कांग्रेस-माओवादी खटपट

कांग्रेस-माओवादी खटपट

बिहिबार, २७ माघ २०७३

आगामी जेठमा चुनाव नहुने सम्भावना बढ्दै गएका बेला सत्ता सहयात्री दल नेपाली कांग्रेस माओवादी केन्द्रसँग असन्तुष्ट हुन थालेको छ। चुनाव मिति घोषणा गर्न प्रधानमन्त्री डराइरहेको भन्दै कांग्रेसका दोस्रो तहका नेताले माओवादी केन्द्रसँग यसअघि गरिएको भद्र सहमतिबारे कुरा उठाउन थालेका छन्।

चुनाव पक्षमा आदेश दिन एमिकस क्युरीको सुझाव

चुनाव पक्षमा आदेश दिन एमिकस क्युरीको सुझाव

बिहिबार, २७ माघ २०७३

संविधानअनुसार नयाँ संरचनामा स्थानीय तहको निर्वाचन मिति घोषणाका लागि आदेश दिन एमिकस क्युरी (अदालतका साथी) ले सुझाव दिएका छन्। स्थानीय निर्वाचन मिति घोषणा माग गर्दै सर्वोच्च अदालतमा परेको रिट सुनुवाइमा नेपाल बार एसोसिएसन र सर्वोच्च बारले पठाएका एमिकस क्युरीले बुधबार भएको बहसमा यस्तो सुझाव दिएका हुन्।

नेपाली छाडी विदेशी दौड

नेपाली छाडी विदेशी दौड

बिहिबार, २७ माघ २०७३

विदेशीले निर्माण गरेका विद्युतीय मतदान मेसिन किन्न निर्वाचन आयोग र सरकार हतारिएका बेला नेपाली निर्माता भने निरुत्साहित छन्। नेपाली निर्माणकर्ताले बनाएका विद्युतीय मतदान मेसिन विदेशीले बनाएका भन्दा सस्ता, मतदाताका निम्ति सजिला र सुविधाजनक छन्।

विद्युतीय मेसिन खरिदमा १६ अर्बको चलखेल

विद्युतीय मेसिन खरिदमा १६ अर्बको चलखेल

बिहिबार, २७ माघ २०७३

‘निर्वाचन तयारी थाल्दा सबै खरिद प्रक्रिया अपनाउन थाले समय लाग्छ, त्यसकारण छिटो निर्वाचन गराउन सिधै मन्त्रिपरिषद्बाट निर्णय गराएर सोझै खरिद हुन्छ,’ निर्वाचन आयोगस्रोतले नागरिकसँग भन्यो, ‘मिति घोषणा नगरी निर्वाचन तयारी थाल्न मिति पत्र लेख्नु भनेकै खरिद गर्न पाइयोस् भन्ने हो।’

सुझाव लत्याउँदै दाहाल

सुझाव लत्याउँदै दाहाल

बिहिबार, २७ माघ २०७३

क्रसर उद्योग व्यवस्थापन र ढुंगागिटी उत्खनन सम्बन्धमा प्राविधिक टोलीको पछिल्लो प्रतिवेदन र वातावरण मन्त्रालयले एक साताअघि पठाएको प्रस्ताव बेवास्ता गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले क्रसर व्यवसायीको मागबमोजिमको प्रस्ताव तयार गर्न दबाब दिएका छन्।

'जनताका सबै माग पूरा गर्न थप ३५ खर्ब आवश्यक'

'जनताका सबै माग पूरा गर्न थप ३५ खर्ब आवश्यक'

बुधबार, २६ माघ २०७३

अर्थमन्त्री कृष्णबहादुर महराले नेपाली जनताको माग पूरा गराउन थप ३५ खर्ब बजेट आवश्यक रहेको बताएका छन्।

पुरानै निकायको निर्वाचन हुनुपर्ने पक्षमा काँग्रेस

पुरानै निकायको निर्वाचन हुनुपर्ने पक्षमा काँग्रेस

बुधबार, २६ माघ २०७३

स्थानीय निकाय वा तहमा कुन निर्वाचन गर्ने भन्ने स्पष्ट धारणा बनिनसकेको अहिलेको अवस्थामा व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेस पुरानै स्थानीय निकायको निर्वाचन गर्ने पक्षमा देखिएको छ।

महाअभियोगका बहुमत बुँदामा लोकमानसिंह दोषी ठहर

महाअभियोगका बहुमत बुँदामा लोकमानसिंह दोषी ठहर

बुधबार, २६ माघ २०७३

उनीविरुद्ध ७ बुँदे महाअभियोग प्रस्ताव गरिएकोमा ४ बुँदामा दोषी पाइएको प्रतिवेदनले औंल्याएको छ।

‘संशोधन गोलचक्कर’ मा अल्झियो राजनीति

‘संशोधन गोलचक्कर’ मा अल्झियो राजनीति

बुधबार, २६ माघ २०७३

विपक्षीको अवरोध बीचमै पुस २४ गते सदनमा प्रवेश गराइएको संविधान संशोधन दोस्रो विधेयक अहिलेसम्म प्रक्रियामा अघि बढ्न सकेको छैन। सरकारले मंसिर १२ गते विपक्षी एमालेलगायत दलको विरोध हुँदाहुँदै संसद् सचिवालयमा सो विधेयक दर्ता गराएको थियो। सचिवालयमा रातारात सा विधेयक दर्ता गराइएको थियो।

घरदैलोमा दलका नेता

घरदैलोमा दलका नेता

बुधबार, २६ माघ २०७३

चितवनमा दलहरूले बढाएको चहलपहल हेर्दा चुनाव मिति नै घोषणा भइसकेको आभास हुन्छ। राजनीतिक दलका केन्द्रीय नेताहरू लगातार चितवन आइरहेका छन्। जिल्लाका नेताहरू घरदैलोमै जान थालेका छन्। प्रभावशाली व्यक्तिहरूलाई पार्टीमा प्रवेश गराउने होडसमेत सुरु भएको छ।

गोवा घोषणामा सहमति, छ विज्ञ कार्यदल

गोवा घोषणामा सहमति, छ विज्ञ कार्यदल

बुधबार, २६ माघ २०७३

आर्थिक तथा प्राविधिक सहकार्यका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) का वरिष्ठ अधिकारीको १७औं बैठक बिमस्टेक प्रक्रियालाई अघि बढाउन महŒवपूर्ण निर्णय गर्दै राजधानीमा सम्पन्न भएको छ।

चुरे उत्खनन खोल्न दाहालको दबाब

चुरे उत्खनन खोल्न दाहालको दबाब

बुधबार, २६ माघ २०७३

संरक्षणकर्मी र नागरिक समाज चुरे संरक्षण गुरुयोजना कार्यान्वयन हुने विश्वासमा बसिरहेका बेला सरकारले संरक्षणसम्बन्धी विगतका सबै निर्णय उल्ट्याउदै चुरे उत्खनन र ढुंगागिटी, बालुवा, माटोजस्ता प्राकृतिक स्रोत भारत निर्यात खोल्ने तयारी गरिरहेको छ।

बिम्स्टेक शिखर सम्मेलन सन् २०१७ को अन्त्यमा नेपालमा

बिम्स्टेक शिखर सम्मेलन सन् २०१७ को अन्त्यमा नेपालमा

मङ्गलबार, २५ माघ २०७३

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन सन् २०१७ को अन्त्यमा नेपालमा हुने तय भएको छ।

सिंहदरबारको पुनःनिर्माण गर्न समिति गठन

सिंहदरबारको पुनःनिर्माण गर्न समिति गठन

मङ्गलबार, २५ माघ २०७३

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सिंहदरबारको मुलभवनको पश्चिमतिरको भाग पुनःनिर्माण गर्न कार्यकारी सदस्य डा हरिराम पराजुलीको संयोजकत्वमा समिति गठन गरेको छ।

अदालतका इजलास अझै ठप्प, सामुहिक राजिनामा दिने चेतावनी

अदालतका इजलास अझै ठप्प, सामुहिक राजिनामा दिने चेतावनी

मङ्गलबार, २५ माघ २०७३

उच्च अदालतमा ८० जना न्यायाधीशको नियुक्ति गर्दा नेपालको संविधान २०७२ र न्याय परिषद् ऐनको उलंघन गरिएको भन्दै विरोधमा उत्रिएका कानून व्यवसायीहरुले अदालत बहिस्कार गरेदेखि इजालसहरु अझै ठप्प छन् । उनीहरुको यस्तो बहिस्कार माघ २९ सम्म चल्ने जनाएका छन्।

निर्धारित समयमा चुनाव हुन नसके संसदको अवधि थप्पनु पर्छ:  अध्यक्ष गच्छदार

निर्धारित समयमा चुनाव हुन नसके संसदको अवधि थप्पनु पर्छ: अध्यक्ष गच्छदार

मङ्गलबार, २५ माघ २०७३

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले निर्धारित समयभित्र निर्वाचन हुन नसके संसद्को अवधि थप्नुपर्ने अबस्था आउने बताएका छन्।

निर्वाचनबारे शंका नगरौं: प्रधानमन्त्री

निर्वाचनबारे शंका नगरौं: प्रधानमन्त्री

मङ्गलबार, २५ माघ २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचनबारे शंका नगर्न आग्रह गरेका छन्। विद्युतिय मतदान प्रणालीबारे निर्वाचन आयोगले आयोजना गरेको छलफलमा बोल्दै प्रधानमन्त्रीले मन्त्रिपरिषदले निर्वाचन आयोगलाई निर्वाचनको तयारी गर्न भनिसकेको अवस्थामा निर्वचन हुँदैनकी भनेर शंका गर्न नहुने बताए।

राप्रपा जिल्ला अधिवेशन आज

राप्रपा जिल्ला अधिवेशन आज

मङ्गलबार, २५ माघ २०७३

एकता महाधिवेशनको तयारीमा जुटेको राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबार जिल्ला अधिवेशन गर्दैछ। पार्टीका प्रवक्ता ठाकुरप्रसाद शर्माका अनुसार जिल्ला अधिवेशनले ७५ जिल्लामा कार्यसमिति निर्वाचित गर्नेछ। 'माघ २१ गते हामीले दुई सय ४० वटै निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न गर्‍यौं।

राजनीतिक दलसम्बन्धी विधेयक समितिमै अड्कियो

राजनीतिक दलसम्बन्धी विधेयक समितिमै अड्कियो

मङ्गलबार, २५ माघ २०७३

राष्ट्रिय दलको मान्यता पाउन निश्चित प्रतिशत थ्रेसहोल्ड राख्ने विषयमा दलहरूबीच कुरा नमिलेपछि 'राजनीतिक दलसम्बन्धी विधेयक' उपसमितिमै अड्केको छ। संसद्मा एक महिनाअघि दर्ता भएको विधेयक परिमार्जन र संशोधनका लागि राज्य व्यवस्था समितिअन्तर्गत उपसमितिमा आएको थियो।

दुई उच्च अदालतमा न्यायाधीश नियुक्त

दुई उच्च अदालतमा न्यायाधीश नियुक्त

मङ्गलबार, २५ माघ २०७३

न्याय परिषद् वैठकले रिक्त रहेका मुख्य न्यायाधीश नियुक्ति गरी पदस्थापनका लागि सिफारिस गरेको छ। परिषद्को सोमबारको बैठकले जनकपुर र पोखरा उच्च अदालतका लागि मुख्य न्यायाधीश नियुक्त गरेको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad