डिएभीमा विज्ञान प्रदर्शनी

डिएभीमा विज्ञान प्रदर्शनी

सोमबार, २७ जेठ २०७६

डिएभी कलेजको आयोजनामा एकदिने बृहत् विज्ञान प्रदर्शनी सम्पन्न भएको छ। प्रदर्शनीमा एसइई सम्पन्न गरेका १० हजारभन्दा बढी विद्यार्थीको सहभागिता रहेको कलेजद्वारा जानकारी गराइएको छ।

ढल्केबरमा सिभिल बैंक

ढल्केबरमा सिभिल बैंक

सोमबार, २७ जेठ २०७६

सभिल बैंकले धनुषाको ढल्केबरमा शाखा विस्तार गरेको छ।

स्लो स्कुटर प्रतियोगिता सम्पन्न

स्लो स्कुटर प्रतियोगिता सम्पन्न

सोमबार, २७ जेठ २०७६

हेटौंडा लेडी जेसिसले स्लो स्कुटर प्रतियोगिता २०१९ आयोजना गरेको छ । सडक दुर्घटनाबारे जानकारी गराउन र सुरक्षित सवारी केन्द्रित ट्राफिक नियमबारे जानकारी गराउन जेसिज सप्ताह २०१९ अन्र्तगत उक्त गल्फ स्लो स्कुटर प्रतियोगिता आयोजना गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।

अर्घाखाँचीको पिपिसी सिमेन्ट आयो

अर्घाखाँचीको पिपिसी सिमेन्ट आयो

सोमबार, २७ जेठ २०७६

अर्घाखाँची सिमेन्टले आम उपभोक्ताको आवश्यकतालाई ध्यानमा राखी पिपिसी सिमेन्ट बजारमा ल्याएको छ। नेपाल सरकारले तोकेको मापदण्ड पूरा गरेको प्रमाणित गरी नेपाल गुणस्तर तथा नापतौल विभागले कम्पनीलाई एनएस चिह्न दिएसँगै कम्पनीले पिपिसी सिमेन्टको बिक्री सुरु गरेको हो।

वीरगन्जबाट कन्टेनर बन्द वस्तुको आयात बढ्दो

वीरगन्जबाट कन्टेनर बन्द वस्तुको आयात बढ्दो

सोमबार, २७ जेठ २०७६

मुलुककै प्रमुख व्यापारिक नाका वीरगन्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भएर तेस्रो मुलुकबाट आउने कन्टेनर बन्द सामानको आयात करिब १७ प्रतिशतले बढेको छ । भारतका समुद्री बन्दरगाह हुँदै अन्य मुलुकसँग नेपालको रेललाइनमार्फत सम्पर्क गराउने सिर्सिया सुक्खा बन्दरगाहमा चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म ३९ हजार एक सय ६ वटा कन्टेनर (२० फिट एकाइ) मा विदेशी सामान भित्रिएको छ । गत वर्ष यसै अवधिमा ३३ हजार चार सय ७१ वटा कन्टेनर भित्रिएका थिए ।

‘सहकारीको तीर्थस्थल बनाउने’

‘सहकारीको तीर्थस्थल बनाउने’

सोमबार, २७ जेठ २०७६

धौलागिरिका सहकारीकर्मीले बागलुङलाई सहकारीको तीर्थस्थल बनाउने घोषणा गरेका छन्। बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड बागलुङको आयोजनामा भएको धौलागिरी स्तरीय बृहत् सहकारी सम्मेलनमा सहकारीकर्मीले यस्तो घोषणा गरेका हुन्।

एनआरएनएको फेमिली कार्ड सुरु

एनआरएनएको फेमिली कार्ड सुरु

सोमबार, २७ जेठ २०७६

गैरआवासीय नेपाली संघ (एनआरएनए)का पञ्जीकृत सदस्य एवं तिनका परिवारलाई लक्षित गरी आइतबारबाट एनआरएन फेमिली सुरु गरिएको छ । संघको सचिवालय बालुवाटारमा पत्रकार सम्मेलन गरी कार्डको सुरुवात गरिएको हो । यो कार्ड संघका पञ्जीकृत सदस्यका नेपालमा बसोबास गर्ने परिवारका बाबु–आमा, श्रीमान–श्रीमती, र छोराछोरीले प्राप्त गर्न सक्ने बताइएको छ । विवाह गरेका सन्तानका लागि भने यो व्यवस्था लागू नहुने संघले जनाएको छ ।

त्रिशूली–मातातीर्थ प्रसारण लाइनको ओभरहेड टेस्ट

त्रिशूली–मातातीर्थ प्रसारण लाइनको ओभरहेड टेस्ट

सोमबार, २७ जेठ २०७६

त्रिशूली–मातातीर्थ २२० केभी प्रसारण लाइनको आइतबार ओभरहेड टेस्ट गरिएको छ। यसअघि चारवटै सर्किटको केबल टेस्ट गरिएको थियो। सबै परीक्षण सकिएकाले आइतबार प्रसारण लाइनको ओभरहेड टेस्ट गरिएको आयोजनाले जनाएको छ।

सर्लाहीका स्थानीय तहलाई पाँच अर्ब

सर्लाहीका स्थानीय तहलाई पाँच अर्ब

सोमबार, २७ जेठ २०७६

संघीय सरकारले सर्लाहीका स्थानीय तहलाई पाँच अर्ब सात करोड १६ लाख बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७६÷७७ का लागि अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा सर्लाहीका २० स्थानीय तहलाई उक्त रकम विनियोजन गरिएको हो ।

ह्वावेका अब बन्ने फोनमा फेसबुक नचल्ने

ह्वावेका अब बन्ने फोनमा फेसबुक नचल्ने

सोमबार, २७ जेठ २०७६

अमेरिकी पार्टपुर्जा र सफ्टवेयर खरिदमा प्रतिबन्ध झेलिरहेको चिनियाँ प्रविधि कम्पनी ह्वावेमाथि अर्को धक्का लागेको छ। अमेरिकी कम्पनी फेसबुकले पनि ह्वावेका नयाँ स्मार्टफोनमा आफ्ना एप्सको प्रि–इन्स्टलेसन नदिने जनाएको छ।

चौधवटा पुल निर्माण कहिले ?

चौधवटा पुल निर्माण कहिले ?

सोमबार, २७ जेठ २०७६

नारायणगढ–मुग्लिन खण्डको सडक विस्तार सकिएको एक वर्ष पुगिसक्यो। सडक विस्तार गरेर ११ मिटर चौडा बनाइएको छ। तर, बीचमा पर्ने पुल सोही अनुसार फराकिलो बनाउने काम अझै हुन सकेको छैन।

ठेकेदारको विरोधपछि व्यवस्था खुकुलो

ठेकेदारको विरोधपछि व्यवस्था खुकुलो

सोमबार, २७ जेठ २०७६

मुलुकभरका आयोजनालाई रुग्ण बनाएको भन्दै सार्वजनिक खरिद नियमावली संशोधन गरेर निर्माण व्यवसायीलाई कस्न खोजेको सरकार व्यवसायीकै कडा विरोधका कारण खुकुलो बन्न बाध्य भएको छ।

१८ सय ट्यांकरबाट ‘क्यालिब्रेसन’ नगरी इन्धन ढुवानी

१८ सय ट्यांकरबाट ‘क्यालिब्रेसन’ नगरी इन्धन ढुवानी

सोमबार, २७ जेठ २०७६

नेपालको कानुन अनुसार पेट्रोलियम पदार्थ ढुवानी गर्ने हरेक ट्यांकरले बर्सेनि क्यालिब्रेसन गनुपर्ने भए पनि १८ सय हाराहारी ट्यांकरले क्यालिब्रेसन नगरी इन्धन ढुवानी गर्दै आएका छन्। इन्धन ढुवानी गर्न नेपाल आयल निगमबाट अनुमति लिएका करिब १९ सयमध्ये एक सय ट्यांकरले मात्र क्यालिब्रेसन गराएको नेपाल गुणस्तर तथा नापतौल विभागले जनाएको छ। विभागका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार निगमबाट अनुमति लिएका एक सय ट्यांकरले मात्र यो वर्ष क्यालिब्रेसन गराएका छन्। ‘प्रत्येक ट्यांकरले क्यालिब्रेसन गर्नुपर्ने भए पनि १८ सयले अटेर गरेका छन्,’ पुडासैनीले भने, ‘निगमका डिपो प्रमुख र ट्यांकर चालकको मिलेमतोमा क्यालिब्रेसन नगराएका हुन्।’

बाँझो जग्गा निरुत्साहित गर्ने नीति ल्याउन सुझाव

बाँझो जग्गा निरुत्साहित गर्ने नीति ल्याउन सुझाव

सोमबार, २७ जेठ २०७६

ले बाँझो जग्गालाई उपयोग गर्ने खालको नीति तथा कार्यक्रम ल्याउन तीनै तहका सरकारलाई सुझाव दिएको छ । आयोगले खेतीयोग्य जमिन उपयोगहीन भएको भन्दै कृषकलाई खेतीयोग्य जमिन प्रयोग गर्न प्रोत्साहन गर्ने खालको नीति अवलम्वन गर्न सरकारलाई सुझाव दिएको हो । समावेशी आयोगका अध्यक्ष शान्तराज सुवेदीले कृषकमैत्री नीति तथा कार्यक्रम अबलम्बन गर्न सरकारलाई सुझाव दिएको बताए । ‘आयोगले खेतीयोग्य जमिनमा उपयोग गर्ने खालको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सरकारलाई सुझाव दिएको छ,’ उनले आइतबार नागरिकसँग भने, ‘बाँझो जग्गा राख्नेलाई निरुत्साहित गर्ने खालको नीति ल्याएर खेती गर्ने कृषकलाई प्रोत्साहन गर्नु आवश्यक छ ।’

दुई अर्बबढी रकमान्तर, ५४ गाडी खरिद

दुई अर्बबढी रकमान्तर, ५४ गाडी खरिद

आइतबार, २६ जेठ २०७६

आर्थिक वर्ष सकिनै लाग्दा कर्णाली प्रदेशका विभिन्न मन्त्रालयहरुले दुई खर्बबढी रकमान्तर गरेका छन्। हालसम्म ७.३७ प्रतिशत मात्रै विकास बजेट खर्च गर्न सकेको प्रदेश सरकारले रकमान्तर गरेको बजेट मध्येबाट ५४ वटा नयाँ सवारी–साधान गरिद गरेको छ।

कृषि क्षेत्रमा बजेट कम भएको कृषिमन्त्रीकाे भनाइ

कृषि क्षेत्रमा बजेट कम भएको कृषिमन्त्रीकाे भनाइ

आइतबार, २६ जेठ २०७६

कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले कृषि क्षेत्रमा बजेट कम भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

सडक संरचना उच्च जोखिममा

सडक संरचना उच्च जोखिममा

आइतबार, २६ जेठ २०७६

मितेरीपुल (सिन्धुपाल्चोक) - विनाशकारी भूकम्पको चार वर्षपछि उत्तरी नाका तातोपानी अस्थायी रुपमा सञ्चालनमा आए पनि सडक संरचना अझै उच्च जोखिममा देखिएको छ। चार वर्षअघिको भूकम्प र लगत्तैको भोटेकोसी बाढीले क्षतबिक्षत बनेको चीन जोड्ने प्रमुख व्यापारिक नाका तातोपानीको २१ किलोमिटर सडक खण्ड उच्च जोखिममा देखिएको हो। भूकम्प र बाढीले भत्केको यो खण्डको ट्र्याक चीनले खोलिदिएको थियो।

पर्यटनको बजेट कनिका छरेझैं : व्यवसायी

पर्यटनको बजेट कनिका छरेझैं : व्यवसायी

आइतबार, २६ जेठ २०७६

पर्यटन बोर्ड पोखरा कार्यालयको चालु आर्थिक वर्षको बजेट सात करोड ६६ लाख रुपैयाँ हो। बोर्डको समग्र बजेट एक अर्ब ५० करोड ७७ लाख रुपैयाँ रहेकामा पोखरा कार्यालयले पाँच प्रतिशत पाएको थियो। पोखराले पाएको बजेटमध्येबाट पनि पूर्वाधारतर्फ तीन करोड ५० लाख र चार करोड १६ लाख रुपैयाँ प्रवद्र्धनात्मक कार्यक्रमका लागि छुट्ट्याइएको थियो।

बाँकेमा संघीय सरकारको तीन अर्ब बजेट

बाँकेमा संघीय सरकारको तीन अर्ब बजेट

आइतबार, २६ जेठ २०७६

संघीय सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ मा बाँकेका आठ स्थानीय तहका लागि रु दुई अर्ब ९० करोड ११ लाख विनियोजन गरेको छ। सरकारले वित्तीय समानीकरण अनुदानतर्फ रु एक अर्ब ३२ करोड २३ लाख र सःशर्त अनुदानतर्फ रु एक अर्ब ५७ करोड ८८ लाख विनियोजन गरेको हो।

प्रि–फिजिबिलिटी अध्ययन सकियो, १ सय ८५ करोड लाग्ने

प्रि–फिजिबिलिटी अध्ययन सकियो, १ सय ८५ करोड लाग्ने

आइतबार, २६ जेठ २०७६

धुन्चे–गोसाइँकुण्ड केबलकार निर्माणका लागि प्रि–फिजिबिलिटी अध्ययन सकिएको छ। अध्ययन सकिएसँगै केबलकार निर्माणका लागि फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीलाई प्रि–फिजिबिलिटी रिपोर्ट बुझाइएको छ।