सोमबार, २८ माघ २०७५
नेपाल टेलिकमले आफ्नो स्थापनाको १५ औं बार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शनिबार बागमती सरसफाइका लागि आवश्यक सामग्री हस्तान्तरण गरेको छ।
सोमबार, २८ माघ २०७५
नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी ३० हजारले अवलोकन गरेका छन्। शुक्रबार सुरु भएको प्रदर्शनी आइतबार सकिएको छ।
सोमबार, २८ माघ २०७५
प्रभु बैंकले डडेलधुरा जिल्लाको नवदुर्गा गाउँपालिका वडा नम्बर ४ मा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। नवदुर्गा गाउँपालिकाका अध्यक्ष कविन्द्र विष्टले उक्त शाखा उद्घाटन गरेको बैंकले जनाएको छ।
सोमबार, २८ माघ २०७५
चौधरी ग्रुपका प्रवन्ध निर्देशकनिर्वाण चौधरीलाई सामाजिककार्यमाउत्कृष्ट योगदानकालागियोङ प्रेजिडेन्ट्स अर्गनाइजेसन (वाइपिओ)ले सोसियल इन्टरप्राइज नेटवर्क सस्टेनेबिलिटी (सेन) अवार्डद्वारा सम्मानित गरेको छ।
सोमबार, २८ माघ २०७५
नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार पछिल्ला केही वर्षदेखि बैंकहरुले पुँजी वृद्धि गरेका कारण लगानीमा उचित प्रतिफल उपलब्ध गराउन बाध्यता भएको छ। त्यसैले प्रायःजसो बैंक तथा वित्तीय संस्थाहरुमा आर्थिक वर्षको सुरुदेखि नै कर्जा प्रवाहमा अत्याधिक मात्रामा वृद्धि हुँदै गएको छ। कर्जा प्रवाहको तुलनामा निक्षेप संकलन भने न्यून रहेका कारण केही वित्तीय संस्थामा विगतका वर्षहरुबाट नै कर्जायोग्य तरलतामा कमी हुन गएको छ। फलस्वरुप निक्षेप तथा कर्जा दुवैको ब्याजदरमा प्रत्यक्ष प्रभाव पर्न गयो।
सोमबार, २८ माघ २०७५
दुई वर्षअघि खेती गरेर गत वर्ष चिनी उद्योगलाई दिएको उखुको सरकारी अनुदान नपाएपछि उखु किसान आक्रोशित भएका छन्। उखु किसानहरुको छाता संगठन नेपाल उखु उत्पादक महासंघले एक साताभित्र सरकारी अनुदान नपाए पूर्व–पश्चिम राजमार्गमा चक्काजामसहितको आन्दोलन कार्यक्रम सार्वजनिक गरेको छ।
सोमबार, २८ माघ २०७५
बाक्लो हिमपातले यस पटक किसानलाई अप्ठेरो पारे पनि ग्रामिण भेगको पर्यटन क्षेत्रमा भने आन्तरिक पाहुनाको घुइँचो लागेको छ। अफसिजनका बेला सुनसान रहेको पर्यटन क्षेत्रमा दुईदिनका लागि भएपनि आन्तरिक पाहुना ग्रामिण भेगमा पुग्दा चहलपहल बढेको थियो। हिउँमा रमाउन एकाएक आन्तरिक पाहुना पर्यटकीय क्षेत्र पुग्दा त्यहाँका व्यवसायीले केही राहत अनुभव गरेका छन्।
सोमबार, २८ माघ २०७५
नवलपरासीका चिनी मिलले उखु क्रसिङ सुरु गरेका छन्। मिलहरु सञ्चालनमा आए पनि किसानले उखु उधारोमै बेच्नुपर्ने भएको छ। गत वर्षकै भुक्तानी नपाएका प्रतापपुरका किसान सुधामा कोइरीले यसपालि पनि उधारोमा उखु बेच्न बाध्य भएको बताए। ‘पोहोरकै उखुको पैसा अहिले पनि पाएका छैनौं। अहिलेको त कहिले हो कहिले,’ कोइरीले भने। पोहोरकै पैसा नपाएपछि किसानले उखु काट्ने खेताला र मिलसम्म लैजाने ढुवानी भाडाका लागि ऋण खोजेर काम चलाएका छन्।
सोमबार, २८ माघ २०७५
नेपाल र भारतबीच २०४७ सालमा भएको वाणिज्य सन्धिमा जलमार्ग अर्थात् इनल्यान्ड वाटरवेज समावेश गर्न दुवै देशका अधिकारीबीच सैद्धान्तिक सहमति भएको छ।
सोमबार, २८ माघ २०७५
धनकुटास्थित बेलहारामा विमानस्थल निर्माणको लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरिएको छ। विमानस्थल निर्माणको चर्चा सुरु भएको ५३ वर्षपछि डिपिआर तयार गरिएको हो।
सोमबार, २८ माघ २०७५
लगातारको चर्को बैंक ब्याजदरविरुद्धमा उद्योगी व्यवसायी मुलुकका विभिन्न भागमा आन्दोलनमा उत्रिएको प्रति राष्ट्र बैंकले आफ्नो ध्यानाकर्षण भएको बताएको छ। ब्याजदर धान्नै नसक्ने गरी बढेको भन्दै उद्योगी, व्यवसायीले आन्दोलन घोषणा गरेपछि राष्ट्र बैंकले यस्तो प्रतिक्रिया जनाएको हो।
आइतबार, २७ माघ २०७५
रसुवा र नुवाकोटमा निर्माण हुने माथिल्लो त्रिशूली थ्री बी जलविद्युत् आयोजना शिलान्यास भएको छ। ३७ मेगावाट क्षमताको आयोजनाको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले आइतबार शिलान्यास गरेका हुन्।
आइतबार, २७ माघ २०७५
सत्तासीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताले आआफ्नो निर्वाचन क्षेत्र र गृहजिल्लालाई प्राथमिकता दिएर विभिन्न योजना पारेका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहालको गृहजिल्ला चितवनमा ३६ वटा महत्वपूर्ण योजना सञ्चालनमा छन् ।
आइतबार, २७ माघ २०७५
बाग्मती सफाइ महाअभियनको तीन सय साता प्रवेश गरेको अवसरमा शनिबार सफाइ अभियानकर्ताले नदीमा बोटिङ गरेका छन्। मनोहरा दोभानमा शनिबार बोटिङ गर्दै सफाइमा सहभागी विद्यार्थी र अभियान्ताले बाग्मती अपेक्षाकृत सफा भएको सन्देश दिए।
आइतबार, २७ माघ २०७५
उखु किसानले समयमा भुक्तानी नपाएको विषय संसदमा प्रवेश गरेको छ। सरकार र चिनी उद्योगीले किसानलाई समय मै भुक्तानी नगर्दा किसान समस्या परेको विषय सञ्चार माध्यममा प्रकाशित भएसँगै सांसदहरुले पनि सरकारको ध्यानाकर्षण गराएका छन्।
आइतबार, २७ माघ २०७५
बैंकहरुले एकतर्फी रुपमा ब्याजदर बढाएको भन्दै पोखराका व्यवसायीले बढाइएको ब्याज माघ मसान्तभित्र घटाउन भनेका छन्। उक्त अवधिभित्र ब्याजदर नघटाए चरणबद्ध आन्दोलन गर्ने व्यवसायीको चेतावनी छ।
आइतबार, २७ माघ २०७५
बिहीबार रातीदेखि परेको वर्षाले करोडौं मूल्यको काँचो इँटा नष्ट भएको छ। एक महिनादेखि तयार पारेर भट्टामा पोल्न राखिएका काचो इँटा वर्षाले क्षति भएपछि भट्टा सञ्चालक चिन्तित बनेका छन्।
आइतबार, २७ माघ २०७५
रौतहटको लालबकैया बगरमा केराखेतीबाट किसानले लाखौं आम्दानी गरिरहेका छन्। २०५० र २०५५ मा आएको दुई ठूला बाढीले लालबकैया नदी किनारका कैयौं बिघा उब्जाउ खेत बगरमा परिणत गरेको थियो। अहिले भने किसानले बगरभरी केराखेती गरेर प्रशस्त आम्दानी गरिरहेका छन्।
आइतबार, २७ माघ २०७५
अघिल्लो वर्ष दूध तथा दुग्धजन्य पदार्थको धेरै खपत हुने सिजनमा दूधको गुणस्तरबारे धेरै कुराहरु सतहमा आए। यसबाट उपभोक्ताहरु दूध र दुग्धजन्य उत्पादनहरुको सेवनमा हच्किए। अवस्था गम्भीर देखेपछि नीति बनाउने कृषि मन्त्री स्वयं नै आक्रामक शैलीमा डेरी उद्योग अनुगमनमा निस्किए।
आइतबार, २७ माघ २०७५
बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पुस महिनासम्मको वित्तीय विवरण अनुसार २४ मध्ये १३ वाणिज्य बैंकको खुद नाफा अर्बभन्दा माथि छ। त्यसमध्ये पनि राष्ट्रिय वाणिज्य बैंक र नबिल बैंकको नाफा दुई अर्ब नाघेको छ। ६ नयाँ बैंक एनआइसी एसिया, ग्लोबल आइएमई, एनएमबि, सिद्धार्थ, प्रभु र एसबिआई अर्ब क्लबमा उक्लिएका छन्। सानिमा बैंक अर्ब क्लबमा पुग्न नसके पनि अर्ब क्लबको डिलमा पुगेको छ।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।