बजार वृद्धिसँगै अस्वस्थ प्रतिस्पर्धाको चिन्ता

बजार वृद्धिसँगै अस्वस्थ प्रतिस्पर्धाको चिन्ता

शुक्रबार, १५ पुष २०७३

मोबाइलको बिक्रीमा वृद्धिसँगै बजारमा अस्वस्थ प्रतिस्पर्धा पनि देखिन थालेको छ। विभिन्न मोबाइल ब्रान्डको प्रवेशसँगै बजारमा देखिन थालेको यस्तो अस्वस्थ प्रतिस्पर्धालाई समयमै रोकथाम नगरे यसले समग्र बजारलाई नै असर गर्ने चिन्ता सरोकारवालाको छ।

माथिल्लो त्रिशूली-१ को पिडिए

माथिल्लो त्रिशूली-१ को पिडिए

शुक्रबार, १५ पुष २०७३

नेपाली र कोरियालीको संयुक्त लगानीमा निर्माण हुन लागेको २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको आयोजना विकास सम्झौता (पिडिए) भएको छ। ऊर्जा मन्त्रालय र नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालि (एनडब्लुइडिसिएल) बीच बिहीबार पिडिए भएको हो।

विद्युत् आयोजना र स्थानीयबीच सहमति

विद्युत् आयोजना र स्थानीयबीच सहमति

बिहिबार, १४ पुष २०७३

माबु गाउँमा सञ्चालित अप्पर माई जलविद्युत् आयोजनाले पूर्वसहमति कार्यान्वयन नगरेको भन्दै स्थानीयले आन्दोलनको चेतावनी दिएपछि बसेको सर्वपक्षीय छलफलमा सहमति जुटेको छ ।

व्यवसायीहरुले ब्याज अनुदान माग गर्न पाउने

व्यवसायीहरुले ब्याज अनुदान माग गर्न पाउने

बिहिबार, १४ पुष २०७३

उद्योगी व्यवसायीले ब्याज अनुदान माग गर्न पाउने भएका छन्। भूकम्प र नाकाबन्दीबाट उत्पादनमूलक उद्योगमा परेको क्षतिलाई कम गर्न र पुनरुत्थान गर्न ब्याज अनुदान दिने ब्यावस्था गरिएको छ।

नौ महिनामा ३७ लाख हवाई यात्रु

नौ महिनामा ३७ लाख हवाई यात्रु

बिहिबार, १४ पुष २०७३

मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट गएको नौ महिनामा ३७ लाख यात्रुले हवाई यात्रा गरेका छन्। त्रिभुवन विमानस्थलबाट सन् २०१६ जनवरीदेखि सेप्टेम्बर महिनाभित्र ३७ लाख ५ हजार ४ सय २९ जनाले हवाई यात्रा गरेका हुन्। यसमा २५ लाख ७ हजार ६ सय ७४ अन्तर्राष्ट्रिय तथा ११ लाख ९७ हजार ७ सय ५५ जना आन्तरिक उडान गर्ने यात्रु छन्।

सन्धि विपरित भारतले नेपाली वस्तुमा कर थप्यो

सन्धि विपरित भारतले नेपाली वस्तुमा कर थप्यो

बिहिबार, १४ पुष २०७३

भारतले नेपाल हुने जुटको तयारी वस्तु आयातमाभारी कर लगाएपछि नेपालका ६ वटा जुट उद्योग समस्यामा परेका छन्। भारत नेपाली जुटका उत्पादनको प्रमुखबजार हो। नेपाल–भारत व्यापार सन्धि विपरीत भारत सरकारले जुटका तयारी वस्तु निर्यातमा काउन्टर भेलिङ ड्युटी (सिभिडी) लगाएको जुट व्यवसायीको आरोप छ।

जोडियो मेलम्ची पानीको सुरुङ

जोडियो मेलम्ची पानीको सुरुङ

बिहिबार, १४ पुष २०७३

आउँदो दसैंमा राजधानीवासीलाई पानी खुवाउने गरी तीव्र गतिमा निर्माण भइरहेको मेलम्ची खानेपानी आयोजनाका दुई सुरुङ बुधबार जोडिएको छ। यसले पूर्वघोषित मितिमै राजधानीको तिर्खा मेटिने आशा बलियो बनाएको छ।

विद्युत् ट्रान्सफर्मर र मिटर अभाव हटाउँदै प्राधिकरण

विद्युत् ट्रान्सफर्मर र मिटर अभाव हटाउँदै प्राधिकरण

बुधबार, १३ पुष २०७३

नेपाल विद्युत् प्राधिकरणले विद्युतीकरणका लागि आवश्यक ट्रान्सफर्मर र विद्युत् मिटरको आपूर्ति सहज बनाउन लागेको छ। ग्रामीण क्षेत्रमा आम उपभोक्ताले विद्युतीकरण लागि लामो समयदेखि ट्रान्सफर्मर र मिटरको अभाव झेल्दै आएका थिए।

त्रिभुवन विमानस्थल सुधार्न एक महिनाभित्र नयाँ ग्लोबल टेन्डर

त्रिभुवन विमानस्थल सुधार्न एक महिनाभित्र नयाँ ग्लोबल टेन्डर

बुधबार, १३ पुष २०७३

मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल सुधारको बाँकी काम गर्न एक महिनाभित्र ‘ग्लोबल टेन्डर’ आह्वान गर्ने घोषणा गरेको छ।

ढुकुटीमा पैसै पैसा

ढुकुटीमा पैसै पैसा

बुधबार, १३ पुष २०७३

आधा आर्थिक वर्ष सकिन लाग्दा सरकारको ढुकुटी सुन्निदै गएको छ। राजस्व संकलन लक्ष्यभन्दा बढी भइरहेकै बेला सरकारी उदासीनताले बजेट खर्च हुन नसक्दा ढुकुटी सुन्निएको हो।

बाँके निकुञ्जमा बाघ गणना सुरु

बाँके निकुञ्जमा बाघ गणना सुरु

मङ्गलबार, १२ पुष २०७३

बाघ अनुगमनका लागि बाँके राष्ट्रिय निकुञ्जले मंगलबारदेखि क्यामेरा ट्रयापिङ सुरु गरेको छ। प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले क्यामेरा ट्रिप विधिको प्रयोग गरी मंगलबारदेखि बाघ गणना सुरु भएको घोषणा गरे। बाँके राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दीया संरक्षण कार्यक्रमबाट काम सुरु भएको हो।

मेलम्ची खानेपानीको सुरुङ पाँच किलोमिटर मात्र बन्न बाँकी

मेलम्ची खानेपानीको सुरुङ पाँच किलोमिटर मात्र बन्न बाँकी

मङ्गलबार, १२ पुष २०७३

बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको सुरुङ मार्ग (टनेल) निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । “यही गतिमा काम जारी रहे २०७४ साल भदौ महिनाभित्रमा सुरुङ मार्ग खन्ने काम सम्पन्न हुन्छ, कुल २७ किलोमिटरमध्ये अब साढे पाँच किलोमिटर मात्र निर्माण गर्न बाँकी छ,” खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले भने। यो नेपालको पहिलो सुरुङ मार्गसमेत हो ।

जेठदेखि देशभर लोडसेडिङ हटाउन प्राधिकरणको आक्रामक तयारी

जेठदेखि देशभर लोडसेडिङ हटाउन प्राधिकरणको आक्रामक तयारी

मङ्गलबार, १२ पुष २०७३

नेपाल विद्युत् प्राधिकरणले २०७४ जेठपछि देशभर विद्युत् कटौती(लोडसेडिङ) अन्त्य गर्ने तयारी अघि बढाएको छ। परीक्षणका रुपमा दशैंपछि काठमाडौं उपत्यकाको लोडसेडिङ अन्त्य गरेको प्राधिकरणले आउँदो जेठपछि देशभरको विद्युत् कटौती हटाउने तयारी अघि बढाएको हो।

झिलीमिली विराटनगर विमानस्थल

झिलीमिली विराटनगर विमानस्थल

मङ्गलबार, १२ पुष २०७३

रात्रिकालीनसमेत उडान हुने विराटनगर विमानस्थल रातको समयमा झिलीमिली पारिएको छ। बिमानस्थलको परिसरमा रहेको रूख, कार्यालय भवन र सडकभरि विद्युतीय लाइटिङ गरिएको छ।

नाफा हुँदा हुँदै तेलको मूल्यवृद्धि

नाफा हुँदा हुँदै तेलको मूल्यवृद्धि

मङ्गलबार, १२ पुष २०७३

पेट्रोलियम पदार्थ कारोबारमा नेपाल आयल निगमलाई घाटा भए त्यसको परिपूर्ति गर्न मूल्य स्थिरीकरण कोषको व्यवस्था भए पनि निगमले पेट्रोलमा धेरै नाफा राखेर मूल्य वृद्धि गरेको पाइएको छ।

उखुको मूल्य ५ सय ३१ रुपैयाँ सिफारिस

उखुको मूल्य ५ सय ३१ रुपैयाँ सिफारिस

मङ्गलबार, १२ पुष २०७३

उद्योग मन्त्रालय र कृषि मन्त्रालयको आपसी समन्वयमा सोमबार उखुको मूल्य प्रतिक्विन्टल ५ सय ३१ रूपैयाँ कायम गरी मन्त्रिपरिषदमा सिफारिस गरिएको छ। उद्योगी र कृषकले आपसी छलफलबाट उखुको मूल्य निर्धारण गर्न नसकेपछि दुवै मन्त्रालयले मूल्य तय गरेर अनुमोदनका लागि मन्त्रिपरिषदमा सिफारिस गरेका हुन्।

'गरिबी निवारण मन्त्रालय नै गरिब'

'गरिबी निवारण मन्त्रालय नै गरिब'

मङ्गलबार, १२ पुष २०७३

तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले 'गरिबका लागि सञ्चालित कार्यक्रम एकीकृत रुपमा सञ्चालन गर्दै मुलुकको गरिबी न्यूनीकरण गर्न सहकारी तथा गरिबी निवारण मन्त्रालय गठन गरे। २०६९ जेठमा गठन भएको यो मन्त्रालय नाममा मात्रै सीमित छ। राजनीतिक नेतृत्वले जुन उद्देश्यले मन्त्रालय गठन गरेको थियो, त्यसको औचित्य पुष्टी गर्न सकेको छैन।

बाँकी चार चिनियाँ जहाज ल्याउने पुनः घोषणा

बाँकी चार चिनियाँ जहाज ल्याउने पुनः घोषणा

मङ्गलबार, १२ पुष २०७३

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले चीनबाट ल्याउन बाँकी चारथान जहाज चाँडै ल्याउने घोषणा दोहोर्‍याएको छ। निगमले यसअघि गत कात्तिक अन्तिम साता पनि यस्तै घोषणा गरेको थियो।

समस्याग्रस्त सहकारी पुनर्व्यवस्थापन आयोग माग

समस्याग्रस्त सहकारी पुनर्व्यवस्थापन आयोग माग

मङ्गलबार, १२ पुष २०७३

सहकारी पीडितले समस्याग्रस्त सहकारी संस्थाको पुनर्व्यवस्थापन आयोग माग गरेका छन्। कमजोर नियमनका कारण सहकारी संस्थामा विकृति बढेको निष्कर्ष निकाल्दै उनीहरुले सहकारी क्षेत्रलाई मर्यादित बनाउन भन्दै पुनर्व्यवस्थापन आयोग माग गरेका हुन्।

उखुको मूल्य प्रतिक्विन्टल ५३१ रुपैयाँ निर्धारण गर्न सिफारिस

उखुको मूल्य प्रतिक्विन्टल ५३१ रुपैयाँ निर्धारण गर्न सिफारिस

सोमबार, ११ पुष २०७३

उद्योग मन्त्रालयको समन्वयमा चिनी उद्योगी र उखु कृषकबीच उखुको खरिब–बिक्री मूल्य निर्धारण भएको छ। उद्योग मन्त्रालयमा सामबार तेस्रो पटक भएको वार्ताबाट प्रतिक्विन्टल उखुको मूल्य ५३१ रुपैयाँ निर्धारण गरेको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।