एउटै व्यक्तिले धेरै लघुवित्तबाट कर्जा

एउटै व्यक्तिले धेरै लघुवित्तबाट कर्जा

शुक्रबार, १० भदौ २०७३

एउटै व्यक्तिले धेरै लघुवित्त संस्थाबाट कर्जा लिने गरेका छन्। लघुवित्तबाट कुन व्यक्तिले कति ऋण लिएका छन् भन्ने एकीकृत तथ्यांक नहुँदा एउटै व्यक्तिले धेरै लघुवित्तबाट कर्जा लिन सफल भएका हुन्। वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुले ऋण लिन लागेको व्यक्तिले कुन संस्थाबाट कति ऋण लिएको भन्ने सहजै पत्ता लगाउन सकिने हुँदा दोहोरो कर्जा लिने सम्भावना हुँदैन।

मुडेको आलु ब्रान्ड नामसहित राजधानीमा

मुडेको आलु ब्रान्ड नामसहित राजधानीमा

शुक्रबार, १० भदौ २०७३

सिन्धुपाल्चोकको स्वच्छ लेकाली हावापानीमा उत्पादित मुडेको आलु 'ट्यागिङ' र 'प्याकिङ' सहितको 'ब्रान्ड' नाममा राजधानी निर्यात हुन थालेको छ। सरकारले 'प्याकिङ' र 'ट्यागिङ' कार्यक्रम दिएपछि यहाँको अर्गानिक उत्पादनले 'मुडे आलु' ब्रान्ड नाम पाएको हो।

बजारमा विश्व चर्चिच ब्रान्ड रेनोल्टको प्रवेश

बजारमा विश्व चर्चिच ब्रान्ड रेनोल्टको प्रवेश

शुक्रबार, १० भदौ २०७३

नेपाली अटोमोबाइल्स क्षेत्रमा विश्वको चर्चित ब्रान्ड रेनोल्ट थपिएको छ। एडभान्स अटोमोबाइल्सले नेपालका लागि आधिकारिक बिक्रेता हुँदै रेनोल्ट गाडी भित्र्याएको छ। पहिलो पटक नेपालमा प्रवेश गरेको यस कम्पनीले सोमबार (भदौ १३ गते) औपचारिक रुपमा सार्वजनिक गर्दैछ।

'२१ लाख कर्मचारी आवश्यक'

'२१ लाख कर्मचारी आवश्यक'

शुक्रबार, १० भदौ २०७३

अमेरिकी जहाज निर्माता कम्पनी बोइङले आगामी दुई दशकभित्र विश्वको व्यापारिक उड्डयन बजारलाई थप २१ लाख पाइलट, प्राविधिक र क्याबिन क्रु आवश्यक पर्ने तथ्य प्रक्षेपण गरेको छ। बोइङले '२०१६ पाइलट एन्ड टेक्निसियन आउटलुक' तयार पारी आगामी २० वर्षभित्र उक्त संख्याबराबर पाइलट, प्राविधिक र क्याबिन क्रु आवश्यक पर्ने प्रक्षेपण गरेको हो।

तामाकोसी तेस्रो र तमोरमा लगानी गर्न चिनियाँ प्रस्ताव

तामाकोसी तेस्रो र तमोरमा लगानी गर्न चिनियाँ प्रस्ताव

बिहिबार, ०९ भदौ २०७३

सरकारी स्वामित्वको चिनियाँ कम्पनी चाइना मेसिनरी इन्जिनियरिङ कर्पोरेसन (सिएमइसी)ले नेपालको दुई महत्वपूर्ण आयोजनामा लगानी गर्न चासो देखाएको छ।

अनुदान मल बेच्न पाउने भन्दै उद्योग वाणिज्य संघद्वारा बजार बन्द

अनुदान मल बेच्न पाउने भन्दै उद्योग वाणिज्य संघद्वारा बजार बन्द

बिहिबार, ०९ भदौ २०७३

किसानलाई सरकारले दिएको अनुदानको रसायनिक मल बिक्री गरेको आरोपमा पक्राउ परेका ब्यवसायीलाई छुटाउन उद्योग वाणिज्य संघ गोरखाले आज बजार बन्दको आह्वान गरेको छ। सरकारले बजार अनुगमन गरेर कालोबाजारीलाई तत्काल कानुनी दायरामा ल्याउन निर्देशन गरेकै दिन मंगलबार गोरखामा अनुदानको मल बेच्ने ब्यापारी पक्राउ परेका थिए।

अटो सोमा महिन्द्रा मोजो लन्च हुने

अटो सोमा महिन्द्रा मोजो लन्च हुने

बिहिबार, ०९ भदौ २०७३

महिन्द्रा कम्पनीले गर्न लागेको नाडा अटो सो २०१६ मा महिन्द्रा मोजो ३०० सिसीको लन्चका लागि भारतको पुनेबाट व्यावसायिक राइडर नेपाल आउने भएका छन्। भारतबाट महिन्द्रा मोजो नै चलाई आउने मोजो राइडरहको उपस्थितिमा हुने नाडाको यो पहिलो अन्तर्राटि्रयस्तरको लन्च भएको बताइएको छ।

चोर बाटोबाट करोडौंको बिस्कुट

चोर बाटोबाट करोडौंको बिस्कुट

बिहिबार, ०९ भदौ २०७३

एसियन बिस्कुट एन्ड कन्फेसनरीका प्रबन्ध निर्देशक महेश जाजुको ह्वाट्सअपमा बिस्कुटको र्‍यापरको फोटो लगालग आयो। भारतीय बिस्कुटको र्‍यापर हेरेर उनी चकित भए। ब्रिटानिया कम्पनीको ३ सय ग्रामको बिस्कुटमा र्‍यापरको एउटामा बिक्री मूल्य ७० र अर्कोमा बिक्री मूल्य २८ रूपैयाँ उल्लेख थियो।

अकबरे उत्पादनमा हौसिँदै किसान

अकबरे उत्पादनमा हौसिँदै किसान

बिहिबार, ०९ भदौ २०७३

सोयाङ गाविस–९ का तोपबहादुर बस्नेतले यो वर्ष बारीमा २ हजार ५ सय बोट अकबरे खुर्सानी लगाएका छन्। यसबाट करिब १० लाख रुपैयाँ आम्दानी गर्ने योजनामा छन् उनी। ‘यसपालि राम्रो उत्पादन छ,' उनले सुनाए, ‘अकबरे खेतीमा यो वर्ष ४० हजार रुपैयाँ लगानी गरेको थिएँ, १० लाख रुपैयाँ आम्दानीको अनुमान गरेको छु।'

नेसनल ट्रेडिङमा तलब लिन आन्दोलन

नेसनल ट्रेडिङमा तलब लिन आन्दोलन

बिहिबार, ०९ भदौ २०७३

तलब खान नपाएपछि सरकारी स्वामित्वको नेसनल टे्रडिङ लिमिटेडका कर्मचारी आन्दोलित भएका छन्। दुईदेखि आठ महिनासम्मको तलब नपाएपछि एक साताअघि आन्दोलन घोषणा गरेका कर्मचारीले बुधबारदेखि लिमिटेडका महाप्रबन्धक सत्यनारायण मेहतालाई कार्यालय प्रवेशमै अवरोध गरे।

घर र गाडी भाडामै मासिक करोड

घर र गाडी भाडामै मासिक करोड

बिहिबार, ०९ भदौ २०७३

भूकम्प पीडितलाई सहयोग गर्न गोरखा आएका आइएनजिओको अहिलेको चलेको भाडादर हो यो। भूकम्पअघि अहिलेको भन्दा ५० प्रतिशत कम मूल्यमा घरभाडा पाइन्थ्यो भने गाडी भाडा ३० देखि ४० प्रतिशत कम थियो। भूकम्पपीडितलाई सहयोग गर्न १५ महिनादेखि बसेका अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले बिलासितामा करोडौं रुपैयाँ खर्च गर्ने गरेका छन्।

सिम्रिकको इजाजतपत्र नवीकरण

सिम्रिकको इजाजतपत्र नवीकरण

बिहिबार, ०९ भदौ २०७३

सरकारले निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी सिमि्रक एयरलाइन्सको इजाजतपत्र र वायुसेवा सञ्चालन तथा अनुमति प्रमाणपत्र (एओसी) नवीकरण गरिदिएको छ। वार्षिक रूपमा नवीकरण गर्नुपर्ने भए पनि 'मानवीय त्रुटि' का कारण नवीकरण गर्न नसकिएको बताएको सिमि्रकलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलये २ सय प्रतिशत जरिवानासहित इजाजतपत्र नवीकरण गरिदिएको हो।

सेयर बजारमा झन्डै ५० बिन्दुको वृद्धि

सेयर बजारमा झन्डै ५० बिन्दुको वृद्धि

बिहिबार, ०९ भदौ २०७३

सेयर बजार मापक नेप्से झन्डै ५० बिन्दुले बढेको छ। बुधबार कारोबार रकम पनि एक अर्ब नाघेको छ। बुधबार नेप्से ४८.७६ बिन्दुको वृद्धिबाट १७३० अंकमाथि पुगेको छ। एकै दिन १ सय ४२ कम्पनीको सेयर कारोबार भएको छ।

सेयर र घरकर्जामा कडाइ

सेयर र घरकर्जामा कडाइ

बिहिबार, ०९ भदौ २०७३

नेपाल राष्ट्र बैंकले सेयर र घर–जग्गा कर्जामा कडाइ गरेको छ। उसले बुधबार बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गर्दै त्यस्तो कर्जा कसिलो बनाएको हो। 'मार्जिन लोन' प्रदान गर्दा १ सय ८० दिनको अन्तिम मूल्यको औसत मूल्य वा सेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ, त्यसको ५० प्रतिशत कायम रकममात्र कर्जा प्रवाह गर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ।

जगदम्बा स्टिल्सले ल्यायो ‘राइनो ५०० डी’ फलामे छड

जगदम्बा स्टिल्सले ल्यायो ‘राइनो ५०० डी’ फलामे छड

बुधबार, ०८ भदौ २०७३

शंकर गु्रपअन्तर्गतको जगदम्बा स्टिल्स प्रालिले नेपाली बजारमा ‘ग्यारेण्टेड डक्टिलिटी’ सहितको राइनो ५०० डी फलामे छड सार्वजनिक गरेको छ। राइनो ५०० डी मजबुती तथा डक्टिलिटीसहितको छड भएको कम्पनीको दाबी छ।

बैंकमा थुप्रियो, व्यापारी अवैध सुनमा निर्भर

बैंकमा थुप्रियो, व्यापारी अवैध सुनमा निर्भर

बुधबार, ०८ भदौ २०७३

सुन आयात तथा बिक्री वितरण कार्यविधि–२०६८ संशोधनमा ढिलाइ हुँदा वाणिज्य बैंकहरुमा सुन थुप्रिने र व्यवसायीले वैध सुन नपाउने समस्या जटिल बन्दै गएको छ । उक्त कार्यविधि संशोधनका लागि वाणिज्य मन्त्रालय, राष्ट्र बैंक, बैंकर्स एसोसिएसन र व्यवसायी समेतले सकारात्मक भएको बताइरहे पनि संशोधन भई कार्यान्वयनमा भने आउन नसकेको हो।

विमानस्थल आसपास लेजर लाइट निषेध

विमानस्थल आसपास लेजर लाइट निषेध

बुधबार, ०८ भदौ २०७३

काठमाडौं-मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास विकिरण फ्याँक्ने ‘लेजर लाइट’ प्रयोग गर्न निषेध गरेको छ।

पेट्रोलियम प्राधिकरणको तयारी

पेट्रोलियम प्राधिकरणको तयारी

बुधबार, ०८ भदौ २०७३

काठमाडौं-पेट्रोलियम कारोबारलाई व्यवस्थित गर्न सरकारले ‘नेपाल पेट्रोलियम प्राधिकरण’ गठन गर्ने भएको छ।

सय मेगावाटसम्म अब सजिलो

सय मेगावाटसम्म अब सजिलो

बुधबार, ०८ भदौ २०७३

काठमाडौं-सरकारले जलविद्युत आयोजना अध्ययन, उत्पादन र प्रसारण तथा वितरण लाइनको अनुमति दिने प्रक्रिया छोट्याएर सहज बनाउने निर्णय गरेको छ।

अमेरिकामा वाइवाई उद्योग खोल्ने विनाेद चौधरीकाे सपना

अमेरिकामा वाइवाई उद्योग खोल्ने विनाेद चौधरीकाे सपना

मङ्गलबार, ०७ भदौ २०७३

चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले अमेरिकामा वाइवाई चाउचाउ उद्योग स्थापना गर्ने तथा सिलिकन भ्यालीमा भेञ्चर क्यापिटलमार्फत पहिलो नेपाली उद्योग स्थापना गर्ने आफ्नो लक्ष्य रहेको बताएको छ ।

Ncell Footer Ad