'बैंक कर्मचारीलाई सेयर' विवादमा

'बैंक कर्मचारीलाई सेयर' विवादमा

सोमबार, ०३ असोज २०७३

बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई ०.५ प्रतिशत सेयर छुट्ट्याउने प्रस्ताव विवादमा परेको छ। बैंक तथा वित्तीय संस्थाले आफ्नो जारी पुँजीको ३० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्न छुट्ट्याउँछन भने नयाँ प्रस्तावित व्यवस्थामा बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई पनि ०.५ प्रतिशत सेयर छुट्ट्याउने व्यवस्था गर्न लागिएको थियो।

नेपाल औषधी लिमिटेड सञ्चालन गर्ने निर्णय

नेपाल औषधी लिमिटेड सञ्चालन गर्ने निर्णय

सोमबार, ०३ असोज २०७३

नेपाल औषधी लिमिटेड पुनः सञ्चालनमा आउने भएको छ। आइतबार बसेको मन्त्रिपरिषद बैठकले ६ वर्षअघि बन्द भएको उद्योग सञ्चालन गर्ने निर्णय गरेको हो। 'नेपाल औषधी लिमिटेड तत्काल सञ्चालन गर्ने निर्णय भएको छ,' आइतबारको मन्त्रिपरिषद बैठकको निर्णय सुनाउँदै उद्योगमन्त्री नविन्द्रराज जोशीले भने, 'व्यवस्थापन निजी क्षेत्रले हेर्ने गरी उद्योग चलाउने निर्णय भएको छ।'

सिमरामा चारतारे होटल

सिमरामा चारतारे होटल

सोमबार, ०३ असोज २०७३

गढीमाई नगरपालिका–४ सिमरामा जिल्लाकै पहिलो र सुविधासम्पन्न चारतारे होटल निर्माण भएको छ। वीरगञ्ज–पथलैया औद्योगिक करिडोर अन्तर्गत पर्ने न्यु सिमरा कोलनीभित्र दुई बिघा क्षेत्रफलमा ६० करोडभन्दा बढी लगानीमा होटल इच्छाको निर्माण सम्पन्न गरिएको लगानीकर्ताले बताएका छन्।

हवाई भाडा घट्यो

हवाई भाडा घट्यो

आइतबार, ०२ असोज २०७३

निजी क्षेत्रका आन्तरिक वायुसेवा कम्पनीहरूले हवाई भाडा घटाउने निर्णय गरेका छन् । घटेको भाडामा यात्रुले मंगलबार (असोज ४) बाट उडान गर्न पाउनेछन्।

एयर काष्ठमण्डप विमान दुर्घटना प्रतिवेदन सार्वजनिक

एयर काष्ठमण्डप विमान दुर्घटना प्रतिवेदन सार्वजनिक

आइतबार, ०२ असोज २०७३

काठमाडौँ- इन्जिनमा आएको खराबीका कारण एयर काष्ठमण्डपको विमान दुर्घटना भएको ‘दुर्घटना जाँच आयोग’ले निष्कर्ष निकालेको छ।

नयाँ स्वरुपमा आयो टुबोर्ग स्ट्रोंग

नयाँ स्वरुपमा आयो टुबोर्ग स्ट्रोंग

आइतबार, ०२ असोज २०७३

नेपालगंज –गोर्खा ब्रुअरीले आफेनो टुबोर्ग स्ट्रोंग नयाँ स्वरुपमा सार्बजनिक गरेको छ। गोर्खा ब्रुअरीले टुबोर्ग स्ट्रोंगालाई भाद्र २९ गते बुटवलबाट र भदौ ३१ गते नेपालगंजको शिद्दार्थ कटेजमा एक कार्यक्रम गरी समर्वजनीक गरेको हो।

'सुन किन बिकेन बैंक र सरकारले खोजून्'

'सुन किन बिकेन बैंक र सरकारले खोजून्'

आइतबार, ०२ असोज २०७३

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मणिरत्न शाक्यले बैंकको सुनचाँदी बिक्री नहुँनुमा आफूहरु जिम्मेवार नभएको बताएका छन्। भक्तपुर सुनचाँदी व्यवसायी सङ्घको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन उद्घाटन कार्यक्रममा उनले ‘बैंकको सुनचाँदी बिक्री भएन भन्दैमा व्यवसायीलाई दोषी वा जिम्मेवार देखाउन नमिल्ने बताए।

बैंक तथा वित्तीय संस्थाको सेयर कर्मचारीलाई छुट्याउने प्रस्ताव विवादमा

बैंक तथा वित्तीय संस्थाको सेयर कर्मचारीलाई छुट्याउने प्रस्ताव विवादमा

आइतबार, ०२ असोज २०७३

बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई शून्य दशमलव पाँच प्रतिशत सेयर छुट्याउने प्रस्ताव विवादमा परेको छ। बैंक तथा वित्तीय संस्थाले आफ्नो कुल जारी पुँजीको ३० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री वितरणकालागि छुट्याउँछन भने नयाँ प्रस्तावित व्यवस्थामा बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाईपनि शून्य दशमलव पाँच प्रतिशत सेयर छुट्याउने व्यवस्था गर्न लागिएको थियो।

नपढेरै दक्ष दरिए जो

नपढेरै दक्ष दरिए जो

आइतबार, ०२ असोज २०७३

‘चिया क्षेत्रमा तपाईंको औपचारिक अध्ययन चाहिँ कति होला?' जिज्ञासा सुनेर उनी मुस्कुराए मात्रै। तर, छेउमा बसिरहेका वृद्ध सूर्य सुब्बाले हत्तपत्त ढाकिहाले, ‘चियामै लुटपुटिएको २ कोरी बर्ख नाघे होलान् बाबु।'

मुल्य वृद्धि ८.५ प्रतिशत : एडिबी

मुल्य वृद्धि ८.५ प्रतिशत : एडिबी

आइतबार, ०२ असोज २०७३

सरकारले विस्तारकारी तथा वितरणमुखी बजेट ल्याएको भन्दै महँगी सरकार र राष्ट्र बैंकको नियन्त्रणभित्र रहनेमा अर्थविदहरुले आशंका गरिरहेको बेला एसियाली विकास बैंक (एडिबी) ले चालु आर्थिक वर्षमा यो ८.५ प्रतिशत रहने अनुमान गरेको छ।

अँध्यारो हटाउने योजनै योजना

अँध्यारो हटाउने योजनै योजना

आइतबार, ०२ असोज २०७३

अघिल्लो सरकारले ल्याएका विद्यमान योजना तथा कार्यक्रम कार्यान्वयन प्रक्रिया लत्याएर नयाँ ल्याउने यसअघिका सरकारको परिपाटीलाई वर्तमान सरकारले पनि निरन्तरता दिएको छ। केपी शर्मा ओली सरकारले ल्याएको 'ऊर्जा संकट निवारण तथा विद्युत विकास दशक, २०७२' सम्बन्धी कार्ययोजना कार्यान्वयन नगरी नयाँ कार्यक्रम ल्याएर अघिल्लोलाई बेवास्ता गरिएको हो।

दैनिक ७० करोडको सेयर कारोबार

दैनिक ७० करोडको सेयर कारोबार

आइतबार, ०२ असोज २०७३

नेपाल स्टक एक्सचेन्ज (नप्से) मा दैनिक औसत ७० करोड रुपैयाँको सेयर कारोबार हुने गरेको छ। आर्थिक वर्ष २०७१/०७२ को तुलनामा गत आर्थिक वर्ष २०७२/०७३ मा दोब्बरभन्दा बढी रकमको सेयर कारोबार भएको हो।

सुपथ मूल्य पसल सञ्चालन

सुपथ मूल्य पसल सञ्चालन

शनिबार, ०१ असोज २०७३

आपूर्तिमन्त्री दीपक बोहराले सरकारले व्यापारीलाई म्याद सकिएको तथा मिसावट भएका उपभोग्य सामग्री कुनै हालतमा बिक्री गर्न नदिइने प्रतिवद्धता व्यक्त गरेका छन्।

सिटिसी मलमा सामसुङ मोबाइल एक्स्पो हुने

सिटिसी मलमा सामसुङ मोबाइल एक्स्पो हुने

शनिबार, ०१ असोज २०७३

राजधानीको सुन्धारास्थित सिटिसी मलले मोबाइल एक्स्पो आयोजना गर्ने भएको छ। सामसुङको मुख्य प्रायोजनमा हुने एक्स्पो असोज ५ गतेबाट सुरु हुने छ।

हवाई इन्धनको भाउ घट्यो

हवाई इन्धनको भाउ घट्यो

शनिबार, ०१ असोज २०७३

चाडबाडमा सहुलियत दिन नेपाल आयल निगमले हवाई इन्धनको भाउ घटाएको छ । शुक्रबार आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ र अन्तर्राष्ट्रिय उडानतर्फ प्रतिहजार लिटर ५० डलर मूल्य घटाएको निगमका प्रवक्ता भानुभक्त खनालले बताए ।

गरिबी निवारण कोषले पुनःनिर्माण गर्ने

गरिबी निवारण कोषले पुनःनिर्माण गर्ने

शुक्रबार, ३१ भदौ २०७३

गरिबी निवारण कोषले जिल्लाको २१ गाविसमा कोषले निर्माण गरेका तर भूकम्पले क्षति पुर्याएका आयआर्जन तथा भौतिक पूर्वाधार योजना निर्माण गर्ने भएको छ।

आन्तरिक हवाइ इन्धन मूल्य प्रतिलिटर ५ रूपैयाँ घट्यो

आन्तरिक हवाइ इन्धन मूल्य प्रतिलिटर ५ रूपैयाँ घट्यो

शुक्रबार, ३१ भदौ २०७३

नेपाल आयल निगमले आन्तरिकतर्फको हवाई इन्धनको मूल्य घटाएको छ। निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी प्रतिलिटर ९९ रुपैयाँबाट ५ रुपैयाँ घटाई ९४ रुपैयाँ मूल्य कायम गरेको निगम प्रवक्ता भानुभक्त ढकालले बताए।

मेवा खोला हाईड्रोपावर निर्माण पूरा,  केन्द्रीय प्रशारणमा जोडिँदै

मेवा खोला हाईड्रोपावर निर्माण पूरा, केन्द्रीय प्रशारणमा जोडिँदै

शुक्रबार, ३१ भदौ २०७३

खोटाङलाई लोडसेडिङमुक्त बनाउने लक्ष्यका साथ सुरु गरिएको मेवा खोला हाईड्रोपावरको काम पूरा भएको छ। हाईड्रोपावरको सिभिल कन्ट्रक्सन, ट्रान्समिसन, इलेक्ट्रो मेकानिकल र हाइड्रो मेकानिकललगायतका निर्माणका काम पूरा भएकाले दुई हप्ताभित्र टेस्टिङ र कमिसनिङका काम गरेर केन्द्रीय प्रशारणलाईनमा जोडिने आयोजना प्रबद्र्धक साप्सु–कालिका हाईड्रोपावर कम्पनी प्रालिका प्रबन्ध निर्देशक अर्जुन राईले बताए।

विवादित बुँदा पुनः छलफलमा

विवादित बुँदा पुनः छलफलमा

शुक्रबार, ३१ भदौ २०७३

बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयक (बाफिया) लाई फेरि संसदको अर्थ समितिले छलफलमा ल्याएको छ। उक्त विधेयकमा राय सुझाव लिन विज्ञहरुलाई शुक्रबार ८ बजे अर्थ समितिले बोलाएको छ।

नेपालको आर्थिक स्वतन्त्रता खस्कियो

नेपालको आर्थिक स्वतन्त्रता खस्कियो

शुक्रबार, ३१ भदौ २०७३

नेपाल विश्व आर्थिक स्वतन्त्रतामा गत वर्षभन्दा दुई स्थान तल झरेको छ।  समृद्धि फाउण्डेशनले क्यानाडाको फ्रेजÞर इन्स्टिच्युटसँग सहप्रकाशन गरी विहिबार सार्वजनिक गरेको विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदन २०१६ मा नेपाल १५९ राष्ट्रहरुमध्ये १०८औं स्थानमा रहेको छ। गत वर्ष यस प्रतिवेदनमा नेपाल १५७ राष्ट्रहरु मध्ये १०६ औं स्थानमा रहेको थियो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad