मोटरबाटो हो कि बगर?

मोटरबाटो हो कि बगर?

मङ्गलबार, २८ भदौ २०७३

भक्तपुर, सूर्यविनायक नगरपालिकाको थुसाचाबाट ताथली जाने मोटरबाटो हिलाम्मे हुँदा स्थानीय हैरान भएका छन्। भक्तपुरको जगाती–च्याम्हासिंह मुख्य सडकको करिब बीचबाट पूर्वस्थित ताथली जाने मोटरबाटो हिलाम्मे हुँदा त्यस बाटोबाट हिँड्नुपर्ने यात्रु र स्थानीय हैरान भएका हुन्।

त्रिविलाई आइओएमको 'ग्रिन सिग्नल'

त्रिविलाई आइओएमको 'ग्रिन सिग्नल'

मङ्गलबार, २८ भदौ २०७३

नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिन त्रिभूवन विश्वविद्यालयले सुरु गरेको प्रक्रिया अघि बढाउन चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) ले सहज बनाइदिएको छ। आइओएम फ्याकल्टी बोर्डको सोमबारको बैठकले सम्बन्धन बन्द गर्ने तीन वर्षअघिको निर्णयविपरीत नयाँ प्रक्रिया थाल्न सक्ने गरी त्रिविलाई जवाफ दिने निर्णय गरेको छ।

कनकाईले बहाब परिवर्तन गर्दा ११ परिवार विस्थापित

कनकाईले बहाब परिवर्तन गर्दा ११ परिवार विस्थापित

सोमबार, २७ भदौ २०७३

झापा-लगातारको कटानले कनकाई नदी पश्चिमतिर मोडिँदा झापा शिवसताक्षी–८ का ११ घरपरिवार विस्थापित भएका छन्। कनकाईको कटानले अरु सयौं सर्वसाधारणको उठिबास हुने जोखिम उच्च रहेको बेला स्थानीयको सयौं विघा धानखेत कटानमा परिसकेको छ।

दुई नक्कली डाक्टर पक्राउ

दुई नक्कली डाक्टर पक्राउ

सोमबार, २७ भदौ २०७३

काठमाडौँ-प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगन्जले दुई नक्कली डाक्टरलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

मटिहानीमा एसएसवी र स्थानीयबीच झडप

मटिहानीमा एसएसवी र स्थानीयबीच झडप

सोमबार, २७ भदौ २०७३

महोत्तरी-सीमावर्ती बजार मटिहानीमा भारतीय एसएसवी र स्थानीयबीच सोमबार दिउँसो झडप हुँदा एक दर्जन भन्दा बढी स्थानीय घाईते भएका छन्।

‘मास हिस्टोरिय’ले पठन–पाठन प्रभाबित

‘मास हिस्टोरिय’ले पठन–पाठन प्रभाबित

सोमबार, २७ भदौ २०७३

खोटाङ- छात्रामा देखिएको ‘मास हिस्टोरिय’का कारण खोटाङको हौंचुरस्थित शारदा माबिको पठन–पाठन प्रभाबित भएको छ।

कक्षा १२ को ब्यवस्थापन,मानविकी र शिक्षा संकायको नतिजा प्रकाशन

कक्षा १२ को ब्यवस्थापन,मानविकी र शिक्षा संकायको नतिजा प्रकाशन

सोमबार, २७ भदौ २०७३

काठमाडौं–राष्ट्रिय परीक्षा बोर्डको परीक्षा संचालक समीतिको बैठकले सोमबार कक्षा १२ को ब्यवस्थापन,मानविकी र शिक्षा संकायको नतिजा प्रकाशन गरेको छ।

लुटेरा गिरोह पक्राउ

लुटेरा गिरोह पक्राउ

सोमबार, २७ भदौ २०७३

–बाटोमा गाडी रोकेर लुटपाट गर्ने गिरोहलाई प्रहरीले घटनाको ८ घण्टाभित्र पक्राउ गरेको छ। सात जना लुटेरामध्ये तीन जनालाई प्रहरीले पक्राउ गरेको छ भने बाँकी चार फरार छन्। सोमबार प्रहरीले पक्राउ परेकालाई सार्वजनिक गरेको छ।

वातावरण संरक्षाणमा एनसेलको सहकार्य

वातावरण संरक्षाणमा एनसेलको सहकार्य

सोमबार, २७ भदौ २०७३

मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले धनुषा क्षेत्रमा वृक्षारोपण तथा पर्यावरण संरक्षण र प्रवद्र्धन सम्बन्धी जनचेतनामुलक कार्यक्रम गरेको छ ।

रातिसँगै सुतेका पती खोलामा मृत भेटिए

रातिसँगै सुतेका पती खोलामा मृत भेटिए

सोमबार, २७ भदौ २०७३

राति एउटै घरमासँगै सुतेका पति विहान खोलाको बगरमा मृत फेला पर्दा पत्नीको मन कस्तो होला? कल्पना गर्न नसकिने यस्तै घटना रोल्पामा भएको छ। कोर्चाबाङ–५ निमृकी ३६ वर्षीय पूर्णकुमारी पुनमगरलेसँगै सुतेका पतिलाई विहान ओछ्याउनमा फेला पारिनन्। ब्यूझँदा ओछ्याउनमा पति नदेखेपछि खोजी गर्न थालिन्।

यो नदी होइन, राजधानीको सडक हो (फोटो/भिडियो)

यो नदी होइन, राजधानीको सडक हो (फोटो/भिडियो)

सोमबार, २७ भदौ २०७३

राजधानीमा आइतबारदेखि निरन्तर पानी परिहरेको छ। सामान्य पानी पर्दासमेत जलमग्न हुने राजधानीका सडक आइतबारदेखि परेको पानीपछि ‘पोखरी’मा परिणत भएका छन्। राजधानीका मुख्य रुपमा सहिदगेट, तीनकुने, पुलतीसडक, जमललगायतका सडकमा पानीको उचित निकास नहुँदा सर्वसाधारणले सास्ती खेप्दै आएका छन्।

बाढीका कारण पूर्व-पश्चिम राजमार्ग अवरुद्ध, नेताको गाडी डुब्यो

बाढीका कारण पूर्व-पश्चिम राजमार्ग अवरुद्ध, नेताको गाडी डुब्यो

सोमबार, २७ भदौ २०७३

तीन दिनदेखि भइरहेको अविरल वर्षापछि चुरे क्षेत्रबाट आएको बाढीले राैतहटकाे चन्द्रपुर नगरपालिका चाँदी खोला नजिकै पूर्व—पश्चिम राजमार्ग अवरुद्ध भएको छ।

‘नाका नखुल्दा’ मौलाउँदै तस्करी

‘नाका नखुल्दा’ मौलाउँदै तस्करी

सोमबार, २७ भदौ २०७३

कहिले वन्यजन्तुका अंग र कहिले हतियार तथा लागूऔषधसहित मानिस पक्राउ पर्ने गरेको जिल्लाको पूर्वी भारतीय सीमाबाट चोरी–तस्करी अत्यधिक भइरहेको छ। केही सातायता प्रहरीले दिनहुँजसो सीमावर्ती क्षेत्रमा भारतबाट भन्सार छलेर ल्याउँदै गरेको सामग्री बरामद गरिरहेको छ।

कर्णाली अस्पतालमा हाडजोर्नीको सफल प्रत्यारोपण

कर्णाली अस्पतालमा हाडजोर्नीको सफल प्रत्यारोपण

सोमबार, २७ भदौ २०७३

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पहिलो पटक हाडजोर्नीको सफल प्रत्यारोपण गरिएको छ। कालिकोट फोइमहादेव गाविस–७ का ६३ वर्षीया देवीकन्या पाण्डेको दाहिने हिपमा हाडजोर्नीको प्रत्यारोपण गरिएको चिकित्सकले बताएका छन्।

यौनधन्दा गराउने होटल सञ्चालक पक्राउ

यौनधन्दा गराउने होटल सञ्चालक पक्राउ

सोमबार, २७ भदौ २०७३

एक किशोरीलाई जबर्जस्ती भारतीय नागरिकसँग यौन सम्पर्कमा लगाउन खोज्ने इटहरी-१ का लुम्बिनी होटलका सञ्चालक रामजी खत्री आइतबार अबेर पक्राउ परेका छन् ।

१०० मा जिस्क्याउनेलाई कारबाही

१०० मा जिस्क्याउनेलाई कारबाही

सोमबार, २७ भदौ २०७३

तपार्इँ १०० नम्बरमा फोन गरेर गलत सूचना दिने वा फाल्तु कुरामा गफिने गर्नुहुन्छ भने सचेत हुनुहोला। तपाई पक्राउ पर्न सक्नुहुन्छ। प्रहरीसँग सम्पर्क गर्न तोकिएको १०० नम्बरमा अनावश्यक फोन आउने र गफिने प्रवृति बढ्दै गएपछि त्यसलाई रोक्न सो नम्बरमा हुने सबै कुराकानी स्वतः रेकर्डिङ हुने व्यवस्था मिलाइएको छ।

दशैंअघि फोहरबाट बिजुली

दशैंअघि फोहरबाट बिजुली

सोमबार, २७ भदौ २०७३

काठमाडौं महानगरपालिकाले दशैंअघि नै फोहरबाट बिजुली उत्पादन गर्ने भएको छ। गत साता भारतबाट बिजुली उत्पादन गर्ने मेशिन आइपुग्नासाथै प्राविधिक टोलीले जडान थालिसकेको छ। दुईवटै डाइजेस्ट प्लान्ट मेसिन जडान भइरहेको टेकुस्थित महानगरपालिकाको फोहर थुपार्ने ठाउँ (ट्रान्सपोर्ट एक्सन स्टेसन)बाटै बिजुली उत्पादन गरिने महानगरपालिकाले जनाएको छ।

परिवर्तका लागि युवा अभियान सुरु

परिवर्तका लागि युवा अभियान सुरु

सोमबार, २७ भदौ २०७३

लुम्बिनी अञ्चलमा सक्रिय युवाहरुले परिवर्तका लागि युवा नामक अभियान सुरुवात गरेका छन्। विभिन्न सामाजिक कार्यमा आबद्ध युवाहरुलाई एकिकृत गर्दै उक्त अभियानको थालनी गरिएको हो।

यौन दुराचार गर्न अमेरिकादेखि काठमाडौंसम्म

यौन दुराचार गर्न अमेरिकादेखि काठमाडौंसम्म

सोमबार, २७ भदौ २०७३

नब्बे दिनको पर्यटक भिषामा भदौ ७ मा नेपाल भित्रिएका अमेरिकी केनेथ जोसेफ कमबसले पहिलो सम्पर्क काठमाडौंका लुच्चे भन्ने बुद्ध पुतवारलाई गरे। उनको भ्रमणको मुख्य उद्देश्य पूरा गर्ने आधार लुच्चेबाहेक अन्य कोहीसँग थिएन। उमेरले ४८ पुगेका कमबस नेपाल आउनुको उद्देश्य बालकसँग यौन दुराचार गर्नु थियो।

भवन निर्माण संहिता अब देशभर

भवन निर्माण संहिता अब देशभर

सोमबार, २७ भदौ २०७३

सरकारले देशभर राष्ट्रिय भवन निर्माण आचार संहिता लागू गर्ने भएको छ। हालसम्म ५८ नगरपालिकामा मात्र लागू हुँदै आएको आचारसंहितालाई सरकारले देशभरमा लागू गर्ने निर्णय गरेको हो। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आचारसंहिता राजपत्रमा प्रकाशित गरेर देशभर लागू गर्ने निर्णय गरेको छ। अब देशका सबै २ सय १७ नगरपालिका र एक हजारभन्दा बढी घरधुरी भएका गाविसमा समेत अनिवार्य आचारसंहिता लागू हुनेछ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad