पहिरोले टहरो पुरिँदा दुई बालकको मृत्यु

पहिरोले टहरो पुरिँदा दुई बालकको मृत्यु

बुधबार, १५ असार २०७३

अविरल वर्षासँगै पहिरो जादाँ नुवाकोटको बुङताङ– ४ मा टहरा पुरिदाँ दुई बालककोे ज्यान गएको छ। भूकम्पपछि अस्थायी टहरामा बस्दै आएका मेघबहादुर तामाङको घर पुरिदाँ १३ वर्षका छोरा आइतराम तामाङ र ६ वर्षका आशिस तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

उमेर ६९, कक्षा १०

उमेर ६९, कक्षा १०

बुधबार, १५ असार २०७३

पोखरा-हुन त मेरो चाहना धेरै पढेर घुम्ने कुर्सिमा बसेर जागिर खाने होईन, तरपनि अहिले स्कुल पढ्दैछु,’ स्याङजा, फेदीखोलाका दुर्गा बिक, ६९, धेरैलाई यस्तै सुनाउँछन्।

चेली छाडेर मिर्गौला व्यापारमा

चेली छाडेर मिर्गौला व्यापारमा

बुधबार, १५ असार २०७३

झापा-कुनैबेला भारतीय यौन बजारमा नेपाली महिला पुर्याउने मानव तस्कर पछिल्लो समय मिर्गौला व्यापारमा पल्किएका छन्।

आज १५ असार, किसानलाई रोपाइँको चटारो

आज १५ असार, किसानलाई रोपाइँको चटारो

बुधबार, १५ असार २०७३

छोप्राक– ९ का सुरेश कुमाल मंगलवार भुसुण्डे खोलामा असिनपसिन हुँदै खेतमा आली लगाउँदै थिए । खोप्लाङ ६ का रेशमबहादुर बिक हिलाम्य भएर खेत सम्याएँदै थिए। कुमारी तामाङ ११ जना साथीसँग छुपुछुपु हिलोमा धानको बिउ रोपरिरहेकी थिइन्।

दुर्घटना गराउने भारतीय चालकमाथि मुद्दा

दुर्घटना गराउने भारतीय चालकमाथि मुद्दा

बुधबार, १५ असार २०७३

मादकपदार्थ सेवन गरी सवारी चलाएको भन्दै एकजना भारतीय नागरिकलाई मङ्गलबार सप्तरी प्रहरीले पक्राउ गरी सार्वजनिक मुद्दा चलाएको छ ।

नवदुर्गा गणको देहावसान

नवदुर्गा गणको देहावसान

बुधबार, १५ असार २०७३

भक्तपुर-जिवित देवता नवदुर्गा गणको देहावसानसँगै भक्तपुरको नवदुर्गा द्योछें (देवताघर)मा नवदुर्गा गणको पूजाआजा मंगलबारदेखि बन्द भएको छ।

अंग्रेजीको अड्को

अंग्रेजीको अड्को

बुधबार, १५ असार २०७३

काठमाडौं-समग्रमा उच्च ग्रेड ल्याएका विद्यार्थीलाई रुचिका विषय पढ्न अंग्रेजी विषय बाधक बन्ने देखिएको छ।

मलेसियामा फसेका २९ को उद्धार

मलेसियामा फसेका २९ को उद्धार

बुधबार, १५ असार २०७३

काठमाडौं– मलेसियाका विभिन्न घरफिर्ती केन्द्रमा रहेका २९ नेपालीलाई त्यहाँस्थित नेपाली दूतावासले उद्धार गरी स्वदेश फर्काएको छ।

मन्त्रालय र महाशाखाको दोहोरो अनुसन्धान

मन्त्रालय र महाशाखाको दोहोरो अनुसन्धान

बुधबार, १५ असार २०७३

काठमाडौं-अनुमतिप्राप्त म्यानपावर कम्पनीले पठाएभन्दा लगभग दोब्बर नेपाली व्यक्तिगत श्रमस्वीकृतिमा अफगानिस्तान पुगेको तथ्यमाथि सरकारले अनुसन्धान थालेको छ।

राजदूतावासको छाप नक्कली बनाउने मेनपावरका संचालक पक्राउ

राजदूतावासको छाप नक्कली बनाउने मेनपावरका संचालक पक्राउ

मङ्गलबार, १४ असार २०७३

काठमाडौं- कतार स्थित नेपाली राजदूतावासको छाप किर्ते गर्नेलाई प्रहरीले पक्राउ गरेको छ।

महावीर पुन र डा. भगवान कोइराला पुरस्कृत

महावीर पुन र डा. भगवान कोइराला पुरस्कृत

मङ्गलबार, १४ असार २०७३

काठमाडौं- कार्यक्रममा मदन भण्डारी फाउण्डेसनले सञ्चालन गरेको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ बाट ग्रामीण क्षेत्रमा सूचना प्रविधिको पहुँच पुर्याउउने महावीर पुन र स्वदेशमा जटिल मानिएको मुटुको शल्यक्रियाको थालनीकर्ता डा भगवान् कोइराला पुरस्तृकत भएका छन्।

परीक्षण गरेकै दिन भत्कियो सिक्टा नहर

परीक्षण गरेकै दिन भत्कियो सिक्टा नहर

मङ्गलबार, १४ असार २०७३

नेपालगन्ज-राष्ट्रिय गौरवको सिक्टा सिचाई आयोजनाको मुल नहर परीक्षण गरेकै दिन भत्किएको छ। दायाँ मुलनहर अन्तर्गत बाँके, महादेवपुरी–५ ढकेरीस्थित झिझरी खोला छेउको भाग मंगलबार भत्किएको हो।

ठक्करबाट दम्पतीको मृत्यु

ठक्करबाट दम्पतीको मृत्यु

मङ्गलबार, १४ असार २०७३

मोरङको विराटनगर–५ खार्जी चोकमा आज दिउँसो बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक दम्पतीको मृत्यु भएको छ ।

जागिर लगाइदिने भन्दै १० लाख ठगी गर्ने पक्राउ

जागिर लगाइदिने भन्दै १० लाख ठगी गर्ने पक्राउ

मङ्गलबार, १४ असार २०७३

काठमाडौं- विद्युत प्राधिकरणमा जागिर लगाइदिने भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

शिवनगरको सुन्दरता

शिवनगरको सुन्दरता

मङ्गलबार, १४ असार २०७३

कालिकोट-शिवनगरको पूर्वबाट तिला नदि बगिरहेको छ। अनि उत्तरतिरबाट पनि कर्णालीले सुशेली हालीरहेको छ। शिवनगर कर्णाली र तिला नदिको दोभानमा अवस्थित छ।

कक्षा ९ को पुस्तकमा कक्षा ८ कै पाठ

कक्षा ९ को पुस्तकमा कक्षा ८ कै पाठ

मङ्गलबार, १४ असार २०७३

भीमदत्तनगर—जनक शिक्षा सामग्री लिमिटेडले वितरण गरेको कक्षा ९ को नेपाली विषयको पाठ्यक्रममा त्रुटि भेटिएको छ। कञ्चनपुरको देखतभुली गाविसमा रहेको नन्द उच्च माविका विद्यार्थीलाई वितरण गरिएको कक्षा ९ को पाठ्यक्रमको छपाइमा त्रुटि भेटिएको नन्द उच्च माविका प्राचार्य शेरबहादुर भण्डारीले जानकारी दिए।

नुन र पेट्रोलियम खानी अध्ययन गर्न सरकारी टाेली मुस्ताङमा

नुन र पेट्रोलियम खानी अध्ययन गर्न सरकारी टाेली मुस्ताङमा

मङ्गलबार, १४ असार २०७३

मुस्ताङ—पेट्रोलियम पदार्थ र नुनखानीको अध्ययन गर्न सरकारी टोली मुस्ताङ पुगेको छ। उद्योगमन्त्री सोमप्रसाद पाण्डेको नेतृत्वमा खानी तथा भूगर्भ विभाग, घरेलु तथा साना उद्योग र प्राविधिकसहित २२ जनाको टोली सोमबार मुस्ताङ आइपुगेको हो।

मुग्लिनमा पहिरोले थिच्दा कार कच्याककुचुक, सवाधानी अपनाउँदा यात्रु जोगिए

मुग्लिनमा पहिरोले थिच्दा कार कच्याककुचुक, सवाधानी अपनाउँदा यात्रु जोगिए

मङ्गलबार, १४ असार २०७३

लामो समय जाम हुने नारायणगढ मुग्लिन सडक खण्डाको यात्रा असुरक्षित पनि हुन थालेको छ। सोमबार मध्यरातमा भएको घटनाले सो सडकमा यात्रा गर्दा ज्यानै जोखिममा पर्ने खतरा बढेर गएको छ।

ससुराली घरमा पेस्तोल राख्ने पक्राउ

ससुराली घरमा पेस्तोल राख्ने पक्राउ

मङ्गलबार, १४ असार २०७३

सुर्खेत—भेरीगङ्गा नगरपालिका–३ स्थित ससुराली बस्दै आएका रुकुम घेत्मा–४ घर भएका ४१ बर्षीय  तुलाराम थापालाई प्रहरीले १ थान कटुवा पेस्तोल र फ्युज जडान गरेको २ थान डेटोनेटरसहित पक्राउ गरेको छ।

कुख्यात गैंडा सिकारी राजकुमार चेपाङलाई  १५ वर्ष कैद

कुख्यात गैंडा सिकारी राजकुमार चेपाङलाई १५ वर्ष कैद

मङ्गलबार, १४ असार २०७३

दुर्लभ वन्यजन्तु एक सिंगेका गैंडाको अवैध सिकारमा संलग्न कुख्यात अपराधी राजकुमार चेपाङलाई चितवन जिल्ला अदालतले पनि १५ वर्ष कैद सजाय गरेको छ। जिल्ला न्यायाधीश टेकनारायण कुँवरको इजलासले चेपाङलाई सोमबार उक्त सजाय सुनाएकाे हाे।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।