सिद्धार्थ बैंकको ७२ औं शाखा तानसेनमा

सिद्धार्थ बैंकको ७२ औं शाखा तानसेनमा

आइतबार, १४ जेठ २०७४

सिद्धार्थ बैंकको ७२ औं शाखा जिल्ला सदरमुकाम तानसेनमा खुलेको छ । बैंकका सञ्चालक महेश पोखरेल र भगत विष्टले शाखाको आइतबार उद्घाटन गरेका हुन् ।

चुक्ता पुँजी बढाउन ६ महिना सहुलियत

चुक्ता पुँजी बढाउन ६ महिना सहुलियत

आइतबार, १४ जेठ २०७४

केही बैंक तथा वित्तीय संस्थालाई असार मसान्तभित्र चुक्ता पुँजी पुर्‍याउन समस्या हुने भएपछि केन्द्रीय बैंकले ६ महिना सहुलियत दिने तयारी गरेको छ। यसअघि राष्ट्र बैंकले २०७४ असार मसान्तसम्म तोकिएको पुँजी पुर्‍याउन निर्देशन दिएको थियो।

युरोपियन स्ट्यान्डर्डको भएपछि सबैको आकर्षण

युरोपियन स्ट्यान्डर्डको भएपछि सबैको आकर्षण

आइतबार, १४ जेठ २०७४

राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीलाई घटाएर २५–३० मा झार्ने रणनीति बनाए पनि त्यो पूरा हुने सम्भावना भने छैन।

कामिरिता २१औं पटक सगरमाथा शिखरमा

कामिरिता २१औं पटक सगरमाथा शिखरमा

आइतबार, १४ जेठ २०७४

संसारभरका पर्वतारोही र हिमाल आरोहणमा चासो राख्नेका लागि खुसीको खबर छ– एक नेपाली आरोहीले सर्वोच्च शिखर सगरमाथामा २१ औं पटक विजयी झन्डा फहर्‍याएका छन्।

फस्टाउँदै अनलाइन सपिङ

फस्टाउँदै अनलाइन सपिङ

आइतबार, १४ जेठ २०७४

बौद्ध नयाँबस्ती घर भएका सानु लामाले अनलाइनकै माध्यमबाट बुधबार केमु डट कममा गर्मी मौसमका लागि सेतो टिसर्ट माग गरिन्। गोल्डेनगेट कलेजमा बिबिएस अध्यनरत सानुले अर्डर गरेको केही घन्टामा नै आफ्नो रोजाइको टिसर्ट हात पारिन्।

शेष घले दम्पती अष्ट्रेलियाको धनाढ्य सूचिमा चार स्थान माथि उक्लिए

शेष घले दम्पती अष्ट्रेलियाको धनाढ्य सूचिमा चार स्थान माथि उक्लिए

शुक्रबार, १२ जेठ २०७४

अष्ट्रेलियाली धनीहरुको सूचिमा शेष घले दम्पती गत वर्षभन्दा चार स्थान माथि उक्लिएका छन्। ६ करोड १० लाख डलर सम्पत्ति बढाउँदै उनीहरु सन् २०१७ को अष्ट्रेलियाली धनीको सूचिमा १०१ स्थानमा परेका छन्।

रेनोको क्विडको नयाँ संस्करण

रेनोको क्विडको नयाँ संस्करण

शुक्रबार, १२ जेठ २०७४

रेनो नेपालले रेनो क्विड ह्याचब्याकको विशेष संस्करणपोखरामा अनावरण गरेको छ।रेनो क्विड तथा डस्टर आठ महिना अवधिमा हजार युनिट बिक्रीको सफलतापछि विशेष संस्करण ल्याएको कम्पनीले जनाएको छ।यसको विशेष संस्करणलाई 'लिभ फर मोर एडिसन' भनेर चिनिन्छ।

नेपालले पर्यटन र हाइड्रोमा ठूलो लगानी खोजेको छ : महरा

नेपालले पर्यटन र हाइड्रोमा ठूलो लगानी खोजेको छ : महरा

शुक्रबार, १२ जेठ २०७४

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले आर्थिक वृद्धिका लागि यतिखेर नेपालले पर्यटन र जलविद्युत् क्षेत्रमा ठूलो लगानी खोजेको बताएका छन्। बिहीबार नेपाल उद्योग वाणिज्य महासंघ र अखिल चीन उद्योग वाणिज्य महासंघद्वारा काठमाडौंमा संयुक्त रूपमा आयोजित नेपाल–चीन १४औं गैरसरकारी सहयोग मञ्चको बैठकमा बोल्दै महराले उक्त कुरा बताएका हुन्।

उच्च आर्थिक वृद्धिको लक्ष्य

उच्च आर्थिक वृद्धिको लक्ष्य

शुक्रबार, १२ जेठ २०७४

सरकारले आगामी आर्थिक वर्ष उच्च दरको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्यसहित नीति तथा कार्यक्रम ल्याएको छ। चालु आर्थिक वर्षमा हासिल गरेको उपलब्धिलाई स्थायित्व दिँदै आर्थिक वर्ष ०७४/७५ मा उच्च आर्थिक वृद्धि हुने गरी राष्ट्रिय महŒवका योजनालाई निरन्तरता दिने योजनासहित कार्यक्रम ल्याएको छ।

आशा जगाए उदयपुर र हेटौंडा सिमेन्टले

आशा जगाए उदयपुर र हेटौंडा सिमेन्टले

बिहिबार, ११ जेठ २०७४

नेपाल औषधि लिमिटेडपछि उदयपुर र हेटौंडा सिमेन्टले प्रगतिपथमा लम्कने संकेत देखाएका छन्।

स्मार्टले पनि पायो फोरजी सेवा

स्मार्टले पनि पायो फोरजी सेवा

बिहिबार, ११ जेठ २०७४

निजी क्षेत्रको दूरसंचार कम्पनी एनसेलपछि स्मार्ट टेलिकमले पनि चौथो पुस्ताको मोबाइल प्रविधि (फोरजी) सेवा संचालन गर्ने स्विकृति पाएकोछ। नेपाल दूरसंचार प्राधिकरण बोर्डको जेठ ७ गते बसेको बैठकले स्मार्ट टेलिकमलाई फोरजी सेवा संचालन गर्न पाउने स्विकृत गरेको हो।

वैदेशिक रोजगारीमा जानेको आम्दानी पाँच गुणा बढी

वैदेशिक रोजगारीमा जानेको आम्दानी पाँच गुणा बढी

बिहिबार, ११ जेठ २०७४

युवायुवती वैदेशिक रोजगारीमा जाँदा समाजमा थुप्रै विसंगति, विकृति सिर्जना भइरहेको गुनासो बढेको बेला गरिएको एक अध्ययनमा रोजगारीका लागि विदेश जानेको आम्दानी स्वदेशमा भन्दा पाँच गुणा बढी हुने गरेको तथ्य फेला पारेको छ।

'आयल निगमको बोनस पूर्वाधारमा लगाऊ'

'आयल निगमको बोनस पूर्वाधारमा लगाऊ'

बिहिबार, ११ जेठ २०७४

नेपाल आयल निगमले कर्मचारीलाई बोनस बाँड्न विनियोजन गरेको रकम वितरण नगर्न संसदीय समितिले निर्देशन दिएको छ। निगमले बोनस शीर्षकमा सवा दुई अर्ब रुपैयाँ रकम छुट्ट्याएकोमा सो रकम पूर्वाधार विकासमा लगाउन वा मूल्य स्थिरीकरण कोषमा जम्मा गर्न संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले बुधबार निर्देशन दिएको हो।

साँझ साढे ७ देखि ८ बजेसम्म बढी बिजुली माग

साँझ साढे ७ देखि ८ बजेसम्म बढी बिजुली माग

बिहिबार, ११ जेठ २०७४

खाना पकाउन र बत्ती बाल्न बिजुलीको अत्यधिक प्रयोग हुने गरेका कारण बेलुका साढे ७ देखि ८ बजेसम्म बढी बिजुलीको माग हुने गरेको छ। बेलुका आधा घन्टा सबैले एकै समयमा बिजुली प्रयोग गर्ने हुँदा माग बढी हुने गरेको नेपाल विद्युत प्रधिकरणको भनाइ छ।

मापदण्ड विपरीत सडक विस्तार

मापदण्ड विपरीत सडक विस्तार

बुधबार, १० जेठ २०७४

सोलखुुम्बुमा ग्रामीण सडक विस्तारको क्रममा प्रभावकारी सर्भे नहुँदा यातायात सञ्चालनमा समस्या परेको छ । कच्ची सडकको ट्र्याक खोल्नुअघिको प्राविधिक सर्भे सहि नहुँदा ग्रेड नमिलेका सडकमा सवारी चलाउन समस्या भएको हो ।

अनुदानको आधुनिक धान बीउ कृषक समक्ष पुर्याइँदै

अनुदानको आधुनिक धान बीउ कृषक समक्ष पुर्याइँदै

बुधबार, १० जेठ २०७४

कृषिलाई आधुनिकीकरण गर्दै लैजान रौतहटमा आधुनिक धानको बीउ ल्याइएको छ । जिल्ला कृषि सामग्री आपूर्ति समिति रौतहटको सिफारिसमा विभिन्न सहकारी तथा डिलर मार्फत जिल्लामा ८० मेट्रिक टन आधुनिक धानको बीउ अनुदानमार्फत ल्याइएको छ ।

खोटाङ जोड्ने एउटा बेलिब्रिज निकालियो

खोटाङ जोड्ने एउटा बेलिब्रिज निकालियो

बुधबार, १० जेठ २०७४

सुनकोसीस्थित फोक्सिङटारको अस्थायी बेलिब्रिज निकाल्न सुरु गरिएको छ । योसँगै खोटाङ र पूर्वी सहरको सिधा यातायात सम्पर्क बिच्छेद भएको छ । वर्षा सुरु भएसँगै नदीमा पानीको बहाव बढ्न थालेकाले आइतबारदेखि बेलिब्रिज निकाल्न थालिएको हो ।

स्थानीय तहमा कृषिको पाँच अर्ब बजेट

स्थानीय तहमा कृषिको पाँच अर्ब बजेट

बुधबार, १० जेठ २०७४

कृषि विकास मन्त्रालयले स्थानीय तहमा कृषिका लागि करिब पाँच अर्ब रुपैयाँ बजेट पठाउने भएको छ । आगामि आर्थिक वर्ष ०७४/७५ को बजेट बनाउने अन्तिम तयारी गरेको मन्त्रालयले ७ सय ६६ स्थानीय तहका लागि सो बजेट विनियोजन गरेको हो ।

भौतिक पूर्वाधारलाई ९५ अर्बको सीमा

भौतिक पूर्वाधारलाई ९५ अर्बको सीमा

बुधबार, १० जेठ २०७४

आर्थिक वर्ष २०७४/७५ का लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ९५ अर्ब रुपैयाँको सिलिङ प्राप्त गरेको छ ।

राष्ट्रिय गौरवका आयोजनालाई पर्याप्त रकम दिने बजेट आउँदै

राष्ट्रिय गौरवका आयोजनालाई पर्याप्त रकम दिने बजेट आउँदै

मङ्गलबार, ०९ जेठ २०७४

आर्थिक वर्ष २०७४/७५ मा राष्ट्रिय गौरवका आयोजनलाई पर्याप्त रकम उपलब्ध गराइने भएको छ। यही जेठ १५ गते बजेट ल्याउने तयारी गरिरहेको अर्थ मन्त्रालयले सोमबार राष्ट्रिय गौरवका आयोजनालक्षित बजेट ल्याउने तयारी भइरहेको जानकारी गराएको हो।

Ncell Footer Ad