बिहिबार, १६ असार २०७३
पछिल्लो १५ वर्षमा नेपालमा मध्यम वर्गीय नागरिकको जनसंख्या ३ गुनाले बढेको भए तापनि उनीहरु अझै धरापमा नै छन्। विश्व बैंकले बुधबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार गरिबीबाट माथि उठेका मध्यमवर्गीय नेपाली नोकरीको अनिश्चिततका कारण पुनः गरिब हुने जोखिम यथावत नै छ।
बिहिबार, १६ असार २०७३
देशका प्रत्येक गाविससम्म अप्टिकल फाइबर सञ्जाल पुर्याउने सरकारी योजना अनुरुप नेपाल टेलिकमले मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने भएको छ। टेलिकमले पाँचथर शिवभञ्ज्याङदेखि गोर्खाको आरुघाटसम्म अप्टिकल फाइबर नेटवर्क विस्तार गर्ने भएको हो।
बिहिबार, १६ असार २०७३
सिरहाको सिमावर्ती इनर्वा गाविसमा अहिले भारतीय जेसिबी साबिक सडकको दुवै छेउको माटो सोहोरेर बीचमा हाल्न व्यस्त छ। साबिक चल्तीको सडकको पश्चिम र पूर्वछेउ खनेर माटो हालेपछि सडक हिलाम्य बनेको छ। पहिला मोटर सहजै गुड्ने यो बाटोमा अहिले मोटरसाइकल समेत गुड्न मुस्किल छ।
बिहिबार, १६ असार २०७३
पूर्वी भेगको दोर्दीखोलामा निर्माण गरिने ४९.६ मेगावाटको सुपर दोर्दी ख जलविद्युत आयोजनाको निर्माण औपचारिक रुपमा सुरु भएको छ। सुरुङ निर्माणस्थलमा गरिएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसी, बाइबर घले र बुलाल घलेले संयुक्त रुपमा शिलान्याश गरेपछि आयोजनाको अडिट टनेल निर्माण कार्य सोमबार सुरु भएको हो।
बिहिबार, १६ असार २०७३
अघिल्लो वर्ष असार १५ गते धान दिवस मनाउन कृषिमन्त्री हरि पराजुली खेतमै पुगे, धान रोपे र हिलेजात्रा मनाए। धान रोप्दारोप्दै उनले खेतमा एक महिलामाथि जुन हर्कत देखाए, त्यसले पराजुलीको सार्वजनिक बेइज्जती मात्र गरेन, मन्त्री पद नै गुमाउनुपर्यो।
बुधबार, १५ असार २०७३
काठमाडौं— सामाजिक सञ्जाल सगुनले गैर आवासीय नेपाली(एनआरएन)लाई लगानीको अवसर खुल्ला गरेको छ। गैर आवासीय नेपाली गोविन्द गिरी संस्थापक रहेको सगुन डट कमले बुधबार काठमाडौंमा पत्रकार भेटघाट गरी उक्त जानकारी गराएको हो।
बुधबार, १५ असार २०७३
काठमाडौं— आराटुक अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आत्मघाती बम हमलापछि टर्किस एयरलाइन्सले आफ्ना यात्रुको सुरक्षा कम्पनीको मुख्य प्राथमिकता भएको जनाएको छ।
बुधबार, १५ असार २०७३
काठमाडौं-राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले भारतको नयाँ दिल्लीका लागि उडान संख्या थपेर सातामा ११ पुर्याएको छ।
बुधबार, १५ असार २०७३
काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो सरकारले विकासका काममा तीव्रता दिँदा विपक्षी दल आत्तिएको सार्वजनिक अभिव्यक्ति दोहोर्याइरहन्छन्।
मङ्गलबार, १४ असार २०७३
काठमाडौं-पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको ‘विस्तृत आयोजना प्रतिवेदन (डिपिआर)’ तयार गरिरहेको वापकोस लिमिटेडले यसको लागत करिब ५ खर्ब रुपैयाँ निर्धारण गरेको छ।
मङ्गलबार, १४ असार २०७३
वाणिज्य बैंकहरुको सेयर मूल्य बढ्दा सेयर बजार मापक नेप्से सोमबार १७२१.७७ बिन्दुमा पुगेको छ। बिमा र होटल समूहको सेयर मूल्यमा गिरावट आए पनि वाणिज्य बैंक समूह उचालिँदा बजारले नयाँ रेकर्ड बनाएको हो।
मङ्गलबार, १४ असार २०७३
पोखरादेखि म्याग्दीको बेनीहुँदै मुस्ताङ सदरमुकामजोमसोम जोड्ने सडक स्तरोन्नतिमालगानीगर्न चिनियाँबैंक इच्छुक देखिएको छ। चीनको एक्जिम बैंकले उक्तसडक स्तरोन्नतिगर्न चासो देखाएको हो।
मङ्गलबार, १४ असार २०७३
भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सुरु भएपछि रुपन्देहीमा होटलमा लगानी ह्वात्तै बढेको छ। दुई वर्षयता बनेका र बन्दै गरेका होटलमा ७ अर्ब लगानी भएको छ।
सोमबार, १३ असार २०७३
भैरहवा- सन् २०३३ सम्ममा दैनिक ६० अन्तर्राष्ट्रिय उडान भर्ने लक्ष्यका साथ गौतम बुद्ध विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढाइएको छ।
सोमबार, १३ असार २०७३
आधा शताब्दी पुराना खाद्य ऐन संशोधन गर्दै जरिवानाको प्रावधानलाई २० गुणासम्म बढाइएको छ। ऐन मिचेर खाद्य उत्पादन र बिक्री गर्ने व्यक्तिले पाउने सजाय कमजोर भएको आलोचना भइरहेको बेला सरकारले खाद्य ऐन २०२३ संशोधन गर्न लागेको हो।
सोमबार, १३ असार २०७३
आधा शताब्दी पुराना खाद्य ऐन संशोधन गर्दै जरिवानाको प्रावधानलाई २० गुणासम्म बढाइएको छ। ऐन मिचेर खाद्य उत्पादन र बिक्री गर्ने व्यक्तिले पाउने सजाय कमजोर भएको आलोचना भइरहेको बेला सरकारले खाद्य ऐन २०२३ संशोधन गर्न लागेको हो।
सोमबार, १३ असार २०७३
बिमा समितिले समस्याग्रस्त बिमा कम्पनीलाई सिधै कारबाही गर्न पाउने गरी कानुन बन्ने भएको छ। अहिले कारबाहीको कदम चाल्न अदालतको फैसला कुर्नु पर्छ। समस्याग्रस्त बिमा कम्पनीलाई बिमा समितिलेे सिधै कारबाही गर्ने व्यवस्था सहितको नयाँ बिमा ऐनको मस्यौदा तयार पारिएको छ।
सोमबार, १३ असार २०७३
दस वर्षदेखि निर्माणाधीन १४ मेगावाट कुलेखानी तेस्रो जलाशय जलविद्युत आयोजनाको म्याद अझै २ वर्ष थप्ने तयारी गरिएको छ। निर्माणको म्याद थप्न लागिएको यो चौथोपटक हो।
सोमबार, १३ असार २०७३
मुस्ताङ सदरमुकाम जोमसोमदेखि चीनको सीमा कोरलासम्मको सडक स्तरोन्नति हुने भएको छ। ट्र्याकमात्र खुलेको उक्त सडक स्तरोन्नति गर्न सबै प्रक्रिया अघि बढाइएको छ। सडक स्तरोन्नति गर्न टेन्डर आह्वान गरी निर्माण कम्पनी छान्ने प्रक्रिया चलिरहेको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ।
सोमबार, १३ असार २०७३
पश्चिम तराईको पर्यटकीय गन्तव्यका रुपमा स्थापित बाँके राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवर्द्धनका गतिविधि सुरु भएका छन्। विश्वकै दुर्लभ पाटेबाघ संरक्षणका लागि पाँच वर्षअघि स्थापना भएको निकुञ्जमा पर्यटक भित्र्याउने प्रयासस्वरुप पूर्वाधार निर्माणसँगै पहिलोपटक हात्तीसार स्थापना गरिएको हो।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।