प्रदेश २ : लगानी र रोजगारी बढाउन साझेदारी

प्रदेश २ : लगानी र रोजगारी बढाउन साझेदारी

शनिबार, २८ बैशाख २०७६

प्रदेश २ मा लगानी भित्र्याउन र रोजगारीको सृजना गर्नका लागि प्रदेश सरकारले निजी क्षेत्र, वितीय संस्था र सेवाप्रदायक ‘एजेन्सी’हरुसंग साझेदारी गर्न लागेको छ। यसको लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले वीरगन्जमा आयोजनाको गरेको दुई दिने कार्यशालामा शनिवार सम्पन्न भएको छ।

सामाजिक न्याय र उच्च आर्थिक वृद्धिमा बजेट केन्द्रित

सामाजिक न्याय र उच्च आर्थिक वृद्धिमा बजेट केन्द्रित

शुक्रबार, २७ बैशाख २०७६

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष ०७६/७७ को बजेट सामाजिक न्याय र उच्च आर्थिक वृद्धिउन्मुख हुने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा शुक्रबार बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री डा.खतिवडाले बजेट गरिबी निवारण सहितको समाजवाद उन्मुख बताए।

२०७६/७७ बजेट : निजी क्षेत्रलाई विशेष महत्व

शुक्रबार, २७ बैशाख २०७६

सरकारले आगामी बजेटमा निजी क्षेत्रलाई आर्थिक वृद्धिको संवाहक शक्तिको चित्रित गरेको छ। अर्थतन्त्र बुझेको "डाक्टर" सरकारले पाए पनि निजी क्षेत्रका बिरामहरु निदान हुन नसकेको गुनासा बढिरहेका बेला अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/०७७ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संसदमा पेश गर्दै निजी क्षेत्रलाई विशेष महत्व दिएका छन्।

च्याम्पीयन अब नेपालमा

च्याम्पीयन अब नेपालमा

शुक्रबार, २७ बैशाख २०७६

आरपी ग्रुपले विश्वप्रसिद्ध अमेरिकन स्पोर्ट ब्रान्ड च्याम्पियन नेपाल भिœयाएको छ। उक्त ब्रान्डद्वारा उत्पादित स्पोर्टवेयरहरु विश्वभरि नै अत्यधिक रुचाइएको ब्रान्ड हो। यो ब्रान्ड स्पोर्टवेयर उत्पादन गर्ने कम्पनीमध्ये सबैभन्दा अब्बल मानिने कम्पनीको दाबी छ।

कोकाकोला १३३ वर्षमा

कोकाकोला १३३ वर्षमा

शुक्रबार, २७ बैशाख २०७६

कोकाकोला १३३ वर्षमा प्रवेश गरेको छ। ८ मे १८८६ मा यसको उत्पादन सुरु भएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ। एटलान्टाका फार्मासिस्ट जोन एस पेम्बर्टनको उत्सुकता र नेतृत्वमा हल्का पेय पदार्थको रुपमा यसको उत्पादन सुरु भएको थियो।

वृन्दावन नगरपालिकामा लक्ष्मी लघुवित्त

वृन्दावन नगरपालिकामा लक्ष्मी लघुवित्त

शुक्रबार, २७ बैशाख २०७६

लक्ष्मी बैंक लिमिटेडको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्थाले रौतहट जिल्लाको वृन्दावन नगरपालिकाको हर्षाहमा ६५औं शाखा सञ्चालनमा ल्याएको छ।

सनराइज बैंकको सहयोग

सनराइज बैंकको सहयोग

शुक्रबार, २७ बैशाख २०७६

सनराइज बैंक लिमिटेडले सडक तथा असहाय व्यक्तिको संरक्षण र सहायताका निम्ति काम गर्दै आएको गैरसरकारी संस्था नवजीवन परोपकार समाजलाई दुई लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। बैंकको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा उक्त सहयोग प्रदान गरेको बैंकले जनाएको छ।

सिद्धार्थ बैंकका शाखा थपिए

सिद्धार्थ बैंकका शाखा थपिए

शुक्रबार, २७ बैशाख २०७६

सिद्घार्थ बैंकले बिहीबार ललितपुरको इमाडोल, गोंगबुको गणेशथान र कैलालीको लम्कीमा शाखा खोलेको छ। इमाडोल शाखाको उद्घाटन महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ, गणेशथान शाखाको उद्घाटन टोखा नगरपालिकाका उपमेयर श्रीमती ज्ञानमाया डंगोल र लम्की शाखाको उद्घाटन लम्की चुहा नगरपालिकाका मेयर महादेव बजगार्इंले गरेको बैंकले जनाएको छ।

आँधिखोलामा एनआइसी एसिया बैंक

आँधिखोलामा एनआइसी एसिया बैंक

शुक्रबार, २७ बैशाख २०७६

ग्रामीण, दुर्गम र सहरी क्षेत्रमा आफ्नो उपस्थिति बलियो बनाउँदै जाने क्रममा एनआइसी एसिया बैंकले स्याङजाको आँधिखोला गाउँपालिकामा नयाँ शाखा खोलेको छ। आँधिखोला गाउँपालिका वडा नं ५, कृषिस्थित उक्त शाखाको उद्घाटन सोही गाउँपालिकाका प्रमुख सुधिरकुमार पौड्यालले बिहीबार गरेको बैंकले जनाएको छ।

कलैयामा ई–अल्फाको सोरुम

कलैयामा ई–अल्फाको सोरुम

शुक्रबार, २७ बैशाख २०७६

नेपालका लागि महिन्द्रा टु ह्विलर्सको आधिकारिक बिक्रेता अग्नि मोटो इन्कले शून्य उत्सर्जन गर्ने नयाँ विद्युतीय सवारी ई–अल्फाको सोरुम बाराको कलैयामा सुरु गरेको छ। कम्पनीले ओम राइराम मोटर्सलाई आधिकारिक डिलर नियुक्त गरी सोरुम खोलेको जनाएको छ।

कुमारी बैंकको १७औं र १८औं सभा सम्पन्न

कुमारी बैंकको १७औं र १८औं सभा सम्पन्न

शुक्रबार, २७ बैशाख २०७६

कुमारी बैंक लिमिटेडको १७औं र १८औं वार्षिक साधारणसभा बैंकका बिहीबार सम्पन्न भएको छ। अध्यक्ष सन्तोषकुमार लामाको अध्यक्षतामा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सम्पन्न उक्त साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७३–०७४ र २०७४–०७५ को आर्थिक विवरण, वासलात, नाफा–नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा–नोक्सान बाँडफाँट हिसाब, पुँजीमा भएको परिवर्तन लगायत वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको बैंकले जनाएको छ।

गण्डकी स्मार्ट सञ्चालनमा

गण्डकी स्मार्ट सञ्चालनमा

शुक्रबार, २७ बैशाख २०७६

गण्डकी विकास बैंक लिमिटेडले विभिन्न अत्याधुनिक सुविधा सहितको गण्डकी स्मार्ट सेवा सञ्चालनमा ल्याएको छ। स्मार्ट मोबाइलबाट चलाउन सकिने उक्त सेवाभित्र पछिल्लो समयमा प्रयोगमा रहेको मोबाइल बैंकिङका साथै इन्टरनेट बैंकिङ र भुक्तानी प्रणालीका विशेषताहरु समेत समेटिएको बताइएको छ।

चितवनको जितमा बोबो नायक

चितवनको जितमा बोबो नायक

शुक्रबार, २७ बैशाख २०७६

पेड्गा बोबोको ह्याट्रिकमा नुवाकोट ११ लाई ४–० ले परजित गर्दै चितवन ११ बिहीबार नारायणगढको क्याम्पाचौरमा जारी पहिलो सिएमएस भरतपुर गोल्डकपको अघिल्लो चरणमा प्रवेश गरेको छ। घरेलु मैदानमा प्रतिस्पर्धामा उत्रिएको घरेलु टोली चितवन ११ बिहीबार बलियो देखियो।

दिक्तेलमा करदाता सेवा कार्यालय

दिक्तेलमा करदाता सेवा कार्यालय

शुक्रबार, २७ बैशाख २०७६

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेलमा सोमबार करदाता सेवा कार्यालय उद्घाटन गरिएको छ। चैत २८ गतेदेखि सेवा परीक्षण भएको करदाता सेवा कार्यालयको प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले उद्घाटन गरेका हुन्।

चीनमा नेपाल पर्यटन प्रवर्द्धन

चीनमा नेपाल पर्यटन प्रवर्द्धन

शुक्रबार, २७ बैशाख २०७६

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी चीनमा नेपाली पर्यटन प्रवद्र्धन सुरु गरिएको छ। नेपाल पर्यटन बोर्ड र चीनका लागि नेपाली दूतावासले संयुक्त रुपमा चीनका विभिन्न सहरमा नेपाली पर्यटन प्रवद्र्धन कार्यक्रम सुरु गरेका छन्। नेपाल पर्यटन बोर्ड र चीनका लागि नेपाली दूतावासले आयोजना गरेको कार्यक्रमको स्थानीय प्रवद्र्धन कार्य मकाउ पर्यटन पत्रिका लक्स टुरिजमले गर्ने भएको छ।

३० ठाउँमा केबलकार बनाउने प्रस्ताव

३० ठाउँमा केबलकार बनाउने प्रस्ताव

शुक्रबार, २७ बैशाख २०७६

गण्डकी प्रदेशका विभिन्न जिल्लाका ३० ठाउँमा केबलकार बनाउन अनुमति माग्दै आवेदन परेको छ। केबलकार बनाउने प्रस्तावसहितका आवेदन धमाधम पर्न थालेपछि गण्डकी प्रदेश सरकारले प्रस्तावित योजना सही भए नभएको बुझ्न अध्ययन थालेको छ। त्यसका लागि निजी कम्पनीलाई अध्ययनको जिम्मा दिएको छ।

प्रदेश कार्यविधि मिचेर ठेक्का

प्रदेश कार्यविधि मिचेर ठेक्का

शुक्रबार, २७ बैशाख २०७६

प्रदेश सरकारले नदीजन्य पदार्थ व्यवस्थापन सम्बन्धी कार्यविधि जारी गरेको सात महिनाभन्दा बढी भयो। तर स्थानीय तहले भने प्रदेश सरकारले जारी गरेको कार्यविधिविपरीत नदी तथा खोला ठेक्का लगाउँदै आएका छन्। यसबाट अनियन्त्रित नदी दोहोनसँगै करोडौको राजस्व छली भइरहेको छ। ढुंगागिट्टी र बालुवा चोरी निकासी बढेपछि त्यसको नियमनका लागि प्रदेशले कार्यविधि जारी गरी स्थानीय तहलाई परिपत्र गरेको हो।

६८ करोड बाँकी राख्दै उद्योग बन्द

६८ करोड बाँकी राख्दै उद्योग बन्द

शुक्रबार, २७ बैशाख २०७६

करोडौं रुपैयाँ भुक्तानी बाँकी राख्दै उखु उद्योग बन्द भएपछि किसानमा फेरि निराश बनेका छन्। विगतका वर्षको आठ करोड र चालू क्रसिङ सिजनको ६० करोड रुपैयाँ भुक्तानी दिनुपर्ने रकम बाँकी राख्दै गत हप्ता गरुडास्थित श्रीराम सुगर मिल्स बन्द भयो।

ट्रंक लाइन लिने व्यवसायीको छानबिन गर्दै प्राधिकरण, अटेर गर्नेको लाइन काटिने

ट्रंक लाइन लिने व्यवसायीको छानबिन गर्दै प्राधिकरण, अटेर गर्नेको लाइन काटिने

शुक्रबार, २७ बैशाख २०७६

नेपाल विद्युत् प्राधिकरणले विगतमा विशेष प्रयोजनका लागि भनेर उद्योगी, व्यवसायीले लिएका ६७ वटा ट्रंक लाइनको एक–एक गरी अध्ययन गरी यथार्थ पत्ता लगाउने भएको छ। उद्योगी, व्यवसायीले प्राधिरकणले प्रयोग नै नगरेको बिजुलीको महसुल तिर्न ताकेता गरेको भन्दै आपत्ति प्रकट गरेका छन्।

साना र मझौला उद्योग जान अनिच्छुक

साना र मझौला उद्योग जान अनिच्छुक

शुक्रबार, २७ बैशाख २०७६

सरकारले साना मजदुर–कर्मचारीको भविष्यको सुरक्षाका लागि भन्दै योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गरे पनि साना र मझौला उद्योग प्रतिष्ठानले आर्थिक व्ययभार बढ्ने कारण देखाउँदै यो कार्यक्रममा सूचीकृत हुन मानेका छैनन्।