वर्षमा १३ हजार ५ सय नयाँ करदाता थपिए

वर्षमा १३ हजार ५ सय नयाँ करदाता थपिए

शुक्रबार, २८ साउन २०७३

आन्तरिक राजस्व कार्यालय पोखरामा आर्थिक वर्ष ०७२/७३ मा १३ हजार ५ सयभन्दा बढी नयाँ करदाता थपिएका छन्। गण्डकी र धवलागिरी अञ्चलका विभिन्न १० जिल्ला कार्यक्षेत्र रहेको कार्यालयमा नयाँ थपिएकासँगै करदाताको संख्या ६६ हजार ५ सय नाघेको छ।

'आयातित' अलैंचीले बिक्रीमै धक्का

'आयातित' अलैंचीले बिक्रीमै धक्का

शुक्रबार, २८ साउन २०७३

आफ्नै लोगो (ट्रेडमार्क) मा पहिचान भएर विदेश निर्यात हुने बेला गुणस्तरहीन 'आयातित' अलैंची मिसावट देखिएपछि नेपाली अलैंचीको निर्यातमा गम्भीर असर पुग्ने देखिएको छ। बर्सेनि अबर्ौं रुपैयाँ बराबर विदेश निर्यात भइरहेको गुणस्तरीय अलैंचीमा अन्य देशको अलैंची मिसाएपछि व्यवसायी र किसान चिन्तित छन्।

सञ्चित घाटा अर्बौं, कर्मचारीलाई बोनस

सञ्चित घाटा अर्बौं, कर्मचारीलाई बोनस

शुक्रबार, २८ साउन २०७३

सञ्चित नोक्सानीमा रहेका कुनै पनि संस्थानले कर्मचारीलाई बोनस बाँड्न सक्दैनन्। पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले भने यो परम्परा लत्याउँदै आफ्ना कर्मचारीलाई ८७ करोड रुपैयाँ बोनस बाँड्ने तयारी अघि बढाएको छ। बैंक अझै पनि ४ अर्ब रुपैयाँभन्दा बढी सञ्चित नोक्सानीमा छ।

बजारमा ग्यास छेलोखेलो

बजारमा ग्यास छेलोखेलो

शुक्रबार, २८ साउन २०७३

राजधानीका ग्यासबिक्रेता अचेल फुर्सदमा छन्। किनकि, उनीहरुका पसलमा ग्यास छ, किनिलाने उपभोक्ता आउँदैनन्। अभावका बेला उपभोक्ताले सकीनसकी चाहिनेभन्दा बढी सिलिन्डर सञ्चित गर्दा अहिले बजारमा ग्यास फालाफाल भएको हो। आयात घटाउँदा पनि ग्यास किन्ने उपभोक्ता नपाएर बिक्रेता हैरान छन्।

गुणस्तरहीन ‘आयातित’ अलैंचीले बिक्रीमै धक्का

गुणस्तरहीन ‘आयातित’ अलैंचीले बिक्रीमै धक्का

बिहिबार, २७ साउन २०७३

इलाम– आफ्नै लोगो (ट्रेडमार्क) मा पहिचान भएर विदेश निर्यात हुने बेला गुणस्तरहीन ‘आयातित’ अलैंची मिसावट देखिएपछि नेपाली अलैंचीको निर्यातमा गम्भीर असर पुग्ने देखिएको छ । बर्सेनि अर्बौं रुपैयाँ बराबर विदेश निर्यात भइरहेको गुणस्तरीय अलैंचीमा अन्य देशको अलैंची मिसाएपछि व्यवसायी र किसान चिन्तित छन् ।

माउन्टेन एयरको हेलिकप्टर फोर्स ल्यान्डिङ

माउन्टेन एयरको हेलिकप्टर फोर्स ल्यान्डिङ

बिहिबार, २७ साउन २०७३

नुवाकोट— गोर्खाको सिर्दिबास बाट ४ जना यात्रु लिएर आएको माउन्टेन एयरको हेलिकप्टर नुवाकोटको महादेवफाँटमा अकस्मात फोर्स ल्यान्डिङ गरिएको छ।

हुन्डेको नयाँ थ्रि–एस सेन्टर विर्तामोडमा

हुन्डेको नयाँ थ्रि–एस सेन्टर विर्तामोडमा

बिहिबार, २७ साउन २०७३

विर्तामोड– नेपालका लागि हुन्डे गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बिर्तामोडका लागि आफ्नो डिलर न्यु अटो प्लाजा कन्सर्न प्रालिसँगको सहकार्यमा विर्तामोडमा हुन्डेको नयाँ थ्रि–एस सेन्टर स्थापना गरेको छ। उक्त थ्रि–एस सेन्टरमार्फत ग्राहकले सुविधा सम्पन्न बिक्री कक्ष, अत्याधुनिक मर्मत सेवा तथा हुन्डे जेनुयिन स्पेर पार्टस् खरिद सेवा एकै छानामुनि प्राप्त गर्नसक्ने छन्।

हेलिकोप्टर उडानमा नयाँ निर्णय

हेलिकोप्टर उडानमा नयाँ निर्णय

बिहिबार, २७ साउन २०७३

मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले वर्षायाममा हेलिकोप्टर उडान गर्दा उड्डयन सुरक्षा मापदण्ड उल्लंघन गरे पाइलटदेखि हेलिकोप्टर कम्पनीसम्मको अनुमतिपत्र (लाइसेन्स) खारेज गर्ने निर्णय गरेको छ।

वर्षौंदेखि शवपर्खंदै आएन

वर्षौंदेखि शवपर्खंदै आएन

बिहिबार, २७ साउन २०७३

साउदी अरबमाज्यानगुमाएकाबाँके, सीतापुर–६ एकाहर्षबहादुर खत्रीको शवलामो समयसम्म स्वदेश नआउँदालास हेरेर भएपनिचित्तबुझाउन परिवारको धोको अधुरै रहेको छ। पाँचवर्षअघि साउदीगएकाहर्षबहादुरको निधनभएको खबर रियाधस्थित नेपालीदूतावासले दिएको तर शवअझसम्मनआएको उनकाबाबु वीरबहादुर बताउँछन्। पाँचवर्षअघि साउदीगएकाहर्षबहादुर केही समयमै सम्पर्कविहीनभएको वीरबहादुरे जानकारी दिए।

दुई दिनमा १०४ अंकले बढ्यो नेप्से

दुई दिनमा १०४ अंकले बढ्यो नेप्से

बिहिबार, २७ साउन २०७३

सेयर बजार मापक नेप्से दुई दिनमा १ सय ४ बिन्दुले बढेको छ। मंगलबार ८४.५१ बिन्दुले बढेको नेप्से बुधबार १९.१५ बिन्दुले माथि उक्लियो। अघिल्ला दुई दिनमा एक दिन स्वाट्टै ओर्लेर र अर्को दिन ह्वात्तै बढेर बजारले रेकर्ड बनाएको थियो। तर, बुधबार भने सेयर बजारमा धेरै उतार चढाव आएन।

भारतीय फलामे डन्डी गुणस्तरहीन भेटिए

भारतीय फलामे डन्डी गुणस्तरहीन भेटिए

बिहिबार, २७ साउन २०७३

आयातित केही भारतीय कम्पनीका फलामे डन्डीहरू गुणस्तरहीन भएको फेला परेका छन्। गत आर्थिक वर्षमा भारतबाट आयात गरिएकामध्ये झन्डै १५ प्रतिशत फलामे डन्डी नेपाल गुणस्तर मापदण्ड अनुसार नभएको भेटिएका हुन्।

खड्काको अर्को बदमासी, 'करोडौं लेनदेनमा' ट्यांकरलाई अनुमति

खड्काको अर्को बदमासी, 'करोडौं लेनदेनमा' ट्यांकरलाई अनुमति

बिहिबार, २७ साउन २०७३

कानुनी प्रक्रिया मिच्दै 'मोटो रकम' चलखेल गरेर नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर खरिद अनुमति दिएका छन्। यसअघि पनि पटक–पटक विवादित निर्णय गरेका खड्काले पछिल्लोपटक निगम सञ्चालक समितिलाई जानकारी नै नदिई 'चोरबाटो' बाट सेटिङ मिलाएर करिब ३ सय ट्यांकर खरिदको अनुमति दिएका हुन्।

पुनर्निर्माण कछुवा गतिमा,  सर्वसाधारणको पीडा उस्तै

पुनर्निर्माण कछुवा गतिमा, सर्वसाधारणको पीडा उस्तै

बुधबार, २६ साउन २०७३

काठमाडौं– विनाशकारी भूकम्प भएको बुधबार (२०७२ बैशाख १२) १ वर्ष ३ महिना १४ दिन पुगेको छ । दुर्भाग्य, अहिलेसम्म दुर्गम पहाड तथा हिमाली जिल्लाका पीडितले अझै राहत पाएका छैनन् । हजारौं पीडित पालबाट बाहिर आउन सकेका छैनन् । तर, सरकार र सरकारी अधिकारी राहत बाँड्ने काम सकिएर निर्माण सुरु भएको दाबी गरिरहेका छन् ।

रेड पान्डा चिनेपछि स्थानीय दंग, संरक्षणमा सक्रियता

रेड पान्डा चिनेपछि स्थानीय दंग, संरक्षणमा सक्रियता

बुधबार, २६ साउन २०७३

खोटाङ– पर्यटन प्रबद्र्धनका लागि खोटाङको उत्तरी गाविस फेदीका स्थानीयबासी रेडपाण्डाको संरक्षणमा जुटेका छन्। स्थानीय साम्पाङ (राई) भाषामा ‘कुँदो’ भनेर चिनिने लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको पहिचान भएपछि उनीहरु यसको संरक्षणमा जुटेका हुन्।

हिमाल अध्ययनसम्बन्धी एकेडेमी स्थापना गर्न प्रम दाहालकाे निर्देशन

हिमाल अध्ययनसम्बन्धी एकेडेमी स्थापना गर्न प्रम दाहालकाे निर्देशन

बुधबार, २६ साउन २०७३

काठमाडौं– मुलुकको पर्वतीय पर्यटनको विकासका लागि सरकारले आवश्यक प्रक्रिया अघि बढाउने भएको छ। नेपालमा हिमालसम्बन्धी अध्ययन तथा अनुसन्धानका लागि एकेडेमी स्थापना गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिएकाे बताउका छन्।

‘विदेशमा अलपत्र भएकालाई फर्कने प्रबन्ध मिलाऊ’

‘विदेशमा अलपत्र भएकालाई फर्कने प्रबन्ध मिलाऊ’

बुधबार, २६ साउन २०७३

काठमाडौं– व्यवस्थापिका–संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले साउदी अरबमा देखापरेको आर्थिक मन्दिले रोजगारी गुमाएर अलपत्र परेका नेपाली कामदारलाई स्वदेश फिर्ताको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ।

निर्माण गर्ने कि दिगो निर्माण !

निर्माण गर्ने कि दिगो निर्माण !

बुधबार, २६ साउन २०७३

आजसम्म हामीले निर्माण मात्र गर्यौं । घर, भवन, बाटो, पुलपुलेसा बनायौं । ‘काम चलिहाल्छ नि !’ भन्यौं । तर, ती निर्माण दिगो थिए त ? हामीले सोच्ने बेला भएको छ । गत गर्ष भूकम्पपछि त यसले यो विषयले चर्चासमेत पाइरहेको छ । विगतमा हामी दिगो निर्माण गर्न चुक्यौं । दिगो निर्माण गर्न सकेको भए ८ लाख घर, हजारौं स्कुल, विभिन्न पुरातात्विक संरचना भत्किने थिएनन् कि !

भारतको सिलगुढीबाट पेट्रोल आउन थाल्यो

भारतको सिलगुढीबाट पेट्रोल आउन थाल्यो

बुधबार, २६ साउन २०७३

पूर्व क्षेत्रमा पेट्रोलको आपूर्तिलाई थप सहज बनाउन नेपाल आयल निगमले भारतको सिलगुढीबाट पेट्रोलको आपूर्ति सुरु गरेको छ । निगमले दैनिक सिलगुढी डिपोबाट १० ट्याङ्कर अर्थात् एक लाख २० हजार लिटर पेट्रोलको आयात सुरु गरेको हो ।

प्रत्येक दिन सेयर बजारमा नयाँ रेकर्ड

प्रत्येक दिन सेयर बजारमा नयाँ रेकर्ड

बुधबार, २६ साउन २०७३

काठमाडौं– सेयर बजारले प्रत्येक दिन नयाँ रेकर्ड बनाउन थालेको छ । प्रत्येक दिन ४ घन्टा कारोेबार हुनुपर्नेमा मंगलबार भने उच्च अंकले बढेर नयाँ रेकर्ड बनाउँदै आधा घन्टामात्रै कारोबार भएर बन्द हुन पुग्यो।

उतारचढावबाट हतोत्साही नबनौं : अध्यक्ष कार्की

उतारचढावबाट हतोत्साही नबनौं : अध्यक्ष कार्की

बुधबार, २६ साउन २०७३

काठमाडौं-नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले सेयर बजारमा देखिएको उतारचढाव चाँडै अन्त्य हुने दाबी गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले लगानीकर्ता अहिले हतोत्साही हुनुपर्ने र आत्तिनुपर्ने अवस्था नभएको र बजार सुधारोन्मुख रहेको बताए ।