परनिर्भरता तोड्न 'सिन्को भाँचिएन'

परनिर्भरता तोड्न 'सिन्को भाँचिएन'

बिहिबार, ०६ असोज २०७३

भारतले वर्षदिनअघि लगाएको आठ महिना लामो नाकाबन्दीपछि एउटै देशसँगको परनिर्भरता हटाउन दबाब बढे पनि त्यसतर्फ कुनै काम भएको छैन। संविधानसभाबाट नयाँ संविधान जारी भएको दुई दिनपछि २०७२ असोज ५ बाट भारतले मधेसी दलको असन्तुष्टिको निहुँमा अघोषित नाकाबन्दी गरे पनि न असन्तुष्टि सम्बोधन भएको छ न भारतसँग निर्भरताको स्पष्ट विकल्प खोज्नेतर्फ सरकारको ध्यानै गएको छ।

एमाले बैठकमा अध्यक्षको प्रतिवेदन पेस

एमाले बैठकमा अध्यक्षको प्रतिवेदन पेस

बुधबार, ०५ असोज २०७३

काठमाडौँ- नेकपा (एमाले) केन्द्रीय कमिटीको आजदेखि सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले विकसित परिस्थिति र आगामी कार्ययोजनासहितको लिखित राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्। बैठकका लागि विभिन्न आठ कार्यसूची पनि पारित भएको छ।

अमेरिकी विदेशमन्त्री केरीकाे नेपाल आउने चाहना

अमेरिकी विदेशमन्त्री केरीकाे नेपाल आउने चाहना

बुधबार, ०५ असोज २०७३

अमेरिकी विदेशमन्त्री जोन केरीले नेपाल भ्रमणको इच्छा व्यक्त गरेका छन्।

स्थानीय निर्वाचन जित्नेगरी तयारी गर्नुस्: सभापति देउवा

स्थानीय निर्वाचन जित्नेगरी तयारी गर्नुस्: सभापति देउवा

बुधबार, ०५ असोज २०७३

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय निकाय निर्वाचन पार्टीले जित्ने गरी तयारीमा जुट्न भ्रातृ संगठनहरुलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्री कार्यालयको आधिकारिक इमेलबाट माआवादी बैठक आह्वान

प्रधानमन्त्री कार्यालयको आधिकारिक इमेलबाट माआवादी बैठक आह्वान

बुधबार, ०५ असोज २०७३

प्रधानमन्त्री कार्यालयको आधिकारिक इमेलबाट नेकपा माओवादी केन्द्रको बैठक आह्वानको सूचना सम्प्रेषण गरिएको छ। सो इमेलअनुसार माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठकले असोज ८ गते केन्द्रीय सचिवालय बैठक आह्वान गर्ने निर्णय गरेको हो।

अख्तियारले बार्गेनिङ गर्न खोज्यो : माओवादी नेता

अख्तियारले बार्गेनिङ गर्न खोज्यो : माओवादी नेता

बुधबार, ०५ असोज २०७३

नेकपा माओवादी केन्द्रका हेडक्वार्टर सदस्य मणि थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बार्गेनिङ गर्न माओवादी शिविर घोटाला प्रकरण ब्युँताएको बताएका छन्।

गम्भीर अपराधमा संलग्नलाई उन्मुति दिइन्न: प्रधानमन्त्री दाहाल

गम्भीर अपराधमा संलग्नलाई उन्मुति दिइन्न: प्रधानमन्त्री दाहाल

बुधबार, ०५ असोज २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले गम्भीर प्रकारका अपराधमा संलग्नलाई उन्मुक्ति नदिने बताएका छन्। संक्रमणकालीन न्यायकाे विश्वव्यापी सिद्धान्त अनुसार समाजमा मेलमिलाप सृजना गरी शान्ति तथा पुननिर्माणाकाे काम अघि बढाउनु पर्ने उनकाे भनाइ थियाे। मधेसी माेर्चाले मधेस अान्दाेलनमा पक्राउ परेलाइ रिहा गर्न सरकारलाइ दबाब दिइरहेका बेला प्रधानमन्त्रीकाे साे भनाइ सार्वजनिक भएकाे हाे।

भाषा विवादमा दोस्रो रिट

भाषा विवादमा दोस्रो रिट

बुधबार, ०५ असोज २०७३

भाषा बचाऊँ आन्दोलनका अभियन्ता गाउँले बलदेवले नेपाली भाषा बिगार्ने गरी सरकारबाट भएको निर्णय खारेज गर्न माग राखेर सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् । उनले यसअघि प्रचलनमै रहेको भाषा कायम गर्न आदेश जारी माग गरेका छन् । भाषाका विषयमा परेको यो रिट दोस्रो हो ।

'संविधान कार्यान्वयन हुन नदिन भ्रम र विद्वेष फैलाउने गतिविधि हुन सक्छ'

'संविधान कार्यान्वयन हुन नदिन भ्रम र विद्वेष फैलाउने गतिविधि हुन सक्छ'

बुधबार, ०५ असोज २०७३

नेकपा एमालेले संविधान कार्यान्वयन हुन नदिन आगामी दिनमा मुलुकभित्र सामाजिक विद्वेष फैलाउने प्रयास हुन सक्ने चेतावनी दिएको छ । अध्यक्ष केपी शर्मा ओलीद्वारा मंगलबार पार्टी केन्द्रीय कार्यालय, धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवदेनमा तराई–मधेस र जनजातिमा भ्रम एवं सामाजिक विद्वेष फैलाउने प्रयास हुने उल्लेख छ ।

अख्तियारको पत्रबारे सत्तारुढ बेखबर

अख्तियारको पत्रबारे सत्तारुढ बेखबर

बुधबार, ०५ असोज २०७३

तत्कालीन माओवादी लडाकु शिविरको आर्थिक अनियमितताबारे छानबिनका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पत्राचार गर्ने तयारी गरिरहेको सूचनाले मंगलबार नेपाली राजनीति गरमागरम हुँदै गर्दा सत्तारुढ दल भने ‘बेखबर’ छन् । सत्तारुढ दलका नेताले भने अख्तियार तयारीबारे कुनै जानकारी नभएको बताए ।

लडाकु भ्रष्टाचारमा ठूला नेता तानिँदै

लडाकु भ्रष्टाचारमा ठूला नेता तानिँदै

बुधबार, ०५ असोज २०७३

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘लडाकु भ्रष्टाचार’ प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहालसहित माओवादीका अन्य शीर्ष नेता तथा कार्यकतालाई बयानमा डाक्न पत्राचार तयारी गरेको छ । २०७० पुसमै लडाकु भ्रष्टाचार सम्बन्धी सक्कली फाइल मगाएर तामेलीमा राखेको अख्तियारले एक्कासि २०७३ भदौ ३१ गते पत्रकार सम्मेलन गर्दै यस प्रकरणको अनुसन्धान अघि बढाइएको जानकारी दिएको थियो ।

दशैंअघि नै संशोधन प्रक्रिया अघि बढ्छः सल्लाहकार खनाल

दशैंअघि नै संशोधन प्रक्रिया अघि बढ्छः सल्लाहकार खनाल

मङ्गलबार, ०४ असोज २०७३

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले दशैंअघि नै संविधान संशोधन प्रक्रिया अघि बढ्ने बताएका छन्। रिपोर्टर्स क्लबमा बोल्दै उनले भने, ‘दशैंअघि नै संशोधन प्रक्रिया अघि बढ्छ, संशोधन प्रक्रिया अघि बढाउनकै लागि प्रधानमन्त्रीको अमेरिकाको भ्रमण स्थगित भएको हो।’

९०,०००औँ शरणार्थी ठटाललार्इ अमेरिकी राजदूतले गरिन् बिदाइ

९०,०००औँ शरणार्थी ठटाललार्इ अमेरिकी राजदूतले गरिन् बिदाइ

मङ्गलबार, ०४ असोज २०७३

नेपालका लागि अमेरिकी राजदूत अलाइना बी. टेपलेट्जले संयुक्त राज्य अमेरिकामा पुनर्वास हुन गइरहेकी ९०,०००औँ भुटानी शरणार्थी सरीमाया ठटाललाई नेपालबाट बिदाइ गरेकी छन्। अमेरिकाको न्यू ह्याम्पशियरमा नयाँ जीवनको थालनी गर्नका लागि ठटाल आफ्ना चार सन्तानका साथ नेपालबाट भोलि प्रस्थान गर्दैछिन्।

मोर्चा र सरकारबीचको ३ बुँदे सम्झौता कार्यान्वयनमा शंकाः अध्यक्ष यादव

मोर्चा र सरकारबीचको ३ बुँदे सम्झौता कार्यान्वयनमा शंकाः अध्यक्ष यादव

मङ्गलबार, ०४ असोज २०७३

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रचण्ड नेतृत्वको सरकारले संविधान संशोधन प्रक्रिया शुरु नगर्नुले सरकार र मोर्चाबीच भएको तीन बुँदे सम्झौता कार्यान्वयनमा शंका उत्पन्न भएको बताएका छन्।

पाँच उच्च अदालतमा मुख्य न्यायाधीश

पाँच उच्च अदालतमा मुख्य न्यायाधीश

मङ्गलबार, ०४ असोज २०७३

न्यायपरिषद्ले पाँच उच्च अदालतका लागि मुख्य न्यायाधीश र न्यायाधीश तोकेको छ। परिषद् बैठकले सोमबार पुनरावेदन अदालतमै कार्यरत न्यायाधीशलाई उच्च अदालतमा पदस्थापन गरेको हो। न्यायपरिषद्को निर्णयअनुसार प्रधानन्यायाधीश सुशीला कार्कीले मुख्य न्यायाधीश र न्यायाधीश पदस्थापन गरेकी हुन्।

नेपाल र खनालद्वारा बहिष्कार

नेपाल र खनालद्वारा बहिष्कार

मङ्गलबार, ०४ असोज २०७३

नेकपा एमालेले संविधान जारी भएको पहिलो वर्ष पुगेको अवसरमा वसन्तपुरमा आयोजना गरेको कार्यक्रममा वरिष्ठ नेता झलनाथ खनाल र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बहिष्कार गरेका छन्।

गुनासा सम्बोधन गर्न संविधान संशोधन : प्रधानमन्त्री

गुनासा सम्बोधन गर्न संविधान संशोधन : प्रधानमन्त्री

मङ्गलबार, ०४ असोज २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले देशको वस्तुगत परिस्थिति र जनताको आकांक्षा अनुसार संविधान संशोधन गर्न सरकार गम्भीरतापूर्वक लागेको बताएका छन्। पहिलो संविधान दिवस अवसरमा सोमबार सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले यसअघि एकपटक संविधानका महत्वपूर्ण अंशमा संशोधन भइसकेको र अर्को संशोधनका लागि सरकार लागिरहेको बताएका हुन्।

'संविधान संशोधन क्षणिक स्वार्थ'

'संविधान संशोधन क्षणिक स्वार्थ'

मङ्गलबार, ०४ असोज २०७३

एमाले अध्यक्ष केपी शर्मा ओलीले केही राजनीतिक दल क्षणिक स्वार्थ हेरेर संविधान संशोधनमा लागेको बताएका छन्। संविधान दिवस अवसरमा सोमबार एमाले काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा ओलीले संविधान संशोधन भावनामा बगेर र क्षणिक स्वार्थ हेरेर गर्न नसकिने बताएका हुन्।

सम्पत्ति विवरण बुझाउने समय थप

सम्पत्ति विवरण बुझाउने समय थप

मङ्गलबार, ०४ असोज २०७३

निजामती कर्मचारीको सम्पत्ति विवरण बुझाउने समय विशेष परिस्थितिका लागि एक महिना थप गरिएको छ। भदौ मसान्तसम्म सबै कर्मचारीले विवरण नबुझाएकाले विशेष परिस्थिति थप गरिएको निजामती किताबखानाले जनाएको छ।

संविधान विरोधमा मधेसीको झिनो सहभागिता

संविधान विरोधमा मधेसीको झिनो सहभागिता

मङ्गलबार, ०४ असोज २०७३

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान जारी भएको दिनलाई 'कालो दिन' मनाउन निकै तामझाम गरे पनि अन्ततः उक्त कार्यक्रममा निकै थोरै सहभागी भए। मधेसका जिल्लामा विरोध कार्यक्रम केही प्रभावकारी देखिए पनि राजधानीमा भने विरोध कार्यक्रम 'सांकेतिक' रूपमा सीमित रह्यो।

fix ad for sagoon