योजना आयोगमा श्रेष्ठ निरन्तर

योजना आयोगमा श्रेष्ठ निरन्तर

सोमबार, २९ जेठ २०७४

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठलाई सरकारले तत्काल नहटाउने भएको छ। सरकार परिवर्तनसँगै राजनीतिक नियुक्ति पाएका व्यक्ति हटाइने परम्परा छ।

जहाज किन्न सञ्चय कोषसँग १२ अर्बको ऋण सम्झौता

जहाज किन्न सञ्चय कोषसँग १२ अर्बको ऋण सम्झौता

सोमबार, २९ जेठ २०७४

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले दुईथान ठूला (वाइड बडी) आकारका जहाज खरिद गर्न कर्मचारी सञ्चय कोषसँग १२ अर्ब रुपैयाँबराबरको ऋण सम्झौता गरेको छ। उक्त ऋणको ब्याज दर वार्षिक ९ प्रतिशत तोकिएको छ।

भेरी-बबईको १५० मिटर सुरुङ पूरा

भेरी-बबईको १५० मिटर सुरुङ पूरा

आइतबार, २८ जेठ २०७४

राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको एक सय ५० मिटर सुरुङ निर्माण सम्पन्न भएको छ। चाइना ओभरसिज इन्जिनियरिङ गु्रप (कोभेक) ले पाँच महिना लगाएर सुरुङ निर्माणमा प्रयोग गरिने मेसिन टिबिएमलाई चाहिने बेसका लागि एक सय ५० मिटर सुरुङ सोमबार पूरा गरेको हो। गत जनवरीबाट कोभेकले ५.६ वर्गमिटरको सुरुङ निर्माण थालेको थियो।

पुनर्निर्माणमा सघाउन टोल फ्री सेवा

पुनर्निर्माणमा सघाउन टोल फ्री सेवा

आइतबार, २८ जेठ २०७४

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प पीडितलक्षित निःशुल्क हेल्पलाइन (टोल फ्री) सेवा सुरु गरेको छ। आवास निर्माण तथा पुनर्निर्माणसम्बन्धी जानकारी दिन र गुनासो लिई तत्काल सम्बोधन गर्न प्राधिकरणले यो सेवा सुरु गरेको हो।

भैरहवा सेजमा उद्योग दर्ता सुरु

भैरहवा सेजमा उद्योग दर्ता सुरु

आइतबार, २८ जेठ २०७४

भैरहवा विशेष आर्थिक क्षेत्रमा स्थापना हुने उद्योगहरूको दर्ता प्रक्रिया सुरु भएको छ। विशेष आर्थिक क्षेत्र प्राधिकरणसँग सम्झौता भएका १९ वटा उद्योगको दर्ता गत बुधबारबाट सुरु भएको हो।

सम्भव छ इ-कृषि

सम्भव छ इ-कृषि

आइतबार, २८ जेठ २०७४

पूर्वविज्ञान तथा प्रविधि मन्त्री गणेश शाहले आफ्नो कार्यकालभरि नेपाल समृद्ध हुन र संसारको मानचित्रमा चिनिनका लागि सातवटा इ–मन्त्र लागू हुन जरुरी भन्दै भट्याउँथे। यसले पनि उनले आफ्नो कार्यकालभरि इ–भिलेजलाई प्रवर्द्धन गर्नमा मेहनत गरे।

पोखरामा तेस्रो पोर्क फेस्टिबल हुने

पोखरामा तेस्रो पोर्क फेस्टिबल हुने

शनिबार, २७ जेठ २०७४

बङ्गुरको मासुको प्रवद्र्धनका लागि पोखरामा असारको पहिलो हप्ता तेस्रो पोर्क फेस्टिबल गरिने भएको छ ।

सगरमाथा आरोही लबराज उत्तराखण्डका लागि सद्भावना दूत

सगरमाथा आरोही लबराज उत्तराखण्डका लागि सद्भावना दूत

शुक्रबार, २६ जेठ २०७४

साहसिक खेलकुद पर्यटन समाजले ६ पटक सगरमाथाको सफल आरोहण गर्ने पहिलो भारतीय नागरिक लबराज सिंह धर्मशक्तुलाई भारतको उत्तराखण्ड राज्यको लागि आफ्नो सद्भावना दूत नियुक्त गरेको छ।

दैनिक साढे दुई अर्ब व्यापार घाटा

दैनिक साढे दुई अर्ब व्यापार घाटा

शुक्रबार, २६ जेठ २०७४

सरकारले दशकौंदेखि निर्यात बढाउने भन्दै विभिन्न नीति सार्वजनिक गरे पनि चालु आवमा मुलुकको दैनिक व्यापार घाटा साढे दुई अर्ब पुगेको छ। राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको १० महिनामा आयात आठ खर्ब आठ अर्ब ६८ करोड पुगेको छ। निर्यात भने ६१ अर्ब दुई करोडमा सीमित छ।

कोरियन अधिकारीको निगरानीमा भाषा परीक्षा

कोरियन अधिकारीको निगरानीमा भाषा परीक्षा

शुक्रबार, २६ जेठ २०७४

कोरियन रोजगार अनुमति प्रणाली अन्तर्गत हुने भाषा परीक्षा सञ्चालन गर्न कोरियन अधिकारीहरू नेपाल आइपुगेका छन्। सन् २०१८ मा कोरिया जान जेठ २७ र २८ गते भाषा परीक्षा हुने तय भएको छ।

उपभोक्ता निचोरेर मासिक ६८ करोड नाफा

उपभोक्ता निचोरेर मासिक ६८ करोड नाफा

शुक्रबार, २६ जेठ २०७४

उपभोक्तालाई चर्को मूल्यमा पेट्रोलियम पदार्थ बिक्री गरिरहेको नेपाल आयल निगमले मासिक ६८ करोड रुपैयाँ नाफा कमाउँदा पनि मूल्य घटाएको छैन। स्वचालित मूल्य प्रणाली कार्यान्वयन गर्ने बताउँदै आएको निगमले आफ्नै प्रतिबद्धता कुल्चेर लामो समयदेखि पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरेको हो।

प्रतिलिटर दूधमा एक रुपैयाँ अनुदान

प्रतिलिटर दूधमा एक रुपैयाँ अनुदान

शुक्रबार, २६ जेठ २०७४

एक रुपैयाँले के आउँछ र? तर यही एक रुपैयाँले काभ्रेका दूध उत्पादक किसानलाई नसोचेको खुसी ल्याइदिएको छ। दूध उत्पादनमा अग्रणी काभ्रेका किसानले बढी दूध उत्पादन गरेर योगदान पुर्‍याएबापत सरकारले खरिद मूल्यमा एक रुपैयाँ थपिदिएको हो।

नेपालगन्जमै अड्किए मानसरोवर जाने तीर्थयात्रु

नेपालगन्जमै अड्किए मानसरोवर जाने तीर्थयात्रु

बिहिबार, २५ जेठ २०७४

कैलाश मानसरोवर तिर्थ यात्राका लागी भारत, दिल्लीबाट आइपुगेका बिशाल गोयल ३ दिनदेखी नेपालगन्जमा बसिरहेका छन्। पहिलो पटक मानसरोवर जान लागेका उनी यात्र गर्न निकै उत्सुक देखिन्छन, तर यात्रा गर्न पाएका छैनन्।

ताराईभन्दा पहाडमा मूल्यवृद्धि धेरै

ताराईभन्दा पहाडमा मूल्यवृद्धि धेरै

बिहिबार, २५ जेठ २०७४

मुलुकको पहाडी क्षेत्रमा अन्य क्षेत्रभन्दा बढी मात्रामा मूल्यवृद्धि भएको पाइएको छ। नेपाल राष्ट्रले आज सार्वजनिक गरेको मुलुकको पछिल्लो समयको आर्थिक अवस्थाबारेको प्रतिवेदनमा पहाडी क्षेत्रमा मूल्यवृद्धि चार प्रतिशत रहेको देखाएको छ।

आइपिओबिनै एफपिओ ल्याउँदै बुटवल पावर कम्पनी

आइपिओबिनै एफपिओ ल्याउँदै बुटवल पावर कम्पनी

बिहिबार, २५ जेठ २०७४

बुटवल पावर कम्पनी लिमिटेड (बिपिसी) ले साधारण सेयर निष्कासन (आइपिओ) जारी नगरी थप सार्वजनिक निष्कासन (एफपिओ) ल्याउने तयारी गरेको छ। बिपिसीले मंगलबार नेपाल स्टक एक्चेन्ज लिमिटेड (नेप्से) लाई पत्र पठाउँदै एफपिओ निष्कासन गर्न लागेको जानकारी गराएको छ।

दर्जन विदेशी वस्तुमा एनएस चिह्न अनिवार्य

दर्जन विदेशी वस्तुमा एनएस चिह्न अनिवार्य

बिहिबार, २५ जेठ २०७४

सरकारले विभिन्न देशबाट आयात गरिने एक दर्जन वस्ुतमा नेपाल गुणस्तर (एनएस) चिह्न अनिवार्य गरेको छ। मुलुकभित्र गुणस्तर चिह्न अनिवार्य गरिएका वस्तु अब विदेशबाट ल्याउनुपरे अनिवार्य एनएस चिह्न लिनुपर्ने भएको हो।

डिजिटल नेपाल बनाउन एनसेलको ३० अर्ब

डिजिटल नेपाल बनाउन एनसेलको ३० अर्ब

बिहिबार, २५ जेठ २०७४

निजी दूरसञ्चार कम्पनी एनसेलले 'डिजिटल नेपाल' निर्माण गर्न ३० अर्ब रुपैयाँसम्म लगानी गर्ने जनाएको छ। सहरदेखि दुर्गम गाउँसम्म थि्रजी प्रविधिमा आधारित मोबाइल इन्टरनेट सेवा विस्तार गर्दै मुलुकभर डिजिटल प्रविधिबाट जोड्ने लक्ष्य एनसेलले लिएको छ।

कतार संकटपछि रोकिएको श्रम स्वीकृति पुनः सुरु

कतार संकटपछि रोकिएको श्रम स्वीकृति पुनः सुरु

बिहिबार, २५ जेठ २०७४

रोजगारीका लागि कतार जान रोकिएको श्रम स्वीकृति पुनः सुरु भएको छ। छिमेकी मुलुकले सम्बन्धबिच्छेद गरेपछि कतार एक्लिँदा त्यसको असर नेपालसम्म पर्नसक्ने भन्दै धेरैलाई अन्योल बनाएको थियो।

होमस्टे चलाउन सहरबाट गाउँ फिर्ता

होमस्टे चलाउन सहरबाट गाउँ फिर्ता

बिहिबार, २५ जेठ २०७४

पर्यटक आगमन बढेपछि सिउरुङका स्थानीय पुनः गाउँ फर्कन थालेका छन्। गाउँमा दैनिक आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्न थालेपछि पर्यटन व्यवसायकै निम्ति सहरबाट गाउँ फर्कनेको संख्या बढ्दै गएको छ।

मैलुङखोला जलविद्युत्‌को सेयर किन्न स्थानीयमा उत्साह

मैलुङखोला जलविद्युत्‌को सेयर किन्न स्थानीयमा उत्साह

बुधबार, २४ जेठ २०७४

चिलिमे जलविद्युत् कम्पनीबाट विगतमा वितरित सेयरबाट फाइदा पुगेपछि मैलुङ जलविद्युत् आयोजनाको सेयर खरिदका लागि स्थानीय बासिन्दा उत्साहित भएका छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad