‘हल्लाको पछि नलाग्नुस्’

‘हल्लाको पछि नलाग्नुस्’

बुधबार, २६ साउन २०७३

काठमाडौं- सेयर बजारमा अनावश्यक हल्ला फिँजाइएकाले ‘अस्वाभाविक’ गिरावट आएको सरोकारवालाले बताएका छन् । मंगलबार एक कार्यक्रममा बोल्दै वक्ताहरुले सेयर बजारमा आएको गिरावटमा हल्लाबाहेकका अन्य कारणहरु गौण रहेको बताए।

चन्द्रागिरि केबलकार सञ्चालनमा, दोहोरो भाडा ७ सय

चन्द्रागिरि केबलकार सञ्चालनमा, दोहोरो भाडा ७ सय

मङ्गलबार, २५ साउन २०७३

काठमाडौं– चन्द्रागिरि हिल्स लिमिटेडले काठमाडौंको थानकोटमा निर्माण गरेको चन्द्रागिरि केबलकार मंगलबारबाट व्यावसायिक रुपमा सञ्चालनमा आएको छ। केबलकारको माथिल्लो स्टेशनमा रहेको भालेश्वर मन्दिरको प्राण प्रतिष्ठा सम्पन्न गरेपछि केबलकार सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।

रेडपाण्डाको गतिविधि अध्ययन गर्न मोबाइल एप

रेडपाण्डाको गतिविधि अध्ययन गर्न मोबाइल एप

मङ्गलबार, २५ साउन २०७३

पाँचथर– लोपोन्मुख वन्यजन्तूको रुपमा रहेको रेडपाण्डाको अवस्था अध्ययनका लागि मोबाइल एप्लिकेशनको प्रयोग गरिने भएको छ। रेड पाण्डा पाइने मेची अञ्चलका पहाडी जिल्ला पाँचथर, इलाम, ताप्लेजुङ(पिआईटी) क्षेत्रमा मोबाइल एप्लिकेशनबाट जानकारी लिने गरी योजना अघि बढाइएको छ।

नेप्सेको यु–टर्न, मंगलबार ८४ अंकले उक्लियो

नेप्सेको यु–टर्न, मंगलबार ८४ अंकले उक्लियो

मङ्गलबार, २५ साउन २०७३

काठमाडौं– सेयर बजार परिसूचकले मंगलबार यु–टर्न लिएको छ। सोमबार ८९ अंकले ओरालो लागेको शेयर बजार परिसूचक मंगलबार झण्डै त्यति नै अंकले उकालो लागेको छ। मंगलबारको कारोबारपछि नेप्से परिसूचक ८४ अंकले बढेर १७६० अंकमा पुगेको छ।

एकै दिन ८९ अंकले ओर्लियो नेप्से

एकै दिन ८९ अंकले ओर्लियो नेप्से

मङ्गलबार, २५ साउन २०७३

सेयर बजार तीव्र गतिले घट्ने क्रम नरोकिएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सोमबारको सेयर कारोबार डेढ घन्टाअगाडि नै स्थगित गरेको छ। बजार ५ प्रतिशतभन्दा बढीले घटेपछि सोमबारका लागि कारोबार स्थगित गरिएको हो।

थानकोटको पेट्रोल ट्यांक बिग्रियो

थानकोटको पेट्रोल ट्यांक बिग्रियो

मङ्गलबार, २५ साउन २०७३

नेपाल आयल निगम थानकोट डिपोको पेट्रोल भण्डारण ट्यांक बिग्रिएको छ।  ७ सय ६० किलोलिटर (७ लाख ६० हजार लिटर) ट्यांकको फ्लोटिङ रुफ (ढक्कन) मा समस्या देखिएपछि निगमले सो ट्यांकमा पेट्रोल भर्न छाडेको छ।

एकै दिन धितोपत्र बोर्डका दुई विज्ञप्ति

एकै दिन धितोपत्र बोर्डका दुई विज्ञप्ति

मङ्गलबार, २५ साउन २०७३

धितोपत्र बोर्डले सोमबार एकै दिन दुई विज्ञप्ति निकालेको छ। सम्पत्ति शुद्धीकरण छानबिन समिति गठन गरिएकोमा त्यस्तो समितिले नकारात्मक प्रभाव पारेको भन्दै विघटन गरिएको एउटा विज्ञप्तिमा उल्लेख छ भने अर्कोमा लगानीकर्ता हतोत्साहित हुने अवस्था नरहेको बताइएको छ।

जग्गाको मूल्यमा डरलाग्दो वृद्धि

जग्गाको मूल्यमा डरलाग्दो वृद्धि

मङ्गलबार, २५ साउन २०७३

दुई वर्ष अघिसम्म पोखरा प्रवेशको नाका लेखनाथ नगरपालिकाको अर्घाैंचोक आसपासमा एक लाख २५ हजार रुपैयाँ प्रतिहातको दरले जग्गा किनबेच हुन्थ्यो। अहिले त्यहाँको भाउ बढेर प्रतिहात चार लाख रुपैयाँसम्म पुगेको छ।

बादलभित्र छिर्दा हेलिकोप्टर दुर्घटना

बादलभित्र छिर्दा हेलिकोप्टर दुर्घटना

मङ्गलबार, २५ साउन २०७३

निजी क्षेत्रको हेलिकोप्टर सेवाप्रदायक कम्पनी फिसटेल एयरको एउटा हेलिकोप्टर सोमबार दुर्घटनाग्रस्त हुँदा चालकसहित त्यसमा सवार सबै सात जनाको मृत्यु भएको छ। काठमाडौंबाट बिरामी लिन गोरखा गएर फर्कने क्रममा हेलिकोप्टर नुवाकोट पुगेपछि दुर्घटनामा परेको हो।

सामुदायिक वन राष्ट्रिय दिवस मनाइने

सामुदायिक वन राष्ट्रिय दिवस मनाइने

सोमबार, २४ साउन २०७३

काठमाडौँ– ‘सामुदायिक वनको पहिचान, राष्ट्रिय समृद्धिको अभियान’ भन्ने मूल नाराका साथ नेपालमा पहिलोपटक सामुदायिक वन राष्ट्रिय दिवस मनाइने भएको छ। वन विभाग र सामुदायिक वन महासङ्घको संयुक्त आयोजनामा यही साउन २५ गते सामुदायिक वन राष्ट्रिय दिवस मनाउन लागिएको हो।

साेमबार ८९ अंकले घट्याे नेप्से, राेकिएन अाेरालाे लाग्न

साेमबार ८९ अंकले घट्याे नेप्से, राेकिएन अाेरालाे लाग्न

सोमबार, २४ साउन २०७३

काठमाडौँ– धितोपत्र बजारमा हालसम्मकै उच्च गिरावट आएको छ। निरन्तर ओरालो लाग्दै आएको सेयर बजारमा आज करिब ८९ अङ्कले गिरावट आएको हो। नेपाल स्टक एक्चेन्जकाअनुसार उत्पादन समूहबाहेक अरु सबै समूहको सेयरमा उच्च गिरावट आएको हो।

विशेष अार्थिक क्षेत्रसम्बन्धी विधेयक सदनमा प्रस्तुत

विशेष अार्थिक क्षेत्रसम्बन्धी विधेयक सदनमा प्रस्तुत

सोमबार, २४ साउन २०७३

काठमाडौँ– विशेष आर्थिक क्षेत्र (सेज) विधेयक, २०७१ व्यवस्थापिका–संसद्मा प्रस्तुत गरिएको छ । संसद्को उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिका सभापति भीष्मराज आङ्दम्बेले साेमबार समितिको सुझाव र प्रतिवेदनसहितको विधेयक सदनमा प्रस्तुत गरेका हुन्।

धुलिखेल आयल स्टोरमा गुणास्तरकाे शिलबन्दी

धुलिखेल आयल स्टोरमा गुणास्तरकाे शिलबन्दी

सोमबार, २४ साउन २०७३

काठमाडौँ– नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय काठमाडौँले खारेज गरेको पेट्रोल पम्प पुनः आफूखुसी सञ्चालन गरेको भन्दै शिलबन्दी गरेको छ।

टेलिकमका १० टावर बन्द

टेलिकमका १० टावर बन्द

सोमबार, २४ साउन २०७३

बागलुङ—जिल्लाको पश्चिम भेगका १० वटा टेलिकमका ‘बिटिएस टावर’ विद्युत् अभावमा बन्द हुँदा दर्जन बढी गाविसमा सञ्चार बिच्छेद भएको छ।

सडकले जोडियो डोल्पा

सडकले जोडियो डोल्पा

सोमबार, २४ साउन २०७३

'यही जुनीमा यहाँसम्म बाटो बन्छ र मोटर देख्न पाउँला भन्ने लागेकै थिएन तर मेरो सपना आज पूरा भयो,' जाजरकोट चौरजहारीदेखि सडक उद्घाटनको रौनक हेर्न पुगेका धर्म बोहोरा (८०) ले नागरिकसँगखुसी साटे, 'तपाईंहरूलाई धेरै धन्यवाद, अझै राम्रो गर्नुहोला।'

दोस्रो साता पनि सेयर बजार खस्कियो

दोस्रो साता पनि सेयर बजार खस्कियो

सोमबार, २४ साउन २०७३

आइतबार कारोबारको सुरुमा निरन्तर उकालो लागेको सेयर बजार बन्द हुने समयमा ओर्लिएको छ। ३७ अंकसम्म उक्लिएको बजार मापक नेप्से कारोबरको अन्त्यमा करिब ४ अंक तल झर्न पुगेको हो।

डलर खर्च सुविधा थपियो

डलर खर्च सुविधा थपियो

सोमबार, २४ साउन २०७३

विदेशी मुद्रामा खाता खोल्ने नेपालीले वर्षभरिमा १५ हजार अमेरिकी डलरसम्म खर्च गर्न पाउने भएका छन्। यसअघि वार्षिक १० हजार डलरमात्रै खर्च गर्न पाउने व्यवस्था थियो। उक्त व्यवस्थालाई संशोधन गर्दै राष्ट्र बैंकले थप सुविधा दिने निर्णय गरेको हो।

पोखरालाई 'अद्भूत गन्तव्य' बनाउन सुझाव

पोखरालाई 'अद्भूत गन्तव्य' बनाउन सुझाव

सोमबार, २४ साउन २०७३

भूकम्प र नाकाबन्दीबाट थलिएको पर्यटन क्षेत्र अझै उकासिएको छैन। पाहुना अभावमा यो बेला पर्यटन क्षेत्र सुनसान जस्तै छ। पर्यटक नआउँदा व्यवसायी चिन्तित छन्। विदेशी पर्यटनमाझ पोखरालाई चिनाउने गतिलो 'ब्रान्ड' नहुँदा प्राकृतिक रुपमा पोखरा र सेरोफेरो सुन्दर हुँदाहुँदै पनि पाहुनाको आगमन बढाउन नसकेको व्यवसायी बताउँछन्।

उड्डयन प्राधिकरणमा आइकाओका उडान विज्ञ नियुक्त

उड्डयन प्राधिकरणमा आइकाओका उडान विज्ञ नियुक्त

सोमबार, २४ साउन २०७३

युरोपको उड्डयन कालोसूचीबाट उम्किन नेपाल नागरिक उड्डयन प्राधिकरणले एक अन्तर्राष्ट्रिय उडान सञ्चालन विज्ञलाई एक वर्षका लागि नियुक्त गरेको छ। मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय प्राधिकरणले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) का उडान सञ्चालन विज्ञ मिचेल बेलान्डलाई एक वर्षका लागि नियुक्त गरेको हो। क्यानडाका बेलान्ड आइकाओका वरिष्ठ पाइलट हुन्।

ठूलो अवसर गुमाउँदै नेपाल

ठूलो अवसर गुमाउँदै नेपाल

सोमबार, २४ साउन २०७३

बंगलादेशसँगको द्विपक्षीय व्यापारलाई आफ्नो पक्षमा पार्न सकिने सम्भावना नेपालले बर्सेनि गुमाइरहेको छ। निर्यात बढाउन अधिकतम प्रयास गर्ने सरकारी तथा निजी क्षेत्रको प्रतिबद्धता व्यवहारमा अनुवाद हुन नसक्दा नेपालले द्विदेशीय कारोबारबाट हात पार्न सकिने फाइदा लिन सकेको छैन।

Ncell Footer Ad