स्कुटर र स्कार्पियो ठोक्किँदा एकै परिवारका तीन जनाको मृत्यु

स्कुटर र स्कार्पियो ठोक्किँदा एकै परिवारका तीन जनाको मृत्यु

सवारी दुर्घटनामा परी एकै परिवारका तीन जनाको मृत्यु भएको छ। मृत्युहुनेमा दोलखा सैलुङ गाउँपालिका–७ का ३५ वर्षीय सोनाम लामा, उनकी श्रीमती...

बालिकालाई गर्भवती बनाएको अभियोगमा पक्राउ

बालिकालाई गर्भवती बनाएको अभियोगमा पक्राउ

जिल्ला प्रहरी कार्यालय भोजपुरले बालिकालाई करणी गरी गर्भवती बनाएको आरोपमा एक युवकलाई पक्राउ गरेको छ। प्रहरीले भोजपुर नगरपालिका १२ बाट १६...

बोलेरो जीप र मोटरसाइकल ठोक्किँदा दुई घाइते

बोलेरो जीप र मोटरसाइकल ठोक्किँदा दुई घाइते

बोलेरो जीप र मोटरसाइकल ठोक्किँदा उदयपुरका दुई घाइते भएका छन्। सोमबार धरानबाट यात्रु लिएर खोटाङ जाँदै गरेको ना १ ज...

सशस्त्र प्रहरीले दशैंमा निःशुल्क बस चलाउने

सशस्त्र प्रहरीले दशैंमा निःशुल्क बस चलाउने

सशस्त्र प्रहरी बल नेपालद्वारा दशैंको अवसरमा काठमाडौं उपत्यकामा ४ वटा बस निःशुल्क रुपमा सञ्चालन गर्ने भएको छ। दशैंको बेला सार्वजनिक...

दशैँमा प्रहरीको निःशुल्क बस सेवा, कुन कुन रूटमा चल्छ ?

दशैँमा प्रहरीको निःशुल्क बस सेवा, कुन कुन रूटमा चल्छ ?

सोमबार, २९ असोज २०७५

नेपाल प्रहरीले दशैँका अवसरमा काठमाडाैं उपत्यकाका विभिन्न तीन रुटमा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ। नागरिकको सहजताका लागि यही असोज ३१, आगामी कात्तिक १ र २ गते निःशुल्क बस सेवा सञ्चालन गर्न लागिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रहरी प्रधान कार्यालय नक्साललाई केन्द्रबिन्दु बनाएर ती रुटमा बस सञ्चालित हुनेछन्।

नारायणहिटी संग्रहालयमा अब सर्वसाधारणले श्रीपेच हेर्न पाउने (फाेटाे/भिडियो)

सोमबार, २९ असोज २०७५

राजतन्त्रको प्रतिककोरुपमा रहेको श्रीपेच सार्वजनिक भएको छ। नारायणहिटी राजदरबार संग्राहलय सर्वसाधारणको लागि खुला गरिए पनि श्रीपेच सार्वजनिक गरिएको थिएन। सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले एक समारोहकाबीच श्रीपेच सार्वजनिक गरेका हुन्। अब नारायणहिटी दरबारमा सर्वसाधारणले श्रीपेचको अवलोकन गर्न सक्ने छन्। श्रीपेचलाई बुलेट प्रुफ सिसामा रानीको मुकुट, राजदण्ड सहित राखिएको छ।

चितुवाको छालासहित ३ जना पक्राउ

चितुवाको छालासहित ३ जना पक्राउ

सोमबार, २९ असोज २०७५

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले चितुवाको छालासहित सोमबार तीन जनालाई कोटेश्वरबाट पक्राउ गरेको छ।

स्क्रब टाइफस रोगको संक्रमण बढ्दै

स्क्रब टाइफस रोगको संक्रमण बढ्दै

सोमबार, २९ असोज २०७५

पछिल्लो समय स्क्रब टाइफस रोगको संक्रमण बढ्दै गएको छ। करिब तीन साता पहिले अजयमेरु गाउँपालिकाको वडा नं.४ मा पहिलो पटक देखिएको स्क्रब टाइफस रोग वडा नं.१ र ५ सँगै नवदुर्गा गाउँपालिकामा पनि यो रोग देखा परेको छ।

संस्थानको गोदाम भरिभराउ, गाउँका डिपो खाली

संस्थानको गोदाम भरिभराउ, गाउँका डिपो खाली

सोमबार, २९ असोज २०७५

दसैं तिहारको अवधिभर जुम्लास्थित खाद्य संस्थानको गोदाममा चामल भरिभराउ भएपनि गाउँका गोदाम खाली नै छन्। जुम्लाको धापा र जुम्लाकोट डिपोमा संस्थानको चामल छैन।

करबाकेलीमा होमस्टे तालिम

करबाकेलीमा होमस्टे तालिम

सोमबार, २९ असोज २०७५

म्याग्दीमा एक्सप्लोर गरिएको नयाँ पदमार्ग ‘करबाकेली इको ट्रेक’ प्रवर्द्धन एवं स्थानीयको क्षमता अभिबृद्धि गर्न होमस्टे व्यवस्थापन तालिम आयोजना गरिएको छ। म्याग्दी भ्रमण वर्ष २०७५को अबसरमा शुभारम्भ गरिएको ‘करबाकेली इको ट्रेक’का होमस्टे र होटल सञ्चालकसमेत गरी ४० जना तालिममा सहभागी भएका थिए।

दसैंमा यसरी गर्नुस् स्वास्थ्य सुरक्षा ( भिडियो अन्तर्वार्ता)

सोमबार, २९ असोज २०७५

सामान्यतया दसैंमा अरु समय भन्दा खानेकुरा बढी नै खाने चलन छ। पर्वको समयमा चिल्लो र मसलेदार परिकारको मात्रा बढी हुने गर्छ। पर्वको समयमा खानेकुरामा ध्यान नदिँदा विरामी पर्ने सम्भावना पनि उत्तिकै हुन्छ। जनस्वास्थ्य विज्ञ डा. अरुणा उप्रेती चार इन्चको जिब्रोले ५/६ फिट ठूलो शरीरलाई 'कन्ट्रोल' गर्नबाट बचाउनु पर्ने बताउँछिन्।

जमराको जुसप्रति सर्वसाधारणको आकर्षण

जमराको जुसप्रति सर्वसाधारणको आकर्षण

सोमबार, २९ असोज २०७५

सामान्यतया जमारा भन्ने वित्तिकै हिन्दुहरूको महान चाड विजया दशमीका दिन कानमा सिउरीनका लागि घटस्थापनाका दिन हरेक घर–घरमा राखिन्छ। अनि विजया दशमीदेखि कोजाग्रत पूर्णिमासम्म निधारमा टिका लगाएसँगै कानमा जमारा सिउरीनु सदियौंदेखिको प्रचलन हो।

जुम्लामा चङ्गा महोत्सव

जुम्लामा चङ्गा महोत्सव

सोमबार, २९ असोज २०७५

हिन्दु नेपालीहरूको महान पर्ब दसैं तिहारलाई मध्यनजर गर्दै जुम्लामा चङ्गा महोत्सवको आयोजना गरिएको छ। वर्ष दिनमा एक पटक आउने यो पर्वमा जुम्लामा चङ्गा महोत्सवको आयोजना गरिएको हो।

द्वन्द्वपीडित बालबालिकालाई दसैंमा नयाँ लुगा र खसी उपहार

द्वन्द्वपीडित बालबालिकालाई दसैंमा नयाँ लुगा र खसी उपहार

सोमबार, २९ असोज २०७५

महान चाड वडादसैंमा लगाउने नयाँ लुगा र मासु खानका लागि खसी पाएपछि द्वन्द्वपीडित बालबालिका हर्षित भएका छन्। हरिवन घुर्कौलीस्थित चेतना सन्देश नेपालद्वारा सञ्चालित द्वन्द्वपीडित बालगृहमा आश्रीत बालबालिकालाई सोमबार त्यस्तो अवसर जुरेको हो।

एकै परिवारका ४ जनामा हात्तीपाइले, छाक टार्न मुस्किल

एकै परिवारका ४ जनामा हात्तीपाइले, छाक टार्न मुस्किल

सोमबार, २९ असोज २०७५

डडेल्धुराका गन्यापधुरा गाउँपालिका १ जर्मनागाउँका बनबहादुर महतालाई हात्तीपाइले रोग लागेको ३५ वर्ष भयो। उनी मात्रै होइन पछिल्लो समय उनका परिवारका अन्य तीन जनालाई पनि हात्तीपाइले रोग लागेपछि उपचार अभावले घरमै थलिएका छन्।

रातो र पोलेको मासु नखान क्यान्सर विज्ञको सुझाव

रातो र पोलेको मासु नखान क्यान्सर विज्ञको सुझाव

सोमबार, २९ असोज २०७५

नेपालीको महानपर्व बडादसैंमा आवश्यकताभन्दा निकै धेरै मासु उपभोग हुने गर्दछ। पर्वका नाममा धेरै मासु खाँदा मानिसको स्वास्थ्यमा सामान्यदेखि जटिल खालका रोगको जोखिम हुनसक्ने विज्ञहरुले बताएका छन्। मासुसँगै मदिरा र सुर्तीजन्य पदार्थ सेवनले मानव स्वास्थ्यमा गम्भीर असर पर्नसक्छ।

बलात्कृत बालिकाको उपचारका लागि आर्थिक सहयोग

बलात्कृत बालिकाको उपचारका लागि आर्थिक सहयोग

सोमबार, २९ असोज २०७५

गत भदौ ५ गते बलात्कृत भएकी साढे ६ वर्षीय एक बालिकाको उपचारका लागि सहयोग रकम जुटेको छ। आर्थिक अवस्थाले कमजोर उनको उपचारमा खर्च अभाव भएको समाचार प्रकाशित भएपछि सहयोग संकलन गरी हस्तान्तरण गरिएको हो।

९० वटा स्वास्थ्य संस्थालाई निःशुल्क नेबुलाइजर

९० वटा स्वास्थ्य संस्थालाई निःशुल्क नेबुलाइजर

सोमबार, २९ असोज २०७५

चिकित्सक र औषधी उपकरण नहुदाँ जिल्लाका धेरै स्वास्थ्यसंस्थाहरू आफैं थला परेका छन्। सदरमुकाममै रहेको जिल्ला अस्पताल पनि औषधी उपकरण तथा चिकित्सक नहुदाँ बिजोगम परेको छ।

दुर्घटनामा एकको मृत्यु

दुर्घटनामा एकको मृत्यु

सोमबार, २९ असोज २०७५

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको विनयीत्रिवेणी गाउँपालिकामा ट्रक दुर्घटना हुँदा आज बिहान एकजनाको मृत्यु भएको छ।

दसैंमा कर्मचारीले पाएनन् तलब

दसैंमा कर्मचारीले पाएनन् तलब

सोमबार, २९ असोज २०७५

रोल्पाका जनप्रतिनिधिको बैङ्क खातामा दसैं मान्ने गरी तलब गएपनि कतिपय निजामती कर्मचारीहरू यसपालीको दसैंमा बेखर्ची भएका छन्। प्रदेश सरकार अन्तर्गतका विभिन्न कार्यालयका दर्जनौ कर्मचारीहरू खाली हात दसैं मनाउन घरतिर लागेका छन्।