सालसम्म फोहरमैला फ्याँक्ने र थुपार्ने डम्पिङ साइटजस्तै थियो। फोहरको डंगुरले सर्वसाधारण छेउछाउबाट हिँडडुल गर्नै हिच्किथाउँथे। हिँड्नै परे नाक थुन्थे।

कर्णालीका स्वास्थ्य चौकीमा कुपोषणको उपचार सेवा सुरु हुने

कर्णालीका स्वास्थ्य चौकीमा कुपोषणको उपचार सेवा सुरु हुने

शनिबार, ०४ मङि्सर २०७३

कर्णाली अञ्चलका बालबालिकामा हुने कडा खालको कुपोषणको उपचारका लागि स्थानीय स्वास्थ्य चौकीहरुमा स्वास्थ्य मन्त्रालयले बहिरंग सेवा संचालन गर्ने भएको छ।

Ncell Footer Ad