गोदाम र बारीमै कुहिँदै नेपालकाे अदुवा

गोदाम र बारीमै कुहिँदै नेपालकाे अदुवा

शुक्रबार, १७ भदौ २०७३

हानीकारक विषादीको मात्रा पाइएको भन्दै भारतीय पक्षले नेपाली अदुवा भारत निर्यात रोकेपछि जिल्लाका हजारौं किसान र सयौैं व्यापारी मारमा परेका छन्। मध्यसिजनमै अदुवा निकासी रोकिएपछि किसानले झिकेर बेच्न ठिक्क पारेको अदुवा कुहिने डर उनीहरूलाई छ।

राष्ट्र बैंक छाड्नेबित्तिकै निजी बैंक जान नपाउने

राष्ट्र बैंक छाड्नेबित्तिकै निजी बैंक जान नपाउने

शुक्रबार, १७ भदौ २०७३

राष्ट्र बैंक छोड्नेबित्तिकै निजी बैंक तथा वित्तीय संस्थामा जागिर खान जाने प्रवृत्ति निस्तेज हुने गरी कानुन निर्माण भएको छ। राष्ट्र बैंकमा छँदा निजी क्षेत्रका संस्थामा राम्रो सम्बन्ध कायम गर्ने र सेवा निवृत्त हुनासाथ तिनै संस्थामा गएर काम काम गर्ने प्रवृत्ति हाबी भएपछि नयाँ व्यवस्था गरिएको हो।

श्रीले जहाजबाट आन्तरिक र अन्तर्राष्ट्रिय उडान गर्ने

श्रीले जहाजबाट आन्तरिक र अन्तर्राष्ट्रिय उडान गर्ने

शुक्रबार, १७ भदौ २०७३

मुलुककै सबैभन्दा ठूलो हेलिकोप्टर सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले साना–ठूला जहाज ल्याएर आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ। हाल साना र ठूला गरी १० वटा हेलिकोप्टर सञ्चालन गरिरहेको श्रीले चाँडै स्वदेश तथा विदेशमा उडान गर्ने तयारी तीव्र गतिले अगाडि बढाएको छ।

पूर्वपर्यटन मन्त्रीको 'चपेटा' मा क्यासिनो मिल्लेनायर्स

पूर्वपर्यटन मन्त्रीको 'चपेटा' मा क्यासिनो मिल्लेनायर्स

शुक्रबार, १७ भदौ २०७३

सयौं रोजगारी सिर्जना गरिरहेको राजधानीको लाजिम्पाटस्थित क्यासिनो मिल्लेनायर्स क्लबले सञ्चालन अनुमतिपत्र नवीकरण गर्न सबै प्रक्रिया पूरा गरे पनि निवर्तमान पर्यटन मन्त्री आनन्दप्रसाद पोखरेलले झुलाएको झुलायै गरे।

पाँच सहरमा एनसेल मेला

पाँच सहरमा एनसेल मेला

शुक्रबार, १७ भदौ २०७३

एनसेलले देशका विभिन्न ५ सहरमा एनसेल मेला आयोजना गर्ने भएको छ। कम्पनीको रि¬–ब्रान्डिङ पश्चात नारायणघाट, पोखरा, बुटवल, धरान र बिर्तामोडमा शुभकामना आदान प्रदान तथा नयाँ ब्रान्ड चिनाउन उक्त मेला गर्न लागेको कम्पनीले जनाएको छ।

सिंगापुरबाट डलर ल्याउँदै राष्ट्र बैंक

सिंगापुरबाट डलर ल्याउँदै राष्ट्र बैंक

शुक्रबार, १७ भदौ २०७३

बैंकिङ प्रणालीमा चर्को अभाव भएर व्यवस्थापन समस्या आएपछि  राष्ट्र बैंकले सिंगापुरबाट करिब एक करोड अमेरिकी डलर ल्याउने तयारी गरेको छ। चिनियाँ व्यापारीले बैंकिङ प्रणालीको साटो सोझै बजारबाट अमेरिकी डलर उठाएको र नेपाल आउने पर्यटकले नगद ल्याउन छाडेपछि डलरको नगद अभाव हुँदै आएको छ।

टेलिकमको डाटा अफर', ८५ रुपैयाँमा १२०० एमबी

टेलिकमको डाटा अफर', ८५ रुपैयाँमा १२०० एमबी

बिहिबार, १६ भदौ २०७३

नेपाल टेलिकमले जिएसएम प्रिपेड मोबाइलका ग्राहकहरुका लागि फेस्टिवल टाटा अफर ल्याएको छ।

मर्मतपछि सुनकोसीको उत्पादन पुनः सुरु

मर्मतपछि सुनकोसीको उत्पादन पुनः सुरु

बिहिबार, १६ भदौ २०७३

भोटेकोसी बाढीले क्षति पुर्याउँदा अवरुद्ध सुनकोसी जलविद्युत केन्द्रले मर्मतपछि पुन विद्युत उत्पादन थालेको छ। केहीदिन अघिबाट साढे २ मेगावाट क्षमतामा उत्पादनमा आएको केन्द्रले क्षमता बढाउँदै तीन दिनदेखि ६.२ मेगावाट पुर्याएको छ।

ग्यासको मूल्य प्रतिसिलिन्डर ५० रुपैयाँ घट्यो

ग्यासको मूल्य प्रतिसिलिन्डर ५० रुपैयाँ घट्यो

बिहिबार, १६ भदौ २०७३

नेपाल आयल निगमले चाडबाडलाई लक्षित गरेर ग्यासमा प्रतिसिलिन्डर ५० रुपैयाँ भाउ घटाएको छ। १ हजार ३ सय ७५ रुपैयाँबाट ५० रुपैयाँ घटेपछि अब उपभोक्ताले १ हजार ३ सय २५ रुपैयाँमा ग्यास पाउने निगमका प्रवक्ता भानुभक्त खनालले बताए।

सुबिसु क्यान कमटेक भदौ २३ देखि

सुबिसु क्यान कमटेक भदौ २३ देखि

बिहिबार, १६ भदौ २०७३

सुबिसु क्यान कमटेक–२०१६ यही भदौ २३ देखि २६ गतेसम्म आयोजना हुने भएको छ। मेलामा नयाँ प्रविधिको प्रदर्शन तथा यस क्षेत्रमा भएका विकास र विस्तारमा सहयोग पुर्याउने आयोजकले जानकारी गराएको छ।

राष्ट्र बैंक कर्मचारीले जागिर छोड्ना साथ निजी बैंक जान नपाउने

राष्ट्र बैंक कर्मचारीले जागिर छोड्ना साथ निजी बैंक जान नपाउने

बिहिबार, १६ भदौ २०७३

राष्ट्रबैंक छोडेर निजी बैंक तथा बित्तीसंस्थामा जागिर खान जाने प्रवृत्तिलाई निस्तेज गर्न कडा कानुनी व्यवस्था ल्याइएको छ। नेपाल राष्ट्र बैंक एेन २०५८ लाई संशोधन गर्न बनेको विधेयकलाई संसदले बिहीबार पारित गरेपछि राष्ट्र बैंकका उच्च पदस्थ अधिकारी अवकासपछि बैंक तथा वित्तिय संस्थामा जान निश्चित वर्षसम्म कानुनी बाटो बन्द भएको छ।

अन्तर्राष्ट्रिय र आन्तरिक उडानकालागि १२ जहाज किन्ने पर्यटन मन्त्रीको दाबी

अन्तर्राष्ट्रिय र आन्तरिक उडानकालागि १२ जहाज किन्ने पर्यटन मन्त्रीको दाबी

बिहिबार, १६ भदौ २०७३

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले आफ्नो कार्यकालभित्रै अन्तर्राष्ट्रिय उडानको लागि कम्तिमा ६ वटा र आन्तरिक उडानको लागि १२ वटा विमान किन्ने बताएका छन्।

कामकाजीका साथी निजी सवारी

कामकाजीका साथी निजी सवारी

बिहिबार, १६ भदौ २०७३

निजी सवारी अब विलासी साधन रहेन।विगतमा हुनेखाने,सम्पन्न वर्गलेप्रयोग गर्ने निजी सवारी अहिले जीवनको अभिन्न पाटो बनेको छ।जागिरे जीवनमा होस् वा व्यवसायमा, घुमफिरमा निस्किँदा मात्र होइन कलेज पढ्न जाँदा पनि। निजी सवारीसोख नभईअनिवार्य आवश्यकताका वनेको छ।

कामकाजीका साथी निजी सवारी

कामकाजीका साथी निजी सवारी

बिहिबार, १६ भदौ २०७३

निजी सवारी अब विलासी साधन रहेन।विगतमा हुनेखाने,सम्पन्न वर्गलेप्रयोग गर्ने निजी सवारी अहिले जीवनको अभिन्न पाटो बनेको छ।जागिरे जीवनमा होस् वा व्यवसायमा, घुमफिरमा निस्किँदा मात्र होइन कलेज पढ्न जाँदा पनि। निजी सवारीसोख नभईअनिवार्य आवश्यकताका वनेको छ।

सार्क आप्रवासन मस्यौदा तयार हुँदै

सार्क आप्रवासन मस्यौदा तयार हुँदै

बिहिबार, १६ भदौ २०७३

सार्क मुलुकबाट कामका लागि बाहिरिने कामदारको समान सुविधा प्राप्तिमा एउटै धारणा बनाउन सार्क आप्रवासन मस्यौदा तयार हुँदैछ। काठमाडौंमा सम्पन्न १८औं सार्क सम्मेलनमा ८ मुलुकका राष्ट्र/सरकार प्रमुखले दिएको म्यान्डेट अनुसार नेपालले मस्यौदा तयार गरिरहेको हो।

जापानबाट १८३ करोड अनुदान

जापानबाट १८३ करोड अनुदान

बिहिबार, १६ भदौ २०७३

जापान सरकारले नेपालको हवाई सुरक्षा तथा विद्यालय क्षेत्र विकास कार्यक्रम कार्यान्वयन गर्न एक अर्ब ८३ करोड २० लाख रुपैयाँ अनुदान सहयोग पनि उपलब्ध गराउने भएको छ।

'बिजुली किनबेच गर्न खुलाबजारमा जोड देऊ'

'बिजुली किनबेच गर्न खुलाबजारमा जोड देऊ'

बिहिबार, १६ भदौ २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालको आगामी भदौ ३० देखि हुने भारत भ्रमण क्रममा बिजुलीको खुला बजार विस्तारलाई मुख्य मुद्दा बनाउनुपर्ने सरोकारवालाको जोड छ। दुई देशबीच २०७१ कात्तिक ४ मा भएको विद्युत व्यापार सम्झौता (पिटिए) अनुसार बजार विस्तारमा जोड दिइएको हो।

अदुवा निर्यात समस्यामा सरकार बेखबर

अदुवा निर्यात समस्यामा सरकार बेखबर

बिहिबार, १६ भदौ २०७३

मिसावटको कारण देखाउँदै भारतले नेपाली अदुवा निर्यातमा लगाएको प्रतिबन्धबारे सरकारले अनभिज्ञता दर्शाएको छ। मुलुकका प्रमुख भन्सार नाकाहरुबाट अदुवा भारत जान नसकेको साताभन्दा बढी समय भइसक्दासमेत सरकार भने 'यसबारे आधिकारिक जानकारी नआएको' भन्दै ढुक्कले बसेको छ।

नेपालसमेत संस्थापक रहेकाे एअार्इअार्इबीकाे सदस्य बन्न क्यानडा इच्छुक

नेपालसमेत संस्थापक रहेकाे एअार्इअार्इबीकाे सदस्य बन्न क्यानडा इच्छुक

बुधबार, १५ भदौ २०७३

क्यानडाले पनि चीनको अग्रसरतामा स्थापना हुन लागेको बैंक, एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक (एआइआइबी) को सदस्यताका लागि आवेदन गर्ने भएको छ। क्यानडाले सो बैंकको सदस्यताको लागि आवेदन गर्न लागेको कुरा क्यानडाली विदेशमन्त्रालयले जनाएको छ।

हवाइ सुरक्षा सुधारका लागि जापानले झण्डै रू. २ अर्ब अनुदान दिने

हवाइ सुरक्षा सुधारका लागि जापानले झण्डै रू. २ अर्ब अनुदान दिने

बुधबार, १५ भदौ २०७३

जापान सरकारले नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सवको अवसर पारेर दुई भिन्न परियोजना कार्यान्वयन गर्न नेपाललाई रु. १ अर्ब ८३ करोड २० लाख अनुदान सहयोग उपलब्ध गराउने भएको छ।

Ncell Footer Ad