भारत र चीन जोड्ने सेती लोकमार्ग द्रुत निर्माण गर्न माग

भारत र चीन जोड्ने सेती लोकमार्ग द्रुत निर्माण गर्न माग

बुधबार, २२ भदौ २०७३

सुदुरपश्चिमका प्रतिनिधिहरुले चीन र भारत जोडने सेती लोक मार्गलाई द्रुत निर्माण गर्न माग गरेका छन्। उक्त राजमार्गको उत्तरमा पर्ने तिब्बतको ताक्लाकोट नाका खोल्न चीनसँग र दक्षिणमा पर्ने भारतको तिकुनिया नाकामा रहेको भन्सारको स्तरोन्नति गर्न भारतसँग पहल गर्न उनीहरुले अनुरोध गरेका छन्।

कुमारीको पारिश्रमिक तीन हजार

कुमारीको पारिश्रमिक तीन हजार

बुधबार, २२ भदौ २०७३

जीवित देवी मानिने कुमारीको मासिक पारिश्रमिक कति होला? कसैले कुमारीको मासिक पारिश्रमिक ३ हजार रुपैयाँमात्र छ भन्यो भने ठट्टा ठानेर नहाँस्नुहोला। भक्तपुरकी कुमारीलाई कौसि तोषाखानाबाट २ हजार १ सय ५० रुपैयाँ र गुठी संस्थानको भक्तपुर सूर्यविनायकस्थित शाखा कार्यालयबाट ९ सय रुपैयाँ गरी मासिक पारिश्रमिक जम्मा ३ हजार ५० रुपैयाँमात्र छ।

त्रिभुवन विमानस्थलका होर्डिङ बोर्ड हटाउने तयारी

त्रिभुवन विमानस्थलका होर्डिङ बोर्ड हटाउने तयारी

बुधबार, २२ भदौ २०७३

काठमाडौं महानगरपालिकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा राखिएका होर्डिङ बोर्ड हटाउने तयारी गरेको छ। राजधानीलाई कुरुप पार्दै विभिन्न कम्पनीले विमानस्थल परिसरमा वर्षौंदेखि आफ्ना उत्पादनको विज्ञापन गर्न होर्डिङ बोर्ड राख्दै आएका छन्।

सप्तर्षि मन्दिरमा पञ्चमी

सप्तर्षि मन्दिरमा पञ्चमी

बुधबार, २२ भदौ २०७३

राजधानीको टेकुस्थित सप्तर्षि मन्दिरमा हरितालिका तीजको अन्तिम दिन मंगलबार हजारौं भक्तजनले पञ्चमी पूजा गरेका छन्। भूकम्पमा ध्वस्त भएपछि पुनर्निर्माण नभएकाले टहरो–मन्दिरमा पूजाआजा र दर्शन गर्न दर्शनार्थीले निकै कठिनाइ भएको थियो।

लालपुर्जाबिनाका पीडितलाई पुनःस्थापना कठिन

लालपुर्जाबिनाका पीडितलाई पुनःस्थापना कठिन

बुधबार, २२ भदौ २०७३

नेपालमा भूकम्पपछिको प्रतिकार्यमा लैंगिक समावेशिता नभएको, वास्तविक पीडित राहतबाट वञ्चित भएको, केही पीडितले थोरै मात्र राहत पाएको एक अध्ययनले देखाएको छ। भूकम्पपछिको राहत, पुनःस्थापना र पुनर्निर्माणका विषयमा गोरखा, सिन्धुपाल्चोक र दोलखा जिल्लाका प्रभावित गाउँमा ९ महिना लगाएर गरिएको स्थलगत अध्ययनले यस्तो औंल्याएको हो।

उपत्यकामा हैजा प्रकोप

उपत्यकामा हैजा प्रकोप

बुधबार, २२ भदौ २०७३

असार दोस्रो साता देखिएको हैजा संक्रमणले उपत्यकामा प्रकोपको रुप लिएको छ। उपत्यकाका ललितपुर र काठमाडौंमा त्यसयता १ सय ४० भन्दा बढीमा हैजा पुष्टि भइसकेको छ। मंगलबार मात्र थप तीन नयाँ बिरामीमा हैजाका जिवाणु भेटिएका छन्। पछिल्लोपटक केही दिनअघिसम्म इमाडोल, भैंसेपाटी, जडीबुटीलगायत क्षेत्रबाट बिरामी आइरहेका छन्।

संरक्षण शिक्षा बाँड्दै नेपाली विज्ञ

संरक्षण शिक्षा बाँड्दै नेपाली विज्ञ

बुधबार, २२ भदौ २०७३

छ दिनअघि अमेरिकामा सुरु भएको अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन) को सम्मेलनमा पशु–चौपाया उपचारमा प्रयोग गरिने औषधि 'डाइक्लोफेनाक' प्रतिबन्धको प्रस्ताव जब स्वीकृत भयो, नेपालबाट सहभागी करिब एक दर्जन संरक्षणविद् आश्चर्यमा परे। त्यसो त उनीहरुलाई यो प्रस्ताव दर्ता हुनु नै अचम्म लागेको थियो।

सिन्धुपाल्चोकमा आपत्कालीन भवन सञ्चालन

सिन्धुपाल्चोकमा आपत्कालीन भवन सञ्चालन

मङ्गलबार, २१ भदौ २०७३

सिन्धुपाल्चोक- गत वर्ष वैशाख १२ को भूकम्पबाट सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोकमा जिल्ला आपत्कालीन केन्द्र बनेको छ।

फोटो पत्रकार क्लवको फोटो प्रदर्शनी सम्पन्न (फोटो फिचर)

फोटो पत्रकार क्लवको फोटो प्रदर्शनी सम्पन्न (फोटो फिचर)

मङ्गलबार, २१ भदौ २०७३

फोटो पत्रकार क्लवको आयोजनामा भएको ‘आइएमई–ग्लोबल–आइएमई’ ‘नेपाल फोटो प्रतियोगिता–२०७३’ मंगलवार सम्पन्न भएको छ। नेपाल आर्ट काउन्सिलमा भाद्र १६ देखि ६ दिनसम्म प्रदर्शनी चलेको थियो। प्रदर्शनीमा नेता, कलाकार, व्यवसायी, विद्यार्थी लगायत सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको क्लबद्वारा प्रेषित प्रेस नोटमा उल्लेख छ।

रोल्पा ६ गाउँपालिका र १ नगरपालिका सिफारिस

रोल्पा ६ गाउँपालिका र १ नगरपालिका सिफारिस

मङ्गलबार, २१ भदौ २०७३

जिल्लामा अब छ गाउँपालिका र एक नगरपालिका हुने भएको छ। स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले जिल्लामा उक्त गाउँपालिका र नगरपालिका बनाउने प्रस्ताव सहितको प्रतिवेदन आयोगमा पठाएको हो।

गोली लागेको घाइते गैंडा मर्‍यो

गोली लागेको घाइते गैंडा मर्‍यो

मङ्गलबार, २१ भदौ २०७३

चितवन- रौतहटमा गोली लागेर चितवनमा उपचार हुँदै गरेको दुर्लभ वन्यजन्तु एकसिंगे गैंडाको मंगलबार मध्यान्ह मृत्यु भएको छ। भदौ ४ गते बिहान गोली लागेको अवस्थामा फेला परेको गैंडालाई चितवन ल्याएर उपचार सुरु गरिएको थियो। उपचारपछि निकै सुधार देखिए पनि बचाउन असफल भएको चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सुचना अधिकारी नुरेन्द्र अर्यालले बताए।

५० हजार झिक्ने चटारो

५० हजार झिक्ने चटारो

मङ्गलबार, २१ भदौ २०७३

सिन्धुपाल्चोक-भूकम्पबाट सर्वाधिक नोक्सानी ब्यहोरेका सिन्धुपाल्चोकका पीडित केही दिनदेखि घर बनाउन पहिलो किस्ता निकाल्ने चटारोमा छन्।

मृगौला पीडित युवाद्वारा शिक्षण अस्पतालमा आत्महत्या

मृगौला पीडित युवाद्वारा शिक्षण अस्पतालमा आत्महत्या

मङ्गलबार, २१ भदौ २०७३

काठमाडौं- महाराजगञ्ज शिक्षण अस्पतालमा एक युवाले झ्यालबाट हामफालेर आत्महत्या गरेका छन्। मृगौलाको उपचार गराइरहेका दोलखा मालुका १९ वर्षीय विजय खड्काले आत्महत्या गरेका हुन्।

ठाकुर हत्याका अभियुुक्त ३५ वर्षसम्म कारागारमा

ठाकुर हत्याका अभियुुक्त ३५ वर्षसम्म कारागारमा

मङ्गलबार, २१ भदौ २०७३

बारा जिल्ला अदालतले कञ्चनकुमारी ठाकुर हत्याका तीन अभियुक्तलाई आज कारागारको सजायको फैसला गरेको छ ।

श्यामसुन्दर गुप्ताका सहयोगी प्रहरी निरीक्षक पक्राउ

श्यामसुन्दर गुप्ताका सहयोगी प्रहरी निरीक्षक पक्राउ

मङ्गलबार, २१ भदौ २०७३

काठमाडौं- पूर्व मन्त्री श्यामसुन्दर गुप्तालाई सघाएको आरोपमा प्रहरीले भैंसेपाटी प्रभागका प्रहरी निरीक्षकलाई पक्राउ गरेको छ।

होस्टेल सञ्चालकको क्रूर हत्या

होस्टेल सञ्चालकको क्रूर हत्या

मङ्गलबार, २१ भदौ २०७३

विराटनगर-१३ स्थित तिनटोलियामा अक्सफोर्ड होस्टल सञ्चालन गरिरहेका विजय यादवको क्रूर हत्या गरिएको छ। २१ वर्षका यादवलाई ठूलो कट्टीले शरीरबाट टाउको र दुबै खुट्टा काटेर अलग पारी हत्या गरिएको छ।

पशुपति क्षेत्रमा ऋषिपञ्चमी स्नान (फोटो/भिडियो)

पशुपति क्षेत्रमा ऋषिपञ्चमी स्नान (फोटो/भिडियो)

मङ्गलबार, २१ भदौ २०७३

भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी पर्व मंगलबार सप्तर्षिको पूजा गरी वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीले मनाउँदैछन्। ऋषिपञ्चमीका दिन बिहानै उठेर नारीहरु नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्छन् ।

चार घन्टाको यात्रा पाँच मिनेटमा

चार घन्टाको यात्रा पाँच मिनेटमा

मङ्गलबार, २१ भदौ २०७३

म्याग्दी बेग–६ स्थित बेगगाउँमा बाढीले बस्तीसँगै गाविसकै ९ वडा जोड्ने पक्की मोटरेबल पुल र झोलुङ्गे पुल बगाएपछि घुमाउरो बाटोको प्रयोग गरी गन्तव्यमा पुग्ने गरेका यात्रुलाई सोमबारदेखि सहज भएको छ ।

पूर्वमन्त्री गुप्ताले धम्काएकी महिला डिआइजी पत्नी हत्याकान्डकी आरोपी

पूर्वमन्त्री गुप्ताले धम्काएकी महिला डिआइजी पत्नी हत्याकान्डकी आरोपी

मङ्गलबार, २१ भदौ २०७३

पूर्वमन्त्री श्याम सुन्दर गुप्ताले अपहरण गर्ने धम्की दिएकी महिला गीता ढकाल हत्याकाण्डकी आरोपी भएको खुलेको छ। महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार श्रीमती हत्या आरोपमा कारागारमा रहेका सशस्त्रका बर्खास्त डिआइजी रन्जन कोइरालासँगै आरोपी रहेकी तारा रेग्मीलाई गुप्ताले धम्काएका हुन्।

बागमतीमा वधशालाको फोहर

बागमतीमा वधशालाको फोहर

मङ्गलबार, २१ भदौ २०७३

बागमतीलाई स्वच्छ र प्रदूषणमूक्त बनाउन सफाइ अभियान चलिरहे पनि विभिन्न टोल/बस्तीबाट बागमतीमा मिसाइने फोहर र ढलमा भने कुनै कमी आएको छैन। ठाउँठाउँमा रहेका धागो उद्योगबाट, बस्तीबाट ढल बागमती मिसाउने क्रम रोकिएको छैन भने पशु बधशालाहरूका सबै फोहर समेत सोझै बागमतीमा मिसाइने गरेको छ।

Ncell Footer Ad