६ अर्ब लगानी र लाख पर्यटक भित्र्याउने लक्ष्य

६ अर्ब लगानी र लाख पर्यटक भित्र्याउने लक्ष्य

मङ्गलबार, २१ असार २०७३

सुर्खेत लगानी वर्ष–२०७३ को अवसर पारेर जिल्लामा ६ अर्बको लगानी र १ लाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने महत्वाकांक्षी लक्ष्य सार्वजनिक भएको छ। स्थानीय सार्वजनिक–निजी–सहकारी परामर्श मञ्चको आयोजनामा हुन लागेको सुर्खेत लगानी वर्षमा १ हजार बिघाको औद्योगिक क्षेत्र शिलान्यासदेखि बहुचर्चित चौकुने सिमेन्ट उद्योग सञ्चालनसम्मका योजना छन्।

वापकोसको म्याद चार महिना थपियो

वापकोसको म्याद चार महिना थपियो

मङ्गलबार, २१ असार २०७३

भारतको वापकोस लिमिटेडले पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको 'विस्तृत आयोजना प्रतिवेदन (डिपिआर)' तोकिएको समयमा तयार नगरेपछि चार महिना समय थपिएको छ। डिपिआरमा विज्ञको सुझाव समेट्नुपर्ने भन्दै 'पञ्चेश्वर विकास प्राधिकरण (पिडिए)' ले समय थपेको हो।

चीनबाट इन्धन ल्याउने प्रस्ताव परराष्ट्रमा

चीनबाट इन्धन ल्याउने प्रस्ताव परराष्ट्रमा

मङ्गलबार, २१ असार २०७३

चीनबाट पेट्रोल ल्याउने प्रस्ताव परराष्ट्र मन्त्रालय पुगेको छ। आपूर्तिमन्त्री गणेशमान पुनका अनुसार आपूर्ति मन्त्रालयले कार्यदल गठन गरी चीनबाट पेट्रोलियम पदार्थ आपूर्ति गर्नेसम्बन्धी प्रतिवेदन परराष्ट्र मन्त्रालयमा पठाएको छ।

विद्युत महसुल वृद्धि अर्थतन्त्रका लागि प्रतिकूल

विद्युत महसुल वृद्धि अर्थतन्त्रका लागि प्रतिकूल

मङ्गलबार, २१ असार २०७३

निजी क्षेत्रले साउन १ गतेदेखि बढाउने भनेको विद्युत महसुलले अर्थतन्त्रलाई झन् अप्ठेरोमा पार्ने बताएको छ। विद्युत महसुल निर्धारण आयोगले साउन १ गतेदेखि लागू हुने गरी मौजुदा विद्युत महसुल औसत १९ प्रतिशतले वृद्धि गरेको छ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल महिनाभित्रै निर्माण सुरु हुने

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल महिनाभित्रै निर्माण सुरु हुने

मङ्गलबार, २१ असार २०७३

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले विश्वकै फराकिलो निजगढ विमानस्थलको निर्माण कार्य साउन महिनाभित्रै सुरु हुने दाबी गरेका छन्।

लघुवित्तको चुक्ता पुँजी डेढ दुई गुणा बढाउन सुझाव

लघुवित्तको चुक्ता पुँजी डेढ दुई गुणा बढाउन सुझाव

मङ्गलबार, २१ असार २०७३

लघुवित्तको चुक्ता पुँजी हालको तुलनामा साढे २ गुणा पुर्‍याउन सुझाव दिइएको छ। लघुवित्त कम्पनीहरुलाई चुक्ता पुँजी धेरै बढाउँदा अप्ठेरो हुने भएकाले साढे २ गुणामात्र पुर्‍याउन सुझाव दिइएको हो।

अरुण तेस्रो जलविद्युत अायाेजनाका लागि जग्गा प्राप्ति प्रक्रिया सुरु

अरुण तेस्रो जलविद्युत अायाेजनाका लागि जग्गा प्राप्ति प्रक्रिया सुरु

सोमबार, २० असार २०७३

काठमाडौँ– सरोकार निकायको चर्को दबाबपछि अरुण तेस्रो जलविद्युत् आयोजनाले केही दिनभित्रै आवश्यक निजी जग्गा प्राप्त गर्ने भएको छ। सङ्खुवासभा जिल्ला प्रशासन कार्यालयले आज आयोजना प्रभावित क्षेत्रका चार गाविसको निजी जग्गाका किनबेच गर्न नपाउने र मुआब्जा वितरणका लागि आवश्यक प्रक्रिया सुरु गरेपछि जग्गा प्राप्तिको विषय अगाडि बढेको हो।

सेयर बजार साेमबार पनि अाेरालै, २ अंकले घट्याे

सेयर बजार साेमबार पनि अाेरालै, २ अंकले घट्याे

सोमबार, २० असार २०७३

काठमाडौँ– सेयर बजार ओरालो लाग्ने क्रम साेमबार पनि जारी रह्यो। नेपाल स्टक एक्चेन्जका अनुसार सेयर बजार आज दुई अङ्कले घटेर एक हजार ७१७ बिन्दुमा कायम रहेको छ। आइतबारबाटै घट्ने क्रम सुरु भएको सेयर बजार एक हजार ७१९ बिन्दुमा कायम रहेको थियो।

सेनाद्वारा विपद् व्यवस्थापनका लागि ७ अर्ब माग

सेनाद्वारा विपद् व्यवस्थापनका लागि ७ अर्ब माग

सोमबार, २० असार २०७३

काठमाडौँ– नेपाली सेनाले विपद् व्यवस्थापनको क्षमता अभिवृद्धि गर्न रु. ७ अर्ब बजेट माग गरेको छ। सो मागमध्ये सेनालाई रु तीन अर्ब र अर्को रु तीन करोड नियमित बजेटबाट विपद् व्यवस्थापन कार्यका लागि निकासा भएको छ ।

पूर्वाञ्चलमा २२ प्रतिशत रोपाइँ

पूर्वाञ्चलमा २२ प्रतिशत रोपाइँ

सोमबार, २० असार २०७३

विराटनगर– पूर्वाञ्चलमा असारको तेस्रो सातासम्ममा २२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। गत वर्ष उक्त अवधिमा २० प्रतिशत रोपाइँ मात्र सम्पन्न भएको थियो। यस वर्ष समयमै वर्षाका साथै कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ लिमिटेडले पर्याप्त मलको व्यवस्था गरेकाले रोपाइँमा वृद्धि भएको हो।

फेरि पेट्रोल पम्पमा लाइन

फेरि पेट्रोल पम्पमा लाइन

सोमबार, २० असार २०७३

काठमाडौं-पेट्रोलियम पदार्थ आपूर्तिमा एकाधिकार पाएको नेपाल आयल निगमले भण्डारण र वितरण व्यवस्थित बनाउन नसक्दा आइतबार फेरि काठमाडौंका पेट्रोल पम्पमा उपभोक्ताको लाम देखिएको छ।

बन्द, हडताल गर्न नपाइने प्रावधान राख्न पुनः माग

बन्द, हडताल गर्न नपाइने प्रावधान राख्न पुनः माग

सोमबार, २० असार २०७३

काठमाडौं-राजनीतिक दलकै विरोधका कारण विशेष आर्थिक क्षेत्र (सेज) ऐनको मस्यौदाबाट हटाइएको बन्द हडताल गर्न नपाइने प्रावधान पुनः राख्न संशोधन प्रस्ताव पेस भएको छ।

सेयर कारोबार समय बढाउन गृहकार्य

सेयर कारोबार समय बढाउन गृहकार्य

सोमबार, २० असार २०७३

काठमाडौं-पछिल्ला महिनामा लगानीकर्ताको अकर्षण सेयर बजारमा बढेसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सेयर कारोबारको समय बढाउने विषयमा विचारविमर्श गर्न थालेको छ।

आन्तरिक हवाई भाडा घट्यो

आन्तरिक हवाई भाडा घट्यो

सोमबार, २० असार २०७३

काठमाडौं- निजी क्षेत्रका आन्तरिक वायुसेवा कम्पनीहरूले हवाई भाडा घटाउने निर्णय गरेका छन् । घटेको भाडामा यात्रुले सोमबार (असार २०) बाट उडान गर्न पाउनेछन्।

लघुवित्तको ब्याज सहकारीभन्दा चर्को

लघुवित्तको ब्याज सहकारीभन्दा चर्को

सोमबार, २० असार २०७३

काठमाडौं-गरिबका लागि खोलिएका भनिएका लघुवित्तको ब्याजदर सहकारीको भन्दा बढी हुने गरेको पाइएको छ।

पञ्चेश्वर टार्दै भारत

पञ्चेश्वर टार्दै भारत

सोमबार, २० असार २०७३

काठमाडौं-पञ्चेश्वर विकास प्राधिकरण (पिडिए) को गभर्निङ बडी बैठक छल्न अनेकौं बहाना देखाउँदै आएको भारतीय पक्षले यसपालि पनि पुरानै प्रवृत्ति दोहोर्याएको छ।

'वर्षात् सडक कालोपत्र र टाल्नेलाई कारबाही हुन्छ'

'वर्षात् सडक कालोपत्र र टाल्नेलाई कारबाही हुन्छ'

आइतबार, १९ असार २०७३

काठमाडौँ– बजेट सिध्याउने उद्देश्यले असार, साउन र भदौ महिनामा सडक कालोपत्र एवम् खाल्डाखुल्डी टाल्ने (प्याच वर्क) लाई कारबाही हुने भएको छ।

चार अङ्कले सेयर बजार ओरालो

चार अङ्कले सेयर बजार ओरालो

आइतबार, १९ असार २०७३

काठमाडौँ– सेयर बजार आइतबार ४ अङ्कले घटेर १ हजार ७ सय १९ बिन्दुमा झरेकाे छ। अघिल्लो साता ३८ अङ्कले बढेको सेयर बजार आज बजार खुलेको पहिलो दिनमै चार अङ्कले घटेको हो।

हाइड्रोपावरमा शेयर लगानी गर्न युनिभर्सल कम्पनीको आह्वान

हाइड्रोपावरमा शेयर लगानी गर्न युनिभर्सल कम्पनीको आह्वान

आइतबार, १९ असार २०७३

पाल्पा– युनिभर्सल पावर कम्पनीले पाल्पा र रुपन्देहीका सर्वसाधारणलाई कम्पनीले निर्माण गर्न लागेको जलविद्युत् आयोजनामा शेयर लगानी गर्न आह्वान गरेको छ। कम्पनीले एक कार्यक्रमको आयोजना गरी दुई जिल्लाका उद्योगी, व्यावसायी, प्राध्यापक, संघसंस्थाका प्रतिनिधिहरुलाई कम्पनीको शेयरबिक्री खुला रहेको जानकारी दिएको छ।

आन्तरिक हवाई भाडा घट्यो

आन्तरिक हवाई भाडा घट्यो

आइतबार, १९ असार २०७३

निजी क्षेत्रका आन्तरिक वायुसेवा कम्पनीहरूले हवाई भाडा घटाउने निर्णय गरेका छन् । वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघको आइतबार बसेको बैठकले हवाई भाडा न्यूनतम १ सय १५ रुपैयाँदेखि अधिकतम ३ सय ८५ रुपैयाँ घटाउने निर्णय गरेको हो ।

Ncell Footer Ad