सार्वजनिक संस्थानमा चरम गैरजिम्मेवारी

सार्वजनिक संस्थानमा चरम गैरजिम्मेवारी

बुधबार, ०५ बैशाख २०७५

सरकारले पटक–पटक लेखापरीक्षण गर्न निर्देशन दिए पनि सरकारी स्वामित्वका सार्वजनिक संस्थानहरुले अटेरी गर्दै आएका छन् । वार्षिक आय–व्यय पारदर्शी रुपमा सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था भए पनि संस्थानहरु अपारदर्शी र गैरजिम्मेवार ढंगले चलिरहेका छन्।

नागरिक समाज उत्साही, व्यवसायी भन्छन्–पुगेन

नागरिक समाज उत्साही, व्यवसायी भन्छन्–पुगेन

बुधबार, ०५ बैशाख २०७५

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीलाई मर्यादित, व्यवस्थित र पारदर्शी बनाउन भन्दै एकैपटक चारवटा कार्यदल गठन गरेपछि चौतर्फी चासो बढेको छ।

गहुँ बालीमा किसानलाई घाटा

गहुँ बालीमा किसानलाई घाटा

बुधबार, ०५ बैशाख २०७५

गहुँको खेतीमा यसपालि पनि किसानलाई घाटा परेको छ । लागत अनुसारको भाउ नपाइने त्यसमा पनि चैतको बर्खा । ‘घाटा छ खेतीमा । लागत निकाल्न समस्या छ,’ पर्सा सुपौलीका बिकाउ रामले भने, ‘लागत र मेहनतको बनिहारी (ज्याला) मात्र निस्केको भए हुन्थ्यो ।’ पर्सामा यो वर्ष थोरै खेतमा गहुँ खेती गर्ने साना किसानलाई घाटा परेको छ।

बोस्निया र हर्जगोभिनाका तस्बिर प्रदर्शनी

बोस्निया र हर्जगोभिनाका तस्बिर प्रदर्शनी

बुधबार, ०५ बैशाख २०७५

नेपालस्थित बोस्निया र हर्जगोभिनाको कन्सुलेटले पर्यटन प्रचार गर्ने उद्देश्यले उक्त मुलुकको प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदा झल्काउने किसिमका तस्बिरहरुको विशेष प्रदर्शनी आयोजना गरेको छ।

समृद्धिको मुख्य आधार पर्यटन व्यवसाय

समृद्धिको मुख्य आधार पर्यटन व्यवसाय

बुधबार, ०५ बैशाख २०७५

प्रदेश–४ सरकारले २०१९ लाई ‘आन्तरिक पर्यटन वर्ष’ र २०२० लाई ‘छिमेकी देश पर्यटन वर्ष’ को रुपमा प्रवद्र्धन गर्ने योजना अघि सारेको छ । त्यस्तै २०२२ लाई ‘बृहत अन्तर्राष्ट्रियस्तरको ‘पोखरा पर्यटन वर्ष’ सञ्चालन गर्ने प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याएको छ।

सुबिसुको क्लियर टिभीमा अढाइ सय डिजिटल च्यानल

सुबिसुको क्लियर टिभीमा अढाइ सय डिजिटल च्यानल

बुधबार, ०५ बैशाख २०७५

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबल नेटले आफ्नो क्लियर टिभी सेवामा दुई सय ५० भन्दा बढी डिजिटल च्यानल विस्तार गरेको जनाएको छ । तीमध्ये ६० भन्दा बढी एचडी च्यानल रहेको सुबिसुले जनाएको छ।

अवैध आयातले धागो उद्योग समस्यामा

अवैध आयातले धागो उद्योग समस्यामा

बुधबार, ०५ बैशाख २०७५

नेपाल धागोे उत्पादक संघले अवैध धागो आयातले स्वदेशी उद्योग धराशयी भएको जनाएको छ । संघले चोरी पैठारीको धागोका कारण नेपाली उद्योग संकटमा परेको जनाउँदै अवैध आयात निरुत्साहित गर्न माग गरेको छ।

सिटी एक्सप्रेस–क्विक पे सम्झौता

सिटी एक्सप्रेस–क्विक पे सम्झौता

बुधबार, ०५ बैशाख २०७५

मेगा बैंक र सिटी एक्सप्रेस मनी ट्रान्सफरको सहकार्यमा साउदी अरबको ख्याति प्राप्त बैंक नेसनल कमर्सियल बैंक, क्विक पेबीच रेमिट्यान्स सम्झौता भएको छ।

एनआइसी एसिया ऋणपत्र सूचीकृत

एनआइसी एसिया ऋणपत्र सूचीकृत

बुधबार, ०५ बैशाख २०७५

एनआइसी एसिया बैकले जारी गरेको ‘९ प्रतिशत एनआइसी एसिया ऋणपत्र २०८१- ८२’ धितोपत्रको दोस्रो बजार नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ।

स्कुललाई सिटिजन्सको सहयोग

स्कुललाई सिटिजन्सको सहयोग

बुधबार, ०५ बैशाख २०७५

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जनउदय माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ । बैंकले वार्षिक उत्सवको अवसरमा एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो।

पानबिनै सबा दुई अर्बको कारोबार

पानबिनै सबा दुई अर्बको कारोबार

बुधबार, ०५ बैशाख २०७५

नेपाल आयल निगमले अर्बौ रुपैयाँको कारोबार गर्दा भ्याट र पान नियम उल्लंघन गरेको भेटिएको छ ।जुनसुकै सरकारी निकायले पाँच हजार रुपैयाँ भन्दा बढी कारोबार गर्दा मूल्य अभिवृद्धि कर(भ्याट) वा स्थायी लेखा नम्बर (पान) भएको व्यक्ति वा संस्थासंगमात्र कारोबार गर्नुपर्नेे नियम छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालन हुने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालन हुने

मङ्गलबार, ०४ बैशाख २०७५

मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठको पहिलो सातादेखि नियमित २१ घण्टा सञ्चालनमा ल्याइने भएको छ।

रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन  : नेपालतर्फ पाइप विछ्याउन सुरु

रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन  : नेपालतर्फ पाइप विछ्याउन सुरु

मङ्गलबार, ०४ बैशाख २०७५

मोतिहारी–रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको लागि भुमिगत रुपमा पाइप गाड्ने काम मंगलबारदेखि औपचारिक रुपमा सुरु भएको छ। नेपालमा पेट्रोलिय इन्धन आपुर्तीकोलागि निकै महत्वपूर्ण मानिएको योजनामा मंगलबारदेखि एक औपचारिक कार्यक्रमबीच नेपालतर्फ पाइप राख्ने काम सुरु भएको हो।

कालोबजारीलाई डिजेल विक्री गर्ने सञ्चालक पक्राउ

कालोबजारीलाई डिजेल विक्री गर्ने सञ्चालक पक्राउ

मङ्गलबार, ०४ बैशाख २०७५

कालोबजारी गर्नेलाई डिजेल विक्री गरेको आरोपमा सुनसरीको दक्षिणवर्ती क्षेत्रमा सञ्चालित एक पेट्रोल पम्पका सञ्चालक पक्राउ परेका छन्। प्रहरीले देवानगञ्ज वडा नं. २ मा सञ्चालित गुप्ता आयल टे«डर्सका सञ्चालक अशोक गुप्तालाई सोमबार पक्राउ गरेको हो।

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा राष्ट्रपतिको जोड

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा राष्ट्रपतिको जोड

मङ्गलबार, ०४ बैशाख २०७५

राष्ट्रपति विद्यादेवी भण्डारीले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिएकी छन्। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा नेतृत्वको प्रतिनिधिमण्डलसँग मंगलबार भएको भेटमा उनले देशमा रोजगारी प्रवर्द्धन, आर्थिक सुशासन र अर्थतन्त्रमा सुधार गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिएकी हुन्।

सगरमाथा आरोहणका लागि  क्याम्प दुईसम्म बाटो खुला

सगरमाथा आरोहणका लागि क्याम्प दुईसम्म बाटो खुला

मङ्गलबार, ०४ बैशाख २०७५

सगरमाथा आरोहणका लागि क्याम्प दुईसम्मको बाटो निर्माण भएको छ। सगरमाथाको आधार शिविरदेखि क्याम्प दुईसम्मको बाटो निर्माणको काम सम्पन्न भएको हो।

२ सय ४० सहकारी स्थानीय तहलाई

२ सय ४० सहकारी स्थानीय तहलाई

मङ्गलबार, ०४ बैशाख २०७५

जिल्लाका २ सय ४० सहकारी स्थानीय तहलाई हस्तान्तरण गरिएको छ। डिभिजन सहकारी कार्यालय अन्तर्गत रहेका बाँकी ४८ सहकारी भने प्रदेश तहमा हस्तान्तरण गरिने भएको हो।

महोत्सवले इलामलाई ‘सन्तोषको सास’

महोत्सवले इलामलाई ‘सन्तोषको सास’

मङ्गलबार, ०४ बैशाख २०७५

स्थानीय तह पुनः संरचनापछि प्रशासनिक अधिकार गाउँ–गाउँमा प्रत्यायोजन भएर सुनसानझैं बनेको सदरमुकामले ‘इलाम महोत्सव’मा ‘सन्तोषको सास’ फेरेको छ।

खानेपानीलाई उठ्यो पौने ४ करोड

खानेपानीलाई उठ्यो पौने ४ करोड

मङ्गलबार, ०४ बैशाख २०७५

सदरमुकामका लागि सञ्चालन गर्न लागिएको तेस्रो साना सहरी खानेपानी आयोजनाका लागि उपभोक्ताबाट पौने ४ करोड रुपैयाँ संकलन भएको छ।

आम्दानी भएपनि घट्ने क्रममा लेकाली गोठ

आम्दानी भएपनि घट्ने क्रममा लेकाली गोठ

मङ्गलबार, ०४ बैशाख २०७५

उच्च पहाडी तथा हिमाली क्षेत्रमा पशुपालन गर्ने चलन निक्कै पुरानो मानिन्छ। फराकिलो चरन क्षेत्रमा चौरी, डि, गाईगोठ, भेडिगोठ पाल्ने संस्कृति वर्षेनी घट्दै गएको पाइएकाे छ। बाक्लो गरी लेकाली क्षेत्रमा खर्क बनाएर गोठ पाल्ने चलन विस्तारै घट्दै गएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।