प्राधिकरण सञ्चालकलाई यथावत राख्ने अन्तरिम आदेश खारेज

प्राधिकरण सञ्चालकलाई यथावत राख्ने अन्तरिम आदेश खारेज

मङ्गलबार, १९ पुष २०७३

नेपाल विद्युत प्राधिकरणका सञ्चालकहरु लक्ष्मण अग्रवाल, मनोजकुमार मिश्र र सुरज लामिछानेलाई तत्कालका लागि यथावत राख्ने यसअघि सर्वोच्च अदालतले दिएको अन्तिरिम आदेश खारेज भएको छ।

संसद बैठक अबरोध नगर्ने एमालेको निर्णय !

संसद बैठक अबरोध नगर्ने एमालेको निर्णय !

मङ्गलबार, १९ पुष २०७३

प्रमुख प्रतिपक्ष एमालेले सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्दै सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव फिर्ता लिन आग्रह गरेको छ। एमाले संसदीय दलको बैठकले सर्वोच्च अदालतको फैसलालाई कार्यान्वयन गर्न सबै दल एक कदमपछि हटेर सहमति खोज्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ।

दलहरुबीच समझदारी हुन्छ: प्रधानमन्त्री

दलहरुबीच समझदारी हुन्छ: प्रधानमन्त्री

मङ्गलबार, १९ पुष २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक दलहरुबीच समझदारी हुने विश्वास ब्यक्त गरेका छन्। प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना कार्यक्रमको झापाको बनियानीमा धान खेतीको सुपरजोनको उद्‍घाटन गर्दै प्रधानमन्त्री दाहालले सदन खुल्ने र ०७४ माघ भित्र निर्वाचन पनि हुने दावी गरे।

‘खैनी थुकेको’ भिडियोप्रति मन्त्रीको प्रतिक्रियाः  पासो थापेर बदनाम गरे

‘खैनी थुकेको’ भिडियोप्रति मन्त्रीको प्रतिक्रियाः पासो थापेर बदनाम गरे

मङ्गलबार, १९ पुष २०७३

सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले संसदमा पासो थापेर आफ्नो बदनाम गरिएको बताएका छन्। सोमबार संसदमा ‘खैनी खाएर थुकेको’ दृश्य सार्वजनिक भएपछि उनको सर्वत्र आलोचना भैरहेको छ। मन्त्री केसीले संसदको त्यो दृश्य बदनाम गर्ने नियतमा बाहिर आएको बताए।

मतदाता नामावली संकलन तथा अद्यावधिककाे काम सुरु

मतदाता नामावली संकलन तथा अद्यावधिककाे काम सुरु

मङ्गलबार, १९ पुष २०७३

जिल्ला निर्वाचन कार्यालय खोटाङले फोटो सहितको मतदाता नामावली संकलन तथा अद्यावधिकका लागि एक महिने अभियान सुरु गरेको छ। निर्वाचन कार्यालयले जिल्लाका ७२ गाबिसमा टोली खटाएर उमेर पुगेका नागरिकको फोटो सहितको मतदाता नामावली संकलनकालागि अभियान सुरु गरेको हो।

प्रमुख तीन दलबीच संसद सुचारु गर्ने सहमति

प्रमुख तीन दलबीच संसद सुचारु गर्ने सहमति

मङ्गलबार, १९ पुष २०७३

एक महिनादेखिको जारी संसदको गतिरोध हट्ने भएको छ। मंगलबार सभामुखले बोलाएको शीर्ष नेतासहितको कार्यव्यवस्था परामर्श समितिको बैठकमा संसद सुचारु गर्ने विषयमा सहमति भएको छ। सर्वोच्च अदालतले संसदीय प्रक्रियामा रहेको विषयमा सांसदहरुले आफ्नो दृष्टिकोण प्रयोग गर्न नपाउँदै न्यायापालिकाबाट प्रक्रिया नै रोक्ने गरी आदेश गर्न उचित नहुने फैसला गरेपछि प्रमुख प्रतिपक्ष संसदमा दर्ता भएको संशोधन प्रस्ताव प्रक्रियामा लैजान सहमत भएको हो।

संशोधन प्रस्ताव पास हुन्छ –श्रेष्ठ

संशोधन प्रस्ताव पास हुन्छ –श्रेष्ठ

मङ्गलबार, १९ पुष २०७३

नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठले संविधान संशोधन प्रस्ताव संसद्मा पेस भएपछि पारित हुने ठोकुवा गरेका छन् । काँग्रेस कास्कीले मंगलबार बिहान आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा नेता श्रेष्ठले अहिले ल्याइएको संशोधन प्रस्ताव काँग्रेस–एमालेका शीर्ष नेताहरुले पहिले नै हस्ताक्षर गरिसकेको प्रस्ताव भएकाले यो स्वतः पारित हुने जिकिर गरे।

सर्वोच्च अदालतमा दुई स्थायी न्यायाधीश सिफारिस

सर्वोच्च अदालतमा दुई स्थायी न्यायाधीश सिफारिस

मङ्गलबार, १९ पुष २०७३

न्यायपरिषदले सर्वोच्च अदालतको रिक्त दुई न्यायाधीश पदमा उक्त अदालतका मुख्य न्यायाधीशहरु पुरुषोत्तम भण्डारी र तेजबहादुर केसीको नाम सिफारिस गरेको छ। सोमबार बसेको परिषदको बैठकले उनीहरुको नाम सिफारिस गरेको हो।

सिभिल हस्पिटलको निर्देशकमा डा. दीर्घराज आरसी

सिभिल हस्पिटलको निर्देशकमा डा. दीर्घराज आरसी

मङ्गलबार, १९ पुष २०७३

सामान्य प्रशासन मन्त्रालयले निजामति अस्पताल (सिभिल हस्पिटल)को निर्देशक पदमा डा. दीर्घराज आरसीलाई नियुक्त गरेको छ। मन्त्रालयले ४ वर्षे कार्यकालका लागि डा. आरसीलाई उक्त पदमा नियुक्त गरेको हो।

हाम्राे ठहरलाई  सर्वाेच्चले पुष्टि  गर्‍याे : एमाले

हाम्राे ठहरलाई सर्वाेच्चले पुष्टि गर्‍याे : एमाले

मङ्गलबार, १९ पुष २०७३

प्रमुख प्रतिपक्ष एमालेले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयक असंवैधानिक भन्ने एमालेको ठहरलाई सर्वाेच्चकाे फैसलाले पुष्टि गरेको निष्कर्ष निकालेको छ। बैठकले सर्वोच्च अदालतको निर्णयलाई सम्मान गर्दै व्यवस्थापिका संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता लिन र राजनीतिक सहमतिका आधारमा अघि बढ्न सरकारको गम्भीर ध्यानाकर्षण गर्ने निर्णय गरेको छ।

सभामुखले बोलाइन शीर्ष नेतासहितको कार्यव्यवस्था बैठक

सभामुखले बोलाइन शीर्ष नेतासहितको कार्यव्यवस्था बैठक

मङ्गलबार, १९ पुष २०७३

संसदको जारी गतिरोध अन्त्य गर्ने विषयमा सभामुख ओनसरी घर्तीले प्रमुख दलका शीर्ष नेतासहितको कार्यव्यवस्थाको बैठक बोलाइएकी छन्।

एमाले स्थायी कमिटी बैठक जारी

एमाले स्थायी कमिटी बैठक जारी

मङ्गलबार, १९ पुष २०७३

सर्वोच्च अदालतले संशोधन विधेयकलाई प्रक्रियामा अघि बढाउन भनी अन्तरिक आदेश जारी गर्नु नपर्ने आदेश दिएपछि दबाबमा परेको प्रमुख प्रतिपक्ष दल एमालेको स्थायी कमिटी बैठक बसिरहेको छ।

भारतमा रहेका नेपालीको तथ्य खोजिँदै

भारतमा रहेका नेपालीको तथ्य खोजिँदै

मङ्गलबार, १९ पुष २०७३

सरकारले भारतमा कति नेपाली छन्, कुन अवस्थामा छन् र तिनले त्यहाँ कस्ता सुविधा पाइरहेका छन् भन्ने विवरण तयार पार्ने भएको छ। भारतले द्विपक्षीय वार्तामा आफ्ना नागरिकलाई 'पारस्परिक समानताका आधारमा व्यवहार' गर्नुपर्ने विषय उठान गर्न थालेपछि सरकारले भारतमा रहेका नेपाली र तिनको अवस्थाबारे विवरण तयार पार्न लागेको हो।

कांग्रेसको संगठन सुदृढीकरण योजना

कांग्रेसको संगठन सुदृढीकरण योजना

मङ्गलबार, १९ पुष २०७३

नेपाली कांग्रेस काठमाडौंले साताव्यापी संगठन सुदृढीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ। पार्टी केन्द्रीय प्रतिनिधि पूर्णबहादुर खड्काको उपस्थितिमा सोमबार बसेको काठमाडौं जिल्ला समितिको बैठकले पुस २१ देखि २६ सम्म दसै निर्वाचन क्षेत्रमा संगठन विस्तार कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो।

वैशाखमा चुनाव 'क्षीण'

वैशाखमा चुनाव 'क्षीण'

मङ्गलबार, १९ पुष २०७३

घोषणाअनुरुप सरकारले कुनै तयारी अघि नबढाएपछि स्थानीय निकाय/तहको निर्वाचन आगामी वैशाखभित्र हुने सम्भावना कमजोर बन्दै गएको छ। सरकारले तेस्रोपटक वैशाखमा स्थानीय निर्वाचन गर्ने बताए पनि सोहीअनुसार नीति, मिति एवं राजनीतिक सहमतितर्फ चासो नदेखाएपछि वैशाखमा गर्ने भनिएको निर्वाचनको सम्भावना कमजोर बन्दै गएको हो।

सीमा सुरक्षामा निर्भीक हुन निर्देशन

सीमा सुरक्षामा निर्भीक हुन निर्देशन

मङ्गलबार, १९ पुष २०७३

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले उच्च मनोबलका साथ निर्भीक भई सीमा सुरक्षालाई उच्च प्राथमिकता दिएर काम गर्न सुरक्षाकर्मीलाई निर्देशन दिएका छन्। सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म रसुवाको नवनिर्मित भवनको सोमबार उद्घाटन गर्दै गृहमन्त्री निधिले सीमा सुरक्षालगायत अपराध नियन्त्रणका काम गर्न निर्देशन दिएका हुन्।

चुनाव मिति सरकारले तोक्ने

चुनाव मिति सरकारले तोक्ने

मङ्गलबार, १९ पुष २०७३

चुनावको मिति कसले तोक्ने भन्ने दुविधा हटाउँदै सरकारले यो अधिकार आफैंमा राख्ने भएको छ। निर्वाचन आयोगको प्रस्ताव परिवर्तन गर्दै यस्तो व्यवस्था गर्न लागिएको हो।

डिब्बा छुटेर इन्जिन कुदेजस्तो विकास : प्रधानमन्त्री

डिब्बा छुटेर इन्जिन कुदेजस्तो विकास : प्रधानमन्त्री

मङ्गलबार, १९ पुष २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय गौरवका आयोजना र अन्य ठूला आयोजना तथा विकास निर्माणको काममा भएको सुष्तताप्रति असन्तुष्टि जनाउँदै सबै मन्त्री र सचिवलाई लक्ष्यअनुसारको प्रतिफल हासिल गर्न निर्देशन दिएका छन्।

आदेश स्वागतयोग्य : दलहरू

आदेश स्वागतयोग्य : दलहरू

मङ्गलबार, १९ पुष २०७३

संविधान संशोधन प्रक्रिया रोक्नुनपर्ने भनी सर्वोच्च अदालतले सोमबार दिएको आदेश स्वाभाविक भएको नेपाली कांग्रेसले जनाएको छ। कांग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठले अदालतको आदेश स्वाभाविक भएको बताए।

एमाले दबाबमा

एमाले दबाबमा

मङ्गलबार, १९ पुष २०७३

सर्वोच्च अदालतले संविधान संशोधन प्रक्रिया अघि बढाउन बाटो खोलिदिएपछि यसको विपक्षमा उभिँदै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले दबाबमा परेको छ। एमालेले संसद्मा दर्ता गरिएको संविधान संशोधन प्रस्ताव संवैधानिक नभएको भन्दै विगत एक महिनादेखि संसद् बैठक अवरुद्ध पार्दै आएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।