असारभित्रै चीनसँग इन्टरनेट सम्झौता

असारभित्रै चीनसँग इन्टरनेट सम्झौता

बिहिबार, ०९ असार २०७३

चीनबाट ल्याउन लागेको इन्टरनेट सञ्चालनको लागि यसै महिनाभित्र व्यावसायिक सम्झौता हुने भएको छ। चाइना टेलिकम र नेपाल टेलिकमबीच व्यावसायिक सम्झौता भएपछि नेपालमा चीनबाट आउने इन्टरनेट सञ्चालनको बाटो खुल्नेछ।

'सिल लेभल'को डिपिआर ६ महिनामा

'सिल लेभल'को डिपिआर ६ महिनामा

बिहिबार, ०९ असार २०७३

भारतले टनकपुर बाँधबाट पानी ल्याउन तोकिएको 'सिल लेभल (पानी खसाल्ने उचाइ)' को विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) ६ महिनाभित्र नेपाललाई बुझाउने भएको छ। नेपालले निरन्तर ताकेता गरेपछि डिपिआर बुझाउन भारत सहमत भएको हो।

बैंक वित्तीय संस्थामा गाभिने लहर

बैंक वित्तीय संस्थामा गाभिने लहर

बिहिबार, ०९ असार २०७३

बैंक तथा वित्तीय संस्था गाभिने लहर चलेको छ। नयाँ आर्थिक वर्ष सुरु नहुँदै मर्जर प्रक्रियालाई अन्तिम रुप दिने अभियानमा बैंक तथा वित्तीय संस्था लागि परेका छन्।

डाक्टरी पढ्न छाडेर बाख्रापालनमा

डाक्टरी पढ्न छाडेर बाख्रापालनमा

बिहिबार, ०९ असार २०७३

रसियामा एमबिबिएस पाँचौं वर्षको अन्तिम सेमेस्टरमा अध्ययन गरिरहेका मदनपोखरा–९ का हरिबहादुर थापाले कृषिमा क्रान्ति आवश्यक रहेको भन्दै स्वदेश फर्केर बाख्रापालन सुरु गरेका छन्। 'एग्रो टुरिजममा नेपालमा प्रशस्त सम्भावना रहेको थाहा पाएँ,' थापा भन्छन्, 'रसियामा अध्ययन गर्ने क्रममा कृषिमा गरेको मेहनत देखेर प्रभावित भएको हुँ।'

वैदेशिक रोजगारीले परिवारको बिचल्ली

वैदेशिक रोजगारीले परिवारको बिचल्ली

बिहिबार, ०९ असार २०७३

प्रशस्त पैसा कमाउने आसमा त्यहाँ पुगेका उनको शव घर पुगेपछि परिवारका सदस्य बिचल्लीमा परेका छन्। श्रीमती सीता र छोरी करुणा बेसहारा बनेका छन्। ९ वर्षकी छोरी करुणा स्थानीय खड्ग स्मृति माविमा कक्षा ५ मा पढ्छिन्। जीवन साथी गुमाउँदा एक्लो बनेकी करनकी श्रीमती माइतीमा बस्दै आएकी छिन्।

उद्योगीको धम्कीले कारबाही फिर्ता

उद्योगीको धम्कीले कारबाही फिर्ता

बिहिबार, ०९ असार २०७३

ग्यास उद्योगीको गैरकानुनी धम्कीले अन्ततः सरकार झुकेको छ। ललितपुर र कालिमाटी ग्यास विस्फोटको वास्तविक तथ्य सार्वजनिक नहुँदै सरकारले एचपी ग्यास उद्योगलाई गरेको कारबाही फिर्ता लिएको छ। उद्योगीको दबाबपछि सरकार आफ्नो निर्णयबाट पछि हटेको हो।

पोखरा–नयाँदिल्ली उडान गर्ने बुद्धको तयारी

पोखरा–नयाँदिल्ली उडान गर्ने बुद्धको तयारी

बुधबार, ०८ असार २०७३

काठमाडौं– निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले पर्यटकीय गन्तव्य पोखराबाट भारतको राजधानी नयाँदिल्ली उडान गर्ने भएको छ। यसका लागि कम्पनीले आन्तरिक तयारी अघि बढाएको छ।

‘ग्यास उद्योगीले पिडिओ लिएनन्’

‘ग्यास उद्योगीले पिडिओ लिएनन्’

बुधबार, ०८ असार २०७३

एचपी ग्यासलाई गरिएको कारबाही फिर्ता लिन पाँच दिनअघि सरकारलाई धम्की दिएका ग्यास व्यवसायीले मंगलबारबाट ग्यास ल्याउने अनुमति (प्रोडक्ट डेलिभरी अर्डर–पिडिओ) रोकेका छन् । कानुनको धज्जी उडाउँदै ग्यास उद्योगीको छाता संस्था नेपाल एलपी ग्यास उद्योग संघको निर्देशनमा उद्योगीले मंगलबारबाट नेपाल आयल निगमबाट पिडिओ लिएनन् ।

सरकारलार्इ घुँडा टेकाउन उद्याेगीले ग्यास ल्याउने अनुमति राेके

सरकारलार्इ घुँडा टेकाउन उद्याेगीले ग्यास ल्याउने अनुमति राेके

मङ्गलबार, ०७ असार २०७३

काठमाडौं– आफ्नो व्यवसायिक स्वार्थ पूरा गर्नको लागि ग्यास उद्योगीले नेपाल आयल निगमसँग ग्यास ल्याउने अनुमति (प्रोडक्ट डेलिभरी अर्डर–पिडिओ) रोकेका छन्। कानुनको धज्जी उडाउँदै उपभोक्तालाई आतंकित पारेर सरकारलाई घुँडा टेकाउन ग्यास उद्योगीले गैर व्यवसायिक चरित्र प्रर्दशन गरेका हुन्।

अमेरिकी ब्रान्ड इनफोकसका स्मार्ट फोन नेपाल भित्रिँदै

अमेरिकी ब्रान्ड इनफोकसका स्मार्ट फोन नेपाल भित्रिँदै

मङ्गलबार, ०७ असार २०७३

काठमाडाैं– प्रिज्म टेक्नोलोजीले अमेरिकी इलोक्ट्राेनिक्स कम्पनी इनफोकसका स्मार्टफोनहरु नेपाल भित्र्याउने तयारी गरेकाे छ।

'बाफिया' विधेयक संसदीय समितिमै फिर्ता

'बाफिया' विधेयक संसदीय समितिमै फिर्ता

मङ्गलबार, ०७ असार २०७३

काठमाडौं– सरोकार राख्ने निकायको चर्को विरोधपछि व्यवस्थापिका–संसद्ले बैंक तथा वित्तीय संस्थासम्बन्धी(बाफिया) विधेयक, २०७२ लाई पुनःसमितिमै फिर्ता पठाइदिएको छ।

'कालो अर्थतन्त्र र भ्रष्टाचार संस्थागत'

'कालो अर्थतन्त्र र भ्रष्टाचार संस्थागत'

मङ्गलबार, ०७ असार २०७३

पछिल्लो एक वर्षभन्दा बढी समयदेखि एकपछि अर्को चुनौतीले ङ्याकेर नेपाली अर्थतन्त्र कठिन अवस्थाबाट गुजि्ररहँदा सरकारी सहयोगमै कालो अर्थतन्त्र र भ्रष्टाचार संस्थागत भएको विज्ञहरुले दाबी गरेका छन्।

सेयर बजार लगातार दोस्रो दिन उँधो

सेयर बजार लगातार दोस्रो दिन उँधो

मङ्गलबार, ०७ असार २०७३

आइतबारदेखि ओरालो लागेको सेयर बजार साताको दोस्रो दिन पनि ओर्लिएको छ। बजारलाई माथि पुर्‍याउन सधैं प्रमुख भूमिका खेल्ने बिमा, विकास बैंक र वाणिज्य बैंक समूहको सूचकांक ओरालो लागेपछि बजार झरेको हो।

सामाजिक उद्यमशीलतासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने

सामाजिक उद्यमशीलतासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने

मङ्गलबार, ०७ असार २०७३

किङ्स कलेजले असार १६ र १७ गते सामाजिक उद्यमशीलतासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ। काठमाडौंमा आयोजना गर्ने उक्त सम्मेलनको तयारी पूरा भएको कलेजले जनाएको छ।

नेपालमै विद्युतीय भ्यान उत्पादन

नेपालमै विद्युतीय भ्यान उत्पादन

मङ्गलबार, ०७ असार २०७३

एक नेपाली कम्पनी र नेपाली इन्जिनियरकै पहलमा नेपालमा पहिलोपटक अटोरिक्सा (विद्युतीय मोटर) उत्पादन भएको छ। धनगढीस्थित एलएलबी इन्टरनेसल प्रालिले उक्त विद्युतीय मोटर उत्पादन सुरु गरेको हो।

छानबिन गरी दोषीलाई कारबाही गर्छु :  उपप्रधानमन्त्री थापा

छानबिन गरी दोषीलाई कारबाही गर्छु :  उपप्रधानमन्त्री थापा

मङ्गलबार, ०७ असार २०७३

उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले जिविस कैलालीको ढुंगा, बालुुवा र गिट्टीको टेन्डरमा मिलेमतो गरेर रकम बाँडीचुँडी खाएको विषयमा मन्त्रालयबाटै छानबिन गर्ने बताएका छन्। जिल्ला विकासको एक करोडभन्दा बढी रकम कम हुने गरी दर्ता भएको टेन्डर रोक्ने र आर्थिक चलखेलमा संलग्नलाई कारबाही गर्ने उनको भनाइ छ।

राष्ट्रबैंकले जित्यो १० लाख डलरको मुद्दा

राष्ट्रबैंकले जित्यो १० लाख डलरको मुद्दा

मङ्गलबार, ०७ असार २०७३

नेपाल राष्ट्र बैंकले अमेरिकी अदालतमा चलिरहेको सम्पत्ति शुद्धीकरणसँग जोडिएको १० लाख अमेरिकी डलरको मुद्दा जितेको छ। नौ वर्षपछि सोमबार भएको अन्तिम फैसलाबाट राष्ट्र बैंकको ठूलो रकम जोगिएको राष्ट्रबैंक अधिकारीले जनाएका छन्।

'कारबाही छल्न' ग्यास रोक्ने धम्की'

'कारबाही छल्न' ग्यास रोक्ने धम्की'

मङ्गलबार, ०७ असार २०७३

ग्यास उद्योगीले सरकारी कारबाहीबाट बच्न भारतबाट ग्यास नल्याउने धम्की दिएका छन्। सरकारले एचपी ग्यास कम्पनीको ग्यास ल्याउने अनुमति (प्रोडक्ट डेलिभरी अर्डर–पिडिओ) रोकेर कानुनी कारबाही अघि बढाएपछि 'गैरव्यवसायी चरित्र' देखाउँदै नेपाल एलपी ग्यास उद्योग संघले मंगलबारबाट ग्यासको पिडिओ नलिने घोषणा गरेको हो।

नेपालमै सर्प दंशको औषधि उत्पादन गर्न पहल

नेपालमै सर्प दंशको औषधि उत्पादन गर्न पहल

सोमबार, ०६ असार २०७३

इटहरी – सर्प दंशको औषधि एन्टिस्नेक भेनम नेपालमै उत्पादन गर्नका लागि पहल थालिएको छ। सरकारले भारतबाट एन्टिस्नेक भेनम ल्याउने गरेकोमा अब भने नेपालमै उत्पादन गर्नका लागि पहल थालिएको हो।

सहरमा बसेर माथिल्लो कर्णालीको विरोध, प्रभावित क्षेत्रका जनता समर्थनमा

सहरमा बसेर माथिल्लो कर्णालीको विरोध, प्रभावित क्षेत्रका जनता समर्थनमा

आइतबार, ०५ असार २०७३

काठमाडौं—माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको समर्थनमा प्रभावित क्षेत्रका जनता देखिएका छन् भने सहर तथा सदरमुकाममा रहेका केही व्यक्ति तथा समूह विरोधमा रहेको पाइएको छ।