जुत्ता प्रदर्शनीमा अवलोकनकर्ताको भीड

जुत्ता प्रदर्शनीमा अवलोकनकर्ताको भीड

शुक्रबार, ०८ पुष २०७३

नेपाल जुत्ताको बजार विस्तार गरी उपभोक्तासँग प्रत्यक्ष अन्तर्क्रिया गर्नको लागि फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालले काठमाडौंको भृकुटीमण्डपमा १३ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना गरेको छ। आगामी ११ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा ६० उद्योगले उत्पादन गरेका विभिन्न ब्रान्डका जुत्ता–चप्पल राखिएको छ।

'रेलमार्गको गुरुयोजना बनाऊ'

'रेलमार्गको गुरुयोजना बनाऊ'

शुक्रबार, ०८ पुष २०७३

व्यवस्थापिका संसदको विकास समितिले नेपालमा रेलमार्ग विस्तारको गुरुयोजना तयार गर्न सरकारलाई निर्देशन दिएको छ। बिहीबार सरोकारवाला निकायका प्रतिनिधिहरुसँग छलफल गरी समितिले यस्तो निर्देशन दिएको हो।

इन्धन मूल्यवृद्धि रोक्न निर्देशन

इन्धन मूल्यवृद्धि रोक्न निर्देशन

शुक्रबार, ०८ पुष २०७३

नेपाल आयल निगमले उपभोक्ताको ठाड सेक्ने गरी मूल्यवृद्धि गरेको भन्दै व्यवस्थापिका संसदको एक उपसमितिले पेट्रोलियम पदार्थको मूल्यवृद्धि स्थगन गर्न निर्देशन दिएको छ।

उखुको मूल्य ताेक्न उद्याेग राज्यमन्त्रीको संयोजकत्वमा वार्ता टोली गठन

उखुको मूल्य ताेक्न उद्याेग राज्यमन्त्रीको संयोजकत्वमा वार्ता टोली गठन

बिहिबार, ०७ पुष २०७३

उद्योगी र किसानबीच काठमाडौँमा तीन पटक र बारामा एक पटक गरी चारपटकको वार्ता असफल भएको थियो। सरकारको मन्त्रीस्तरीय रोहबरमा उद्योगमन्त्रालयमा बिहीवार पाँचौपटकको वार्ता किसानको माग अनुसार उखुको मूल्य दिन चिनी उद्योगीहरुले अस्वीकार गरेपछि निष्कर्षमा पुग्न नसकेको हाे।

नेपाल टेलिकमले ल्यायो सेयर बजारमा सुधार

नेपाल टेलिकमले ल्यायो सेयर बजारमा सुधार

बिहिबार, ०७ पुष २०७३

नेपाल टेलिकमको सेयर मूल्यमा आएको वृद्धिले नेप्सेलाई उकास्न आधार दिएको बताइन्छ । दोहोरो अङ्कले झरेको बजार बिहीबार भने करिब पाँच अङ्कले उकालो लागेको हो ।

भारतीय एयरलाइन्स गो एयरले ल्यायो ९९९ रुपैयाँको यात्रा अफर

भारतीय एयरलाइन्स गो एयरले ल्यायो ९९९ रुपैयाँको यात्रा अफर

बिहिबार, ०७ पुष २०७३

भारतीय आन्तरिक वायुसेवा कम्पनी गो एयरले क्रिसमसको उपलक्ष्यमा आफ्ना सबै रुटमा भाडदार घटाएको छ। मुम्बई आधारित कम्पनीले चाडपर्व अफर अफर अन्तर्गत आफ्नो भाडादर ९९९ भारतीय रुपैयाँबाट सुरु हुने योजना ल्याएको हो।

चीन जोड्ने सबैभन्दा छोटो नाका  खाेल्ने तयारी

चीन जोड्ने सबैभन्दा छोटो नाका खाेल्ने तयारी

बिहिबार, ०७ पुष २०७३

स्थानीय बासिन्दाको सक्रिय लगानी र सरकारको साझेदारीमा निमार्ण हुने नेपाल र चीन जोड्ने सबैभन्दा छोटो नाका टीपतालापासबाट ओलाङचुुङगोला तर्फको सडक शुक्रबारबाट खन्न थालिने भएको छ ।

'नेपाललार्इ युरोप–अफ्रिकाको रेल सञ्जालसँग जाेड्ने गरी गुरुयोजना बनाऊ'

बिहिबार, ०७ पुष २०७३

व्यवस्थापिका संसदको विकास समितिले नेपाललार्इ ट्रान्स एसियन र ट्रान्स साइबेरियन रेल नेटवर्कसँग जाेडेर युराेप तथा अफ्रिकासम्म रेल सञ्जाल विस्तार गर्ने गरी रेलमार्गको गुरुयोजना तयार गर्न सरकारलाई निर्देशन दिएको छ।

पर्यटन प्रर्वद्धन गर्न ‘धरानमा इलाम’!

पर्यटन प्रर्वद्धन गर्न ‘धरानमा इलाम’!

बिहिबार, ०७ पुष २०७३

आफ्नो जन्म थलो इलामको पर्यटन प्रर्वद्धन एवं कृर्षि उत्पादनको बजारीकरण गर्न इलामेली समाज सुनसरी–मोरङले दुई दिने धरानमा इलाम नामक प्रर्वद्धनात्मक कार्यक्रम गर्ने भएको छ। समाजले बिहीबार पत्रकार सम्मेलन गर्दै पौरखी इलामको दोस्रो सँस्करणअन्र्तगत पुष ९ र १० गते धरानको छाता चोकमा धरानमा इलाम कार्यक्रम गर्न लागेको जनाएको छ।

पेट्रोलियम पदार्थको मूल्य स्थगन गर्न आयल निगमलाई निर्देशन

पेट्रोलियम पदार्थको मूल्य स्थगन गर्न आयल निगमलाई निर्देशन

बिहिबार, ०७ पुष २०७३

उद्योग वाणिज्य तथा उपभोक्त हित संरक्षण समितिले गठन गरेको उपसमितिले पेट्रोलिय पदार्थमा भएको मूल्य बृद्धि तत्काल स्थगत गर्न आयल निगमलाई निर्देशन दिएको हो। उपसमितिको बिहीबार बसेको बैठकले पेट्रोलियम पदार्थमा गरेको मूल्य बृद्धि स्थगत गर्न निर्देशन दिएको उपसमितिका संयोजक सुवासचन्द्र ठकुरीले जानकारी दिए।

दोस्रो नेपाल पूर्वाधार शिखर सम्मेलन फागुनमा

दोस्रो नेपाल पूर्वाधार शिखर सम्मेलन फागुनमा

बिहिबार, ०७ पुष २०७३

आगामी फागुनमा काठमाडौंमा दोस्रो नेपाल पूर्वाधार शिखर सम्मेलन हुने भएको छ। नेपाल उद्योग परिसंघ, नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, युवा निर्माण व्यवसायी संघ नेपालको आयोजना र विभिन्न सरकारी निकाय, दुई पक्षीय र बहुपक्षीय विकास साझेदारको सहकार्यमा दोस्रो नेपाल पूर्वाधार शिखर सम्मेलन हुन लागेको हो।

साउदीका २६ कम्पनी कालो सूचीमा

साउदीका २६ कम्पनी कालो सूचीमा

बिहिबार, ०७ पुष २०७३

सरकारले साउदी अरेबियामा नेपाली कामदारलाई समयमै तलब भुक्तानी नगर्ने २६ कम्पनीलाई कालोसूचीमा राखेको छ। श्रम तथा रोजगार मन्त्रालयका अनुसार साउदीमा कम्पनीको गैरजिम्मेवारीका कारण नेपाली कामदार अलपत्र पर्ने क्रम बढ्दै गएपछि त्यस्ता कम्पनीलाई कालोसूचीमा राखेको हो।

मोबाइलव्यवसाय देशको तेस्रो ठूलो व्यापार

मोबाइलव्यवसाय देशको तेस्रो ठूलो व्यापार

बिहिबार, ०७ पुष २०७३

मोबाइल हेन्डसेट डिजेल, फलामपछिको तेस्रो ठूलो व्यापार भएको क्षेत्र हो। वार्षिक ४० प्रतिशतव्यवसाय वृद्धि भइरहेको अवस्थामा यो वर्ष झन्डै ३६ अर्ब रुपैयाँको कारोबार हुने अनुमानगरिएको छ। यसले देशको राजस्व र उपभोक्ताको जीवनशैलीमै ठूलो प्रभावपार्ने क्षमता राख्छ।

'पर्यटन संघसंस्थामा राजनीतिकरण बढ्दो'

'पर्यटन संघसंस्थामा राजनीतिकरण बढ्दो'

बिहिबार, ०७ पुष २०७३

ट्रेकिङ व्यवसायीहरूले पर्यटन संघसंस्थामा पछिल्लो पटक राजनीतिकरण झन् तीव्र गतिले अगाडि बढेको बताएका छन्। ट्रेकिङ व्यवसायीहरूको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले आफ्ना कार्यक्रम मूल्यांकन तथा नयाँ कार्यक्रम तर्जुमा गर्न सदस्यसँग कम्पनीको उपस्थितिमा मंगलबार आयोजना गरेको कार्यक्रममा व्यवसायीले राजनीतिकरणबाट पर्यटन क्षेत्र थप पछाडि धकेलिएको बताएका हुन्।

नागढुङ्गा–नौबिसे सुरुङमार्ग निर्माण गर्न नेपाल र जापानबीच सम्झौता

नागढुङ्गा–नौबिसे सुरुङमार्ग निर्माण गर्न नेपाल र जापानबीच सम्झौता

बिहिबार, ०७ पुष २०७३

नागढुङ्गा–नौबिसे साढे २ किलोमिटर सुरुङ मार्ग निर्माण गर्न नेपाल र जापान सरकारबीच बिहीबार सम्झौता भएको छ। यो नेपालकै पहिलो सुरुङमार्ग हुनेछ।

बिजुली माग्न नेपाली टोली दिल्लीतिर

बिजुली माग्न नेपाली टोली दिल्लीतिर

बिहिबार, ०७ पुष २०७३

थप बिजुली व्यवस्था नगरिए माघ पहिलो साताबाटै राजधानीमा फेरि अन्धकारयुग सुरु हुनेछ। केही समययता लोडसेडिङमुक्त राजधानीको यो चिन्ता दूर गर्न र आगामी दिन पूरै देश उज्यालो राख्न ऊर्जा मन्त्रालय र मातहत विद्युत प्राधिकरण सक्रिय छन्।

काममा नफर्किए इन्जिनियरलाई कारवाही गर्ने प्राधिकरणको चेतावनी

काममा नफर्किए इन्जिनियरलाई कारवाही गर्ने प्राधिकरणको चेतावनी

बुधबार, ०६ पुष २०७३

भूकम्पपछिको पुनःनिर्माणको काम ठप्प पारी सामूहिक राजीनामा दिएका इन्जिनियर तथा प्राविधिकलाई काममा फर्किन निर्देशन दिँदै नफर्किए कारवाही गर्ने चेतावनी दिएको छ। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बुधबार विज्ञप्ति जारी गर्दै आन्दोलित इन्जिनियर तत्काल काममा नफर्किए कानुनअनुसार कारवाही गर्ने चेतावनी दिएको हो।

हेलिकप्टर चार्टर गरेर डोल्पामा डोजर

हेलिकप्टर चार्टर गरेर डोल्पामा डोजर

बुधबार, ०६ पुष २०७३

भौगोलिक विकटताका कारण सडक सञ्जाल विस्तार हुन नसकेको डोल्पामा नेपाली सेनाको हेलिकप्टर चार्टर गरेर निर्माण व्यवसायीले डोजर डोल्पा पु¥याएका छन् । डोल्पाका निर्माण व्यवसायी गणेशबहादुर शाहीले ५० लाख खर्चेर डोजर डोल्पा पु¥याएका हुन्।

‘खासा–तातोपानी नाका नखुल्नुमा बाटो मुख्य कारण’

‘खासा–तातोपानी नाका नखुल्नुमा बाटो मुख्य कारण’

बुधबार, ०६ पुष २०७३

डेढ वर्षदेखि बन्द उत्तरको मुख्य नाका खासा–तातोपानी नखुल्नुमा खासातर्फको क्षतिग्रस्त सडक मुख्य कारण रहेको स्थानीय तिब्बती अधिकारीले बताएका छन् ।

'सिंगापुरको रेल नेपाल हुँदै युरोप जान सक्छ' (भिडियो)

बुधबार, ०६ पुष २०७३

ट्रान्स एशियन रेल्वे लाइनको चित्रमा नेपाल अहिले देखिँदैन। तर ट्रान्स एसियन रेल्वे लाइन नेटवर्कले नेपाललाई 'मिसिङ लाइन'को रुपमा गणना गरेको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।