बिहिबार, ०४ कार्तिक २०७३
नेपाल धितोपत्र बोर्डले गैरआवासीय नेपाली (एनआरएन) लाई देशको सेयर बजारमाभित्र्याउने तयारी गरेको छ । बोर्डले एनआरएनलाई नेपाली धितोपत्रको दोस्रो बजारमा सिधै लगानी गर्न पाउने गरी कार्यविधि बनाउन समिति गठन गरेको हो ।
बिहिबार, ०४ कार्तिक २०७३
नेपाली बजारमा बिक्री हुने चिनियाँ सामानको मूल्यमा यहाँका उपभोक्तालाई ठगिनबाट रोक्न सरकारले नीतिगत रुपमा पहल गरेको छ । चीनमा उत्पादित वस्तुको मूल्य, उत्पादन, व्यापारिक विषयमा जानकारी लिई बजार अनुगमन गर्न औपचारिक रुपमा सूचनाआदान प्रदान गर्न दुई देशबीच एक समझदारी भएको छ ।
बिहिबार, ०४ कार्तिक २०७३
नेपालमा सधैं अभावहुने गरेको सर्पदंशऔषधि (एन्टी स्नेक भेनम)उत्पादनकालागि सरकारी निकायले अनुमतिनदिँदा एक उद्योग अलपत्र परेको छ । सुनसरीको महेन्द्रनगर–४ मा स्थापनागरिएको एन्टी स्नेक भेनम सेरुम रिसर्च एन्ड म्यानुफ्याक्चरिङप्रालिले सरकारी निकायबाट विषालु सर्पले टोकेका बिरामीकालागिऔषधिउत्पादनगर्न आवश्यक सर्प पाल्ने अनुमतिनपाउँदाउद्योग अलपत्र परेको हो ।
बुधबार, ०३ कार्तिक २०७३
सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो दोस्रो साप्ताहिक विजेता घोषणा गरेको छ। सिटी एक्सप्रेस मनी ट्रान्सफरले एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो ‘सिटी बजाउनुहोस् काठमाडौंमा घडेरी जोड्नुहोस योजना अन्र्तगत आशिष पौडेल दोस्रो साताको भाग्यशाली विजेता भएको हुन्।
बुधबार, ०३ कार्तिक २०७३
आइएमई तथा ग्लोबल आइएमई बैंकले आकांक्षा छात्रावृक्तिको आवेदन खुला गरेको छ । आइएमईले एक प्रेस विज्ञप्तिमार्फत राष्ट्र विकासका कर्णधार विद्यार्थीको उज्वल भविष्यको आकांक्षालाई साकार पार्न सहयोग पुर्याउने उद्देश्यले हिसान तथा प्याव्सनको सहकार्यमा शैक्षिक सत्र २०७३ को लागि ‘आइएसमई ग्लोबल आइएमई आकांक्षा छात्रावृत्ति’ का लागि आवेदन खुलेको जनाएको हो ।
बुधबार, ०३ कार्तिक २०७३
बेइजिङ- अमेरिकालाई पछाडि पार्दै चीन संसारकै सबैभन्दा ठूलो अर्थतन्त्र बन्न सफल भएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोषले सार्वजनिक गरेको ताजा तथ्यांकअनुसार १ सय ४४ वर्षपछि अमेरिका दोस्रो स्थानमा पुगेको हो।
बुधबार, ०३ कार्तिक २०७३
काठमाडौं- सरकारले ‘पुँजीगत खर्च बढाउन’ आर्थिक वर्ष सुरु हुनु डेढ महिनापहिल्यै बजेट ल्याए पनि विकास खर्च महिनाको एक प्रतिशतभन्दा बढी खर्चन सकेको छैन।
बुधबार, ०३ कार्तिक २०७३
काठमाडौं- संसदको अर्थ समितिले बैंक तथा वित्तीय संस्थासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक (बाफिया) माथि विज्ञहरुको सल्लाह र सुझाव लिएको छ।
बुधबार, ०३ कार्तिक २०७३
काठमाडौं-उपभोक्ताको भान्सामा प्रयोग हुने फलामे सिलिन्डरको विकल्पमा नेपाल आयल निगमले कम्पोजिट सिलिन्डर प्रयोगमा ल्याउने तयारी गरेको छ। फमाले सिलिन्डर पटकपटक पड्किएर उपभोक्ताको ज्यान गएपछि विश्वमै सुरक्षित मानिएको ‘कम्पोजिट सिलिन्डर’ प्रयोगमा ल्याउन लागेको निगमले जनाएको छ।
बुधबार, ०३ कार्तिक २०७३
पोखरास्थित माउन्ट कैलाश रिसोर्टले उत्कृष्ट सेवालाई आधार मानेर प्रदान गरिने इन्टरनेशनल बिड क्वालिटी अवार्ड २०१६ उपाधि जितेको छ। फ्रान्सको राजधानी पेरिसमा भएको इन्टरनेशनल बिड क्वालिटी कन्भेन्सनमा नेपालबाट पहिलो पटक छानिएको रिसोर्टले इन्टरनेशनल गोल्डस्टार फर क्वालिटी शीर्षकमा बिड क्वालिटी अवार्ड जितेको हो।
मङ्गलबार, ०२ कार्तिक २०७३
विराटनगर- मासु उत्पादनमा पूर्वाञ्चल आत्मनिर्भर भएको छ। पूर्वका जिल्लाहरूमा व्यवसायीक पशु,पंछीपालन गर्नेक्रम बढेस सँगै मासु उत्पादनमा पूर्वाञ्चल आत्मनिर्भर भएको हो।
मङ्गलबार, ०२ कार्तिक २०७३
राष्ट्रिय वाणिज्य बैंकले खुला प्रतिस्पर्धाबाट २ सय ४९ कर्मचारी भर्ना गर्न सार्वजनिक सूचना जारी गरेकामा आवेदन दिनेको संख्या २६ हजार पुगेको छ। बैंकले विभिन्न पदका लागि आवेदन माग गरेको छ।
मङ्गलबार, ०२ कार्तिक २०७३
राष्ट्रिय वाणिज्य बैंकले खुला प्रतिस्पर्धाबाट २ सय ४९ कर्मचारी भर्ना गर्न सार्वजनिक सूचना जारी गरेकामा आवेदन दिनेको संख्या २६ हजार पुगेको छ। बैंकले विभिन्न पदका लागि आवेदन माग गरेको छ।
मङ्गलबार, ०२ कार्तिक २०७३
वाणिज्य मन्त्री रोमी गौचन थकालीले दक्षिण एसियाली मुलुकबाट गरिबी उन्मूलन गर्न, जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्न र दिगो आर्थिक वृद्धि हासिल गर्न यस क्षेत्रका मुलुकहरुले संयुक्त रुपमा पहल गर्नुपर्नेमा जोड दिएका छन्।
मङ्गलबार, ०२ कार्तिक २०७३
जिल्ला कृषि विकास कार्यालयले अनुदानमा दिएको धानमा भुसमात्रै फलेपछि धादिङका किसानले बर्खाभरि गरेको मेहनत र लगानी खेर गएको छ। तल्लोबेसीका राजु श्रेष्ठले पाँच रोपनी खेतमा अनुदानको बीउ लगेर रोपेका थिए। रोपो राम्रो भयो। बाला झुल्ने बेला पूरै धान खेतमा सुक्यो।
मङ्गलबार, ०२ कार्तिक २०७३
उपभोक्तालाई सहज रुपमा पेट्रोलियम पदार्थ उपलब्ध गराउन नेपाल आयल निगमले इन्धन भण्डारण क्षमता पाँच गुणा बढाउने तयारी गरेको छ। अहिलेको भण्डारण क्षमतालाई संरचनागत रुपमै बढाई करिब ३९ करोड लिटर पुर्याउने निगमको योजना कार्यान्वयन चरणमा लगिँदै छ।
सोमबार, ०१ कार्तिक २०७३
सरकारले कम्पनी ऐन २०७३ को पहिलो संशोधन गर्दै कम्पनी दर्ता र दर्ता खारेज गर्न सजिलो बनाएको छ। कात्तिक २८ गतेको मन्त्रिपरिषद, विधेयक समितिले कम्पनी ऐन पहिलो संशोधन गर्दै विद्युतीय माध्यमबाट कम्पनी दर्ता गर्न सकिने र दर्ता खारेज गर्दा धेरै जरिवाना तिर्न नपर्ने बनाएको छ।
सोमबार, ०१ कार्तिक २०७३
नेपाल उद्योग वाणिज्य महासंघले आगामी चैतको अन्तिम साता हुने निर्वाचनलाई ध्यानमा राख्दै अध्यक्षमा सर्वसम्मत बनाउने अभ्यास सुरु गरेको छ। त्यसको लागि महासंघले विधान नै संशोधन गरेर वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने प्रावधान पास गराउन कात्तिक ४ गते विशेष साधारण सभा बोलाएको छ।
सोमबार, ०१ कार्तिक २०७३
समझदारी भएको झन्डै १३ वर्षसम्म काम नगरेर नेपाललाई जिम्मा लगाएको भारतसँग सरकारले हुलाकी राजमार्गको दोस्रो चरणको काम गर्न सहयोग माग्ने तयारी गरेको छ।
सोमबार, ०१ कार्तिक २०७३
नौ दिनपछि खुलेको सेयर बजार मापक नेप्से १६ बिन्दुले घटेको छ। दसैंअघि निरन्तर उकालो लागेको नेप्सेमा दसैंपछि खुलेको पहिलो दिनमै दोहोरो अंकको गिरावट आयो। दसैंअघि सेयर बजार बढ्दा लगानीकर्तामा खुसीयाली छाएको थियो। दसैंअघिको अन्तिम कारोबारमा नेप्से १३ बिन्दुभन्दा बढीले उकालो लागेको थियो।