निर्वाचन गर्ने कुरा नाटकमात्रैः ठाकुर

निर्वाचन गर्ने कुरा नाटकमात्रैः ठाकुर

बुधबार, १३ पुष २०७३

तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले ९० प्रतिशतले बनाएको संविधान कार्यान्वयन हुन नसकेपछि प्रमुख दलहरु दश प्रतिशतको सहयोग माग्न आफूहरुलाई फकाउन थालेको आरोप लगाएका छन्। उनले संविधान कार्यान्वयन नभइ कुनै पनि निर्वाचन हुन नसक्ने भन्दै निर्वाचनको तयारीलाई नाटकको संज्ञा दिए।

एक्कासि किन स्थानीय निर्वाचनको कुरा उठाए देउवाले ?

एक्कासि किन स्थानीय निर्वाचनको कुरा उठाए देउवाले ?

बुधबार, १३ पुष २०७३

देउवाले अहिले स्थानीय निर्वाचनको मिति घोषणा गर्न सहयोग गरे प्रदेश र संसदको चुनाव संविधान संशोधनपछि मात्र गर्ने गरी आफू कागजै गर्न तयार रहेको बताएका थिए। देउवाजीको प्रस्तुती र उहाँले भने अनुसार भएको भए स्थानीय निकायको निर्वाचनको मिति हिजै घोषणा हुने थियो . ‘उहाँ जसरी पनि स्थानीय निर्वाचनको मिति घोषणा गर्नुपर्नेमा अडान लिइरहनु भएको थियो।

संविधान संशोधनबिना निर्वाचन घोषणा भए मान्दैनाैंः उपेन्द्र यादव

संविधान संशोधनबिना निर्वाचन घोषणा भए मान्दैनाैंः उपेन्द्र यादव

बुधबार, १३ पुष २०७३

सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनपछि मात्र स्थानीय निकायको निर्वाचनमा जानुपर्ने बताएका छन् ।

प्रधानमन्त्रीले भने–संविधान संशोधनको सम्भावना अझै टरेको छैन

प्रधानमन्त्रीले भने–संविधान संशोधनको सम्भावना अझै टरेको छैन

बुधबार, १३ पुष २०७३

सत्तारुढ दल माओवादी केन्द्रले मुलुकमा संघीयता लागू हुन नदिने षड्यन्त्र भइरहेको आरोप लगाएको छ। बुधबार बसेको माओवादी केन्द्रको हेडक्वाटर बैठकमा बोल्दै अध्यक्ष एंव प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार संविधान संशोधन प्रस्तावलाई अगाडि बढाउँदै स्थानीय तहको निर्वाचन गराउने वातावरण बनाउन सक्रिय रहेपनि केही तत्व संघीयता लागू गर्न नदिने चलखेलमा रहेको आरोप लगाएका हन्।

स्थानीय निकायकाे  चुनावको पक्षमा पाैडेल

स्थानीय निकायकाे चुनावको पक्षमा पाैडेल

बुधबार, १३ पुष २०७३

स्थानीय तह की निकायको चुनाव भन्ने बारेमा दलहरुबीच विवाद बढिरहेको बेला नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल भने स्थानीय निकायको चुनावको पक्षमा प्रस्ट रुपमा उभिदैँ आएका छन् । तत्कालै स्थानीय तहको नयाँ पुर्नसंरचनाको चुनावमा जाँदा नेता र जनतामाझमा अन्यौलता बढने, असन्तुष्टिका कारण विभिन्न क्षेत्रमा आन्दोलन हुने र ब्यवस्थापनमा समस्या देखिने उनको भनाइ छ।

दलले निर्णय गर्न नसक्दा चुनावमा अलमल

दलले निर्णय गर्न नसक्दा चुनावमा अलमल

बुधबार, १३ पुष २०७३

प्रमुख ठूला राजनीतिक दलहरूले चुनावका विषयमा स्पष्ट निर्णय गर्न नसक्दा पूरै राज्यसंयन्त्र अलमलमा परेको छ । दलहरूकै कारण स्थानीय तह पुनःसंरचना आयोगसमेत अलमलिएको छ । आयोगले तयार पारेको प्रतिवेदन पनि सरकारलाई बुझाउन पाएको छैन ।

आयोग छल्दै प्रधानमन्त्री

आयोग छल्दै प्रधानमन्त्री

बुधबार, १३ पुष २०७३

स्थानीय तह पुनःसंरचना आयोगका पदाधिकारीसँगको भेटबाट प्रधानमन्त्री पुष्पकमल दाहाल तर्किएका छन्। आयोग प्रतिवेदन बुझाउने तयारीमा छ भने प्रधानमन्त्री प्रतिवेदन ढिलो आओस् भन्ने पक्षमा छन्।

एमाले बाग्लुङमा ओली समूहलाई झड्का

एमाले बाग्लुङमा ओली समूहलाई झड्का

बुधबार, १३ पुष २०७३

नेकपा एमाले बाग्लुङको आठौं जिल्ला अधिवेशनमा अध्यक्ष केपी ओली पक्षलाई झड्का लागेको छ। पार्टी केन्द्रिय कमिटीमा बाग्लुङबाट दुई जना ओली पक्षधर भए पनि जिल्ला अधिवेशनमा भने संस्थापनले हार ब्यहोरेको हो। सम्पूर्ण पदाधिकारी सहित अधिकांस सदस्यहरुमा माधन नेपाल पक्षधर विजयी भएका छन्।

एमिकस क्युरी तोकिए ६ जना

एमिकस क्युरी तोकिए ६ जना

बुधबार, १३ पुष २०७३

नेपाल बार एसोसियसन र सर्वोच्च वारले वरिष्ठ तीन–तीन अधिवक्तालाई एमिकस क्युरी (अदालतका सहयोगी) का रुपमा तोकेका छन्। स्थानीय निकाय निर्वाचन मिति घोषणा माग राखी दर्ता रिटमा सुनुवाइ गर्न सर्वोच्च अदालतले नेपाल बार र सर्वोच्च बारसँग तीन–तीनजना एमिकस क्युरी मागेको थियो।

मुद्दा दर्तासँगै हातमा फैसला मिति

मुद्दा दर्तासँगै हातमा फैसला मिति

बुधबार, १३ पुष २०७३

अब भने समय बदलिएको छ, अदालती कामकारबाहीको शैली पनि बिस्तारै बदलिँदै छ। सर्वाेच्च अदालतले सूचनाप्रविधि प्रयोग गरी सेवाग्राहीलाई मुद्दा दर्ता गरेकै समय फैसला मितिसमेत थाहा पाउने व्यवस्था मिलाएको छ। यो व्यवस्था सबै उच्च अदालत र जिल्ला अदालतलाई समेत लागू गर्न साताअघि नै परिपत्र भइसकेको छ।

देउवाको अडानले चर्काचर्की

देउवाको अडानले चर्काचर्की

बुधबार, १३ पुष २०७३

संसदमा संविधान संशोधन विधेयक दर्तापछि बढेको गतिरोध फुकाउने प्रयासस्वरुप मंगलबार बसेको सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक स्थानीय निर्वाचनमा केन्द्रित भएको छ।

निर्वाचनको मिति घोषणा गर्न कांग्रेसको कसरत

निर्वाचनको मिति घोषणा गर्न कांग्रेसको कसरत

मङ्गलबार, १२ पुष २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको त्रिपक्षीय बैठकमा नेपाली कांग्रेसले निर्वाचनको मिति घोषणा गरेर अघि बढ्न जोड दिएको छ।

स्वास्थ्य र शिक्षाको लगानी उपयोगविहीनः मन्त्री थापा

स्वास्थ्य र शिक्षाको लगानी उपयोगविहीनः मन्त्री थापा

मङ्गलबार, १२ पुष २०७३

स्वास्थ्यमन्त्री गगन थापाले स्वास्थ्य र शिक्षामा राज्यले गरेको लगानी उपयोगविहीन भएको बताएका छन्।

संविधान संशोधन भए मधेसी मोर्चा निर्वाचनमा जान तयार

संविधान संशोधन भए मधेसी मोर्चा निर्वाचनमा जान तयार

मङ्गलबार, १२ पुष २०७३

संविधान संशोधन भए मधेसी मोर्चा निर्वाचनमा जान तयार भएको छ। मंगलबार बालुवाटारमा बसेको सत्ता पक्ष र मधेसी मोर्चाको बैठकमा मोर्चाका नेताहरुले संविधान संशोधन भए आफुहरु निर्वाचनमा जान तयार भएको बताए।

कर्मचारी नभएपछि इलाका प्रशासनको काम ठप्प

कर्मचारी नभएपछि इलाका प्रशासनको काम ठप्प

मङ्गलबार, १२ पुष २०७३

जिल्लाको प्रिति गाउ विकास समितिको लाप्चानेमा स्थापना गरिएको इलाका प्रशासन कार्यालयको काम स्थापनाको ६ महिना बित्न नपाउँदै ठप्प बनेको छ।

ओलीले भने– ‘चुनाव घोषणा गर्न संसद खुल्नु पर्दैन’

ओलीले भने– ‘चुनाव घोषणा गर्न संसद खुल्नु पर्दैन’

मङ्गलबार, १२ पुष २०७३

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक अवरोधको निकास नै निर्वाचन भएकाले सरकारले तत्काल निर्वाचनको मिति घोषणा गर्नुपर्ने माग गरेका छन्। चुनाव घोषणा गर्न संसद चल्नु पर्ने अनिवार्यता नरहेको धारणा उनले व्यक्त गरे।

संसद अवरुद्ध हुँदा देश संकटतर्फ धकेलियो: अशोक राई

संसद अवरुद्ध हुँदा देश संकटतर्फ धकेलियो: अशोक राई

मङ्गलबार, १२ पुष २०७३

संघीय समाजवादी फोरम नेपालका बरिष्ठ नेता अशोककुमार राईले संसद अवरुद्ध गरेर एमालेले देशलाई संकटतर्फ धकेलेको आरोप लगाएका छन्।

संशोधन प्रस्तावमा अल्झियो राजनीति

संशोधन प्रस्तावमा अल्झियो राजनीति

मङ्गलबार, १२ पुष २०७३

संविधानको स्वीकार्यता बढाउन सरकारले संविधान संशोधनको प्रस्ताव व्यवस्थापिका–संसद्मा दर्ता गरेसँगै प्रमुख राजनीतिक दलहरुबीच ध्रुवीकरण बढ्दै गएको छ । संविधानका केही बुँदाप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत मधेस केन्द्रित दलको माग सम्बोधन गर्न सत्तारुढ दलको समर्थनमा सरकारले गत मङ्सिर १४ गते नेपालको संविधानको दोस्रो संशोधन विधेयक दर्ता गरेको थियो ।

बालुवाटारमा त्रिपक्षीय बैठक जारी

बालुवाटारमा त्रिपक्षीय बैठक जारी

मङ्गलबार, १२ पुष २०७३

दलहरुबीच तीव्र ध्रुवीकरण भइरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहालकाे अाह्वानमा त्रिपक्षीय बैठक बालुवाटारमा जारी छ। स्थानीय तह पुन: संरचना अायाेगकाे प्रतिवेदन, निर्वाचनकाे मिति घाेषणा, र संविधान संशाेधन प्रस्ताव परिमार्जनका विषयका छलफल केन्द्रित रहेकाे एक नेताले जनाए।। बैठकमा नेपाली कांग्रेस, माअाेवादी केन्द्र र संघीय गठबन्धनका शीर्ष नेताकाे उपस्थिति रहेकाे छ।

आयोगका पदाधिकारीलाई प्रधानमन्त्रीले झुक्याए

आयोगका पदाधिकारीलाई प्रधानमन्त्रीले झुक्याए

मङ्गलबार, १२ पुष २०७३

स्थानीय तह पुनः संरचना आयोगका पदाधिकारीलाई प्रधानमन्त्री पुष्पकमल दाहालले झुक्याएका छन्। प्रधानमन्त्री दाहालले आयोगका पदाधिकारीलाई मंगलबार विहान साँढे दश बजे भेट्ने समय दिएका थिए। प्रधानमन्त्रीले दिएको समयभित्रै आयोगका पदाधिकारी प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेका थिए। तर आयोगका पदाधिकारी प्रधानमन्त्री कार्यालय पुग्दा प्रधानमन्त्री अन्य भेटघाटमा व्यस्त थिए।

Ncell Footer Ad